वरिपरि थुप्रै छ जसलाई मान्छेहरू दुबी या कुनै छालाको रोग भनिठान्छन्। त्यही दागले तपाईँ मलाई अहिले चिन्न सक्नुहुन्छ, तर सायद पुलिसले देखेन क्यारे ।

अन्तिममा मलाई घर फिर्ता पठाइयो । त्यसपछि लक्ष्मणगढमा मलाई अरू त के कुरा खेतमा काम गर्न पनि कसैले बोलाएन । त्यसैले दिलिप र किसन मेरै लागि सँगै धनबाद आएका थिए ताकि म फोरि त्यो “मानव मागुरा’ को जागिर खान सकुँ |
गाउँदेखि सहरसम्म, लक्ष्मणगढदेखि दिल्लीसम्मको यात्रामा उद्यमीको बाटोमा धेरै स-साना प्रान्तीय सहरहरू पर्छन्‌ जहाँ ठूला सहरको जस्तै धेरै प्रदूषण, हल्लाखल्ला र
सवारीसाधन छन्‌ । ती सहरहरूको न विगत राम्रो छ, न कुनै योजना, न कुनै सौन्दर्य ।

कोँचो बुद्धिका मान्छेलाई बनाइएको काँचो सहर ।

धनबादमा पैसा त हावामै तैरिरहेको थियो । सिसैसिसाले बनेका घर; दाँतमा सुन ठोकेका मान्छेहरू मैले धनबादमै देखेँ । यो सबै सिसा र सुन कोइलाखानीबाटै आउँथ्यो । सहरभन्दा बाहिर यति धेरै कोइला छ कि अन्धकारको त कै कुरा यति धेरै त संसारमा अन्त कही पनि पाइँदैन । कोइलाखानीका मजदुरहरू मेरै पसलमा खान आउँथे । मैले राम्रो सेवा दिन्थेँ, किनकि राम्रो कथा उनीहरूबाटै सुन्न पाइन्थ्यो ।
उनीहरू भन्थे कि सहरबाहिर धेरै माइल परसम्म कोइला खानी छ । केही ठाउँमा त जमिनमुनि सयौँ वर्षदेखि जलिरहेको कोइलाको धुँवा निस्किरहन्थ्यो !
यही कोइलाले नै बनेको सहरको चियापसलमा टेबल पुछ्ने र काम गरेजस्तो पारेर अल्मलिने अनि अरूको थियो गर्ने कामले मेरो भाग्य बदलियो ।

कोही भन्दै थियो, “तपाईं मान्नुहुन्छ, म कहिलेकाँही कोइलाखानीको मालिक बनेर गल्ती गरेँ भनिठान्छु ।”

‘अनि तपाईं म जस्तो मान्छे के बन्ने त ? राजनीतिज्ञ ?”

“आजभोलि सबैको कार छ । ड्राइभरलाई तलब कति छ तपाईंलाई थाहा छ?
प्रतिमहिना एक हजार सात सय रूपियाँ ।”

झुम्रो भुइँमा छोडेर म दौडेर किसन भा ठाउँमा गएँ जो चुल्होको भित्री भाग पुछ्दै थियो ।

मेरो बुबा स्वर्ग भएपछि किसनले नै मलाई हुर्काएको थियो । आज म जे छु त्यसमा उसको भूमिकालाई लुकाउन चाहन्न, तर ऊसँग हुनुपर्ने साहस थिएन । ऊ त म फोहरमै डुबेको देखेर खुसी हुन्थ्यो होला ।
‘काम खासै क्यै छैन । हजुरआमाले चियापसल नछोडनु भन्नुभाछ । हामी त्यही गरौँला’ किसनले भन्यो ।
म सबै ट्याक्सी स्टयान्डमा गएर भेटेजति ड्राइभरको खुट्टा समातेर रोएँ तर कोही पनि मलाई सित्तैमा कार चलाउन सिकाइदिन मानेनन्र । कार चलाउन सिक्नलाई तीन सय रूपियाँ पथ्र्यो लाग्थ्यो ।

थोरै हो र तीनसय रूपियौँ ।

तर आज बैङलोरमा मेरो व्यबसायको लागि मसँग चाहिने जति मान्छै छैनन् । मान्छे आउँछन्-जान्छन् । राम्रा मान्छे कहिल्यै बस्दैनन्‌ । म पत्रिकामै विज्ञापन दिने/गर्ने विचारमा छु । त्यसको भाषा यस्तो हुनेछ-

“बैङलोरमा अवस्थित एक व्यवसायीलाई केही कुशल सानिसहरू चाहिएको छ। तुरून्तै दरखास्त आह्वान गरिन्छ । आकर्षक तलब सुविधा , विनाशुल्क जीवन र उधमशीलताको तालिम पनि दिइने छ ।”

बैङलोरको कुनै पनि रेस्टुरेन्ट र बारमा कान खोलेर जानोस्‌ तपाईंले यही यौटा कुरा सुन्नुहुने छ । चाहीएजति बिक्री व्यवस्थापक, चाहिए जति सफ्टवेयर
इन्जिनियर, चाहिएजति कल काम गर्ने मान्छे पाइएन । प्रत्येक हप्तामा पत्रिकाहरुमा बीसपच्चीरा पेजसम्म विज्ञापन निक्लन्छन्‌

तर अन्धकारमा कुरा फरक छ । प्रत्येक बिहान त्यहाँ दसौँहजार युवाहरू पत्रिका पढ्दै चियापसलमा बस्छन्‌ वा चारपाइमा पल्टेर गीत गुन्युनाउँछन्‌ वा आफ्नै
कोठाको नित्तामा टाँसेको कुनै फिलिमको नायिकासँग बोलेर बस्छन्‌ । तिनीहरूको आज कुनै काम छैन । तिनीहरूलाई थाहा छ आज काम कतै पाइँदैन । सङ्घर्षबाट उनीहरू हारिसके । तिनीहरू कुशल छन्‌ । खाइलाग्दा छन्‌ !

मूर्खहरू त बजारको एउटा चोकमा जम्मा भाछन्‌ । घरिघरी जव कुनै ट्रक आउँछ, “मलाई लैजाउ” “मलाई लैजाछ भन्दै हात पसार्दै ट्रकतिरै हाम फाल्छन्‌ ।

(तँछाड्मछाड्‌ हुँदै थियो ।) सबैले मलाई घँचेटे, मैले पनि घँचेटेँ, तर छ सात जनालाई ट्याप्प टिपेर हामी बाँकी सबैलाई त्यही छाडेर ट्रक गयो । ती भाग्यमानी
बजियाहरू कुनै निर्माण चा खन्नै काममा गए । अर्की आधा घन्टाको पर्खाइपछि अर्को ट्रक आयो । फेरि तँछाडमछाड, फैरि लडाइँ । त्यस दिनको पाँच छ पटकको
छिनाझपटीपछि, मैले आफूलाई भिडको अघि र ड्राइभरको सामुन्ने पाएँ । ऊ ठूलो निलो फेटा बाँधेको शिख थियो । भिड हटाउनलाई उसले एउटा हातले लौरो हल्लाउँदै थियो ।

“ए सबैजनाले सुन’ र चिच्च्यायो । “काम दिनुपूर्व मैलै तिमेरको दूधको मुन्टो हेर्नुपर्छ, त्यसैले सबैले सर्ट फुकाक ।’ उसले मेरो छाती हेर्यो, दूधको मुन्टो निचोर्यो, पुठोमा ड्यान्म हान्यो, बाघले जस्तै आँखामा हेन्यो अनि लौरोले साँप्रामा घोच्दै भन्यो,
“धेरै दुब्लो रैछ, उता हट्‌ ।”

“कृपया मलाई एक मौका दिनुस्‌ तपाईं । शरीर सानो भए पनि यसमा तागत छ । म खन्छु, सिमेन्टको बोरा बोक्छु, म –

