नयाँबिहानीको उषाकिरणलाई
कालो बादलले गम्लङ्ग छोपिसक्दा पनि
चुक घाप्टिए जस्तो अँध्यारोमा
दिनरात निदाएरै बिताउनुपर्दा पनि
केही गर्न नसक्ने
लाचारी अनि विवशताको प्रतिमूर्ति“म”
।।१।।

डा. अजय रिसाल

पुर्खाको रगतले सिंचिएको आफ्नै धर्ती
खुल्लमखुल्ला लुटिएको देख्दादैख्दै पनि
शहिदको बलिदानले रचिएको आफ्नै इंतिहास
तिरस्कृत अनि कलंकित भएको बुझ्दाबुझ्दै पनि
आँखामा पट्टीबाँधेर
नेत्रहीनको स्वाङ्ग रच्ने “म”
।।२।।

आफ्नै पसीनाले रुझेको माटो
मरुभूमिमय उजाड बनिसक्दा पनि
हरियो चउर, डाँडा–काँडा आफ्ना
दिनदहाडै नांगिएर उराठ भइसक्दा पनि
चेतना र विवेक शुन्यभएर
“मूक” को अभिनयगर्ने “म” ।।
।।३।।

फाटेको चोला र रित्तिएका झोलासँगै
रोइरोई बाँच्ने ती बाबाआमाहरु
आफ्नो यौवन, ईज्जत अनिगौरव
बेची बेची जिउने ती कान्छा–कान्छीहरु
हरेक रात सपनामा
आफ्नै कानमा आएर आर्तनाद गर्दा पनि
“श्रव्यहीन” जस्तो चुपचाप रहने
निर्लज्जअनिकाँतर “म”
।।४।।

शहिदहरुबाट सरापिएको
पुर्खाहरुबाट धिक्कारिएको
अँध्यारो रातमा झस्किरहने
तड्पिरहने ,पिल्सिरहने,
आफ्नैबाट अनि आफैबाट
हराइसकेको,बिलाइसकेको
मेरो “म”

।।५।।

मानसिक रोग विशेषज्ञ
धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल