भाग १

१०

त्यस भयङ्कर रातको करिब एक महिनापछि राजनीतिक पुलिस आइपुग्यो । निकोलाइ भेसोभसिकोभ, पाभेल र आन्द्रेहलार्य भेट्न आएको थियो र तीनै जना आफ्नो अखबारबारे बहस गर्दै थिए । धेरै अबेला भैसकेको थियो । करिब आधा रातको समय थियो । आमा सुत्न गइसकेकी थिइन् र अर्धनिद्रावस्थामा उनी उनीहरुको उत्सुकतापूर्ण फुसफुसाहट सुन्दै थिइन् । अकस्मात् आन्द्रेइ भान्साकोठा हुँदै बिस्तारै बाहिर निस्क्यो र आफ्नो पछाडि ढोका बन्द गर्‍यो । एउटा बाल्टिन खसेको आवाज सुनियो, छिटोछिटो ढोका खुल्यो र आन्द्रेइ फेरि भान्साकोठातिर लाग्यो ।

“पुलिस आइपुगेजस्तो छ ।” उसले सानो स्वरमा भन्यो ।

आमा पलङ्बाट जुरुक्क उठिन् र काँपेको हातले आफ्नो लुगा टिपिन् । यत्तिकैमा पाभेल ढोकानेर आइपुग्यो र शान्त स्वरमा भन्यो –
“को हो ?”
खैरो पोशाक लगाएको एक अग्लो मोटो मान्छे घरभित्र पस्यो र उसको पछाडिपछाडि अर्को मान्छे पस्यो । दुई जना हतियार लिएका पुलिसहरुले पाभेललार्य पछाडि धकेले र उसको दुवैतिर एकएक जना गरेर उभिए ।
“धत्तेरी, कसलार्य पर्खेर बसेको, को पो आइपुगेछ, होइन र ?”
कालो पातलो जुँगा भएको, अग्लो, दुब्लो अफिसरको चर्को व्यङ्ग्यपूर्ण आवाज सुनियो । एक स्थानीय पुलिस, जसको नाम फेज्याकिन थियो, आमाको पलङतिर लाग्यो ।
“यो उसैकी आमा हो, हजुर ।” उसले एक हातले फौजी सलाम ठोक्दै अर्को हातले पेलागेया नीलोभ्नातिर सङ्केत ग¥यो – “यो चाहिँ त्यही हो ।” उसले पाभेलतिर हातले इसारा गर्दै भन्यो ।
“पाभेल भ्लासोभ ?” अफिसरले आँखा खुम्चाउँदै सोध्यो । पाभेलले टाउको हल्लाउँदै आफ्नो स्वीकारोक्ति जनाएपछि अफिसरले आफ्नो जुँगा मुसार्दै भन्यो – “म तेरो घरको खानतलासी लिन आएको । ए बुढिया उठ् । त्यहाँ को नि ?” ढोकातिर चियाउँदै उसले सोध्यो र कोठातिर लम्कियो ।
“तिमीहरुको नाम के हो ?” उसको आवाज सुनियो ।
बरण्डाबाट दुई जना साक्षीहरु भित्र पसे । एक जना थियो बूढो फाउण्ड्री मजदुर त्भे¥याकोभ र अर्को चाहिँ उसकहाँ डेरा लिएर बसेको स्टोकर रीबिन । रीबिन गहुँगोरो, भारी भरकम शरीर भएको मान्छे थियो ।
“नमस्कार, नीलोभ्ना ।” उसले ठूलो धोत्रे स्वरमा भन्यो ।
आमा लुगा लाउँदै थिइन् र आफ्नो हिम्मत कायम राख्न बड्बडाउँदै थिइन् – “यो पनि कुनै तरिका हो र ? आधा रात बितिसकेपछि यसरी आउँछन् र, मानिसहरु सुतिसकेपछि आउँछन् .. ।”

