हरियो सुन खानीमा उत्सवको घाम लागेको छ एक्कासि
हरियो सुन खानीमा काम गर्ने माइलीको आङमा भने
घाम लाग्यो कि लागेन
अहँ थाहा छैन ।

हरियो श्याम्पेनको सहरमा रमाइलोपन छाएको छ बेस्सरी
हरियो श्याम्पेन बनाउने माइलाको मन भने
रमायो कि रमाएन
अहँ थाहा छैन ।

विश्वप्रख्यात हरियो श्याम्पेन छ एकतिर
बिमार बगानमा सुकेका छन्
त्यहीँ ख्याति ल्याउने गाछहरू अर्कोतिर
बूढो भएर
विगतमा दिएको हरियाली समझँदै छन् ती गाछहरू ।

राजु हिमांशु

फ्याक्ट्री जलेर थुप्रिएका भग्नावशेषहरूमा
रामेको तन्नेरीपन हराएको घटना
यसपल्ट उद्घाटित भयो भएन
अहँ थाहा छैन ।

सहरमा भने होहल्ला छ
सहरमा भने हर्षोल्लास छ महोत्सवको ।

अहो ! सबै भन्छन्
रमाउँछन् पर्यटकहरूर आउँछन् पनि
सहरको प्रसिद्धि हेर्न
राम्ररी जाती नहुने सडकका घाउहरू टेक्दै ।

यसपल्ट जाती हुन्छन् कि कतै
सडकका घाउहरू पनि १

फेरि ओहदाहरू दगुर्छन् घरीघरी घोषणाहरू बोकेर
सडकका घाउहरू टेक्दै ।
अहो १ यसपल्ट भने बिर्खबहादुरको
सपना बिपना हुन्छ कि कतै १

बिमार बगानको आँगनमा बसेर
हाँसेर नाचेका दिनहरू सम्झँदै
मनका घाउहरू बिर्सिँदैछन्, छन् शकुन्तलाहरू
नाङलोमा चामल केलाउँदै
अहो १
व्यथाको कनिका र बियाँ निफन्न पाए त
कति रमाउँथे होलान् शकुन्तलाहरू !

आस्थाको हिमाल टेकेर उभिएको छ मनेको सपना
यसपल्ट भने नयाँ सोच टुसाउने हो कि कतै १
बिमार चियाबगानको अधूरो सपना बिपना हुन्छ कि कतै १
अपूग र अभावका खोपिल्टाहरू पुरिन्छन् कि कतै १
नयाँ सोचहरूले परिवर्तनको हावा चलाउँछन् कि कतै १

आशाको पहाड अग्लिँदै छ
तलबले नपुगेर फिटीफिटी भएकी
सुन्तली कान्छीको इच्छा पनि अकासिँदै छ
अहो१
उसको तलब पनि अकासिए त कति राम्रो हुन्थ्यो होला १

मात लागेर सिरिसे कान्छा भने गन्गनाउँदै छ यसरी—
“भोको छु खाना देऊ
चुहुँदै छ घर छाना देऊ।”

सहरमा भने होहल्ला छ
सहरमा भने हर्षोल्लास छ महोत्सवको ।

विश्वासको घाम पर्खेर बसेका छन् भक्तबहादुरहरू
परिवर्तनको जून पर्खेर बसेका छन् धनमतीहरू
अब त पाहुना पर्यटकको आकर्षणमा
हरियो श्याम्पेन बगेर चारैतिर
रूग्ण कमानका विकर्षणहरू पखालिन्छन् कि कतै १

यसैले
अब त
बिमार चियाबगानका आर्तनादहरू सुनोस् भन्छु म
महोत्सवको कानले वर्षैभरि।
विपन्न श्रमिकहरूका आँसुहरू पुछोस् भन्छु म
महोत्सवको हातले वर्षैभरि।
हरियो श्याम्पेन फलाउने बिमार बगानमा पनि
सुखको जून उदाओस् भन्छु म
खुसीको घाम झुल्कियोस् भन्छु म
सधैँ सधैँ ।