परिच्छेद ५

‘अनि तपाईं मिलानको राज्याभिषेकको पछिल्लो संयोगान्त नाटक तथा जेनेभा र लुक्काका जनताले बोनापाटका सामु आफ्नो बिन्ती बिसाएको र बोनापार्टले राजगद्दीमा बसेर सबै राष्ट्रहरुका गुनासाहरु सुनेको अर्को संयोगान्त नाटकका विषयमा कस्तो धारणा राख्नु हुन्छ ?’ अन्ना पाभ्लोभ्नाले सोधी । ‘एकदम पूज्य छ । मान्छेको मगजले कावा खान यसमा प्रशस्त खुराक छ । यो संसार जर्जर र असाध्य भएजस्तो लाग्छ ।’

राजकुमार आन्द्रेइले एउटा व्यङ्ग्यपूर्ण मुस्कानका साथ अन्ना पाभ्लोभ्नासँग आँखा जुधायो । ‘यसलाई कसैले छोयो भने उसलाई ठूलो दशा लाग्नेछ । भगवानले यो मलाई मात्र दिनुभएको हो,’ राजकुमार आन्द्रेइले भन्यो । (बोनापार्टले राजमुकुट लगाउने बेलामा यस्तो भनेको थियो) मानिसहरु भुन्छन् त्यतिबेलासम्म ऊ ठीक ठाउँमा थियो’ – त्यही कुरालाई राजकुमार आन्द्रेइले इटालियाली भाषामा दोहो¥यायो ।

‘मलाई आशा छ गिलासमा भरिने यो अन्तिम मात्रा हो,’ अन्ना पाभ्लोभ्ना भन्दै गई ।

‘सम्राटहरुले यो मानिसलाई सहन सक्ने छैनन्, जो हरेक विषयमा धाकधम्की मात्र लगाइरहन्छ ।’

‘म रसियाको बारेमा केही बोब्दिनँ,’ नम्र तर आत्तिएजस्तो स्थितिमा विकोम्प्टेले भन्यो । सम्राट्हरु भन्नुहुन्छ…, ‘उनीहरुले लुइ सत्रौँ, सम्राज्ञी वा म्याडम एलिजावेथका लागि के गरेका छन् ? केही गरेनन्,’ ऊ झन् जोस्सियो । ‘र, मलाई विश्वास गर्नुस्, उनीहरुले बुरबेन परिवारलाई ( फ्रान्सेली शाही परिवारलाई ) विश्वासघात गरेबापत् त्यसको पुरस्कार पाइरहेछन् । राज्य अपहरणकारीलाई खुसी तुल्याउन उनीहरुले राजदूतहरु पठाइरहेका छन् ।

उपेक्षाको भाव झल्काउँदै लामो सास फेरेर उसले आफ्नो आसन परिवर्तन गर्‍यो ।

राजकुमार हिप्पोलाइत, जो आफ्नो दूरबीन लगाएर केही समयदेखि विकोम्प्टेलाइ र्‍ हेर्दै थियो , एक्कासि सानी राजकुमारीतर्फ फरक्क फर्केर एउटा सियो मागेर टेबुलमाथि कोन्डे कोटे – लुइ द्धितीय बुरेबेनले लगाउने कोट ) खोज्न थाल्यो, यसको सोधखोज गर्‍यो र उसले यसको अर्थ लगाउन थाल्यो ।
राजकुमारीले मुस्कुराउँदै सुनिरही ।

यदि बोनापार्ट फ्रान्सको सिंहासनमा अरु एक वर्ष बस्यो भने … ’ , कसैको कुरा नसुनेर आफ्नै भावनामा एकोहोरो किसिमले तरङगिदै विकोम्प्टेले अगाडि भन्न थाल्योर्, परिस्थितिहरु धेरै फरक हुने छन् । हिंसा, निर्वासन, हत्या , र धोकाधडीले गर्दा फ्रान्सेली समाज सदाको लागि नष्ट–भ्रष्ट हुनेछ । ’
उसले कुम हल्लाउँदै आफ्ना हात तन्कायो । पियेरे केही भन्न चाहन्थ्यो तर अन्ना पाभ्लोभ्नाले अवरोध गरी ।

