सुनले मोहोरेको ‘तकमा’ विभिन्न आकार र प्रकारको अक्षरले लेखिएका प्रमाणपत्रका साथ, अभिवादन, धन्यवाद आदिका पत्रहरु छोरा–छोरी, बुहारी–नाती नातीनीहरु पालो गर्दै एक अर्कासँग खोसा खोससँग सबै आफ्ना–आफ्ना कोठा र पल्ला घरतिर लागे । ती सबै आफ्ना–आफ्ना ताँत लागि हाँस्दै उफ्रँदै गएको देखि मास्टर भैगो आफ्नै खून हो भनी गर्व साथ रहे ।

–इबेचाउबी यी सबै तिमीबाट जन्मेका मात्र हुन ।

–अबुई

इवेचाउबी तीन छक्क परिन । चौध वर्षमा बिहे भएको । पैंतालिस वर्षसम्मका लामा यस अवधिमा आफ्ना पतिले उनका नाउँले बोलाएको उनले सुनेकी थिइनन् । बिहेका एक वर्ष पछि जस्तो छोरो जन्मेपछि उनि नानीकी आमा भनेर बोलाउँथे । छोरा चार (४) छोरी तीन (३) र नाती नातीना छोराका र छोरीका र छोरी पटिट्का धेरै थिए ।

शिक्षणकार्य अथवा मास्टरी गरी ४० वर्ष बिताएका थिए । भर्खरै पेन्सन भएका थिए । यसै वर्ष सरकारद्धार्रा ‘आदर्श शिक्षक’ भन्ने नाउँसँगै स्वर्ण पदक र कति राशी पनि प्रदान गरिएको थियो । आज सरकारको विशेष कार्यक्रममा यी पुरस्कारहरु प्रदान गरिएको थियो । घरका सबै जहान यस अवसरमा खुशी साथ सामिल भएका थिए । ओझा भैगो पुरस्कार पाउनु पर्ने मास्टर हुन । ढिलो भई सकेको थियो भन्ने नै धेर थिए । उसँगै मास्टर रहेको, सँगै उठाबसा गर्ने बाहेक अरु सबै खुशी थिए । सबैले भनेका थिए सरकारले राम्रो गर्यो । पैसा कति हो? इबेचाउबीले सोधिन् । ओझा भैगोले जवाफ दिए तीन हजार । हर्षका साथ बुढा भएका भैगो केही हाँसे । शान्त वातावरण, भात खाने बेला इबेचाउबीले झस्स सम्झाइन ।

–ए भसक्कै बिर्सेकी पो थिएँ, एउटा चिटिठ् आएको थियो ।

–के त अनि , चिट्ठि दिनै त आउँछन् । अब त तिमी पनि बाठी हुनु पर्ने । देशको पुरस्कृत ओझा भैगोकी पत्नी हौ तिमी । आउ जाऔ ।

–छीः कस्तो हो बुढेसकालमा, बैंस आए झैं । नानी केटा–केटीका माझमा मरेंम त लाजले ।

–दुवै केही हाँसे । चाउरिएका आँखाबाट इबेचाउबीले पहिलेका बिहे पछि तीन दिनको घटना झल–झली देखिन । त्यसदिन बेलुकी इबेचाउबी भात खाएर डराउँदै उनीहरुका कोठामा लुगा लिन बिस्तारै पसेकी थिइन । पर्खी रहेका भैगोले छेउमै आएर अँगालो हाल्न खोजेका थिए । इबेचाउबी अतालिएर पछाडी दुई तीन पाइला सरिन

–न छुनुहोस ।
–किन ?

हाँस्दै सोधेको थियो । इबेचाउबी शरमले हाँसौ गर्दै कपडा मिलाई रहिन । भैगो अझै नजीक आएर भनेका थिए ।

–कसैलाई नभन्नु ! ढोका थुनौं ?
–किन ! अहिले आमाले (सासु) सँगै सुतौं भनेर लुगा लिन आएकी ।
–लाटी किन भनेकी त । आउ न…..
–अबुई

आज पनि इबेचाउबीका मुखबाट अबुई निस्कियो । भैगो पनि केही क्षण बैंस आए झैं भए ।

भात खाएर केही क्षण आराम गरे. । राम्रा जून लागेको जुनेली रात थियो. । ठूलो घर सबैतिर घुमी फिरी हेरे, छोरा छोरी नाती नातिनीललाई अह्राई–कराईगर्ने गरी भित्र पसे सदाको झै दैनिक घटना लेख्न डायरी खोले त्यहाँ एउटा लामो लिफाफा रहेछ । अघि नानिकी आमाले भनेको चिठ्ठि होला , उठाएर हेरे, त्यही रहेछ । कसले कहाँबाट पठाएको बाहिर केहि लेखेको रहेन छ । खोलेर पढे्–

