भितोल्द ब्यालिनित्स्की बिरूल्याको जन्मजयन्ती फेब्रुअरी १२ अर्थात् हिजो शुक्रबार मनाइयो । बेलारूसका यी ल्यान्डस्केप पेन्टर रूसी महासंघको एकेडेमी अफ आर्ट तथा ट्राभलिङ आर्ट एक्जिभिसन्स एसोसिएसनका उनी सदस्यसमेत थिए । उनलाई रूसी काव्यिक ल्यान्डस्केप परम्पराका एक असल प्रतिनिधिका रूपमा चिनिन्छ । १९ औँ शताब्दीमा उनले आफ्नो सिर्जनालाई लोकप्रिय बनाउन भूमिका समेत खेलेका थिए ।

उनका उम्दा रङ्गीन चित्रकलाले प्रकृतिको शाश्वत सौन्दर्यलाई प्रस्फुटित गरेका थिए । हुन त उनले आफ्नो जीवनकालमा उत्ति धेरै लोकप्रियता हासिल गर्न सकेनन् तर पनि उनका सिर्जनाहरू अझै पनि काव्यिक धाराका ल्यान्डस्केपमा नाम नछुटाई स्मरण गर्ने गरिन्छ ।

आज उनै काव्यिक ल्यान्डस्केप धाराका एक प्रखर सर्जकका सिर्जना हेरेर हामी पनि मन्त्रमुग्ध होऔँ न त । हुन्न ?