अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।
अल्बेयर कामुको परिचय
अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो तथापि बेखुस जीवन थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने ।
उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो ।
उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे ।
१९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो ।
सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’
000
::भाग २::
000
दुई
०००
केही यस्ता कुराहरू छन् जुन विषयमा मैले कहिल्यै पनि कुरा गर्ने चाहना राखिन । जब म जेल गएँ, केही दिनपछि मैले के अनुभव गरेँ भने मेरो जीवनको यस भागका विषयमा म कुरा गर्न मन पराउने छैन ।
पछि, यसभन्दा बढी अनिच्छुक हुनुपर्ने मैले कुनै कुरा देखिनँ । यथार्थमा सुरुका केही दिनसम्म वास्तवमा नै म जेलमा थिइनँ । म अस्पष्ट रूपमा कुनै भवितव्यलाई पर्खेर बसिरहेको थिएँ । यो सबै कुरा मेरीको पहिलो र एक मात्र भेटपछि सुरु भयो । (तिनीहरूले उसलाई आयन्दा भेटघाटका लागि आउन दिने छैनन्, किनभने ऊ मेरी पत्नी होइन) भन्ने बेहोराको पत्र पाएको दिनदेखि, त्यो दिनपछि, मैले के अनुभव गरेँ भने जेलको सानो गोलघर मेरो घर थियो र मेरो जीवन गतिहीन भएको थियो । जब म पहिलो पटक समातिएको थिएँ, मलाई अरू धेरै बन्दीहरूसँगै राखिएको थियो र तिनीहरूमध्ये अधिकांश अरब थिए । उनीहरूले मलाई देखेपछि तिनीहरू हाँसे । त्यसपछि तिनीहरूले मलाई मैले के अपराध गरेको थिएँ भनेर सोधे । मैले तिनीहरूलाई के भनेँ भने मैले एकजना अरबलाई मारेको थिएँ, र त्यहाँ सन्नाटा छाएको थियो । तर केही समयपछि रात पर्न थाल्यो । तिनीहरूले मलाई म सुत्नुपर्ने गुन्द्रीमा कसरी पल्टिने भन्ने कुरा बताए । यसको एउटा छेउ तकिया बनाउनका लागि बेर्न सकिन्छ । पूरै रातभरि मेरो अनुहारमा उडुस घस्रिरहेका थिए । केही दिनपछि मैले आफूलाई एउटा गोलघरमा कैद गरिएको पाएँ जहाँ म एउटा काठको बेन्चमा सुत्थेँ । मसित सौचालयका लागि एउटा बाल्टिन र मुख धुनका लागि एउटा बेसिन थियो । जेल सहरको ठीक माथि सिरानमा थियो र एउटा सानु झ्यालबाट मैले केवल समुद्र मात्र देख्न सक्थेँ । एक दिन जब म मेरो अनुहार उज्यालोतिर फर्काएर बारमा टाँसिएर बसिरहेको थिएँ, बन्दीगृहको एक जना रक्षक भित्र आयो र मलाई भेट्न कोही आएको कुरा भन्यो । मैले त्यो मेरी होली भन्ठानेँ । हो रहेछ ।