मान्छेहरुले कोठा भरिएको थियो र किन हो कुन्नी, कोठामा पालिसको गन्ध फैलिएको थियो । ती दुई जना राजनतिक पुलिसहरु र स्थानीय थानेदार बुट बजाउँदै दराजतिर जान्थे र त्यहाँबाट किताबहरु निकाल्दै अफिसरको अगाडि थुपार्थे । अरु दुर्य जना मानिसहरु भित्तामा मुड्किले हिर्काउँदै छामछुम गर्दै थिए, घरि मेचहरुमुनि चियाउँथे । उनीहरु मध्ये एक जनाले त चुल्होमा चढेर माथितिर पनि चिहायो । उक्राइनि र भेसोभसिकोभ एउटा कुनामा एक दोस्रासँग टाँसिएर उभिएका थिए । निकोलाइको छ्याकटे अनुहार रातो भएको थियो र आफ्ना साना खैरा आँखो एकटके अफिसरलार्य हेर्दै थियो । उक्राइनि उभिएर आफ्नो जुँगा मुसार्दै थियो र आमा भित्र पसेपछि उनलाई ढाडस दिन बिस्तारै मुस्कुराउँदै आफ्नो टाउको हल्लायो ।
आफ्नो डर काबुमा राख्न आमा सधैंजस्तो ढल्केर नहिँडी छाती सीधा पारेर, तन्किएर हिँड्दै थिइन्, जसले गर्दा उनको चालढाल निकै रवाफिलो देखिन्थ्यो र अलि हाँसो पनि उठ्थ्यो । उनी जोडले खुट्टा बजार्दै हिँडिरहेकी थिइन्, तर उनका आँखीभौं चाहिँ फड्फडाउँदै थिए ।

अफिसर आफ्ना गोरा पातला औंलाहरुले भटाभट किताबहरु उठाउँथ्यो र छिटोछिटो पानाहरु पल्टाउँदै एकातिर फाल्दै जान्थ्यो । केही किताबहरु भुइँमा खसे । कसैले एक शब्द पनि बोलेन । पसिनाले निथ्रुक्क भएका पुलिसहरु स्वाँस्वाँ गर्दै थिए, उनीहरुका जुत्तामा तलुवाहरु बज्दै थिए र बीचबीचमा एक दोस्रालार्य सोध्ने गर्थेः
“यहाँ हेरिसक्यौ ?”

पाभेल भित्तामा टाँसिएर उभिएको थियो । आमा उसको नजिक गइन् र ऊजस्तै दुवै हात छातीमा बाँधेर उभियन् । उनी बराबर त्यो अफिसरतिर हेर्थिन् । उनका घुँडा काँप्दै थिए र आँखाअगाड धमिलो बादल फैलिँदै थियो ।

“किताब नहुत्याई काम चल्दैन र ?” अचानक त्यस निस्तब्धतालाई फाड्दै निकोलाइको कड्किलो आवाज सुनियो ।

आमा तर्सिन् । त्भेर्‍याकोभले यसरी टाउको हल्लायो मानौं कसैले उसलाई हिर्काउँदैछ, रीबिनले खका¥यो र निकोलाइतिर घुर्दै हे¥यो ।
अफिसरले आँखा खुम्च्याउँदै निकोलाइको छ्याकटे अनुहारतिर कठोर दृष्टिले हे¥यो । उसले छिटोछिटो किताबका पानाहरु पल्टाउन थाल्यो । कहिलेकाहीँ उसका ठूलठूला खैरा आँखाहरु सरी फैलिन्थे मानौं उसलाई असह्य पीडा हुँदैछ र विवशताले गर्दा आफ्नो प्रतिरोध जनाउन ऊ अहिले नै रोइदिनेछ ।
“ए सिपाही ।” भेसोभसिकोभले फेरि भन्यो – “किताब पिट् .. ।”
सबै सिपाहीहरुले फर्केर ऊतिर हेरे, अनि अफिसरतिर । अफिसरले आफ्नो टाउको उठायो र निकोलाइको हृष्टपुष्ट शरीरलाई बडो ध्यानपूर्वक आँक्यो ।
“हँ .. ।” उसले नाके स्वरमा भन्यो – “उठाऊ न त !”
एक सिपाहीले झुकेर फाटेका किताबहरु टिप्न थाल्यो ।
“निकोलाइ चुप लागिदिए हुन्थ्यो,” आमाले पाभेलको काममा भनिन् ।
उसले कुम मात्र हल्लायो । उक्राइनिले आफ्नो टाउको झुकायो ।
“बाइबल पढ्ने को हो नि ?”
“म !” पाभेलले जवाफ दियो ।
“कसका हुन् यी किताबहरु ?”
“मेरै हुन् ।” पाभेलले जवाफ दियो ।
“ठीक छ ।” अफिसरले मेचमा अडेस लागेर बस्दै भन्यो । आफ्ना पातला औंलाहरु बजायो र टेबुलमुनि आरामले खुट्टा फैलायो । जुँगा मुसार्दै निकोलाइसँग सोध्यो –
“के तिमी नै हौ आन्द्रइ नाखोद्का ?”
“मै हुँ ।” निकोलाइले अगाडि बढ्दै भन्यो । उक्राइनिले उसको कुम समाएर पछिल्तिर धकेल्दै भन्यो –
“होइन, ऊ होइन, म हुँ आन्द्रेइ .. ।”
अफिसरले आफ्नो हात उठाउँदै औंलाले भेसोभसिकोभतिर सङ्केत गर्‍यो र भन्यो –
“हेर, तँ, होसियारसाथ कुरा गर है !”
अनि फेरि उसले कागजपात्रहरु ओल्टाउनपल्टाउन थाल्यो ।
जुनेली रात बडो निष्ठुरतापूर्वक झ्यालबाट चियाउँदै थियो । बाहिर चोकमा मान्छे हिँडेको आवाज सुनियो, उसका कारण खुट्टामुनिको बरफ चर्मराउँदै थियो ।

