हजुरआमा गनगन गर्दै कौसीमा बसेर नरिवलको तेलले कपाल टिलिक्क परेर टल्काएर कपाल पुछारसम्म बाटेर बान्दै हुनुहुन्छ।
म भने के गनगन गर्छिन् हौ बुडिमाउ भन्दै हजुरआमाको काखमा गएर पुर्लुक्क लडिदिएँ !
‘पर जा ! अझै पनि काखमा आएर बस्छे, बुढी भइसक्दा पनि,’ भन्दै मुसुक्क हाँस्दै गाली गरिन् मेरी बुढीमाउले।
‘तिम्रो गनथन सुन्न आएको बुढिमाउ.’ काखमा टाउको राखेर तेर्सिएँ, ‘के भयो रे ?’
हजुरआमाले आफ्नो औँलाहरु मेरो कपालभित्र छिराएर टाउको सुमसुम्याउँदै भन्नुभयो, ‘उहिले हाम्रो पालोमा ढुङ्गा माटो बेच्दा पैसा आउँदैन बाबै भन्थे ऐले त्यही ढुङ्गा माटो सुन भयो। मलाई त अचम्म लाग्छ, हिजो बजारमा तिर्खाले पानी मागेर खाको त्यस्को टाउको पानीको पनि पैसा पो मागी….”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला