सन् १९६४ रूसको नोभगोरोड क्षेत्रमा जन्मिएका अलेक्जेन्डर सेभलेभ बाल्यकालदेखि नै चित्रकला भनेपछि हुरूक्क हुन्थे । सन् १९८४ मा यारोस्लाभ आर्ट स्कुलबाट स्नातक भएपछि यस क्षेत्रमा उनी खुलेर लागे ।

सन् १९९२ मा भने उनले लेनिनग्राद इन्स्टिच्युट अफ पेन्टिङ, स्कल्पचर एन्ड आर्किटेक्चरमा भर्ती भए । उनी पछि युनियन अफ आर्टिस्ट अफ रसियाको सदस्यसमेत भए ।

हाल रिबिन्स्कमा बसोबास गर्ने उनले हालसम्म पनि सिर्जना कार्य छाडेका छैनन् । यो समयकै सबैभन्दा प्रतिभाशाली रूसी कलाकारका रूपमा उनलाई चिनिन्छ ।

स्कुल अफ रसियन रियालिस्टिक पेन्टिङका परम्परा धान्ने सर्जकका रूपमा उनलाई चिनिन्छ । यिनका सिर्जना प्रायः धनीमानी रूसीहरूले घरमा सजावटका खरिद गर्ने गरेका छन् । तथापि, उनका सिर्जना जर्मनी, अमेरिका, फिनल्यान्ड, स्विडेन, नेदरल्यान्डमा समेत बिक्री भएका छन् ।

आज हामी उनैका सिर्जना अवलोकन गर्नेछौँः