सम्राट् एलेक्जेण्डरले घोषण गरेका छन् कि फ्रान्सेली जनताले आफ्नो सरकार आफै निमार्ण गर्न सक्नेछन् तर मलाई विश्वास छ, एक पटक अपहरणकारीहरुका हातबाट स्वतन्त्र भयो भने देश अवश्य पनि आफ्ना वास्तविक राजाका हातमा जानेछ,’ आफुलाई राजावादी भएको प्रमाणित गर्ने प्रयास गर्दै उसले आफ्ना भनाइ टुङयाई ।

‘यसमा सन्देह छ, ’ राजकुमार आन्द्रेइले भन्यो । मि. विकोम्प्टेले भनेझैँ परिस्थिति धेरै टाढा पुगिसकेको छ । मलाई पुरानो सरकारको पुनरागमन होलाजस्तो लाग्दैन ।’

बीचैमा कुरा थप्दै पियेरले भन्यो र्। मैले सुनेबमोजिम सम्पूर्ण कुलिन समुदाय बोनापार्टको पक्षमा लागेका छन् ।’

त्यसो भन्ने बोनापार्टका दलालहरु मात्र हुन् । अहिलेको घडीमा फ्रान्सेली जनमत बुझनै गाह्रो छ । विकोम्प्टले पियेरेतर्फ हेर्दै नहेरि जवाफ दियो ।
राजकुमार आइन्द्रेले व्यङग्यपूर्ण मुस्कान छोडर्दै कैफियत जनायोर्, बोनापार्ट आफैले यस्तो भनेको छ,’ उसको यो व्यङग्य विकोम्प्टतर्फ लक्षित थियो किनकि विकोम्प्टेका कुरा उसलाई मन परेका थिएनन् ’ भन्ने प्रष्ट थियो र्। मैले उनीहरुलाई यश र गौरव दिएँ तर उनीहरुले त्यसको अमल गर्न सकेनन् , ’ – राजकुमार आइन्द्रेइ एकछिन चुप लागेर नेपोलियनले बोलेका शब्दहरु दोहोर्‍याउँदै फेरि भन्न थाल्यो । मैले मेरो घरको मूलढोका नैखोलिदिएँ र उनीहरु हुल गरेर भित्र छिरे । उसको भनाइ कति हदसम्म मानसिव थियो म भन्न सक्तिनँ, ’ राजकुमारले प्रतिक्रिया जनायो । र्
अलिकति पनि थिएन ’ विकोम्प्टेले जवाफ दियो । डयुकको हत्यापछि उसका नजिकका मान्छेहरुले पनि उसलाई बहादुर नायक मान्न छोडे । कसैैका लागि ऊ नायक नै हो भने पनि डयुकको हत्यापश्चात् स्वर्गमा एउटा सहिद थपियो र पृथ्वीमा एउटा नायक घट्यो ,’ अन्ना पाभ्लोभ्नातर्फ फर्कदै उसले अरु थप्यो ।

अन्ना पाभ्लोभ्ना र अरुले विकोम्प्टेको सारगर्भित भनाइको पशंसा गर्न के लागेका थिए पियेरे फेरि बीचैमा बोल्यो र उसले केही बोेल्छ भन्ने थाहा हुँदाहुँदै पनि अन्ना पाभ्लोभ्ना उसलाई रोक्न असमर्थ भई ।

ड्युकको हत्या गर्नु एक प्रकारको राजनीतीक आवश्यकता थियो र मलाई लाग्छ हत्याको पूर्ण जिम्मेवारी स्वयंले लिएर नेपनेलियनले आफ्नो महानता सिद्ध गरेका छन् ’ मि. पियेरेले ठोकुवा गर्‍यो ।

