भाग १

अध्याय ५

एकपल्ट हप्ताको बीचमा बिदा परेको थियो । घरबाट निस्कँदै पाभेलले आमालाई भन्यो –
“शनिबार सहरबाट केही मानिसहरु मकहाँ आउँदै छन् ।”
“सहरबाट रे ?” आमाले शब्द दोहो¥याइन् र अकस्मात् रुन थालिन् ।
“के भयो, आमा ?” पाभेलले अलि झर्कदै सोध्यो ।
आमाले पछ्यौरीले आफ्नो आँसु पुच्छ्दै लामो सुस्केरा हालिन् ।
“खोइ थाहा छैन, त्यसै .. ।”
“डर लाग्यो कि ?”
“हो ।” आमाले भनिन् ।
ऊ आमातिर झुक्यो र बाबुजस्तै झर्कदै भन्यो –
“यही डरले त हामीलाई खत्तम पार्दछ । हामीमाथि हुकुम चलाउनेहरु पनि यही डरबाट फाइदा उठाउँछन् र हामीलाई अरु बढी तर्साउँछन् ।”
“नरिसा !” – आमाले दुःखित हुँदै भनिन् । – “कसरी नतर्सने ! पूरा जिन्दगी नै डरैडरमा बितिसक्यो । यो डर त मेरो आत्मामा भिसिकेको छ !”
“आमा, मलाई माफ गर्नोस्, तर मेरा लागि अर्को बाटो छैन,” पाभेलले बिस्तारै तर स्नेहपूर्वक भन्यो ।
यति भनेर ऊ निस्की पनि हाल्यो ।
तीन दिनसम्म उनको मुटु काँपिरह्यो । घरमा बिराना, डरलाग्दा मानिसहरु आउँदै छन् भन्ने कुरा सम्झँदा उनको मुटु काँप्न थाल्यो । यिनीहरुले त हो नि उनको छोरालाई त्यो बाटो देखाएका, जुन बाटामा ऊ अहिले हिँड्दै छ ।
शनिबार साँझ फैक्ट्रीबाट फर्केपछि पाभेलले हातमुख धोयो, लुगा फेर्यो र बाहिर निस्कयो ।
“कोही आयो भने भन्नु म अहिल्यै फर्कन्छु ।” – उसले आमासँग आँखा नजुधाइकनै भन्यो, “डराउनु पर्ने केही छैन ।”
उनी चुपचाप मेचमा बसिन् ।
पाभेलले उदास दृष्टिले आमातिर हेर्दै सोध्यो – “आमा कतै जानुहुन्छ कि तपाई, हँ ?”
पाभेलको यो कुरा सुनेर आमालार्य बडो दुःख लाग्यो । उनले टाउको हल्लाउँदै भनिन् –
“अहँ जान्नँ । किन र ?”
नोभेम्बर महिनाको अन्त्य थियो । दिउँसो चिसो जमिनमा हिउँको पातलो पत्र बसेको थियो । आमाले सुनिन् – छोराको जुत्ताले कुल्चिँदा हिउँ कसरी चरमराइरहेको छ । रातको अन्धकार चोरजस्तो झ्यालहरुका ऐनाहरुमा टाँसिएको थियो, मानौं कसैको ताकमा बसेको छ । आमा दुवै हातले बेन्च समातेर त्यहीँ बसिरहिन् । उनका आँखाले ढोकामा एकटकले हेर्दै थिए .. ।
उनलाई लाग्यो , अँध्यारोमा चारैतिरबाट अनौठो लुगा लगाएका चोरहरुजस्ता भयानक मानिसहरु घरतिर आउँदै छन्, मानौं उनीहरु केही कुरा खोज्दै छन्, कोही घरवरिपरि घुम्दै छ, भित्ता छाम्दै छ ।
कसैले सिटी बजाएको आवाज सुनियो । त्यो उदास र सुरिलो आवाज अन्धकार र सुनसानमभा लहराउँदै आइरहेको थियो, मानौं केही कुरा खोज्दै थियो । आवाज निरन्तर नजिक आउँदै थियो । अचानक झ्यालको एकदम नजिक पुगेर त्यो आवाज थामियो, मानौं भित्ताको काठमा बिलायो ।
बरन्डामा कसैले खुट्टा घिसारेको आवाज सुनियो । आमा तर्सिन् र शङ्काले उनका आँखीभौं तन्किए । उनी उभिइन् ।
ढोका खुल्यो । बडेमाको फरको टोपी लगाएको एउटा टाउको देखा पर्यो, अनि एउटा लामो शरीर झुक्दै ढोकाभित्र पस्यो र तन्किएर उभियो । पाहुनाले आफ्नो दाहिने हात उठाएर नमस्कार गर्यो, अनि लामो सुस्केरा हाल्दै बाक्लो गुन्जायमान आवाजमा भन्यो –
“नमस्कार !”
