पाण्डवहरूको मति बिग्रेको हो
वा कौरवहरू बुद्धि सप्रेको
वा दुवैको मति गुमेको हो
तर स्थिति भने भयावह छ

महाभारत फेरि आरम्भ भएको छ
यो आधुनिक महाभारतमा
कर्म, अकर्म, विकर्मबाट उत्प्रेरित भएर
कौरव र पाण्डवहरू नेपाल आमाको
वस्त्रहरण गरिरहेका छन्।

दर्शकहरू अन्यौलमा छन्
महाभारतको कथावस्तु परिवर्तन भएको देखेर
कसको शिविरमा जाने भन्दै अन्योलमा छन्

म भने कृष्णको प्रतीक्षाम छु
कृष्ण आउन थालेका छैनन्, यो महाभारत रोक्न
कृष्ण भन्दैछन्- यति व्यभिचारीहरू त मैले मूल महाभारतमा पनि देखेको थिइनँ
यति व्यभिचारीहरूलाई म सम्झाउन सक्तिनँ
कुनै अर्कै देवलाई गुहार
मेरो भयको मात्र भने बढ्दो छ
किनभने युद्ध झनै भयावह हुँदैछ
हाम्रो प्रिय हस्तिनापुर ध्वस्त हुनेगरी ।

ओक्लहोमा, अमेरिका