‘मसँग धेरै बेरसम्म खाने कुनै मिठाई छैनन् । साँच्चै भन्ने हो भने मसँग धेरै दिनसम्म खान पुग्ने मिठाई छैनन्,’ बच्चाले लौरो समाएर उफ्रने प्रयास गर्दै भन्यो ।

ती युवतीले पुनः आफ्नो फ्रकका लेसतिर हेरिन् । हातले आफ्ना रिबन मुुसारिन् । विन्टरबोर्नले आफूलाई अप्ठ्यारोमा पारेरै पनि उनका ती सुन्दर क्रियाकलाप हेरे । उनको यस हेराइले ती युवतीलाई अलिकति पनि अप्ठ्यारो नहोस् भन्ने उनले चाहन्थे । उनी आफू पनि अप्ठ्यारो हुनबाट जोगिइरहेका थिए । उनी जस्तै आकर्षक रुप भएकी युवती कमै मात्र थिए होलान् । न त तिनी आँखालाई स्पष्ट रुपमा बेखुसी बनाउने खालकी थिइन् न त शंकालु उत्तेजना दिने खालकी थिइन् । उनले ती युवतीका बारेमा कुरा गरेको बेला युवती ती कुरा नसुनेजस्तो गरेर  िवन्टरबोर्नतर्फ नफर्की अर्कातर्फ फर्किन्थिन् । यो उनको बानी थियो । अहिलेसम्भमको वार्तालापमा विन्टरबोर्नले उनीसँग बढी कुरा गर्न पाइरहेका थिएनन् । उनलाई एकदम अपरिचित चाखलाग्दा दृश्य देखाउन पाएका थिएनन् । विन्टरबोर्नले यसो गरेको भए ती युवतीले विन्टरबोर्नलाई क्रमशः आफ्नो हेराइको बढी फाइदा दिन्थिन् । उनको हेराइ एकदम प्रत्यक्ष र फराकिलो थियो । विन्टठरबोर्नले यसलाई पूर्ण रुपमा अनुभव गर्न पाइरहेका थिएनन् । तैपनि विन्टरबोर्नले उनको असभ्य खालको लज्जारहित हेराइलाई थोरै भए पनि नियाल्ने अवसर पाएका थिए । ती युवतीका आँखा अचम्मका इमान्दार र ताजा थिए । यी साँच्ची नै राम्रा युवतीको उनमा भए भन्दा बढी विभिन्न आकर्षण देख्न पाइरहेका थिएनन् । उनी साँच्चीकै राम्री थिइन् । उनको शरीर चिटिक्क परेको र मन लोभ्याउने थियो । उनको अनुहारमा एकदम दक्ष कालिगढले कुँदेर बनाएजस्तो नाक, राम्रा सलक्क परेका कान र पंक्तिबद्ध सेता दाँत थिए । विन्टरबोर्न नारी सौन्दर्यप्रति ज्यादै आकर्षित हुने युवक थिए । उनको साँच्चीकै सोख सुन्दर नारीहरुलाई हेर्ने र विश्लेषण गर्ने थियो । विन्टरबोर्नले उनको अनुहारमाथि धेरै पटक आफ्ना आँखा बिछ्याइसकेका थिए । उनी ती युवतीलाई हेरिरहँदा पनि थाकेका थिएनन् । विन्टरबोर्नले जानाजानी नै आफ्ना भावना उनीसमक्ष पोखिरहेका थिएनन् । उनले आफूलाई भित्रभित्रै रिसाउनबाट रोकिरहेका थिए । उनले आफूलाई मानसिक रुपमा दोषी ठानिरहेका थिए । उनले आफ्ना भावना नपोखेकामा आफैँलाई क्षमा दिन चाहेका थिए र यो कुरा यहीँ नै अन्त्य गर्न चाहिरहेका थिए । उनले सोचे, ¥यान्डोल्फकी दिदीले युवाहरुलाई बिस्तारै आफूतर्फ आकर्षित गर्न सक्दछिन् । ती युवतीसँग आफ्नै प्रकारको भावना छ भन्नेमा उनी विश्वस्त थिए । उनको अनुहार सानो थियो । उज्यालो थियो । यसमा मिठोपनको आभास पाइन्थ्यो । उनको अनुहारको सतहमा जिस्क्याइ र व्यंग्य भने थिएन । ती युवतीले धेरै अगाडिदेखि नै विन्टरबोर्नसँग वार्तालाप गर्न चाहिरेकी थिइन् । ती युवती जाडो ऋतुमा रोम जाँदै थिइन् । उनले आफूसँग आफ्नी आमा र ¥यान्डोल्फलाई पनि लैजाँदै थिइन् । उनले यो कुरा विन्टरबोर्नलाई भनेकी थिइन् । विन्टरबोर्न साँच्चीकै ‘अमेरिकी’ हुन् त भनेर उनले सोधेकी पनि थिइन् । उनले विन्टरबोर्नलाई अमेरिकी नागरिक ठानेकी थिइनन् । ती युवतीले विन्टरबोर्नलाई जर्मन भएको शंका गरेकी थिइन् । विन्टरबोर्नले ती युवतीसँग केही कुरा गरेका थिए । यसको आधारमा उनले विन्टरबोर्नलाई जर्मनजस्तो ठानेकी थिइन् । उनले यो कुरा विन्टरबोर्नलाई थोरै हिच्किचाहटका साथ भनेकी थिइन् । विन्टरबोर्न अमेरिकीजस्तै बोल्ने जर्मनहरुलाई देखेको तर आफू त्यस्तो मानिस होइन भन्ने कुरा हाँस्दै भने । उनले जर्मनजस्तो बोल्ने एउटा अमेरिकीलाई देखेको कुरा पनि ती युवतीलाई भने । ती युवती बेन्चबाट उठिन् । विन्टरबोर्नले उनलाई बसाइमा कुनै अप्ठेरो त भएन भनी सोधे । ती युवतीले आफू उठेर यताउता हिँड्न चाहेको बताइन् तर बसाइमा अप्ठ्यारो नभएको भनिन् । उनी पुनः त्यही बेन्चमा बसिन् । उनले आफू न्युयोर्क राज्यबाट यहाँ आएको कुरा भनिन् । उनले विन्टरबोर्नलाई प्रश्न सोधिन्, ‘तपाइंलाई यो ठाउँ कहाँ पर्छ भन्ने थाहा छ ?’ ती युवतीको सानो भाइले भनेका सबै कुरा विश्वास गर्न सकिने खालको नभए पनि विन्टरबोर्नले उसलाई हातले समाएर ती युवतीका बारेमा धेरै कुरा सोधी जानकारी लिइरहेका थिए । उनले उसको हात समाउँदै उसलाई आफू नजिक उभ्याइरहेका थिए । उनले उसको हात समाउँदै उसलाई आफू नजिक उभ्याइरहेका थिए । उनले ती युवतीका बारेमा अझै बढी कुरा जान्न चाहिरहेका थिए ।

‘बाबु, तिम्रो ना मभन ल,’ उनले भने ।

‘¥यान्डोल्फ सि. मिलर’, बच्चाले तीखो स्वरमा भन्यो ।

‘तपाईंलाई उहाँको नाम भन्छु ल !’ उसले आफ्नी दिदीतिर लौरो ते¥सो पार्दै भन्यो ।

‘किन हतार गरेको, उहाँलाई मेरो नाम सोधेपछि भने हुन्न र !’ ती युवतीले शान्त हुँदै भनिन् ।

‘म तपाईंको नाम जान्न एकदम उत्सुक छु,’ विन्टरबोर्नले भने ।

‘उहाँको नाम डेइजी मिलर (डेइज ीभनेको एक प्रकारको फूल हो, जुन सूर्यको उपस्थितिमा फक्रिन्छ र मिलर भनेको उनको बाबुको नाम हो । यो नाम उनको बाबुको पेसाबाट लिइएको हो । यो पेसा केही मानिसका लागि सामाजिक रुपमा अस्वीकार्य हुन्थ्यो । जस्तो कि कुटानी, पिसानी र पेलानीको मिल चालाउने मानिसलाई मिलर भनिन्थ्यो ।) हो तर यो वास्तविक नाम होइन । उहाँको भिजिटिङ कार्डमा यस्तो नाम लेखिँदैन,’ बच्चाले भन्यो ।

‘तिमीले मेरो चित्त दुखाइरहेका छौ । मेरा धेरै भिजिटिङ कार्डमध्ये तिमीसँग एउटा पनि कार्ड छैन,’ डेइजीले भनिन् ।

‘उहाँको वास्तविक नाम आनी पि. मिलर हो,’ बच्चाले भन्यो ।

विन्टरबोर्नलाई इशारा गर्दै उसकी दिदीले भनिन्, ‘उहाँको नाम सोध न ।’

यतिबेला ¥यान्डोल्फ पूर्ण रुपमा तटस्थ देखिन्थ्यो । उसले आफ्नो परिवारका बारेमा लगातार जानकारी दिइरहेको थियो । ‘मेरो बुवाको नाम एज्रा बि. मिलर हो । उहाँ युरोपमा होइन, योभन्दा पनि राम्रो ठाउँमा बस्नुहुन्छ,’ उसले भन्यो ।

