

१
टलपलायो
भावनामय गाग्री
आलो घाउमा
२
रक्तपिपासु
लालसा मेटाउँदै
मानवी किर्नु
३
अमूर्त विम्ब
बाफिएर उड्छन
मोक्ष यात्रामा
४
उद्धेग रह्यो
प्रश्नरत सागर
किनारसँग
५
ग्रीष्म मौसम
घाम गुनगुनायो
आतंकको गीत
६
ब्याकुल आत्मा
अन्तश्चेतना भाव
एकान्तवास
७
कृतिम छवि
निराकृति अवर्त
भ्रमित नेत्र
८
कामुक मेघ
क्षितिजको इन्द्रेणी
सान्निध्य चाह
९
वर पिपल
मौनतामा लुकेको
पवित्र नाता ।
१०
उद्रेक पल
शालीनताको खोजि
तुँवालो भित्र ।
११
व्यभिचारीमा
काटिएका पलुवा
रक्त बलेंसी ।
१२
सुस्केरा मार्छ
पराजित स्वरमा
लाटो घण्टिका ।
१३
मृत सपना
जीवनको गणित
चित्रपटमा
१४
शुन्य प्रहर
शालीन बिद्रोहमा
चिसो शहर
१५
बैंसालु मन
कामासक्त लहर
बूढ्यौली तन
१६
चिसो सिरेटो
कामातुर यौवन
रत्यौली खेल्दै
१७
अस्ताचलमा
अँध्यारियो क्षितिज
शिथिल सन्ध्या
१८
भ्रामक पथ
कुहिराको काग
देशावरमा
१९
हेर्दैछ जोगी
कुटिल मुस्कानमा
खरानी कुटी ।
२०
भुत्ते बन्चरो
कर्कश क्रन्दनमा
उपट्टे ध्वनि