उसले लौरो हल्लायो । मेरौ देब्रे कानमा प्या्ट्ट लाग्यो । म लडेँ र मेरो ठाउँमा अरू हाम्फाले । म कान मिच्दै भुइँमा बसेर धुलो उडाउँदै ट्रक गएको हेरिरहेँ।

माथि उडेको चिलको छायाँ ममाथि पन्यो । म भक्कानो छोडेर रोएँ ।
सेतो बाघ ! तिमी यहीँ छौ !
किसन र दिलिपले हाँस्दै मलाइ उडाए । खुसीको खबर ! हजूरआमालने उनीहरूलाई मेरो गाडी सिक्ने धोको पूरा गरिदिन भन्नुभएछ । ‘एउटा कुरा के भने’ किसन भन्दै गयो, “हजूरआमाले भन्नुभएको तँ धेरै लोभी छस्‌ रे । वहाँ चाहनुहुन्छ कि तैँले सबै भगवान्‌ सम्झेर कसम खानुपर्छ कि तँ धनी भइस्‌ भने वहाँलाई बिर्सन्नस्‌ ।”

“म वाचा गर्छु । म कसम खान्छु ।’

“प्रत्येक महिनाको कमाइँ पाइपाइ गरेर हजूरआमालाई पठाइदिन्छु भन्दै घाँटी छोएर कसम खा त !”

हामी ट्याक्सी ड्राइभर बस्ने घरमा गयौं । यौटा भूपू सिपाहीजस्तो देखिने खैरो पोसाकमा बसेर हुक्का तानिराथ्यो । किसनले सबै कुरा उसलाई बतायो ।

“तँ के जातको होस्‌ ?” बूढो ड्राइभरले सोध्यो ।
“हलुवाइ’
“हलुवाइ” टाउको हल्लाउँदै बूढाले भन्यो । .
“तिमीहरूले गर्ने त्यही हो । तिमीहरू मिठाइ बनाउँछौ । गाडी कसरी सिक्न सक्छौं ?” बलिरहेको रातो कोइला देखाउँदै बूढाले भन्यो, ‘कोइलाबाट बरफ बनाउनु र तैँले गाडी सिक्नु उस्तै हो ।’ एउटा लौरोलाई गियर चलाएजस्तै देखाएए भन्यो, “गाडी सिक्नु भनेको जङ्गली घोडा तह लगाउनुजस्तै हो । यो क्षेत्रीको बच्चाले मात्र सोच्न सक्छ ।

तेरो रगतमै रिस हुनुपर्छ । मुसलमान, राजपुत, शिख भनेका लडाकुहरू हुन्‌ । यिनीहरू मात्र ड्राइभर बन्न सक्छन्‌ । चार नम्बर गियरमा हलुवाइ कति बेर टिक्छ ?’

भोलिपल्ट बिहान छ बजे कोइलालाई बरफ बन्न सिकाइयो । यसका लागि तीन सय र अलिकति अतिरिक्त खर्च लाग्छ । हामीले यौटा ट्याक्सीमा सिक्यौँ । प्रत्येक पटक गियर हान्न बिरायो भने बूढाले टाउकोमा प्याट्ट हिर्काउँथ्यो र भन्थ्यो, चिया र मिठाइ नबेचेर यो के जात्रा देखाएको ?”

एक घन्टा गाडी सिकेबापत मैले २ घन्टा समय उसलाई सित्तैमा दिनुपर्थ्यौ । सारा स्ट्यान्डभरिका ट्याक्सीको बिनाशुल्क मर्मतमा मलाई खटाइन्थ्यो । प्रत्येक साँझ म भर्खरै नालीबाट निस्केको सुँगुरजस्तो हातमा कालो मोबिल र मुखभरि कालो ग्रिज र मोबिलले लतपतिएर ट्याक्सीमुनिबाट निस्कन्थेँ । कालोको गङ्गामा डुबुल्की मारेपछि बल्ल म पक्का ड्राइभर भएर निस्किएँ ।