प्रतीक्षालयमा पुग्नका लागि म एउटा लामो साँगुरो बाटो भएर गएँ, त्यसपछि भर्याङ ओर्लिएँ र अन्त्यमा एउटा अर्को लामो साँगुरो बाटो भएर गएँ । म एउटा निकै ठूलो कोठामा प्रवेश गरेँ जुन एउटा ठूलो बार्दली झ्यालबाट आएको प्रकाशले उज्यालो भएको थियो । कोठालाई तीन भागमा विभाजन गर्ने त्यसको लम्बाइजति नै लामा फलामका दुई लहर डन्डी थिए । ती दुईटा बारका बीचमा आठदस गज फराकिलो खाली ठाउँ थियो जसले बन्दीहरूलाई भेट्न जाने व्यक्तिहरूबाट छुट्ट्याउँथ्यो । मैले मेरीलाई उसको धर्के लुगा र घामले पोलिएको अनुहारमा मेरो विपरीत दिशामा उभिइरहेको देखेँ । म भएको ठाउँतिर झन्डै दस जना बन्दी थिए र तिनीहरूमध्ये अधिकांश अरब थिए । मेरी मुरिस महिलाहरूले घेरिएकी थिई र भेट्न आएका दुई जना व्यक्तिहरूका बीचमा, एउटी सानी, कालो पोसाक लगाएकी अभिव्यक्तिहीन प्रौढ महिला र अर्की, केशविहीन, ठूलो टाउको भएकी महिला, जो ठूलो स्वरमा कुरा गर्दै र उसका हात हावामा हल्लाउँदै उभिइरहेकी थिई । दुइटा बारका बीचको दूरीका कारणले गर्दा, बन्दीहरू र भेट्न आउने मान्छेहरू दुवै थरीले चर्को स्वरमा बोल्नुपर्थ्यो । जब म कोठामा प्रवेश गरेँ, विशाल खाली पर्खालबाट प्रतिध्वनित भैरहेको आवाज र आकाशबाट खसिरहेको चर्को प्रकाश र झ्यालको परावर्तनले मलाई रिङटा लागेको महसुस भयो । मेरो गोलघर एकदम शान्त र अलि अँध्यारो थियो । मलाई त्यो वातावरणसित समन्वय गर्न केही समय लाग्यो । र म उज्यालो प्रकाशमा हरेक अनुहार स्पष्टसित र राम्ररी देख्न समर्थ भएँ । मैले के देखेँ भने पल्लो छेउमा दुइटा बारका बीचमा एक जना रक्षक बसिरहेको थियो । धेरैजसो अरब बन्दीहरू र तिनीहरूका परिवारहरू एकअर्कामा टाँसिएर कक्रिएर बसेका थिए । तिनीहरू चिच्याइरहेका थिएनन् । हल्लाका बाबजुद तिनीहरू निकै सानो स्वरमा कुरा गर्दै एकअर्कालाई सुनिरहेका थिए । तलतिरबाट आइरहेको तिनीहरूको दबेको सानो गुनगुनाहटले तिनीहरूका टाउकामाथि अगाडि र पछाडि गैरहेको वार्तालाई एक प्रकारको अविच्छिन्नता प्रदान गथ्र्यो । म मेरीतिर जाँदै गर्दा एकदम छिटो यो कुरालाई अनुभूत गरेँ । यसअघि नै बारमा अडेस लागेर बसेकी ऊ मलाई हेरेर सकुन्जेल मुस्कुराइरहेकी थिई । मैले सोचेँ ऊ असाध्यै राम्री देखिई, तर यो कुरा उसलाई कसरी भन्ने, मैले जानिन ।
‘सञ्चै छौ ?’ उसले निकै चर्को स्वरमा भनी । ‘ठीकठाक छु, देखिनौ ?’ ‘सब ठीक छ ? तिमीलाई आवश्यक पर्ने सबै कुरा पाएका छौ ?’ ‘अँ, सबै कुरा पाएको छु ।’
हामीहरूले कुरा गर्न छाड्यौँ र मेरी मुस्कुराई । मोटी आइमाई मभन्दा उताको अग्लो, हल्का रङको कपाल र वर्ण भएको मान्छेसित चर्को स्वरमा कराइरहेकी थिई जो त्यसको लोग्ने हुनुपर्छ । तिनीहरू कुराकानीको बीचतिर थिए ।
‘जेनीले उसलाई लान्न ।’ ऊ उसको सबभन्दा चर्को स्वरमा चिच्याइरहेकी थिई । ‘अँ, हो ।’ पुरुष भन्दै गयो, ‘तिमी आएपछि तिमीले उसलाई ल्याउने छौ भनेँ, तर त्यसले उसलाई नलाने भई ।’
प्र्रत्युत्तरमा मेरीले ठूलो स्वरमा के भनी भने रेमन्डले मेरो खुसहाल चाहेको थियो र मैले धन्यवाद भनेँ । तर मेरो आवाज मभन्दा पल्लो मान्छेको ऊ सञ्चै थियो कि भन्ने स्वरले अँठिएको थियो । उसकी स्वास्नी हाँसी र उसलाई कहिल्यै पनि सञ्चो थिएन भनी । मेरो देब्रेतिरको बन्दी, सुकोमल हात भएको एक जना पुरुष, केही पनि भनिरहेको थिएन । मैले के देखेँ भने ऊ एउटी सानी महिलाका अगाडि उभिइरहेको थियो र तिनीहरू एकअर्कालाई दत्तचित्त भएर हेरिरहेका थिए । तर तिनीहरूलाई धेरै बेरसम्म हेरिरहनका लागि मसित समय थिएन, किनभने मेरीले मलाई आशा गर्ने कामलाई निरन्तरता दिनुपर्छ भनेर चिच्याई । मैले, ‘हुन्छ,’ भनेँ । साथसाथै म उसलाई हेरिरहेको थिएँ र मलाई उसको लुगामाथिबाट उसको काँध दबाउन मन लागेको थियो । मलाई नरम वस्तु अनुभव गर्न मन लागेको थियो र अरू केके गर्न मन लागेको थियो मलाई थाहा भएन । तर मेरीले जे बुझेकी थिई त्यो त्यही थियो होला किनभने ऊ मुस्कुराइरहेकी थिई । मैले देख्नसक्ने जम्माजम्मी उसको दाँतको चमक र उसका आँखा वरिपरिका ससाना मुजा थिए । ऊ फेरि कराई, ‘तिमी बाहिर निस्कने छौ र हामी विवाह गर्ने छौँ ।’ ‘तिमीलाई यस्तो लाग्छ ?’ तर खासमा वार्तालाई जारी राख्नका लागि मैले उत्तर दिएको थिएँ । त्यसपछि एकदम छिटो र चर्को स्वरमा उसले हो, मेरो छुट्टी हुने छ र हामी फेरि पौडी खेल्न जाने छौँ भनी । तर अर्की आइमाई उतापट्टि के भनेर कराइरहेकी थिई भने उसले कारिन्दाको कार्यालयमा एउटा टोकरी छोडेकी थिई । उसले त्यसमा राखेका चिजबिजहरूको बेलिविस्तार लगाइरहेकी थिई । उसले ती सबै कुराहरू हेर्नुपर्छ किनभने तिनलाई धेरै दाम पर्छ । मभन्दा उतापट्टिको मानिस र उसकी आमा एकअर्कालाई एकटकले हेरिरहेका थिए । तल अरबहरूको गुनगुन कायम थियो । बाहिरतिर बार्दलीको झ्यालमा घाम एकदम चर्कन थालेजस्तो देखियो ।
मलाई बिसञ्चो महसुस भैरहेको थियो र म छुट्टिन चाहन्थेँ । मैले त्यहाँको हल्लीखल्ली बिलकुलै पीडादायी पाएँ । तर अर्कोतिर म मेरीलाई त्यहीँ भैरहे हुन्थ्यो भन्ने चाहन्थेँ । कति समय बित्यो मलाई थाहा छैन । मेरीले मलाई उसको कामबारे बताई र ऊ निरन्तर मुस्कुराइरही । गुनगुनाहट, चिच्याहट र कुरा गरेको आवाज अगाडि र पछाडिसम्म पुगेको थियो । नीरवताको एकमात्र मरुद्यान मभन्दा उतापट्टि थियो जहाँ युवक र एउटी सानी प्रौढ महिला एकआर्कालाई ध्यानपूर्वक हेरिरहेका थिए । अरबहरूलाई एकएक गरेर लगियो । पहिलोचाहिँ बाहिर जानेबित्तिकै सबैजसोले कुरा गर्न छाडे । सानी प्रौढ महिला बारमाथि चढी र त्यति नै बेला एउटी सुरक्षाकर्मीले हातको इसाराले उसको छोरालाई बोलाई । उसले ‘बिदा आमा’ भन्यो र उसलाई लामो, सुस्त र सानो हात हल्लाउनका लागि उसले बारमा हात घुसारी ।
अर्को मान्छे आएपछि ऊ हातमा टोप समातेर बाहिर गई र आफ्नो ठाउँमा बसी । एउटा बन्दीलाई भित्र ल्याइयो र तिनीहरूले एउटा जोसिलो तर सानु स्वरमा वार्ता सुरु गरे, किनभने अबदेखि कोठा आवाजहीन थियो । तिनीहरू मेरो दाहिनेतिर भएको मान्छेलाई लिन आए र उसकी दुलहीले उसलाई, मानौँ कि उनी अब चिच्याएर बोल्न आवश्यक थिएन भन्ने कुरा थाहा पाएकै छैनझैँ गरी, उसको आवाजलाई तल नझारीकन भनी, ‘आफ्नो राम्रो ख्याल गर्नु ।’ त्यसपछि मेरो पालो आयो । मेरीले मलाई हावामा एउटा चुम्बन दिई । म अदृश्य हुनुपूर्व मैले चारैतिर हेरेँ । ऊ अनुहार बारको डन्डीमा टाँसेर र उही तनावपूर्ण, नमिलेको मुस्कान लिएर बिलकुलै स्थिर मुद्रामा उभिइरहेकी थिई ।
त्यसको लगत्तैपछि उसले मलाई पत्र लेखी । र यो त्यति बेलाबाट नै हो मैले कहिल्यै पनि कुरा गर्न नचाहेको विषय सुरु भयो । तर आखिरमा मैले अतिसयोक्ति गर्नु हुँदैन र अरूलाई भन्दा मलाई अलि सजिलो थियो । जब पहिलो पटक मलाई जेल हालियो, यद्यपि, सबभन्दा रद्दी कुरा के थियो भने, मैले एउटा स्वतन्त्र मानिसले जस्तै विचरण गर्न थालेँ । उदाहरणका लागि, मलाई एक्कासि समुद्र किनारमा जान मन लाग्छ र समुद्रसम्म हिँडेर जान समर्थ हुन चाहन्थेँ । जब मैले मेरो पाइतालामुनि ससाना पहिला छालहरूको आवाजको, मेरो शरीरमा पानीको अनुभूति र त्यसले मलाई प्रदान गर्नसक्ने स्वतन्त्रताको कल्पना गरेँ, म मेरो बन्दीगृहको पर्खालमा कति नजिकै थिएँ भन्ने मैले अकस्मात् अनुभव गर्छु । तर त्यो केही महिना मात्र कायम रह्यो । त्यसपछि मैले एउटा बन्दीलेझँै सोच्न थालेँ । म गाउँमा मेरो दैनिक घुमफिर वा मेरो वकिलको आगमनबारे उत्सुकतासाथ प्र्रतीक्षारत रहन्थेँ । र बचेको समय मैले एकदम राम्ररी व्यवस्थापन गरेको हुन्थेँ । ती दिनहरूमा म अक्सर कस्तो सोच्थेँ भने, म केही पनि नगरीकन मेरो टाउकोमाथिको अलिकति आकाश हेर्दै एउटा खोक्रो रूखको गिँडको गुफामा बस्नुपरेको खण्डमा समेत मैले बिस्तारै त्यसमा आपूmलाई अभ्यस्त गराउँथेँ होला । उडेर गैरहेका चराहरू वा सँगै मडारिइरहेका बादलहरू हेरिरहन वा यहाँ मेरो वकिलको विचित्र किसिमको सम्बन्धका लागि प्रतीक्षारत रहेझैँ र अर्को जगत्मा भएजस्तै, मैले मेरीको शरीरमा आलिङ्गन गर्नका लागि शनिबारलाइ पर्खेझैँ म उत्सुकतापूर्वक पर्खन्थेँ होला । र यस विषयमा सोचौँ, म एउटा खोक्रो रूखमा थिइन । मभन्दा बेखुसी अरूहरू थिए । कुनै किसिमले यो आमाको विचार थियो र उहाँ अक्सर तिमीले हरेक वस्तुसित अभ्यस्त हुने काम समाप्त ग¥यौ भनेर यो कुरा दोहो¥याउनुहुन्थ्यो ।
साथै, मैले चिजबिजलाई अक्सर त्यहाँसम्म लिन्नथेँ । सुरुका केही महिना खराब थिए । मैले प्रयत्न गर्नुपथ्र्यो भन्ने तथ्यले त्यसबाट पार पाउन मलाई सहयोग ग¥यो । उदाहरणका लागि मेरो पीडादायक चाहना थियो । एक मात्र स्वाभाविक कुरो थियो, म एक जना जवान पुरुष थिएँ । मैले मेरीका विषयमा विशेष रूपमा कहिल्यै पनि विचार गरिन । तर अक्सर म एउटी आइमाईका विषयमा सोचिरहेको हुन्थेँ, सामान्य महिलाहरूका विषयमा, मैले चिनेका सबै सामान्य महिलाहरूका विषयमा र मैले तिनीहरूसित प्रेम गरेका सबै अवसरहरूका बारे सोचिरहेको हुन्थेँ र मेरो कोठा तिनीहरूका अनुहारले भरिएको हुन्थ्यो, मेरा इच्छाहरूको मूर्तरूप । एक अर्थमा यसले मलाई अशान्त बनायो । तर अर्कोमा, मैले समय गुजारेँ । मैले प्रमुख रक्षकसितको मित्रता टुटाएँ जो खाना खाने बेलामा भान्छामा काम गर्ने केटासित आउँने गर्थ्यो । ऊ त्यो मान्छे थियो जसले सबभन्दा पहिले मसित आइमाईहरूका विषयमा कुरा गरेको थियो । उसले मलाई के भन्यो भने अरू सबैले गुनासो गर्ने पहिलो कुरा नै यही थियो । मैले उसलाई के भनेँ भने म तिनीहरूजस्तै थिएँ र मलाई के लाग्यो भने हामीहरूलाई पक्षपातपूर्ण किसिमले व्यवहार गरिएको थियो । ‘हो,’ उसले भन्यो । ‘तर सुस्पष्ट रूपमा तिमी जेलमा भएको हुनाले त्यसो भएको हो, ।’ ‘त्यसो भएको’ भन्नुको तिम्रो तात्पर्य के हो ?’ ‘हेर, वास्तवमा स्वतन्त्रता, त्यसो भएकाले । तिमी तिम्रो स्वतन्त्रताबाट वञ्चित गरिएका छौ ।’ मैले त्यस्तो कहिल्यै सोचेको थिइन । मैले सहमति जनाएँ । ‘त्यो साँचो हो ।’ मैले भनेँ । ‘नभए सजाय हुने थिएन ।’ ‘ठीक, तिमी कुरा बुझ्छौ । तिमी बुझ्छौ । अरूहरू बुझ्दैनन् । तर तिनीहरू यो सबै आफैँ गरेर समाप्त पार्छन् ।’ त्यसपछि रक्षक हिँड्यो ।
अर्को वस्तु चुरोट थियो । जब म जेल गएँ, तिनीहरूले मेरो पेटी, मेरा जुत्ताका तुनाहरू, मेरो टाई र मेरो गोजीमा भएका हरेक वस्तु, खास गरेर मेरो चुरोट लिएर गए । म मेरो कोठामा पुग्नेबित्तिकै मैले मेरा ती चिजहरू फिर्ता मागेँ । तर तिनीहरूले मलाई के उत्तर दिए भने त्यसो गर्न अनुमति थिएन । सुरुका केही दिनहरू वास्तवमा नै खराब थिए । सम्भवतः यही कुरा थियो जसले मलाई सबभन्दा बढी आक्रान्त पा¥यो । म मेरो ओछ्यानको फलेकका टुक्राहरू भाँच्थेँ र थिनीहरूलाई चुस्थेँ । म दिनभरि नै स्थायी रूपमा बिरामी परेको अनुभव गर्थेँ । कसैलाई कुनै हानिनोक्सानी नपर्ने कुनै वस्तुबाट मलाई किन वञ्चित गरिएको थियो भन्ने कुरा मैले बुझ्न सकेको थिइन । पछि मैले यो सबै सजायको अङ्गका रूपमा महसुस गरेँ । तर त्यो समयमा म धुमपान नगर्ने कुरामा अभ्यस्त भैसकेको थिएँ, त्यसैले मेरा लागि यो कुनै सजाय थिएन ।