‘आदरणीय प्यरा मास्टरजी’अरु धेरै के के लेखेको थियो , पन्नै पन्ना अन्तको पन्ना पल्टाएर को रहेछ हेरे–
ओझाकी एक बेलाकी

‘के.के. देवी’

भवानी अधिकारी

के.के देवी भन्ने जाने पछि ओझा भैगो केही मूस्कुराए, मनको विचार केही बदलियो । ढोकातिर पुलूक्क हेरेर सीधा बसी पढन् लागे–

यो चिट्ठि पाउँदा आश्चर्य लाग्दो हो । तपाईले पुरस्कार पाउँदा एका तर्फ खुशी र (अर्का तर्फ दुख ) प्रकट गर्न लेखेकी हुँ । तपाईकी पुरानी छात्राका नाताले, गल्ती भए पनि क्षमा गर्नु होला । क्षमा गर्न न सक्ने खण्ड परे न गर्नु होला; भन्नु पर्ने भन्दा धेरै बोल्ने उही म पहिलेकै हुँ ।

(…..एक दिन धेरै अघि स्कुलमा भएको कुरा हो । केटीहरुका त्यस स्कूलमा भैगो आएका धेर भएको थिएन । जवान थिए । प्रधानध्यापकले शिक्षणका साथ साथ अन्य कार्य पनि सुम्पन्थे । बाहिर तिर (एक्सकर्शन ) भ्रमणको कार्य पनि उनका जिम्मा थियो । विधार्थीको चयन भई सकेपछि शिक्षक बैठक कोठामा उ एक्लै रहेका बेला दुई छात्रा आएका थिए । एउटी कृष्णकुमारी थिइन् । एउटी चाहिँले आँसु–आँसु आँखा पारेर उनलाई पनि जाने अनुमति दिनु भन्दै थिइन– भैगो भन्दै थिए– हेर अब हुँदैन, चयन भै सक्यो । भोलि तिमीहरु हेडमिस्ट्रेसका घरमा गएर उनलाई भन । गएर रोउ , मिलाई दिनुहोस भन । त्यस बेला सानै के.के. देवीले भनेकी थिईन–काम न पाएर के तिमी पनि ? धेर विन्ती गर्नु पर्दैन भन्दै उनलाई तानेर लगेकी थिईन । भैगो अचम्मसँग हेरेर बसेका थिए । उनको पनि आफ्नो फिराद जस्तो जनाएकी थिइन । त्यसै दिन पहिलो चिना जानी भएको ……।)

तपाईं ज्ञानका भण्डारको पारावार छैन । प्रत्येक विषयमा स्पष्टसँग ज्ञान रहनाले सबैका प्रशंसाका पात्र भई छात्रा–छात्राले पनि बेला–बेला आरिस गर्थे भन्ने जान्दछु । तपाईंको प्रशंसा गर्ने शक्ति पनि तपाईंबाटै पाएकी हुँ भनी श्रद्धाले यो शिर झुक्दछ । बोल–चाल सबैमा गुरुका पनि गुरु हुनुहुन्छ तपाईंः प्रत्येक क्षेत्रको ज्ञान दिन तत्पर शिक्षकलाई कसले पो बिर्सन सक्छ र । सबैलाई छोरा–छोरा भाई बहिनी सरी लिन सक्ने , सबैसँगको आत्मीयता, कसैबाट लुकेको छैन । एउटी छोरी सरी , अलिक पछि बहिनी जस्तो मात्रलाई पनि तपाईंले राम्ररी चिन्नु भएको हो । म पनि राम्ररी अहिलेसम्म जानी बुझी रहेकै छु । तपाईंको पढाउने ठाउँको व्यवहार इतिहासले पनि राम्ररी जानेको छ । सम्झदा खुशी लाग्छ । तपाईंले पढाएकी हुँ भन्न पाउँदा छोरा–छोरी र उनका बाबुका सामु शिर ठाडो हुन्छ ।’