“नाखोद्का, तिमी पहिले पनि राजनीतिक कैदी बनिसकेका थियौ, होइन ?”

“हो एकपल्ट रोस्तोभमा, अर्कोपल्ट सारातोभमा । तर त्यहाँ सिपाहीहरु मलाई ‘तपाई’ भन्ने गर्थे ।”

अफिसरले आफ्नो दाहिने आँखा बन्द गरेर मिच्न थाल्यो अनि आफ्ना सानासाना दाँतहरु देखाउँदै भन्यो – “अँ, त, भन्नोस् नाखोद्का, को हुन् यी लफङ्गाहरु जो कारखानामा गन्दा पर्चाहरु बाँड्दैछन् ?”

उक्राइनि दाँत देखाएर मुस्कुराउन थाल्यो, उसले पैतालामा झुक्दै केही उत्तर दिन मात्र आँटेको थियो, फेरि निकोलाइको आवाज सुनियो –

“लफङ्गाहरुलाई त हामी आजै पहिलोपल्ट देख्दैछौं .. ।”

एकछिनका लागि कोठामा निस्तब्धता छायो ।

आमाको निधारको दाग सेतो भयो र उनको दाहिने आँखीभौं तन्कियो । रीबिनको काला दाह्री अनौठो तरिकाले थर्किन थाल्यो । उसले आफ्नो दाह्री सुम्सुम्याउँदै आँखा झुकायो ।

“निकाल्, यस गधालाई यहाँबाट ।” अफिसरले चिच्याउँदै भन्यो ।

दुई जना सिपाहीहरुले निकोलाइको हात समाए र घचेट्दै भान्साकोठामा पुर्‍याए । भान्साकोठामा पुगेपछि निकोलाइले जोडले जमिनमा खुट्टा गाडुयो र उनीहरुलाई रोक्दै भन्यो –

“पख् ।” उसले चिच्याउँदै भन्यो – “मलाई आफ्नो कोट लाउन दे ।”

थानेदार बगैंचाबाट आइपुग्यो ।

“त्यहाँ त केही पनि छैन, हामीले सब ठाउँ चाहार्‍यौं ।”

“त्यो त पहिले नै थाहा थियो ।” अफिसरले व्यङ्ग्यपूर्वक मुस्कुराउँदै भन्यो –

“निकै अनुभवी मान्छेको फेला परिएको .. !”

आमाले उसको कोमल र गुन्जँदो आवाज सुनिन् । उनले तर्सिदै उसको पहेँलो अनुहारमा हेरिन् । उनलाई लाग्यो ऊ एक निर्मम शत्रु हो, जसले सबैलाई तिरस्कार र घृणाको दृष्टिले हेर्छ । यस्ता मानिसहरुसँग उनको कमै भेटघाट हुन्थ्यो । संसारमा यस्ता पनि मान्छेहरु हुन्छन् भन्ने कुरा उनले बिर्सिसकेकी थिइन् ।

“ए, त्यसो भए कसलाई तर्साउन पुगेछन् त केटाहरुले ?” आमाले सोचिन् ।

“हरामको छोरा, श्रीमान् आन्द्रेइ ओनिसिमोभिच नाखोद्का, हामी तपाईलाई गिरफ्तार गर्दैछौं ।”

“कुन अभियोगमा ?” उक्राइनिले शान्तिपूर्वक सोध्यो ।

“पछि थाहा पाउनुहुनेछ ।” अफिसरले बनावटी नम्रतासहित भन्यो अनि पेलागेया निलोभ्नातिर फर्केर सोध्यो –

“तँलाई लेखपढ गर्न आउँछ ?”

“आउँदैन ।” पाभेलले जवाफ दियो ।

“मैले तँलाई सोधेको होइन ।” अफिसरले कड्किँदै भन्यो र फेरि सोध्यो

“ए बुढिया, बता !”