विन्टरबोर्नले एकछिन सोचे, कस्तो अचम्म ! यस्तो सानो बच्चाको आफ्नो बुबासँगकति गहिरो मित्रता । आज उसको बुवा श्रीमान् मिलर ठूलो सम्मानयुक्त ठाउँमा काम गरिरहेका छन् । ¥यान्डल्फले तत्कालै भन्यो, ‘मेरो बुवा स्कनेक्टडी (अमेरिकाको न्युयोर्कको उत्तरी भेग र बोस्टनको पश्चिमी भागमा एडिरोन्ड्याक पार्क र अल्बानीको बीचमा अवस्थित एक ऐतिहासिक सानो सहर) मा बस्नुहुन्छ । उहाँको ठूलो व्यापार छ । उहाँ धनी हुनुहुन्छ । तपाईं यस कुरामा ढुक्क हुनुहोस् ।’

डेइजीले छाता तलतिर झारिन् । छाताको किनारामा भएको बुट्टा हेर्दै उनले अचानक भनिन्, ‘तिमीले कति धेरै कुरा गरिरहेको ?’ विन्टरबोर्नले त्यो बच्चालाई त्यहाँबाट जाने अनुमति दिए । ऊ लौरो घिसार्दै तिनीहरुबाट अलग भयो । ऊ बाटैबाटो गयो । ‘¥यान्डोल्फ युरोपमा बस्न मन पराउँदैन । ऊ यहाँबाट फर्केर जान चाहन्छ,’ युवतीले भनिन् ।

‘उफ फर्केर स्कनेक्टडी जान चाहन्छ भन्न खोज्नु भएको ?’ विन्टरबोर्नले सोधे ।

‘ऊ यहाँबाट कुनै पनि ठाउँको भ्रमण नगरी सिधै घर जान चाहन्छ । उसका यहाँ कुनै साथी छैनन् । ऊ आफ्ना साथीसँग खेल्न चाहन्छ । उसको भेभेईमा एउटा मात्र साथी छ तर ऊ सधैँ आफ्नो शिक्षकसँग विभिन्न ठाउँमा घुम्न गइरहन्छ । त्यो केटाको परिवारले उसलाई खेल्न अनुमति दिँदैनन्,’ डेइजीले भनिन् ।

‘तपाईंका भाइको शिक्षक हुनुहुन्न र?’ विन्टरबोर्नले सोधे ।

‘आमाले उसको पढाइका बारेमा सोच्नु भएको थियो । उहाँले हामीसँगै यात्रा गर्ने शिक्षक खोजनुभएको थियो । एक जना नारीले उउटी ज्यादै असल महिला शिक्षिकाका बारेमा कुरा गरेकी थिइन् । सायद तपाईंले उहाँलाई चिन्नुहुन्छ होला । उहाँको नाम श्रीमती स्यान्डर्स हो । उहाँ अमेरिकी हुनुहुन्छ । उहाँ यो सहरमा नै बस्नुहुन्छ । उहाँको घर बोस्टन हो जस्तो मलाई लाग्छ । हामीले यात्रा गर्दा महिला शिक्षिकालाई साथमा लान चाहिरहेका थियौँ । ¥यान्डोल्फले हामीसँगै यात्रा गर्ने शिक्षक चाहेको थिएन । ¥यान्डोल्फले रेलको यात्रामा पढ्न गाह्रो हुन्छ भनेको थियो । हामी वर्षमा आधाजसो रेलको यात्रामा हुन्छौँ । रेल यात्रामा एक जना अंग्रेज नारीसँग हाम्रो भेट भएको थियो । उनको नाम सुश्री फिदरस्टोन भएजस्तो मलाई लाग्छ । सायद तपाईंले उनलाई पनि चिन्नुहुन्छ होला । उनले हामीले ¥यान्डोल्फलाई नपढाउनुको कारण सोधेकी थिइन् । उनले आफ्नो भाषमा ¥यान्डोल्फलाई ‘शिक्षा’ दिन भनेकी थिइन् । मलाई लाग्छ, मेरो भाइले मलाई धेरै शिक्षा दिन सक्छ । मैले उसलाई उसले भन्दा कम शिक्षा दिनसक्छु । ऊ ज्यादै चलाख छ,’ डेइजीले भनिन् ।

‘हो, ऊ एकदम चलाख छ,’ विन्टरबोर्नले भने ।

‘हामी इटाली गइसकेपछि आमाले उसका लागि शिक्षकको व्यवस्था गर्नुहुनेछ । तपाईंले इटालीमा राम्रा शिक्षक खोज्न सक्नुहुन्छ ?’ डेइजीले भनिन् ।

‘इटालीमा ज्यादै राम्रा शिक्षक खोज्न सकिन्छ होला,’ विन्टरबोर्नले केही सोच्दै भने ।