तपाईंको सरल हाँसो, तडक¬–भड्क विनाको पोशाक, छल–कपट विनाको वार्ताले मूग्ध न हुनेको थिए र – मैले जान्दा पनि थिएन । तपाईमा समर्पित भएकीहरु पनि कति थिए छ – गुरु आमा ( भाउजु )ले पनि अवश्यै जान्नु भएको छ भन्ने मलाई विश्वास छ । त्यस साधारण व्यक्ति भित्र कस्तो व्यीक्तत्व लुकेको छ त्यो अरु कसैले न जान्लान– पाँच सात जना बाहेक – तपाईं आफैंम, गूरुआमा……र अरु–अ ।’

त्यो दिन मलाई पूर्ण स्मरणमा छ । तपाईंका डायरीमा लेख्नु भएको पनि होलाः तपाईं त डायरी दिनै लेख्ने मानिस । होली वितेर ‘वारुनी’ न आउँदाको समय; त्यो दिन । म तपाईंलाई भेटन आएको त्यो दिन । अध्ययन कक्षमा कोई भेट्न आएको. थियो , कुरा गर्दै गरेको सुनेकी थिएँ । पहिले तपाई ठूला आवाजमा बोल्दै हुनुहुन्थ्यो । रिसाएझै हुनुहुन्थ्यो । पछि शान्त हुनु भएको थियो । पैसाको कुरा थियो , कति पैसा हुन् मैले सुनीन: त्यो विधार्थी केटो धेरै अंक पाएर पास भएको: मलाई थाहा छ । मलाई विश्वास भएन , विश्वास न गर्न पनि सकिन । त्यो घटना पहिलो र अन्त होला भन्ने मलाई लाग्दैन । म तपाईलाई न भेटी यसै फर्केकी थिएँ ।

तपाईको चिर–परिचित व्यक्तित्वमा यस कुराको कसले विश्वास गर्छ र । यसो भन्ने मान्छे स्वयं पागल ठहर्छ । कसरी कसले भन्ने साहस गर्छ र । केही बेला बिँडी बाहेक तपाईं कुनै प्रकारको निशाको सेवन गर्नु हुन्न थियो , हाम्रो पनि यस्तै विश्वास थियो नियमसँग एकदाशी व्रत लिनु हुन्थ्यो , सबैले जानेका थियौं । एक बेला त माछासम्म खान छोडनु भएको थियो । सबैले आदर सत्कार गर्थे । कसै–कसैले त सन्यासी सरह हुनु हुन्छ पनि भन्थे । तपाईंको गुणगानमात्र गाइन्थ्यो । हामी त तपाईका सामुसबाट हिड्रन पनि हिम्मत गर्दैन थियौं – अहिलेसम्म पनि सक्दैनौ , कहिले पनि सक्दैनौ ।’

त्यो घनघोर वर्षाको दिन पनि तपाईंलाई अवश्यै स्मरण होला । (दिन वार लेख्नु पर्दैन होला ।) म आएकी थिएँ – हतार हतारः खुशी खुशी । त्यस बेला तपाई मलाई धेरै नजीकैबाट माया गर्नु हुन्थ्यो । पुर्ण यौवना एउटी केटीका मनमा एउटा तरंग तपाईंले नै सृष्टि गर्नु भएको हो । यौवन उदण्ड समय थियो । तपाईंलाई अरुले जस्तै सम्मान गर्द थिएँ । अति जरुरी कामले आएकी थिएँ र तपाईँले राम्रो स्वागतत गर्नू भएको थियो , म गर्वित भएकी थिएँ ।

त्यस दिन गुरुआमा कतै जानु भएको रहेछ । वाथरुमबाट लुगा फेरेर आउँदा, ढोका उघार्दा उघार्दै तपाईं छेउमै उभिएको याद छ । गूरुआमाका लुगा लाएर लजाएकी म तपाईंलाई देख्दा भुतुक्कै शर्माएकी थिएँ । तपाईंले शरम कम गराउन सरल मीठो–मीठो कुराहरु गर्नु भएको थियोः तपाईंका गुण सम्पन्नताले हामी अझ शर्माउँथियौं । जाडो भयो होला भन्दै एउटा अँगेटीमा कोयला बालेर तपाउनु भएको थियो । तपाईंकै कोठामा तापेका थियौं । कुन कितापका विषयमा हो कुन्नि तपाईंले स्पष्ट, छर्लङग् पारेर कुझाउनु भएको , म शर्माउँदा शर्माउँदै पनि मज्जाले बुझेकी थिएँ, आजसम्म याद छ । पढाउदा पढाउदै तपाईका कर्के नजरले हेर्दा म लुगा बनाउन लाग्थें , त्यस भन्दा अरु मेरो उपाय थिएन पनि ।

