भागः दुई
चार
०
कोही कठघरामा बसेको समयमा पनि, मानिसहरूले उसका विषयमा कुरा काटेको सुन्नु सधैँ चाखलाग्दो हुन्छ । मैले भन्नुपर्छ, सरकारी वकिल र मेरो वकिलको बहसको समयमा मेरो अपराधका विषयमा भन्दा पनि मेरो विषयमा प्रशस्त कुराहरू भनिएका थिए । के यी दुई बहसका बीचमा, कुनै प्रकारले धेरै भिन्नता थियो त ? वकिलले हात उठाएर दोषीको पक्षमा बोल्यो, तर अपराधलाई कम गर्ने गरी । सरकारी वकिलले उसका हात पैmलाएर मेरो अपराध सार्वजनिक गर्यो, तर अपराधलाई कम नगरीकन । तथापि त्यहाँ मलाई वाक्क पार्ने एउटा वस्तु थियो । मेरा सबै चिन्ताहरूका वावजुद, म अक्सर हस्तक्षेप गर्न उक्साइएको पाउँथेँ र मेरो वकिलले सधैँ भन्ने गथ्र्यो, ‘चुप लाग, तिम्रा लागि यही भलो हुन्छ ।’ एक हिसाबले तिनीहरू मेरो मुद्दालाई स्वतन्त्र किसिमले हेरिरहेका छन्जस्तो देखिन्थे । मेरो अनुपस्थितिमा कारबाही अघि बढिरहेको थियो, अझ हस्तक्षेप गर्दै । कसैले मलाई नसोधीकन मेरो भाग्यको फैसला हुँदै थियो । समयसमयमा म हरेकले हस्तक्षेप गर्दै भनिरहेको महसुस गर्थें, ‘तर फेरि पनि दोषी को हो ? दोषी हुनु महत्त्वपूर्ण छ । र मैले भन्नुपर्ने केही छ ।’ तर जब मैले यस विषयमा सोचविचार गरेँ, मैले यस विषयमा भन्नुपर्ने केही पनि थिएन । यसका साथै मैले के स्वीकार गर्नुपर्छ भने कसैलाई सुन्ने मान्छे भएको हुनाले प्राप्त हुने आनन्द धेरै समयसम्म टिक्तैन । उदाहरणका लागि, सरकारी वकिलको भाषणदेखि म चाँडै नै दिक्क भएँ । यो केवल एक्ल्याइएको टुक्राटाक्री कहिलेकाहीँ गरिने अभिनय वा लम्बेतान क्रोधपूर्ण भाषण थियो जसले मेरो ध्यान खिच्यो वा मेरो चाख जगायो ।
उसको तर्कको आधार, यदि मैले सही किसिमले बुझेको भए, के थियो भने मेरो अपराध पूर्वनिर्धारित थियो । कम्तीमा पनि उसले प्रदर्शन गर्न खोजेको त्यो थियो । जस्तो कि ऊ आफैँले भन्यो, ‘मैले यो तिमीलाई प्रमाणित गर्ने छु, भद्रजन, र मैले यसलाई दुई किसिमले प्रमाणित गर्ने छु । सुरुमा तथ्यहरूको लुकेका प्रमाणहरूबाट र त्यसपछि यो अपराधी आत्माको कालो कार्यलाई उद्घाटित गरेर ।’ उसले तथ्यहरूको सारांश आमाको मृत्युबाट लिएको रूपमा पेस ग¥यो । हामीहरूलाई मेरो असंवेदनशीलताबारे, भोलिपल्टको मेरो पौडी खेल्ने कामबारे, एउटी केटीसित, सिनेमाबारे, फर्नान्डेलबारे र अन्त्यमा मेरीसित मेरो घर फिर्तीबारे स्मरण गराइएको थियो । त्यो क्षणमा उसलाई बुझ्नका लागि मलाई अलिकति समय लाग्यो, किनभने उसले ‘उसकी पत्नी’ भनिरहेको थियो, र मेरा लागि ऊ मेरी थिई । त्यसपछि ऊ रेमन्डतिर फर्कियो । उसले चिजविजहरूलाई हेर्ने उसको दृष्टिकोणमा वास्तवमा नै सुस्पष्टताको कमी थिएन । उसले जे भन्यो