
कोही किन कही छ, कतै छैन किन ?
काटी कुटी मै छ, म नै होइन किन ?
एक हातले बज्यो ताली, आवाज छैन किन ?
भरिएको पुरा गिलास, खाली होइन किन ?
जती ताने उती जीवन,छोटीदैछ किन ?
थपी थपी जोखिसके, भार होइन किन ?
बत्ती बल्यो अध्यारोछ, प्रकाश छैन किन ?
घुमी घुमी बसिराछ, बृत होइन किन ?
तापीराछु तातो घाम, भिज्या छैन किन ?
सजाय त भाकै हैन, गल्ती होइन किन ?
पेटभरी खाइसके,भोक छैन किन ?
कलम भरी मसी राखे, लेख्या होइन किन ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