यी केही चिढाउने कुराहरूबाहेक, म धेरै बेखुसी थिइन । मुख्य समस्या फेरि एकपटक समय व्यतीत गर्नु थियो । मैले चिजबिजहरूलाई कसरी सम्झने भन्ने कुरा सिक्ने त्रित्तिकै मलाई दिक्क लाग्न छाड्यो । कहिलेकाहीँ म मेरो कोठाका विषयमा विचार गरिरहेको हुन्थेँ, र मेरो कल्पनामा, म एक कुनाबाट रमाना हुन्थेँ र बाटामा देखेका हरेक चिजको मनमनै फेहरिस्त उतार्दै एक छेउदेखि अर्को छेउसम्म डुल्थेँ । सुरुमा यो कामले धेरै समय लिएन । तर प्रत्येक पटक, जब मैले त्यो काम गर्न थालेँ, त्यसले अलिकति बढी समय लिन थाल्यो । मैले फर्निचरका हरेक थान, हरेक वस्तु, हरेक दाग, चिरा र यावत् चिज र काठको रङ समेत सम्झन्छु ।
साथसाथै मैले चिजहरू गन्दा मेरा सामानहरूको पदचिन्ह छोड्न चाहन्नथेँ । यसरी, केही हप्तापछि म मेरो कोठामा चिजहरूको लगत तयार गर्दै घण्टौँ समय बिताउन सक्थेँ । तर मैले यस विषयमा जति धेरै विचार गर्थेँ, त्यति धेरै चिजहरू मेरो स्मरणबाट उत्खनन गर्थेँ जसलाई यसअघि मैले देखेको थिइन र जसको विषयमा मैले बिर्सिसकेको थिएँ । त्यसपछि मलाई के महसुस भयो भने एक दिन जेल बसेको मान्छे सय वर्षसम्म पनि जेलमा बस्न सक्छ । दिक्क नहुनका लागि ऊसित प्रशस्त संस्मरणहरू हुन सक्छन् । एक प्रकारले त्यो एउटा राम्रो कुरा थियो ।
अर्को, सुत्ने कुरा थियो । सुरुका दिनहरूमा म रातमा राम्ररी निदाउन सकिन र दिनमा त म पटक्कै सुतिन । क्रमशः मेरा रातहरू राम्रा हुँदै गए र दिउसोको पनि मैले निद्रा व्यवस्थापन गर्न थालेँ । वास्तवमा केही समयावधिमा म दिनमा १६ देखि १८ घण्टा सुत्न थालेँ । यसरी मेरो खाना खाने काम, शारीरिक कर्म, मेरा संस्मरणहरू र चेकोस्लोभाकियाली कथाका लागि छ घण्टा बाँकी रहेका थिए ।
मेरो डसना र ओछ्यानको फलेकका बीचमा मैले वास्तवमा एउटा सानो अखबारको टुक्रा फेला पारेको थिएँ, जुन पूरै पहेँलो भैसकेको थियो र लगभग त्यहीँ टाँसिएको थियो । त्यो एउटा सानो समाचार कथा थियो । सुरुको भाग थिएन, तर त्यो चेकोस्लोभाकियामा घटेको हुनुपर्छ । एक जना मानिस उसको जीवन यापनका लागि उसको गाउँ छाडेर हिँडेको थियो । २५ वर्षपछि ऊ धन कमाएर एउटी दुलही र बच्चा लिएर घर फर्केको थियो । उसकी आमा र बहिनीले उसको पुरानो गाउँमा एउटा होटल सञ्चालन गरेका थिए । उनीहरूलाई चकित पार्नका लागि उसले उसकी पत्नी र बच्चालाई अर्को होटलमा छोडेर आमालाई भेट्न गएको थियो जसले ऊ भित्र पस्दा चिनेकी थिइन । केवल मजाकका लागि उसले एउटा कोठा लिने निर्णय ग¥यो । उसले तिनीहरूलाई उसको धन देखाएको थियो । राति धन चोर्ने उद्देश्यले उसकी आमा र बहिनीले उसलाई घनले हानेर मरणासन्न अवस्थामा पु¥याए र उसको शरीर नदीमा फ्याँकिदिए । भोलिपल्ट बिहान, उसकी दुलही आई र नबुझीकन यात्रुको परिचय दिई । आमाले आपूmलाई आपैmँले पासो लगाई, बहिनी आपैmँ एउटा इनारमा हामफाली । मैले यो कथा हजारौँ पटक पढेको हुनुपर्छ । एकातिर यो असम्भव थियो, अर्कातिर यो बिलकुल स्वाभाविक थियो । कुनै प्रकारले, मैले के निर्णय गरेँ भने त्यो पात्र यथार्थमा त्यस्तो कार्यको योग्य थियो र कसैले पनि त्यस्तो हँसिमजाक गर्नु हुँदैन ।
यसरी घण्टौँ सुतेर, चिजबिजहरू सम्झेर, अखबारका कथाहरू पढेर र प्रकाश र अन्धकारका परिवर्तन हेरेर समय बित्यो । जोसुकैले पनि बन्दीगृहमा समयको बाटोमा हराउँदै आपूmलाई समाप्त गर्छ भन्ने कुरा मैले कहीँ पढेको थिएँ । तर मलाई त्यस्तो अर्थ लागेन । उही समयमा दिनहरू लामा र छोटा दुवै कसरी हुन सक्छन् भन्ने कुरा मैले बुझेको थिइन । म अनुमान गर्छु, धेरै समय जीवित रहँदा भित्र हावा भरिएर यति फुले कि तिनीहरू एकअर्कामा बगेर समाप्त भए । तिनीहरूले तिनीहरूका नाम हराए । हिजो र भोलि शब्दहरू मात्र बाँकी थिए जसको मेरा लागि केही अर्थ थिएन ।
एक दिन जब रक्षकले मलाई म त्यहाँ बसेको पाँच महिना भयो भन्यो, मैले यसलाई विश्वास गरेँ, तर मैले त्यो बुझिन । मेरा लागि सधैँ उही दिन थियो, किनभने म गोलघरमा फन्को लगाउँदै उही काम गर्थेँ जुन काममा लगातार लागिरहेको हुन्थेँ । त्यो दिन जब रक्षक गयो, मैले म आपैmँलाई टिनको रिकापीमा हेरेँ । म मुस्कुराउन प्रयत्न गरेको समयमा पनि मेरो प्रतिबिम्ब गम्भीर देखियो । मैले यसलाई मेरो अगाडि तलमाथि हल्लाएँ । म मुस्कुराएँ र यो अझै चिन्तित र कठोर देखियो । यो दिनको अन्त्य थियो, त्यो भाग जुन विषयमा म कुरा गर्न चाहन्न । अनाम भाग, जब साँझको बन्दीगृहको हरेक छिँडीबाट नीरवता ताँती लागेर अघि बढ्छ । म आकाशको उज्यालोमा माथि गएँ, धमिलो प्रकाशमा । मैले मेरो प्रतिबिम्बमा अर्को पटक हेरेँ । त्यो अझै पनि गम्भीर थियो र त्यस विषयमा अचम्मलाग्दो कुरा त के थियो भने त्यो बेलासम्म पनि म गम्भीर थिएँ ? तर त्यही क्षणमा र, धेरै महिनामा पहिलो पटक, मैले मेरो आफ्नै स्वरको आवाज स्पष्टसित सुनेँ । मैले यसलाई कैयौँ दिनदेखि मेरो कानमा बजिरहेको आवाजका रूपमा चिनेँ र मैले के महसुस गरेँ भने पूरै समय मैले आपैmँसित कुरा गरिरहेको थिएँ । त्यसपछि मैले आमाको अन्त्येष्टिका समयमा परिचारिकाले के भनेकी थिई त्यो सम्झेँ । अँहँ, उम्कने कुनै उपाय थिएन र बन्दीगृहका साँझहरू कस्ता हुन्छन् कसैले पनि अनुभव गर्न सक्दैन ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।