म आज !

सरकारको
कायरताको परिधीमा
बाँचिरहेको महसुस हुन्छ
खुशीको कुरा !
मलाइ मनपराए सरकारले
मैले !
करोडौंको भ्रष्टाचार गरे पनि
मलाइ मन्त्री बनाउन सक्छ !
हैन्
हुन्न
मिलेन भनी
मैले विरोध गरे
क्षण भरमा
म पक्राउ पर्न सक्छु !
यहाँ
म स्वतन्त्र मानव हो भन्ने कुरा पनि
इतिहास पल्टाउन बाध्य हुंदै छ ।
किनकि
तानाशाह र क्रूरताको अगाडी
मानवता हराउन थाल्यो ।
न हैन् भन्न मिल्छ ।
न तिमी गलत बाटोमा हिड्यौ भन्न मिल्छ ?
न त गल्ती नै गर्यौं तिमीले
भन्न मिल्छ !
भेँडा भएर
मालिकको पछि लाग्नु को अस्तित्व बाहेक
मैले !
म स्वतंत्र मानव हुन बाट
वंचित भएको महसुस हुन्छ !
कुन तन्त्र मा बाँचिरहेको छु ?
विवेकहिन छैन्
तर पनि !
तन्त्र  केलाउन
आफैलाइ हम्मेहम्मे छ
न प्रजातन्त्र !
न लोकतन्त्र
न गणतन्त्र ?
आज !
नागरिक स्वतन्त्रता हराएको
अनुभूति भयो ।
त्यसैले तिमी कायर भयौ ।
स्वतन्त्र खोज्दा
पक्राउ गर्नू
कायरताको विस्मातको उपज हो ।
त्यसैले आज म
कायरता को परिधिमा
बाँच्न बाध्य छु !