–मास्टरजी के भयो ?
–कृष्ण कुमारी तिमी कति राम्री ।
–के भन्नु भएको. त्यसो ?
–के हो म जान्दिन । तर तिमी त साँच्ची राम्री छौ हौ ।
–डर लाग्न थाल्यो ।
–किन डराउनु र?
–किन भने ।……भनौ त……?
–अँ, भनन के भयो ?
–कतै गुरु आमाका लुगा लाएर उस्तै देख्नु भएको तच होइन ?

त्यस दिन तपाईले गुरुआमालाई सम्झनु भो या भएन म जान्दिन । तपाईलले मेरो कुरा सुनेर ‘मोरी’ भन्दै डडाल्नमा हानेको अझै याद छ । टाउकामा पनि नानीलाई झै सुम्सुम्याउन भयो र कोठाबाट अतालिँदै निस्कनु भएको थियो । धेरै बेर पछि कफी दुई कप लिएर आउनु भयो । मैले केही लजाएर म आफै पकाउन थिएँ नि भन्दा , तपाईको झल्केको सरलता अझै याद छ । काफी खाई सकेर कप माझ्नु पर्यो भनी उठदा म रिंगटा लागेर लडेकी थिएँ । तपाईंले विस्तारै बोकेर उठाउनु भए पछि मेरो होश पुरै हरायो ।’

मेरो होश आउनासाथ उठेर चारै तिर हेरें । म गुरुआमाका अर्को ओछ्यामा सुतेकी रहेछु । मैले लाएका न फुकालेका लुगा केही भएका थिएनन्ः तर त्यसको बटन तल र माथि लाएको, कब्जा उल्टा पाल्टा रहेछ । अझ शंका हुने कुरो शरीरका गुप्तागंमा केही भए जस्तो लाग्यो । जूरुक्क उठेर बाथरुमतिर पसें । मलाई तुरुन्तै आफ्नो स्थिति थाह भयो । लुगा फेर्दै बत्ति बालेर ऐना हेरें । दुवै गालामा केही दाग झैं देखिए । दुवै स्तनहरु हेरें त्यहाँ पनि उस्तै स्थिति थियो । धेरै बेर पछि म निस्कें । रिंगटा लागेकै थियो , शरीर अझ शिथिल भएको थियो । सारै तिर्खा लागेको थियो । खाटैका छेउका गिलासमा पानी खाउँ कि भन्ने ठानें, तर शंकाले खान सकिने । किताप लिनु पर्यो भनी भित्र जाँदा तपाई टाउको टेबलमा निहुराएर बस्नु भएको थियो । पछाडिको आलामारी ह्व्ग्ङ खुलै थियो , दुई–चार वटा किताप बाहेक किसिम–किसिमका पाँच छ वटा बदल थिए , जसमा एउटा खुलै थियो । छेउमै गएर सुँघेकी थिएँ , नखाए पनि गंध त हामी पनि चिन्दछौ । म तपाईंसँग न बोली सिधै निस्केर घर गएकी थिएँ ।

त्यस दिनमा म तपाईकोसम्म विश्वास गर्न छोडे । अरुको त विश्वासै गर्दिन । ६–७ दिन पढ्नै आइन । आउने दिनै तपाईंसँग भेट भयो । म तपाईको सामान गर्ने साहस गर्न सकेकी थिइन । तपाईं भने आफु पहिलेकै जस्तो निसंकोच कुरा कानी गर्न लाग्दाः म आश्चर्यमा परेकी थिएँ । म पनि खुलस्त हुन खोजेतापनि तपाईका छेउ पर्न सकिन ।
तपाईले बोलाई रहेता पनि तपाईंका घर फेरि म आइन । आउने इच्छै न भएको त होइन । तपाईं कहाँ आउन साथीहरुसँग तपाईका विषयमा सोध्ने इच्छा हुन्थ्यो ः फेरि सक्दिन थिएँ ।

मैले चाँडै बिहे गर्नु पर्ने हुनाले , पढन छोडेर बिहे गरेर फेरि पढन् लागें । तपाईकै कृपाले एउटी मान्छे भएर बाँचेकी छु । पतिबाट राम्रो व्यवहार पाएकी छु, धेरै माया गर्नु हुन्छ । बेला–बेला केही टोलाउने उहाँको बानी छ, कहिले काहिँ त सारै टोलाउनु हुन्छ । म पनि पहिले त अलिक रिसाउँथे , अहिले सबै छोडे, शान्त छु, कहाँ छौं के गछौं भन्ने तपाईंलाई थाहा भएर फलायदा पनि के पो छ र । देख्ने त देख्नु भएको छैतन । म त तपाईलाईै बारम्बार देखी रहन्छु । पहिलेको झै चिने–जानेका आफ्ना गुरु । आज पुरस्कार वितरण समारोहमा पनि सामील हुन्छु । देख्नु हुने त होईन । त्यत्रा भीडमा हामी कहाँ ? सबै प्राय ः जसो तपाईका विधार्थी मात्र हुनेछन । यस सुअवसरमा हामी पनि एउटा कुनामा बसी अंश ग्रहण गर्ने छौं, नानी (र उनका बुबा ) । गर्वका साथ म उनीहरुलाई तपाईंको परिचय दिन्छु । पतिका सामन्ने मेरो इज्जत अझ बढने छ ।’

सबैले तपाईलाई जसरी चिनेका छन् , मैले त्यसरी न चिनेको हुन सक्छ । तर कसैले जाने न सुनेको, जान्नै न सक्ने , भन्दा पनि विश्वास न हुने व्यक्तित्वका विषयमा मैले धेर जानेकी छु । यो जान्नु पनि पागलपन नै ठहर्छ । म बाहेक तपाईलाई मात्र थाह छ । सबैलाई म सुनाउन, भन्न सक्छु ः प्रकट गर्न सक्छु । तर मैले भनेकै छु, म स्वयं पागल कहलाउँछु । यो जानेर म चुपै छु । सुनाएर के फायदा छ र , बाख्राका पाठाले ठूलो पीपलको रुखलाई हान्न खोज्नु सरी न हो । एक दिन आफ्ना पतिलाई कुरा घुमाएर सुनाएँ, विश्वासले जीतेको हुँदा स्पष्ट गर्न मन लागेर सुनाएकी थिएँ । उहाँ त हास्नु भो मात्र। म रोएँ , उहाँले मेरो पीर बुझ्नु भएन ।’

तपाईंलाई अथवा तपाईका विरोधमा फिराद पत्र लेखेकी होइन । त्यस्तो हुन गए पनि यो मेरो व्यक्गित कुरा हो । अन्तमा मेरो विन्ती यही छ, यो चिट्ठि पढी सकी लिफाफासँगै डडाई दिनु होला । तपाईको आफ्ना कोठामा न डडाउन होला । त्यो कोठो मग–मग वासनादार छ । आजसम्म त्यस्तै होला । कागजको धुँवा न सहनेहरुलाई त सारो पर्छ । समाप्त गर्दैछु, मंगलकामना छ, हामीलाई पनि आशीर्वाद दिनु होला ।’

चिट्ठिपढी सकेर ओझा भैगो धेरै बेरसम्म चश्मा निकालेर दुवै हातले आँखा छोपी बसे । केही बेर पछि त्यो चिट्ठी फेरि लिफाफामा हाली , अर्को ठूला कपडाले मिसाएर बनेका ठूला लिफामामा मिलाएर होशियारसँग हाले, बंद गरी लाह पगाली टाँसे, स्टीलका आलमारीका थाकै–थाक माँझ उनर्को ‘अन्तिम इच्छा ’ ‘अथवा वील’ राखेका डावरमा हाले । सुत्न लागे । इबेचाउबीका सिरानेका छेउमा उनको तकमा सुनौलो रंगका रिबीननले बाँधिएको लडी रहेको थियो । निद्रामा भुस भएर मस्त निदाएकी पत्नीलाई देखि भित्री मनबाट केही मुस्कराए । लडेको तकमालाई छोपी दिए । ओछ्यानमा पसे ।

केही बेर पछि उनका ‘ वीलमा’, एक वाक्य थपे, मेरा मृत्यृ पछि एक वर्षको वर्खान्तका भोलि पल्ट मेरो लिफाफा ‘वि–एल’ लाई खोली यसका कुरा सार्वाजनिक गरी दिनु । ’ उनका मित्र वकील खित्का छोडेर हाँसे ।

ओझा भैगो जीउँदै छन् । मृत्यृपछि एक वर्ष अझै पर्खनु छ । भैगो मास्टर स्वस्थ जीवन बाँची रहेका छन् ।