आमाको हृदय त्यस व्यक्तिप्रतिको घृणाले भरियो । अचानक उनी यसरी काँप्न थालिन् मानौं कि चिसो पानीमा डुबिन् । उनले आफूलाई सम्हालिन्, घाउको दाग नीलो भयो, उनका आँखीभौं तन्किए ।

“तपाई यसरी नचिच्याउनोस् !” उनले आफ्नो हात उठाउँदै भनिन् – “अझ तपाईंले संसार देखिसक्नुभएको छैन, विपद्को फन्दामा पर्नुभएको छैन . ।”

“आमा नहड्बडाउनुहोस् ।” पाभेलले आमालाई रोक्ने कोसिस गर्दै भन्यो – “पर्ख, पाभेल ।” – आमाले चिच्याउँदै भनिन् र टेबुलतिर गइन् । “किन तपाई मानिसहरुको यसरी धरपकट गर्दै हुनुहुन्छ ?”
“यो तँलाई खाँचो भएको कुरा होइन ! चुप लाग् ! अफिसर मेचबाट उठ्दै चिच्यायो । “त्यो भेसोभसिकोभलाई डाक ।”
अफिसरले एउटा कागज नाक अगाडि लगेर पढ्न थाल्यो ।
निकोलाइलार्य कोठाभित्र ल्याए । अफिसरले पढ्न बन्द गर्दे चिच्यायो –
“टोपी फुकाल् ।”
रीबिन पेलागेया निलोभ्नाको नजिक आयो र उनीसँग टाँसिँदै बिस्तारै भन्यो – “नहड्बडाउनोस्, आमा .. ।”
“म कसरी टोपी फुकाल्न सक्छु, यदि यिनीहरुले मेरा दुवै हात समातेका छन् भने ?” निकोलाइले भन्यो । उसको चर्को आवाजले अफिसरको आवाज डुबाइदियो, जो कानुनी कारवाहीसम्बन्धी रिपोर्ट पढ्दै थियो ।
“यहाँ सही गर् ।” अफिसरले कड्किँदै भन्यो र त्यो कागज टेबुलमा हुत्यायो ।
जब आमाले देखिन् कसरी उनीहरु कागजमा सही गर्दैछन्, उनको रिस गायब भयो, मुटु काँप्न थाल्यो, वेदना र विवशताको आँसुले उनको आँखा टलपलाए । आफ्नो विवाहित जीवनको बीस वर्षको अवधिमा उनले यस्तो आँसु निकै बगाएकी थिइन् तर पछिल्लो समय उनले आँसुको त्यो डाह बिर्सिसकेकी थिइन् । अफिसरले आमातिर हे¥यो र अत्यन्त तिरस्कारपूर्वक मुख बिगार्दै भन्यो –
“म्याडम, धेरै छिटो आँसु बगाउन थाल्नुभयो, पछि तपार्यलार्य यस आँसुको अझ जरुरत पर्नेछ ।”
आमाको हृदयमा फेरि क्रोधको लहर फैलियो ।
“आमाको आँखामा सधैं आँसुको कमी रहँदैन । यदि तपार्यकी आमा हुनुहुन्छ भने उहाँलाई यो कुरा थाहा हुनुपर्छ ।”
अफिसरले छिटोछिटो आफ्नो कागज एउटा नयाँ ब्यागमा राख्यो र ब्यागको ताला चाँदीजस्तो चम्किँदै थियो ।
“हिँड् ।” उसले कड्किँदै भन्यो ।
“लौ, आन्द्रेइ भेटौंला । लौ, निकोलाइ फेरि भेटौंला ।” पाभेलले उनीहरुसँग हात मिलाउँदै मृदु स्वरमा बडो प्रेमपूर्वक भन्यो ।
“हो, हो, छिट्टै भेट हुनेछ तिमीहरुको – अफिसरले मुस्कुराउँदै भन्यो ।
भेसोभसिकोभ लामोलामो सास फेर्दै थियो । उसको मोटो गर्दनमा उम्लँदो रगतको लाली स्पष्ट देखिँदै थियो, उसका आँखा रोषले चम्किन थाले । उक्राइनिको ओठमा भने मुस्कुराहट फैलियो र उसले आफ्नो टाउको झुकाएर आमाको कानमा केही भन्यो । आमाले हातको इसाराले क्रसको चिन्ह बनाउँदै भनिन् –
“ईश्वरले सबै कुरा देख्छन् .. ।”
