नेपाल भाषामा पनि समृद्ध साहित्य सिर्जना भएका छन् । तिनको महत्त्व बुझाउन केही समययता हामीले नेपालभाषाका कविताहरूलाइ नियमित रूपमा प्रकाशन गर्दै आइरहेका छौँ । यसै शृंखलाअन्तर्गत यो साता हामीले चर्चित तर छोटा कविताहरू प्रस्तुत गरेका छौँ ।
आर. मानन्धर
भूमिका
धूस्वां सायमि
मैले आफ्नो जीवनको
भूमिका नै भन्न भ्याएको छैन
मानिसहरूले
मेरो भनाइलाई
उपसंहार सम्झेर
छोडेर हिँडे
अर्कैतिर फर्केर हिँडे ।
सरल बाटो
माधव मूल
थुप्रै अप्ठ्यारा बाटाहरू हिँडिसकें
गुजुल्टिएको धागो जत्तिकै
जटिल जीवन !
जीवन एक पल
खोज्न हिँड्दिन अब जीवन
बरु जे जे आउँछ
सबै आफ्नै ठानेर अँगाल्छु ।
आनन्द–भूमि
शाक्य सुरेन
बलभद्र, अमरसिंह जन्मेको
कुनै बेलाको यो बीरभूमि ।
लाहुरेहरूको जन्मस्थान यो
आज पनि हो यो बीरभूमि
अझ त्यसभन्दा धेरै त
हामीजस्ता
मारे पनि, काटे पनि
हाँस्नसक्नेहरूको जन्मभूमि
यो आनन्दभूमि ।
मूल नेपालभाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।