बुढीको…
उसलाइ नआउनु थियो
त्यै पनि बेटाइममा आउछे ।
कहिले आउ आउ भनेर भन्दा पनि आउदिन
कहिले नआउ भनेर पुजा गर्दा पनि आउछे
कहिले हिड्दा हिड्दै आउछे
कहिले गुड्दा गुड्दै आउछे
कहिले उड्दा उड्दै आउछे
कहिले बस्न नपाउदा आउछे
कहिले सुत्न नपाउदा आउछे
कहिले उठ्न नपाउदा आउछे ।
प्राय उठ्न लाग्दा आउछे ।
म अचम्ममा पर्छु ऊ किन आउछे ।
तब सोच्छु म किन खान्छु ।
खान नपर्ने भए ऊ आउदै आउथिन ।
म जानै पर्थेन
चर्पी बनाउनै पर्थेन ।

डा बिनोद ढकाल

डा बिनोद ढकाल

बुढीको …

जब परिक्षा आउछ ।
तनाब आउछ ।
ऊ पनि आउछे ।
अनि बुढी ट्रव्लेट भित्र जान्छे ।
ऊ ट्वाइलेटलाइ टाइलेट भन्ने गर्छे ।

जब प्रोफेसरको अगाडी गएर प्रिजेन्टेसन दिन पर्छ ।
बनाब आउछ ।
ऊ पनि आउछे ।
अनि बुढी टाइलेट भित्र जान्छे ।

जब बिहे गर्न भनेर बुढी तयार हुदै हुन्छे ।
तनाब आउछ ।
ऊ पनि आउछे ।
अनि बुढी टाइलेट भित्र जान्छे ।

जब भुष्याहा कुकुर सडकमा बुढीलाइ सुध्दै आउछ ।
तनाब आउछ ।
ऊ पनि आउछे ।
अनि बुढी दौडिएर टाइलेट भित्र जान्छे ।

जब कक्रोच उफ्रदै बुढीको अगाडी आउछ ।
ऊ आउदिन
बुढी चप्पल लिएर कक्रोच मार्न जान्छे ।

जब भुतको चलचित्रभित्र लामो भुमिका आउछ ।
भुमिकाको अन्तमा … भुत आउछ ।
हो मेरो अगाडी मेरो बुढी आउछे ।
तनाब आउछ ।
अनि म ट्वाइलेट भित्र जान्छु ।
उसलाइ नआउनु थियो
बेटाइममा आउछ ।