आमाले केही नभनी झुकेर उसको अभिवादनको जवाफ दिइन् ।
“पाभेल घरमा छ ?”
पाहुनाले बिस्तारै आफ्नो फरको ज्याकेट उतार्यो र एउटा खुट्टा उठाएर आफ्नो टोपीले जुत्तामा जमेको हिउँ झार्यो । अर्को खुट्टा उठाएर पनि त्यस्तै गर्यो । आफ्नो टोपी एउटा कुनामा फाल्यो र आफ्ना लामालामा खुट्टाहरु हल्लाउँदै बिस्तारै कोठाको अर्को कुनातिर लाग्यो । उसले एउटा मेचतिर बडो ध्यान दि एर हे¥यो, मानौं ऊ विश्वस्त हुन चाहन्थ्यो । मेचले उसलाई थाम्न सक्ने हो वा होइन, अनि मेचमा बसेर हत्केलाले मुख छोप्दै हाई ग¥यो । उसको टाउको चिट्टिक्क परेको थियो र कपाल छोटो पारेर छाँटिएको थियो । उसले सफाचट पारेर दाह्री खौरेको थियो । जुँगाका दुवै कुना तलतिर झुकेका थिए । आफ्ना ठूलठूला खैरा आँखाले ध्यानपूर्वक कोठाको वरिपरि हेर्यो ।
“घर तपाईहमरुको आफ्नै हो कि बहालमा लिनुभएको हो ?” उसले उपरखुट्टी लाएर झुल्दै सोध्यो ।
“बहालमा,” उसको अगाडि बसेकी आमाले जवाफ दिइन् ।
“घर त गतिलो होइन,” उसले आफ्नो मत प्रकट गर्दै भन्यो, “पाभेल अहिले आउँछ, एकछिन पर्खनोस् ।” आमाले बिस्तारै भनिन् ।
“हो, म पर्खन्छु” – त्यो अग्लो मान्छेले शान्तिपूर्वक भन्यो ।
उसको शान्त व्यवहार, कोमल स्वर र साधारण अनुहार देखेर आमाको साहस बढ्यो । उसको हेर्ने तरिका बडो निसङ्कोच र मित्रतापूर्ण थियो र उसको निर्मल आँखाको गहिराइमा उल्लासको ज्योति चम्कँदै थियो । उसको अलि कुप्रो परेको, छाँट नपरेको शरीर र लामालामा खुट्टााहरुले अनायास नै आफूतर्फ आकर्षित गर्थे । उसले निलो कमीज लगाएको थियो र फराकिलो पाइन्ट बुटभित्र घुसारिएको थियो । आमाले सोध्न चाहिन् – ऊ को हो, कहाँबाट आएको हो र कति भयो उसको छोरासँग चिनाजानी भएको ? तर अचानक ऊ आफैं अगाडितिर झुक्यो र बोल्न सुरु ग¥यो ।
“आमै, भन्नोस् त कसले घाउ लाइदिएको हो यो तपाईको निधारमा ?” उसले सोध्यो ।
उसको स्वर नरम थियो र आँखामा मुस्कुराहट थियो, तैपनि आमालाई उसको यो प्रश्न मन परेन । आमाका ओठ खुम्चिए । केहीबेर चुप लागिसकेपछि उनले भावहीन शिष्टतासहित भनिन् –
“महाशय, तपाईलाई के खाँचो पर्यो ?”
