विल्हेम कार्लिस पर्भिटिस लात्भियाका प्रख्यात चित्रकार हुन् । उनले आफ्नो ख्याति ल्यान्डस्केप चित्रकारका रूपमा कमाए । उनी आफूले सिकेका कुरा अरूलाई सिकाउन खुबै रूचाउँथे । त्यसैले पनि आफू सक्षम भएपछि उनले लात्भियन एकेडेमी अफ आर्ट स्थापना मात्र गरेनन्, सन् १९१९ देखि १९३४ सम्म सो संस्थाको रेक्टरका रूपमा कार्यरतसमेत रहे ।
उनको परिवार उद्यमशील थियो । मिल चलाउँथे । शिक्षाप्रति सचेत परिवार भएकाले उनलाई शिक्षित बनाउन भनेर त्यो बेलाको शिक्षाको केन्द्र सेन्ट पिटर्सबर्ग पढाए ।
उनको प्रकृतिप्रेम छताछुल्ल भएर क्यानभासमा पोखिने गर्छ । आज हामी उनका उम्दा प्रकृतिप्रेम नियालेर हेर्नेछौँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला