बेलायतका रिचर्ड थोर्न जलरङमा खेल्ने एक उम्दा समकालीन कलाकार हुन् । आफूले बनाएका चित्रहरू फेसबुकमार्फत प्रचार प्रसार गर्ने र त्यहीँ रमाउनेमध्येका पर्छन् उनी । उनका चित्रकलाहरू यति जीवन्त देखिन्छन् कि घरिघरि दर्शक नै यो तस्बिर हो कि चित्रकला हो भनी झुक्किन्छन् ।

प्रकृतिप्रेमी रिर्चडले आफ्ना चित्रमा श्वेत रङहरूलाई खेल्ने पर्याप्त ठाउँ दिन्छन्, जुन तपाईंले तल हेरेर पनि थाहा पाउनुहुन्छ । यस्ता ठाउँमा खेल्नुलाई विज्ञहरूले ईन्द्रेणी क्षेत्र भनी नामकरण गरेको पाइन्छ । र, जब चित्रमा ईन्द्रेणी क्षेत्र देखिन्छ, त्यो कलाले एउटा बेग्लै महत्त्व दर्शाइहाल्छ ।

आउनुस्, उनै रिचर्ड थोर्नका चित्रहरू यस पटक हेरेर मज्जा लिऔँः