त्यो विश्वास योग्य थियो । मैले रेमन्डसितको मिलोमतोमा उसकी स्वास्नीलाई लोभ्याउनका लागि एउटा ‘शङ्कास्पद नैतिकता’ भएको मानिसद्वारा उसलाई दुव्र्यवहारको सिकार बनाउनका लागि लोभ्याउन चिट्ठी लेखेको थिएँ । रेमन्डका शत्रुहरूलाई मैले न्यायालयमा चिढ्याएको थिएँ । रेमन्ड घाइते भएको थियो । मैले ऊसित उसको बन्दुक मागेको थिएँ । मैले यसलाई प्रयोग गर्ने इरादासहित फर्केर गएको थिएँ । मैले योजना गरेअनुरूप अरबलाई गोली हानेको थिएँ । मैले पर्खेको थिएँ । र ‘मैले ठीक किसिमले काम गरेको थिएँ भन्ने निक्र्योल गर्नका लागि,’ नियतवश र एकदम नजिकबाट र कुनै प्रकारको दूरदृष्टिसहित मैले थप चार गोली दागेको थिएँ ।
‘यसरी तिमीले चाहेको कुरा यही नै हो महाशय,’ सरकारी वकिलले भन्यो, ‘मैले तपार्इँहरूका लागि घटनाहरूको शृङ्खला बताएको छु जसले यो मानिसलाई उसको काममा पूर्ण सचेतताका साथ हत्या गर्नका लागि अग्रसर गरायो । म यो बिन्दुमा जोड दिन चाहन्छु, ’ उसले भन्यो । ‘किनभने यो मामुली खालको हत्या होइन । एउटा विचारहीन कार्य, जसलाई तपाईँ वातावरणले कम गम्भीर बनाउने काम गर्न सक्ने सोच्न सक्नुहुन्छ । यो मान्छे, महोदय, यो मान्छे बुद्धिमान् छ । तपाईँहरूले उसका कुरा सुन्नुभएको छ, छैन त ? कसरी उत्तर दिने उसलाई थाहा छ । उसलाई शब्दको मूल्य थाहा छ । र उसले के गरिरहेको थियो भन्ने कुरा नबुझी उसले काम गरेको थियो भनेर कसैले पनि भन्न सक्दैन ।’
मैले सुनिरहेको थिएँ र मैले के सुन्न सक्थेँ भने मलाई बुद्धिमान् मानिसका रूपमा परख गरिएको थियो । तर एक जना सामान्य मानिसका गुणहरू कसरी दोषको घृणित प्रमाणका रूपमा प्रयोग गरिन सक्छन् भन्ने कुरा मैले बुझ्न सकिन । कम्तीमा त्यही नै कुरो थियो जसले मलाई छोयो र उसले मलाई ‘उसले कुनै पश्चात्तापसम्म गरेको छ त ? कहिल्यै पनि छैन महाशयहरू । जाँचबुझ गर्ने दण्डाधिकारी समक्ष समेत यस घृणित अपराधबारे न त उसले कुनै भावावेश नै प्रदर्शन गर्यो’ भनेको नसुनेसम्म मैले सरकारी वकिलको कुनै पनि कुरा सुनिन । त्यहीँनेर ऊ मतिर फर्कियो । उसको औँलो मतिर तेस्र्याएर देखायो र मैले किन भन्ने कुरा साँच्चै नबुझीकन उसले मलाई दोष लगाउँदै रह्यो । वास्तवमा ऊ ठीक थियो भन्ने कुरा स्वीकार नगरेसम्म मैले सुख पाईन । मैले जे गरेको थिएँ त्यसमा मैले धेरै पश्चाताप गर्दिन । तर यसमा ऊ यति धेरै रिसाएकोमा म छक्क परेको थिएँ । उसलाई मैत्रीपूर्ण किसिमले लगभग प्रेमपूर्वक व्याख्या गरेको मैले मन पराउँथेँ होला जुन मैले कुनै पनि कुरामा कहिल्यै पनि पश्चात्ताप गर्न समर्थ भएको थिइन । म सधैँ आजभोलि के हुन्छ होला भन्ने कुराले चिन्तित भएको हुन्थेँ । तर स्वाभाविक रूपमा मलाई जुन अवस्थामा राखिएको थियो त्यो ठाउँबाट त्यसरी नै कसैसित पनि कुरा गर्न म सक्दैनथेँ । मलाई स्नेही हुने वा कुनै भलो चिताउने अधिकार थिएन । र मैले फेरि सुत्ने प्रयत्न गरेँ किनभने सरकारी वकिलले मेरो आत्माका बारेमा कुरा गर्न सुरु ग¥यो ।