अन्त्यमा खैरो बर्दि लगाएका पुलिसहरु लाइन कस्दै बरन्डामा निस्के र जुत्ताको तलुवा खडखडाउँदै गायब भए । रीबिन सबैभन्दा पछि निस्क्यो । निस्कँदै गर्दा उसले पाभेललाई बडो ध्यानपूर्वक हे¥यो ।
“लौ त, म पनि हिँडे ।” – उसले केही सोच्दै भन्यो र खोक्दै बिस्तारै बाहिर निस्क्यो ।
पाभेल दुवै हात पछाडि राखेर जताततै छरिएका किताब र लुाहरु नाप्दै कोठामा ओहोरदोहोर गरिरहेको थियो ।
“देख्नुभो आमा, कस हुँदा रहेछन् त यिनीहरु ।” – उसले दुःखित हुँदै भन्यो ।
आमा यताउता छरिएका सामानहरुतिर यसरी हेर्दै थिइन् मानौं उनलाई यी सबै कुरामा विश्वास लागिरहेको छैन ।
“किन निकोलाइले बेकारमा उनीहरुसँग मुखामुख गरेको ?” आमाले दुखित हुँदै भनिन् ।
“मलाई लाग्छ ऊ तर्सेको छ ।” पाभेलले जवाफ दियो ।
“यो पनि कुनै कुरा हो र .. आए, समाए, लिएर हिँडे ।” आमाले हात हल्लाउँदै बडबडाइन् ।
छोरा गिरफ्तार नभएकाले आमाको हृदय अलि शान्त भयो । तर उनले जुन कुरा देखिन्, त्यसले कति विचलित भएकी थिइन् भने किङ्कर्तव्यविमूढ भएर उभिइरहिन् ।
“त्यो पहेँलो ठग हाम्रो हाँसो उडाउँदै थियो, हामीलाई तर्साउन चाहन्थ्यो .. ।”
“लौ ठीक छ, आमा,” पाभेलले अकस्मात् निर्णायक स्वरमा भन्यो, “आउनुस्, कोठा सफा गरौं ।”
उसले ‘आमा’ भनेर सम्बोधन गर्दै थियो र तपाईं भनेन । आमाप्रति हृदयमा विशेष स्नेह पैदा हुँदा मात्र ऊ यसरी सम्बोधन गथ्र्यो । आमा उसका अगाडि गएर एकटकले छोराको अनुहारमा हेर्न लागिन् ।
“तँलाई धेरै पीर पर्‍यो, होइन छोरा ?” उनले शान्त स्वरमा सोधिन् ।
“हो ।” पाभेलले जवाफ दियो । “हो, पीर त परिहाल्छ नि । बरु मलाई पनि उनीहरुसँग लिएर गएका भए बेस हुन्थ्यो ।”
आमालाई लाग्यो पाभेलको आँखा आँसुले भरिएका छन् । उसको पीडा अनुभव गर्दै र उसलाई ढाडस दिने विचारले आमाले गहिरो सास फेर्दै भनिन् –
“पर्खी, केही दिनपछि त तँलाई पनि लिएर गैहाल्छन् नि ।”
“त्यो त हो, लगिहाल्छन् ।” उसले जवाफ दियो ।
केहीबेर चुप लागिसके.पछि उनले पीडित स्वरमा भनिन् –
“पाभेल कति कठोर छस् हँ, तँ ! कहिलेकाहीँ भए पनि त मेरो मन बहलाउने गर् । तँलाई के थाहा, कुन हृदयले मैले यो कुरा भनेकी थिए, तँ चाहिँ घाउमा अझ नुन छर्कन्छस् ।”
उसले आँखा उठाएर आमातिर हेर्‍यो, आमाको नजिक आयो र बिस्तारै भन्यो – “आमा, म तपाईलाई झूटो सान्त्वना दिन सक्दिनँ ! अब तपाईले वास्तविकताको सामना गर्ने बानी बसाल्न थाल्नुपर्छ ।”
आमाले लामो सुस्केरा हालिन्, आफ्नो घाँटी अँठिएको छोराले चाल नपाओस् भनेर एकछिन चुप लागिन् र त्यसपछि सोधिन् –
“के उनीहरु समातिएका मान्छेहरुलाई यातना पनि दिन्छन् ? सुनेकी थिएँ छाला च्यात्छन् रे, हातखुट्टा भाँच्छन् रे, हो ? जब म यस्तो कुरा सोच्न थाल्छु तब मुटु काँपेर आउँछ ।”
“उनीहरु मान्छेको आत्मा मिचिदिन्छन् – जब घृणित हातले आत्मामाथि प्रहार गर्छन् तब त्यो ज्यादा पीडाजनक हुन्छ .. ।”