युवा पुस्ताका चर्चित कलाकार नरबहादुर बिके यसपालि आफ्नो कलाहरूको संग्रह “स्प्रिंग सिरिज” लिएर आएका छन्।

विशेषगरी हिमाली जनजीवन र बिहानदेखि साँझपखसम्मको मौसममा बद्लिंदो हिमालको रङहरूलाई उनले क्यानभासमा सुन्दर ढंगबाट उतारेको छन्।

एक्रेलिक माध्यममा बनाइएका करिब चार दर्जन चित्रहरू प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ। प्रदर्शनीमा रहेका कलाहरूको न्यूनतम मूल्य ७ हजारदेखि ३० हजारसम्म रहेका छन्।

कलाकार बिकेको यो १७ औं एकल कला प्रदर्शनी हो। लामो समयदेखि राजधानीमा व्यावसायिक कलामा जमिरहेका कलाकार बिकेको “स्प्रिङ सिरिज” वरिष्ठ कलाकार सुदर्शन विक्रम राणाबाट उद्घाटन भएको थियो भने आर्ट क्लब नेपाल आयोजक रहेको छ।

जनवरी ३० बाट शुरू भएको प्रदर्शनी मार्च १७ सम्म “नेपाल आर्ट काउन्सिल” बबरमहलमा जारी रहनेछ। आउनुहोस् उनै कलाकार नरबहादुर बिकेको प्रदर्शनीमा राखिएका केही कलाहरू नियालौं:

कार्यक्रम उद्घाटन गर्दै राणा

प्रदर्शनमा राखिएका चित्रकलासँग चित्रकार नरबहादुर बिके