उसले भन्यो उसले यसभित्र चियाएको थियो र केही पनि पाउन सकेको थिएन, निर्णयक मण्डलका महाशयहरू । उसले भन्यो सत्य कुरा के थियो भने मसित एउटा कुरा थिएन, आत्मा, र मेरो कुनै पनि प्रकारको मानवीयतासम्म पहुँच थिएन, न त कुनै नैतिक सिद्धान्तहरूसम्म नै थियो जसले मानवको हृदय रक्षा गर्छन् । ‘वास्तवमा,’ उसले थप्यो, ‘हामीले यसका निम्ति उसलाई मुस्किलैले निन्दा गर्न सक्छौँ । उसले कहिल्यै पनि प्राप्त गर्न नसकेको त्यस्तो कुनै चिजप्रति हामीले मुस्किलैले सिकायत गर्न सक्छौँ । तर यहाँ, यो न्यायालयमा सहनशीलताको पूर्ण नकारात्मक नैतिकताले कटु आलोचकलाई बाटो देखाउनुपर्छ, भन्ने कुराभन्दा पनि न्यायको महान् नैतिकताको कुरा आउँछ । विशेष रूपमा जब यस्ता मानिससित हाम्रो भेट हुन्छ जसको हृदय यस्तो किसिमले रित्तो छ कि यसले एउटा दरार सिर्जना गर्दछ जसले समाजलाई निल्ने डर हुन्छ ।’ उसले जब मेरी आमाप्रति मेरो धारणाबारे कुरा गर्न थाल्यो, त्यो यही थियो । उसले उसको सुरुको भाषणमा जे भनेको थियो त्यही कुरा दोहो¥यायो । तर उसले मेरो अपराधबारे कुरा गर्न जति समय लगाएको थियो त्योभन्दा धेरै बेरसम्म बोलिरह्यो, वास्तवमा यति लामो समयसम्म कि म केवल बिहानको चर्को गर्मीबारे मात्र सचेत थिएँ । सरकारी वकिल नरोकिएसम्म भएको यही हो, र एकछिनको नीरवतापछि एउटा ज्यादै गम्भीर र हार्दिक स्वरमा भन्दै गयो, ‘सज्जनवृन्द, भोलि यो अदालतले अपराधहरूमध्ये सबैभन्दा नराम्रो अपराधका विषयमा, बाबुको हत्याको विषयमा निर्णय गर्ने छ ।’ उसका अनुसार मन यस्तो नृशंसताको सोचाइमा पछिल्तिर फर्किन्छ । उसले के कुरामा आशा गर्ने साहस ग¥यो भने मानवीय न्याय यसको निन्दामा अटल रहने छ । तर ऊ के भन्न डराएको थिएन भने, यद्यपि यो अपराधले उसलाई पूरै आतङ्कित पारेको थियो, ऊ कुनै पनि प्रकारका संवेदनहीनताप्रति कम आतङ्कित थिएन । फेरि, उसको भनाइअनुसार, कुनै मानिस जो नैतिक रूपमा उसकी आमाको मृत्युबारे जिम्मेवार थियो त्यसपछि आपूmलाई पुरुषहरूको समाजबाट अलग राख्यो, ऊ आफ्नो सृष्टिकर्तामाथि हत्याको कुकृत्य गर्नका लागि हात उठाउने मान्छेभन्दा कत्ति पनि कम छैन । कुनै तरहले पनि, पहिलोले पछिल्लाका लागि मार्ग निर्माण ग¥यो, एउटा कामले कुनै किसिमले अर्कोलाई सन्देश दियो र वैधता प्रदान ग¥यो । ‘म विश्वस्त छु, सज्जनवृन्द,’ उसले उसको स्वर उचाल्दै भन्यो, ‘कि तपाइँहरू यो कुरा सुझाउँदा मलाई अविवेकी मान्छे नठान्नु होला कि यो मानिस जो कठघरामा बसिरहेको छ, यो पनि हत्याको दोषी छ जो यो अदालतले भोलि पैmसला गर्ने छ । उसलाई पनि त्यही माफिक सजाय दिइनुपर्छ ।’ यहाँ सरकारी वकिलले पसिना टल्किइरहेको उसको अनुहार पुछ्यो । उसले के भनेर टुङ्ग्यायो भने उसको काम कष्टप्रद थियो तर उसले यसलाई दृढतापूर्वक पूरा गर्ने छ । उसले के उद्घोष ग¥यो भने समाजमा मेरो कुनै स्थान थिएन जसका मुख्य आधारभूत नियमहरूलाई मैले बेवास्ता गरेको थिएँ, न त मैले दिलैदेखि कुनै अनुरोध गर्न सक्थेँ जब मलाई एकदम आधारभूत मानवीय प्रतिकृयाबारे केही पनि थाहा थिएन । ‘मैले यस मानिसको टाउकाको लागि अनुरोध गर्दछु र मैले सोझो मनले यसो गर्दछु,’ उसले भन्यो । ‘तथापि, मेरो पेसाको लामो समयसम्मको दौरानमा मैले मृत्युदण्डको माग गर्ने अवसर पनि पाएको थिएँ, तर मैले यस्तो बोझिलो कार्य यसअघि कहिल्यै पनि यति बोझिलो काम पूर्ण रूपमा क्षतिपूर्ति गरिएको र सन्तुलित तर्क गरिएको मैले कहिल्यै पनि अनुभव गरेको छैन, एउटा अति आवश्यक पवित्र कर्तव्य लगायत आतङ्कबाट उत्साहित भएर भन्ने होइन, जुन मैले एक जना मानिसको दृष्टिमा अनुभव गर्दछु जसलाई मैले एउटा राक्षसबाहेक केही पनि देख्दिनँ ।’
जब सरकारी वकिल फेरि बस्यो, धेरै बेरसम्म नीरवता छायो । म यति धेरै तातेको र यति धेरै छक्क परेको थिएँ कि मलाई रिङटा लाग्न थाल्यो । न्यायाधीशले बिस्तारै खोक्यो र एकदम सानो स्वरमा मैले केही थप्नु छ कि भनेर मलाई सोध्यो । म उठेँ र, जस्तो कि मैले कुरा गरेको जस्तो अनुभव गरेको थिएँ, मैले वास्तवमा अलिकति बेढङ्गपूर्ण किसिमले भनेँ, मैले त्यस अरबको हत्या गर्ने मेरो कुनै नियत थिएन । न्यायाधीशले के उत्तर दियो भने यो एउटा सकारात्मक बयान थियो, अहिलेसम्म उसले मेरो प्रतिरक्षाको तरिका बुझेको छैन र मेरो वकिलको कुरा सुन्नुभन्दा पहिले मलाई अपराध गर्नका लागि के कुराले उत्साहित गराएको थियो त्यसको मैले विशेष विवरण दिँदा ऊ खुसी हुन्थ्यो भन्यो । अलिकति मेरा शब्दहरू मिसाएर र उसका लागि म अलिकति हास्यास्पद लागेजस्तो महसुस गरेर मैले तुरुन्तै के भनेँ भने घामका कारणले यस्तो भएको थियो । केही मानिसहरू हाँसे । मेरो वकिलले कुम हल्लायो र तत्कालै पछि उसलाई बोल्नका लागि अनुरोध गरियो । तर उसले के भन्यो भने ढिलो भैसकेको थियो र उसलाई बोल्नका लागि धेरै समय आवश्यक पर्ने छ, र उसले मध्यान्नसम्मका लागि अदालतको कामकारबाही रोक्नका लागि अनुरोध ग¥यो । न्यायाधीशले मञ्जुर ग¥यो ।
त्यो मध्यान्न विशाल पङ्खाहरू अदालतको खचाखच वातावरणमा चुइँचुइँ गर्दै घुमिरहेका थिए र निर्णायक मण्डलीका सदस्यहरू तिनीहरूका हातका ससाना पङ्खाहरू एउटै दिशामा हम्काइरहेका थिए । मलाई लाग्यो मेरो वकिलको बहस कहिल्यै पनि सकिनेवाला छैन । तथापि एउटा बिन्दुमा मैले सुनेँ किनभने उसले भन्यो, ‘यो साँचो हो कि उसले एक जना मान्छे मा¥यो ।’ त्यसपछि ऊ प्रत्येक पटक ‘म’ भन्दै, उसको अर्थ म भन्दै बोलिरह्यो । म धेरै छक्क परेको थिएँ । म एक जना प्रहरीतिर ढल्किएँ र उसले किन यसो भनेको होला भनेर सोधेँ । उसले मलाई चुप लाग्न भन्यो र एकछिनपछि थप्यो, ‘वकिलहरू सधैँ यसो गर्छन् ।’ मलाई के लाग्यो भने यो मलाई कानुनी कारबाहीबाट अगल राख्ने एउटा अर्को तरिका, मलाई महत्वहीनमा घटाउने, र एक अर्थमा, मेरो सट्टामा ऊ आफैँलाई प्रतिस्थापन गर्ने थियो । तर मलाई लाग्छ म यसअघि नै अदालतको कोठाबाट धेरै पर थिएँ । साथै, मैले ठानेँ मेरो वकिल हास्यास्पद थियो । उसले एकदम छिटो घोचपेच गर्ने प्रकारको कुरो गर्यो र उसले पनि मेरो आत्माको विषयमा कुरा गर्न थाल्यो । तर ऊ सरकारी वकिल जत्तिकै क्षमतावान देखिएन । ‘मैले पनि,’ उसले भन्यो, ‘यो मानिसको आत्मामा चियाएर हेरेको छु, तर राज्यको सरकारी वकिलको कार्यालयबाट आएका मेरा श्रेष्ठ सहकर्मी साथीका विपरीत, मैले त्यहाँ केही कुरा पाएँ, र वास्तवमा मैले यसलाई एउटा खुला पुस्तक जस्तै गरी पढेँ ।’ उसले के पढेको थियो भने म एक जना इमानदार मानिस थिएँ, एउटा नियमित र थकित नहुने कामदार जो उसलाई जागिर दिने कम्पनीप्रति बफादार थियो, प्रत्येकसित लोकप्रिय थियो र अरूको दुर्भाग्यप्रति सहानुभूतिशील थियो । उसका लागि म एउटा नमुना पुत्र थिएँ जसले उसकी आमालाई जति सक्यो त्यति लामो समयसम्म भरणपोषण गरेको थियो । अन्त्यमा मैले के आशा गरेको थिएँ भने वृद्धाश्रमले ती महिलालाई सुखसुविधा प्रदान गर्ने छ, जुन मेरो सीमित साधन स्रोतका कारण त्यसो गर्नबाट मलाई वञ्चित गरिएको थियो । ‘म छक्क परेको छु सज्जनवृन्द,’ उसले थप्यो, ‘कि म यो आश्रमका विषयमा यति धरै नाटीकुटी गरिएको छ । यति हुँदाहुँदै पनि, यदि यी सँस्थाहरूको महत्व र उपयोगिताबारे हामीलाई प्रमाणको आवश्यकता पर्छ भने, कसैले पनि के भन्न कर लाग्छ भने यो राज्य आफैँ हो जसले तिनीहरूलाई सहायता गर्छ । ‘एक मात्र कुरा के थियो भने उसले दाह संस्कारका विषयमा कुरा गरेन र मैले के अनुभव गरेँ भने यो उसको बयानमा लुप्त भएको एउटा महत्त्वपूर्ण कुरा थियो । तर यी सबै लामा वाक्यांशहरूको के अर्थ थियो अन्त्यहीन दिनहरू र घण्टीहरू जसमा मानिसहरूले मेरो आत्माका बारे कुरा गरिरहेका थिए, मलाई केवल के प्रभाव परिरहेको थियो भने म एक प्रकारको रङहीन तरलमा डुबिरहेको थिएँ ।
