साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दुई लघुकथा

   

१. फिर्ती सवारी

“एक पटक असफलभइसकेको छु । यसपालि त कसो सफल नभइएला?” दिनेशले मनमनै अठोट गर्यो ।
कोरिया जानभनेर काठमाडौंमा भाषा परिक्षाको टयुशन पढ्दै आएको थियो ऊ । एक चोटि असफल भइसकेको हुनाले अर्को पटकको तयारीमा लागिरहेको छ ।
अचानक कोरोनाको आक्रमणसँगै चारैतिर हाहाकार फैलियो । देशविदेशका सारा विद्यालय, कार्यस्थल सब बन्दभए । उसले टयुशन पढने ठाउँ पनि बन्दभयो ।
डेरामा जान्छ, सब घर जाने कुरा गर्दछन् ।
“म त हिँडे घर !” यसो भन्दै सब घर जानथाले ।
उसको साथी प्रफुल्लकोठामा आएर भन्न थाल्यो, “अब सारा संसारको गति बन्द भइसक्यो । यहाँ बसेर केही काम छैन । घर जाउँ?”
“मकोरिया जाने…..काम….रोजगार…पैसा !” उसले आतंकित मुद्रामा भन्यो ।
“सारा संसारमा आगो लागेको बेला के को काम? के को रोजगार ?ज्यान जोगाउनु नै ठूलो कुरा हो ?” साथीको कुराले ऊ झस्कियो ।
घर गयो । कोरोनाकात्रासदी सुन्दै देख्दै आयो ।
“बाबु अबकहिले कोरिया जाने ?” छिमेकी जेठाबाले भन्नुभयो ।
“अबकतै नजाने ! यत्रो महामारी छ । घरपरिवार छोडेर परदेश नजाने म त । बाबुले केही जमिन बनाएकै छन् । अब यतै काम गर्छु, कोरोनाले मेरो मनै बदलियो ।” उसको यो कुरा सुन्दै गरेका बाबुआमाको मनमा उज्यालो थपिँदै गयो ।

सम्बन्धित पोस्टहरु

तीन लघुकथा श्रृंखला २३

तीन लघुकथा श्रृंखला २१

लघुकथा : पुछिएको आँसु

लघुकथाः श्रेय

bahulako diary small and inside post

           २.  भ्रमण

“संसारभर कोरोना फैलिएको छ । अब के हुन्छ, के हुन्छ, थाहै छैन । चाँडै घर आऊ छोरा !” आमाले भिडियो कलमा यसो भनेपछि उसलाई पनि लाग्यो, “यस्तो बेला खैरियत छैन, अब घर जानुपर्छ ।”
जसोतसो पाएको काम छोडेर विदेशबाट घर हिँड्यो । घर जाँदा विमान, एयरपोर्ट, बस विभिन्न साधन प्रयोग गर्दा उसले सुरक्षा सर्तकता पालन गर्यो । सकुशल घर पनि पुग्यो ।
घर आएपछि जाँच गराउँदा कोरोनान भएको पुष्टि भयो ।
साथी घर आएको थाहा भएपछि पुराना साथी सम्पर्क गर्न थाले । उसले कसैलाई भेटनु भन्दा फोनमै कुरा गर्नु उचित ठान्यो ।
“यताकहाँ छ र कोरोना? कतै छैन । विदेशमा छ । अलिअलि काठमाडौंमा होला । डराउनु पर्दैन् । हामीकतै गएका छैनौं ?यतिका वर्ष पछि घर आएर पनि हामीलाई नभेटने ?” अभिनवले जोर गर्यो ।
आमाबुवालाई थाहा नदिइकन घरबाट बाहिर निस्कियो । साथीभाइ भेट्यो । “आ ….के भएको छ र ?यतात सब हिँडेकै छन्, डुलेकै छन् । म मात्र के डराउनु ?” भयमुक्त भएपछि सारा आफन्त भेटने कामभयो ।
अचानक स्वास्थ्य बिग्रेपछि अस्पताल लगियो । “तपाईँलाई कोरोना देखियो । पहिला जाँच गर्दा त केही थिएन । अहिले के भयो ? घरबाट बाहिर कतै जानुभएको थियो ? डाक्टरले जिज्ञासा राखे । ”
जाँच गराए पछि ढुक्क भएँ ।साथीको आग्रहमा उसलाई भेटेँ । त्यस पछि मामा कहाँ गएँ, फुफु भेटेँ, काकाको घर गएँ । यसरी भेट्दा बीस जनाको घर पुगिसकेको रहेछु ।”
“एनिकै रमाइलो भ्रमण पो भएछ ।अब तपाईँका घरपरिवार, आफन्त, साथीभाइ भेटेजति सबको कोरोनाजाँच गराउनु पर्यो ।” डाक्टरको आवाजसँगै उसको अनुहारमा अँध्यारो बढ्दै गयो ।

 

प्रतिक्रिया
Loading...