साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता २५ काे नतिजा सार्वजनिक

साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । फोटो देख्नेबित्तिकै आएका भावहरूलाई लिपिबद्ध गरी कविता सिर्जना गर्न आह्वान गरेको थियो ।

यो साता अम्बिका अर्याल, निर्दोष एनपी र इन्दिरा गौतमलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । फाेटाे कविता प्रतियोगिताकाे चाैबीसाैँ चरणमा अश्विन समीप, कृष्ण तामाङ र सरु काश्यप  सर्वाेत्कृष्ट घाेषित भएका थिए ।

त्यस्तै यस चरणमा निर्णायक मण्डलका अनुसार उत्कृष्ट हुँदाहुँदै पनि थाेरै अंकले सुजन गैह्रे, उमाकान्त पाेखरेल र रमेश भट्टराई सर्वाेत्कृष्ट हुनबाट चुकेका छन् ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्ट काव्य विभागले जनाएको छ ।

प्रतियोगिताको रीत पुर्याई १३ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट समेत केही कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरूलाई प्रतियोगितामा समावेश नगराइएकाे साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइरालाले जनाएका छन् ।

फोटो कविता प्रतियोगिताको २६ औँ शृंखला भोलिदेखि सुरू हुनेछ ।

यस्ता छन् यस अंकका पुरस्कृत कविताहरूः

प्रतिक्रिया
Loading...