अन्त्यमा मैले जे जति सम्झन्छु त्यो के हो भने, मेरो वकिलले कुरा गरिरहँदा, अदालतको सुनुवाइ गर्ने कोठाको व्यापक पैmलाहट र अदालतका कोठाहरू पार गर्दै बाहिर सडकबाट मतिर प्रतिध्वनित भएर आइरहेको बरफ विक्रेताको तुरहीको आवाज थियो । म जीवनका स्मृतिहरूबाट आक्रमण गरिएको थिएँ, जुन अबदेखि मेरो थिएन, तर यसमा मैले एकदम सरल र धेरै बेरसम्म रहने आनन्द प्राप्त गरेको थिएँ ः गृष्म ऋतुको सुगन्ध, सहरको त्यो भाग जसलाई मैले मन पराउँथेँ, खास साँझहरूको आकाश, मेरीका लुगाफाटाहरू र ऊ हाँस्ने तरिका, र यहाँ मैले जे गरिरहेको थिएँ, त्यसको पूर्ण निरर्थकताले मलाई घाँटीसम्म पुर्यायो र मैले चाहेको एक मात्र कुरा यहाँबाट मुक्ति पाउनु र मेरो कोठामा गएर सुत्नु थियो । मेरो वकिलले कसैले केवल एकछिन बिर्सेको कारणले निर्णयक मण्डलीले एकजना इमानदार कामदारलाई निश्चय नै मृत्युदण्ड दिइने छैन भनेर मेरो वकिलले अन्त्यमा बहस गरेको कुरा र त्यसपछि, दोषलाई कम बनाउने वातावरणका लागि क्षमायाचना गर्ने काम, किनभने यो अपराधका लागि मेरो निधो भैसकेको जस्तो सजाय हृदय शुद्धिका लागि गरिने पश्चात्ताप थियो जसबाट म यसअघि नै प्रताडित थिएँ, यी कुरा समेत मैले मुस्किलैले सुनेँ । अदालतको कामकारबाही स्थगित भयो र वकिल बस्यो । ऊ निकै थकित देखिन्थ्यो । तर उसका साथीहरू ऊसित हात मिलाउन आए । मैले, ‘एउटा धेरै राम्रो मान्छे’ भनेको सुनेँ । तिनीहरूमध्ये एक जनाले मलाई हेर्नका लागि बोलायो । ‘आ हा ?’ उसले भन्यो । मैले स्वीकार गरेँ, तर यो केवल एउटा सच्चा उद्गार मात्र थियो किनभने म अत्यन्त थकित थिएँ ।
तथापि, बाहिरतिर घाम मलिन हुँदै थियो र अब त्यति धेरै गर्मी थिएन । केही गल्लीहरूबाट आएको हल्ला जो मैले सुन्न सक्थेँ, मैले साँझपखको शान्ति महसुस गरेँ । त्यहाँ हामी सबै थियौँ, पर्खिरहेका । र हामी केका लागि पर्खिरहेका थियौँ, त्यो अरूलाई कुनै मतलब थिएन, तर मलाई थियो । मैले फेरि कोठा वरपर हेरेँ । सबै कुरा पहिलो दिनमा जे जस्तो अवस्थामा थियो त्यस्तै थियो । मेरा आँखा खैरो ज्याकेट लगाउने पत्रकारसित र मसिनजस्तो काम गर्ने महिलासित जुधे । त्यसले मलाई मैले मेरीलाई पूरै बहसभरि देखेको थिइन भन्ने सम्झना गरायो । मैले उसलाई बिर्सेको थिइन, केवल म धेरै व्यस्त मात्र भएको थिएँ । मैले उसलाई सेलेस्ट र रेमन्डका बीचमा बसेको देखेँ । उसले मलाई मानौँ कि ‘अन्त्यमा’ भन्न खोजेझैँ गरी हल्का किसिमले हात हल्लाई र मैले उसको अनुहारमा चिन्तित मुस्कान देखेँ । तर मेरो मुटुमा गाँठो प¥यो र प्रत्युत्तरमा म मुस्कुराउनसम्म सकिन ।