बूढो ड्राइभरलाई जब म अतिरिक्त सय रूपियाँको नोट थमाउँदै थिएँ, उसले भन्यो “सुन, चलाएर मात्र हुँदैन । तँ चालक बन्नुपर्छ । तेरो हेराइ ठीक हुनुपर्छ, बुझिस्‌ । जब तँलाई कसैले बाटोमा उछिन्न खोज्छ, त्यसलाई मुड्की उठाएर धेरै पालि ‘सिमाझ्याक्ने’

भन्नु । सडक भनेको जङ्गलजस्तै हो, बुझिस्‌ ? एउटा कुशल चालक बन्न सबैभन्दा पहिला चर्को गाली गर्न जान्नै पर्छ ।’
उसले मेरो ढाडमा थपथपायो ।
“तँ त मैले नसोचेको निक्लिइस्‌, पुन्टे । तँलाई दिनका लागि मसँग यौटा पुरस्कार छ ।

उनी हिँडे, म पछिपछि लागेँ । साँझ पर्याथ्यो । मधुरो बत्तीको प्रकाशमा हामी गल्लीहरू र बजार छिचोल्दै अघि बढ्यौं । आधा घन्टाको हिँडाइपछि सबैतिर अँध्यारो छायो अनि अचानक यति उज्यालो ठाउँमा पुग्यौँ जहाँ आतिसबाजी भइराख्या थियो ।

त्यो गल्लीका ढोका र झ्यालहरू सबै रङ्गीन थिए र प्रत्येक झ्याल र ढोकाहरूमा मस्किदै मतिर हेर्दै गरेका महिलाहरू थिए । गल्लीका छतहरूमा रातो र झिलमिले कागजका रिबनहरू चम्किरहेका थिए । बाटोमा वारिपारि ठेलापसलमा चिया पाकिरहेको थियो । चारजना दौडेर हामीलाई छोप्न आए । बूढो ड्राइभरले ‘आज नयाँ मान्छे छ मसँग त्यसैले तिमीहरू काम छैन” भने । “पहिला उसले हेरेर मजा लेओस्‌, किनकि यो खेलको रमाइलो पक्ष भनेकै यै हो, होइन त ? आइमाईको हेराइ ।’ ‘हुन्छ,
हुन्छ भन्दै उनीहरू फर्किए । “हामी पनि त्यही चाहान्छौं, उसले रमाइलो गरोस्‌ !”

राम्रा लुगामा ठाँटिएर झ्यालको ग्रिलबाट मलाई जिस्क्याइरहेका, लोभ्याइरूहेका महिलाहरूलाई छक्क परी हेर्दै म बूढासँगै हिडेँ । तिनीहरू सबैले मलाई सुतेर
रमाइलो गर्ने निम्ता गरिरहेका थिए !

बूढो ड्राइभरले मलाई उपलब्ध हुनसक्ने कोठीहरूको बारेमा वृत्तान्त सुनाए ।
एउटा अग्लो भवनको माथिल्लो झ्यालमा एउटा आइमाई छर्लङ्ग देखिनेगरी टिलिक्क टल्केको कालो तिघ्रा देखाउँदै अमेरिकन पारामा हिल जुत्ता, छोटो स्कर्ट इम्ब्रोइडरी गरिएको अङग्रेजी नाम भएको गुलाबी हाते झोला भिरेर ठाँटिएर उभिएको देखिन्थ्यो । तिनीहरू सुलुत्त परेको शरीर भएका खेलाडी जस्ता थिए | पश्चिमा शैलीको शरीर
मन पराउने मान्छेलाई सुहाउने खालका | वल्लो कुनामा खुल्ला घरको ढोकाको सङ्घारमा बसेका चाहिँ अलि परम्परागत शैलीका साडीमा सजिएका मोटा, भद्दा अलि सस्तो मूल्यको माल खोज्नेलाई सुहाउने जस्ता देखिन्थे । एउटा झ्यालमा हिजडाहरू थिए भने अर्को झ्यालमा भर्खरका युवतीहरू । एउटी आइमाईको तिघ्राको बीचबाट एउटा सानो केटाको अनुहार फुत्त देखा पर्यो अनि हरायो |

