मोतिराम भट्टबाट सुरु भएको नेपाली गजल आज समुन्नत अवस्थामा पुगेको छ ।
यो अब गीतको विकल्पको विधा मात्र रहेन । साहित्यका सबै जसो विधाको पूरक तत्वका रुपमा यो विकसित भैसकेको छ । आज सयौँ स्थापित साहित्यकारहरु पनि आफूलाई गजलकारकारका रुपमा चिनाउनुमा गौरव गर्छन् । यसबाट पनि यो विधा सर्वस्वीकृत भैसकेको सहजै बुझिन्छ ।
देशभित्र मात्र होइन, संसारभर जहाँ जहाँ नेपालीको बसोबास छ, त्यहीँ त्यहीँ गजल वाचन हुन थालेको छ । सामाजिक सञ्जाल र युट्युब च्यानलको विकासले यसको सघन विकास भएको छ ।यो अब केवल साहित्यको विधा रहेन, एउटा अभियान भैसकेको छ ।
गजललाई आकर्षक डिजाइनमा पोस्टरमा सजाउन सकिन्छ, यसलाई छापामा छाप्न सकिन्छ र सकिन्छ, यसरी कापीमा लेखेर राख्न पनि । हामीले यी सबै कुरालाई एक ठाउँमा राखेर प्रस्तुत गरेका छौँ, कापीमा गजल ।
संसारभरिका नेपालीको साझा बनाउन हामीले आइतबार यसलाई पाठक माझ ल्याउने निर्णय गरेका हौँ । साहित्यपोस्टले हरेक आइतबार विदेशमा बसेर वा फरक भाषा बोल्नेहरुका बीचमा रहेर पनि नेपाली भाषा र साहित्यमा अविछिन्न काम गरिरहनु भएका स्रष्टालाई केन्द्रमा राखेर सामग्रीहरु प्रस्तुत गर्छौ ।
ती सम्पूर्ण स्रष्टा प्रति समर्पण गर्दै यी गजलहरु प्रस्तुत गरेका हौँ , गजलको छनोट र हस्तलेखन गीतकार दिनेशराज पुरीले गर्नु भएको हो ।
– प्रधानसम्पादक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।