‘हामीसँगै रहेर पढाइदिने शिक्षकको व्यवस्था हुन नसके आमाले उसलाई इटालीको स्कुलमा भर्ना गरिदिनु हुनेछ । स्कुलमा उसले बढी कुरा सिक्न सक्छ । अहिले ऊ जम्मा नौ वर्षको त छ । उसले राम्रोसँग पढ्यो भने ऊ कलेज जानेछ,’ उनले भनिन् । डेइजीले आफ्नो परिवारको बारेमा वार्तालाप गरिरहेकी थिइन् । उनले अरु विषयका बारेमा पनि विन्टरबोर्नसँग अगाडि नै धेरै कुरा गरिसकेकी थिइन् । उनी पुनः बेन्चमा बसिन् । उनले आफ्ना हात काखमा खुम्च्याएर राखेकी थिइन् । उनका औँला चहकिला औँठीले सजिएका थिए । यी अत्यधिक सुन्दर देखिन्थे । उनी कुराकानीमा ज्यादै व्यस्त थिइन् । उनी चञ्चले स्वभावकी थिइन् । उनले आफ्नो चञ्चले बानी प्रदर्शन गरिरहेकी थिइन् । उनले आफ्नो सुन्दर आँखा कहिले विन्टरबोर्नको अनुहारमा, कहिले बगैँचामाथि, कहिले बगैँचाभित्र आउने जाने मानिसमाथि त कहिले बगैँचाको सुन्दर दृश्यमाथि बिसाइरहेकी थिइन् । डेइजीले विन्टरबोर्नसँग चिनेजस्तो गरेर लामो समयदेखि कुरा गरिरहेकी थिइन् । उनले लामो समयदेखि अपरिचित युवतीका कुरा सुनरिहेका थिए । उनलार्य त्यस्ती युवती नजिकै भएर कुरा सुन्ने अवसर मिलिरहेको थियो । उनले यस्तो मौका नपाएको धेरै वर्ष भइसकेको थियो । ती युवती एकदम शान्त देखिइरहेकी थिइन् । उनी बगैँचाभित्रका अरु मानिसलाई समेत आकर्षण गर्न सक्ने गरी बसिरहेकी थिइन् । उनका ओठ र आँखा निरन्तर चलिरहेका थिए । उनको कोमल, सुरिलो र आनन्ददायी स्वर थियो । उनले विन्टरबोर्नसँग ज्यादै मिलनसार हुँदै कुरा गरिरहेकी थिइन् । उनले विन्टरबोर्नसँग धेरै कुरा गरिन् । उनले विन्टरबोर्नलाई आफू आमा र भाइले युरोपको भ्रमण गर्नुको कारण भनेकी थिइन् । त्यस भ्रमणको क्रममा आफूहरुले गरेका काम र उपलब्धिको पनि उनले चर्चा गरेकी थिइन् । युरोपको भ्रमणमा उनीहरु विभिन्न होटलमा बसेका थिए । उनले आफूले सम्झेसम्म ती मुख्यमुख्य होटलको नाम विन्टरबोर्नलाई सुनाएकी थिइन् ।

‘रेल यात्रामा सुश्री फिदरस्टोनले हामीसँग अरु कुरा पनि गरेकी थिइन् । उनले हाम्रो अमेरिकाको बसाइका बारेमा जान्न चाहेकी थिइन् । उनले हामी त्यहाँ रहँदा होटलमा बसेका थियौँ वा थिएनौँ भनेर सोधेकी पनि थिइन् । युरोप आउनुभन्दा अगाडि मैले यति धेरै होटल देखेकी थिइनँ । यतिका धेरै होटलमा बसेको पनि थिइनँ । मलाई होटलको बारेमा धेरै अनुभव समेत थिएन । यी कुरा मैले उनलाई भनेकी थिएँ,’ खुसी हुँदै डेइजीले भनिन् ।

उनी हरेक कुरामा विन्टरबोर्नसँग ज्यादै हँसिलो पारामा प्रस्तुत भइरहेकी थिइन् । उनी बसेका होटल अति राम्रा भएका र ती होटलबाट प्रदान गरिने सेवा पनि उच्चस्तरको भएको कुरा उनले भनिन् । युरोप महाद्विपका होटल पनि उत्तिकै राम्रो भएको कुरा उनले व्यक्त गरिन् । यी कुरा उनले फुर्तीसाथ भनेकी थिइन् । उनलाई युरोप महाद्विपका होटल धेरै राम्रा छन् भन्ने कुरा पहिले नै थाहा थियो । उनका धेरै घनिष्ठ साथी युरोपमा थिए । उनीहरु धेरै लामो समयदेखि युरोपमा बस्दै आएका थिए । उनले पेरिसबाट युरोपेली संस्कृति र सभ्यता झल्कने धेरै सामान तथा लुगा लिएर आएकी पनि थिइन् । पेरिसबाट ल्याएका लुगा लगाउँदा उनी युरोपमा भएको महसुस गर्थिन् । यी कारणले गर्दा उनले युरोपेली होटलका बारेमा सकारात्मक अभिव्यक्ति दिएकी थिइन् ।

क्रमशः