एउटा निलो ढोका खुल्यो । उज्यालोलै आँखा टपक्क टिप्यो । गहुँगोरो वर्णका, भड्किलो रङ्गको रातो पेटीकोट लगाएका चारजना नेपाली महिलाले हामीतिर हेरे ।
“तिनीहरू” “तिनीहरू” “तिनीहरू मेरो सातो गयो ।

“ठीक छ’ बूढो ड्राइभरले भन्यो | “म सधै विदेशी नै रोज्छु । मलाई यस्तै मनपर्छ !”
हामी भित्र गयौं । बूढोले चारोटीमध्ये यौटा टिप्यो, मैले अर्को । हामी आआफ्नो कोठातिर लाग्यौं ।
म भित्र पसे । मेरो चाहिंले ढोका बन्द गरी ।
मेरो पहिलो अनुभव !
आधा घन्टापछि नशामा लड्खडाउँदै, तर खुसी मन लिएर हामी बूढो ड्राइभरको घरतिर सोझियौँ । मैले हुक्कामा गोल हालेर ल्याइदिएँ र बूढाले ट्वार्र ट्वार्र पारेर लामो सर्को तानेको हेरिबसेँ । नाकका पोराबाट फुर्र धुँवा निस्कियो । ‘अब के चाहियो ? तलाई मैले मान्छे र ड्राइभर दुवै बनाइदिएँ । योभन्दा बढी के खोज्छस्‌ |”
“सर, ती ट्याक्सीवालालाई मान्छे चाहिएको छ कि सोधिदिनोस्‌ एक पटक |. बरू म सुरूमा सित्तैमा काम गर्छु । मलाई जागिरको खाँचो छ ।”
बूढो मजाले हाँस्यो । “मैले चालीस वर्षसम्म काम पाछैन, गधा । तँ पाजीलाई म जागिर कहाँ खोजिदिऊँ ? ल यहाँबाट भागिहाल'” बूढो सन्कियो ।

अनि भोलिपल्ट बिहानै कसैलाई अनुभवी र सिपालु कार ड्राइभर चाहिन्छ कि भनेर साद्वै गेट र ढोका ढोका ढक्‌ढकाउँदै म धनी मान्छेको घरघरै चाहारेँ ।

भेटे जति सबैले चाहिँदैन भने । त्यसरी जागिर कहाँ पाइन्थ्यो र । जागिर पाउन त परिवारको कुनै सदस्यलाई चिन्नै पर्थ्यो न कि ढोका ढक्ढकाएर र सोधेर ।
भारतको धेरैजसो ठाउँमा उद्यमीको कुनै कदर छैन, |
महामहिम, यो बडो दुखद यथार्थ हो ।
प्रत्येक साँझ मनमनै रुँदै थकित मुद्रामा म घर आउँथे, तर किसन भन्थ्यो, “हरेस नखा । एउटा न एउटाले त कसो नराख्ला र, कोसिस गरिराख ।”
त्यसैले मैले धेरै घर चाहारेँ । अन्तिममा २ हप्ताको खोजीपछि एउटा १० फुट अग्लो पर्खाल भएको र प्रत्येक झ्यालको बाहिर ग्रिलले. घेरेको घर फेला पर्यो

हेर्दा ठगजस्तै लाग्ने, चिम्से आँखा भएको, सेतो जुँगा भएको नेपालीले रेलिङ्गबाट चियायो ।
“के खोजेको ?”
मलाई उसको सोधाइको पारा पटक्कै मन परेन, तर पनि हाँसेजस्तो गरेँ ।
“यहाँ ड्राइभर चाहिन्छ कि भनेर हजूर ? मसँग चार वर्षको अनुभव छ । हालसालै मेरो पुरानो मालिक मरे, त्यही भएर म _ _ _

“भागिहाल । हाम्रो ड्राइभर छ” ङिच्च हाँसेर साँचोको ठूलो झुप्पा हल्लाउँदै नेपालीले भन्यो ।