लौ, जेसुकै गर भगवान्’ अन्ना पाभ्लोभ्नाले लामो सुस्केरा हाली ।

क्या हो मि. पियेरे, कसैको हत्या गर्नु महान् आत्माको परिचय दिनु हो भन्ने ठान्छौ तिमी ? ’ आफूले काम गरेको टेबुलनजिकै तान्दै र मुस्कुराउँदै सानी राजकुमारीले भनी । हो, हो, ’ अङ्ग्रेजी भाषामा बोल्दै राजकुमार हिप्पोलाइतले भन्यो र आफ्नो हत्केलाले आफै घुडाँ बजाउन थाल्यो ।

विकोम्प्टेले कुम जुक्र्याउने उपक्रम गर्‍यो । पियेरेले शान्त भएर चश्माभित्रबाट श्रोतागणतर्फ हेर्दै पुनः बयान गर्न थाल्यो ।

मैले यसकारणले यो भनेको हुँ , बुरबेनहरु जनतालाई अराजक स्थिति काबुमा ल्याए र सर्वसाधरण जनताको भलाइका लागि एक जनाको ज्यान लिन हिच्किचाएनन् ।’

अन्ना पाभ्लोभ्नाले विम्प्कोटेलाई अर्को टेबुलमा आउने सुझाव दिई । तर पियेरे भने उसको कुराको वास्तै नगरेर आफ्नो भाषण छाँटिरह्यो ।

झन् उत्तेजित हुदैँ भन्न थाल्यो, नेपोलियन महान् हुन् किनभने उनी क्रान्तिद्वारा शिखर चढेका हुन् । उनले राज्यका विसङगति र कुरीतिहरु’ दमन गरे । नागरिकहरुको प्रेस र वाक् स्वतन्त्राको रक्षा गरे र त्यही कारणले गर्दा उनी राज्यशक्ति हत्याउन सफल भए ।’

ठीक हो,तर त्यति गरेर ऊ व्यक्ति हत्यातिर नलागि राज्यका वास्तविक अधिकारवाला राजाको पक्षमा समर्पित भएको भए म उसलाई महान् पुरुषका मान्ने थिएँ,’ विकोम्प्टेले आफ्नो उद्गार व्यक्त गर्‍यो ।

उसले त्यसो गर्न सकेन । बुरबेनहरुबाट मुक्ति दिलाउने छ भनेर मात्र जनताले उसलाई सत्तामा ल्याएका हुन् किनभने जनताले उसलाई एउटा महापुरुषका रुपमा हेरेका थिए । क्रान्ति भएको धेरै राम्रो थियो ’ मि. पियेरे भन्दै गयो ।

के भन्यौ ? क्रान्ति र राजवध भएको राम्रोकुरा हो ? ठीकै छ , त्यसो भए…तर यहाँको अर्को मेचमा आउँदैनौ ? ’ अन्ना पाभ्लोभ्नाले फेरि दोहो¥याई ।र्
रुसोको सामाजिक सम्झौताको सिद्धान्त’ सहिष्ण्ु मुस्कान छर्दै विकोम्प्टेले भन्यो ।

म राजवधको कुरा गरिरहेको छैन, म विचारको कुरा गरिरहेकोछु ।’

हो ! छुट, हत्या र राजवधको विचार त होला नि ’ बीचैमा पुनः एउटा व्यङ्ग्यात्मक आवाज घन्कियो ।

निःसन्देह त्यस्ता कर्तुतहरु ज्यादती नै हुन् तर अत्यन्त महत्त्पूर्ण भने होइनन् । महत्त्वपूर्ण त मान्छेका अधिकार, दुराग्रहबाट मुक्ति र नागरिकहरुबीचको समानताजस्ता कुराहरु हुन्छन् । र यी सबै सिद्धान्तहरुलाई नेपोलीयनले पूर्ण रुपले व्यवहारमा प्रयोग गरे ।’

यो नौजवानका तर्कहरु पतिसम्म वाहियात रहेछन् भन्ने गम्भीरतापूर्वक सोचेर अन्तिम निर्णय गर्दै तिरस्कारपूर्ण भावमा विकोम्प्टेले भन्यो ।