न्यायाधीश फर्कियो । निर्णायक मण्डल एकदम छिटो प्रश्नहरूको शृङ्खला पढ्दै थियो । मैले ‘हत्याको दोषी…’, ‘पूर्वनिर्धारित…’, ‘कम गम्भीर बनाउने वातावरण’ भनेको सुनेँ । निर्णायक मण्डल बाहिर गयो र मलाई सानो कोठामा लगियो जहाँ म एक पटक यसअघि नै पर्खेर बसेको थिएँ । मेरो वकिल मलाई भेट्न आयोः ऊ धेरै कुरौटे थियो र मसित यसअघि कहिल्यै पनि नगरेझैँ गरी एकदम ढुक्क किसिमले र मित्रवत् रूपमा कुरा ग¥यो । ऊ के सोच्थ्यो भने हरेक कुरा ठीकठाक हुने छ र म केही वर्षको जेल जीवन वा श्रम–शिविरपछि मुक्त हुनेछु । मैले यसलाई यदि प्रतिकुल भएको खण्डमा कैदलाई दबाउन सकिने कुनै उपाय थियो कि भनेर सोधेँ । उसले छैन भन्यो । उसको चलाखी निर्णायक मण्डलसित कुनै शत्रुतापूर्ण व्यवहार देखाउने गरी कुनै विरोध नगर्ने थियो । उसले के विश्लेषण ग¥यो भने तिनीहरूले वाक्यांशलाई बिनाकारण त्यसरी निचोर्दैनन् । यो स्पष्ट देखिन्थ्यो र मैले उसको तर्कलाई स्वीकार गरेँ । उसलाई शान्तपूर्वक हेर्दा, यो पूरै स्वाभाविक थियो । यदि कुरो यसको उल्टो भैदिएको भए, अति धेरै बेअर्थका कागजी काम हुन्थे होलान् । ‘जे होस्,’ मेरो वकिलले मलाई भन्यो, ‘तपार्इँले जहिले पनि पुनरावेदन गर्न सक्छौ । तर अदालत हाम्रो पक्षमा हुने छ भन्ने कुरामा म विश्वस्त छु ।’
हामीहरूले धेरै लामो समयसम्म पर्खियौँ, मलाई लाग्छ लगभग एक घण्टाको तीनचौथाइ समय । त्यो समयको अन्त्यमा घण्टी बज्यो । मेरो वकिलले ‘निर्णायक मण्डलीको प्रमुख मान्छेले फैसला सुनाउँदै छ, तपाईंलाई ती वाक्यांशहरू पढेर नसकिएसम्मका लागि भित्र ल्याइने छ’ भनेर मसित बिदा भयो । केही ढोकाहरू लगाइए । मानिसहरू भ¥याङबाट माथि र तलतिर दौडिइरहेका थिए, तर तिनीहरू कति टाढा थिए म भन्न सक्तिन । त्यसपछि मैले अदालतको कोठामा केही पढिरहेको एउटा ढाकिएको स्वर सुनेँ । जब फेरि घण्टी बज्यो र अगाडिको ढोका खुल्यो, कोठामा भरिएको नीरवताले मलाई अभिवादन ग¥यो, नीरवता र त्यो अनौठो अनुभूति जो मैले त्यस युवा पत्रकारले हेर्दाको समयमा पत्ता लगाएको थिएँ । मैले मेरीतिर हेरिन । मसित हेर्ने समय थिएन किनभने न्यायाधीशले मलाई विशेष किसिमले एउटा सार्वजनिक चोकमा, फ्रन्सेली मानिसहरूका नाउँमा मेरो टाउको काटिने छ भन्यो । र मलाई लाग्छ मैले प्रत्येक मानिसका अनुहारमा जुन भाव देखिरहेको थिएँ त्यो मैले चिनेँ । म बिलकुलै विश्वस्त थिएँ, यो सम्मानको कुरा थियो । प्रहरीहरू मप्रति अत्यन्त भद्र थिए । वकिलले उसको हात मेरो नाडीमा राख्यो । म विचारहीन भएको थिएँ । तर न्यायाधीशले मलाई कुनै कुरा भन्नुपर्ने छ कि भनेर सोध्यो । मैले यस विषयमा सोचेँ । मैले भनेँ, छैन ।’ त्यसपछि तिनीहरूले मलाई लिएर गए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