स्वतन्त्रता र समानताजस्ता ठूलाठुला शब्दहरुको धेरै पहिलेदेखि बदनामी भएको छ । स्वतन्त्रता र समानता कसलाई प्यारो लाग्दैन ? खुद हाम्रा उद्धारकले पनि समानता र स्वतन्त्रताबारे उसदेश दिनु हुन्छ । क्रान्तिपश्चात् के जनता खुसी छन् ? हामीले त स्वतन्त्रता चाहेकै हौँ । तर उल्टै बोनापार्टले भएको समानता पनि पूर्ण रुपमा समाप्त गरिदियो । ’

राजकुमार आन्द्रेइ मन्दमन्द मुस्काउँदै पियेरे, विकोम्प्टे र घरसाहुनीका मुखमा पालैपालो हेर्दै थियो । सुरुमा त पियेरेका कुरा सुनेर अन्ना पाभ्लोभ्ना आत्तिएकी थिई । तर उसका अधर्मी शब्दहरुले विकोम्प्टेलाई रिस नउठेको देखेपछि उसलाई बोल्नबाट रोक्न नसकिने ठानेर चित्त बुझाई र आफ्ना पक्षधरहरु बटुलेर विकोम्प्टेलाई साथ दिन पियेरेमाथि जाइलागी ।

तर मेरो प्यारो पियेरे ,’ उसले भनी, एउटा ड्युक अथवा साधारण निदोर्ष व्यक्तिलाइ विनापुर्पक्ष हत्या गर्ने मान्छेलाई तिमी कसरी महान् पुरुषको संज्ञा दिन सक्छौ ?’

म मि.पियेरेलाई १८ ब्रुमायर (फ्रान्सेली क्रान्ति पात्रो ) को कसरी व्याख्या गर्ने रहेछन् सोध्न चाहान्छु, के यो एउटा पाखण्ड र ठगी थिएन ? यो सरासर ठाडो अपराध थियो , जो कुनै पनि ठूलो मान्छेको हातबाट कदापि हुन सक्तैन ।’

त्यस्तै उसले अफ्रिकामा मारेका निहत्था युद्धबन्दीहरुको कुरा नि ? यो जघन्य अपराध थियो । ’ कुम जुक्र्याउँदै सानी राजकुमारी पनि बोली ।

ऊ नीच मानिस हो, तिमी जे भन , राजकुमार’ हिप्पोलाइतले टिप्पणी गर्‍यो ।

पियेरे कसको प्रश्नको उत्तर दिने भनेर निश्चित हुन नसकेपछि उनीहरुलाई हेरेर हाँसी मात्र रह्यो । उसको मुस्कान अन्य सहभागीहरुको अर्धमुस्कानको विपरीत थियो । ऊ हाँस्दा उसको गम्भीर तर मलिन अनुहार तुरुन्तै एउटा बालकको टिठलाग्दो तर हठीजस्तो अनुहारमा परिणत भयो – जो क्षमायाचना गरिरहेजस्तो देखिन्थ्यो ।

पियेरेलाई पहिलो पटक भेटेको विकोम्प्टेले राम्ररी चाल पायो कि यो तन्नेरी उसका कुराले सङकेत गरेझैँ डरलाग्दो ज्याकोबिन –फ्रान्सको विप्वलकारी सदस्य) रहेनछ । सबै चुपचाप भए ।

बोनापार्टलाई सोधिएको भए यी सबै प्रश्नको तत्काल के जवाफ दिन्थ्यो जस्तो लाग्छ तिमीलाई ?’ राजकुमार आन्द्रेले सोध्यो ।

मलाई त यस्तो लाग्छ, आफूलाई महान् राजनीतिज्ञ ठान्ने व्यक्तिका गतिविधिहरु एउटा सामान्य व्यक्तिका गतिविधिहरु एउटा सामान्य व्यक्ति, एक सैनिक अधिकारी वा एक राजाले गर्ने कामभन्दा भिन्न हुनुपर्छ ।’

हो त्यो त सही कुरा हो ’ राजकुमारको तर्कले उसलाई अलिकति राम्रोसँग सास फेर्ने अवसर मिल्यो ।

‘यो त मान्नैपर्छ,’ राजकुमार आन्द्रेइले फेरि भन्यो, ‘अर्कोलाको सेतुमा र जाफाको अस्पतालमा प्लेगग्रस्त रोगीहरुको सहयोगमा खँटिदा एउटा साधारण मानिसका हैसियतले उसले गरेका कामका लागि ऊ महान् थियो तर…. अरु धेरै यस्ता कामहरु पनि छन् जो जायज थिए भनेर सावित गर्न सकिँदैन ।’

राजकुमार आन्द्रेइ, जो पियेरेका टिप्पणीहरूले सिर्जना गरेको अप्ठ्यारो स्थितिलाई साम्य पार्न चाहान्थ्यो, उठ्यो र आफ्नी श्रीमतीलाई आ–आफ्नो स्थानमा बसेर ध्यानपूर्वक आफ्नो कुरा सुन्न अनुरोध गर्दै बोल्न सुरु गर्‍योः

‘आज मैले मास्कोको एउटा रमाइलो कथा सुनेँ । अतः मैले पनि तपाईहरुलाई केही सुनाउँनै पर्ने हुन्छ । क्षमा गर विकोम्प्टे, म यो कथा रसियाली भाषामा सुनाउँछु नत्र कथाको अर्थ तलमाथि पर्न सक्छ ।’ राजकुमार हिप्पोलाइतले एक वर्ष रसियामा बसेको मानिसले रसियाली भाषा बोलेजीतै फ्रान्सेली–रसियाली मिश्रित भाषमा कथा सुरु ग¥यो । उसको नअनुरोधबमोजिम सबै गम्भीरता र उत्सुकतापुर्वक कथा सुन्न पर्खिबसेका थिए ।र्
मास्कोमा एउटी भद्र महिला छिन् । उनी अत्यन्त छुचि छिन् । उनको बग्गी पछाडि दुई जना बलिष्ठ सेवक हुन्छन् । यो उनको सोख हो । अनि त्यस्तै खालकी एउटी महिला सेविका पनि हुन्छे, जसलाई उसले भनी…’

यहाँनिर राजकुमार अलि अक्मकियो र असजिलोसँग कथा बुन्दै अगाडि बढायो-

‘उसले भनी, अँ , हेर केटी’ बर्दी लगा, बग्गीको पछाडि लमग र मैले कुरा गर्न लागेका बखतमा मेरो छेउमा आइजा ।’

यहाँनिर राजकुमारले ओठ कमायो र स्रोताहरुसामु लामो हाँसो हाँस्यो । यसो गर्दा उसलाई अलि कसोकसो लाग्यो । अधिकांश व्यक्तिहरुका साथै वुद्ध महिला र अन्ना पाभ्लोभ्नाले पनि हाँसोमा हाँसो मिलाए ।

केटी अगाडि बढी । अकस्मात् ठूलो हुरीबतास चल्यो । केटीको टोप उडायो । अनि उसको लामोलामो कपालको गजुलटो छिरल्लिएर तलतिर लत्रियो ।’ राजकुमार थामिन सकेन । उच्छवास र अट्टहासका बीचमा ऊ कथा भन्दै गयोः ‘अब त संसारले चिन्यो होला….।’

यसरी कथा टुङ्गियो । उसले किन यो कथा रच्यो र किन रसियाली भाषामा सुनायो ? यद्यपि कथा अबोध्य थियो तथापि उसले यति सहज ढङ्गमा पियेरेको पेटका जुका मारेकोमा अन्ना पाभ्लोभ्ना र अरुले पनि राजकुमार हिप्पोलाइतको सामाजिक चातुर्यताको खुलेर प्रशंसा गरे । कथाको समाप्तिपछि त्यो समूह सानासाना जत्थामा विभक्त भयो । सबै दोस्रो पटक कसले, कसलाई, कहाँ र कहिले भेट्ने भन्ने विषयमा कुराकानी गर्न लागे ।