“नरिसाउनुहोस्,” आगन्तुकले आफ्नो पूरा शरीर अघिल्तिर झुकाउँदै भन्यो । मैले किन सोधेको थिएँ भने जुन आइमाईले आमाले जस्तो मेरो पालनपोषण गरेकी थिइन्, उनको निधारमा पनि यस्तै घाउको दाग थियो । उनी जुन लोगनेमान्छेसँग बस्ने गर्थिन्, उसैको निगाहले त्यो दाग बस्न गएको थियो । ऊ जुत्ता सिउने काम गथ्र्यो र त्यो उसले मुढोले हिर्काएको दाग थियो । उनले लुगा धुने काम गर्थिन्, उसले जुत्ता सिउने काम गथ्र्यो । उनको फुटेको कर्म, के गर्ने ? मलार्य धर्मपुत्र बनाइसकेपछि कहाँ हो कुन्नी भेट्टाएकी थिइन् त्यस दुष्ट मान्छेलाई । नम्बरी रक्सीबाज थियो ते । कति भयङ्कर तरिकाले कुटा्थ्यो त्यो दुष्टले बिचरीलाइ । डरले मेरा आँखा ठूलठूला हुन्थे ।”
उसको स्पष्टोक्तिअगाडि आमाको केही लागेन । अब उनलाई लाग्न थाल्यो, उनको कडा जवाफले कहीँ पाभेल त रिसाउने होइन ।
होइन, न रिसाएकी थिइनँ ।” उनले केही लाज मानेर हाँस्दै भनिन् । “तपाईले एकैचोटी सोधिहाल्नुभयो, म अकमकिएँ । हो, लोग्नेले वरदान दिएको हो मलाई यो घाउको दाग, ईश्वरले उसको आत्मालाई शान्ति देओस् ! को तपाई तातार हो ?”
पाहुनाले खुट्टा हल्लाउँदै यति जोडले हाँस्यो कि उसको कानसम्म हल्लियो । एकछिनपछि उसले गम्भीरतापूर्वक भन्यो –
“अहँ, अझ बनिसकेको छैन ।”
“तर तपाईको बोलाइ त रुसीहरुको जस्तो छैन नि ।” आमाले उसको यस ठट्टाको जवाफमा मुस्कुराउँदै भनिन् ।
“होइन, रुसीभन्दा अझ राम्रो ।” अतिथिले ठट्यौलो स्वरमा भन्यो । “म उक्राइनि हुँ, कानेभ सहरको बासिन्दा ।”
“धेरै भो यता बसाइँ सर्नुभएको ?”
“एक वर्षजति यो सहरमा बसेँ । अहिले एक महिनादेखि फैक्ट्रीमा काम गर्दै छु । यहँँ केही गतिला साथीहरु भेट्टाएको छु, तपाईको छोरै भयो र अरु पनि साथीहरु यहीँ बस्छु होला ।” उसले जुँगा मुसार्दै भन्यो ।
आमालाई त्यो मान्छे मन प¥यो र छोराको उसले जुन पंशंसा गरेको थियो त्यसका लागि कृतज्ञता प्रकट गर्ने उद्देश्यले उनले सोधिन् –
“चिया पिउनुहुन्छ कि ?”
“एक्लै ?” उसले कुम हल्लाउँदै भन्यो – “अरुलाई पनि आउन दिनोस्, अनि सबै सँगै मिलेर पिऔंला .. ।”
उसको यस कुराले अमालाई फेरि आफ्नो पुरानो डर याद आयो ।
“अरुहरु पनि यहीजस्तै भैदिए हुन्थ्यो ।” – आमाले मनमनै सोधिन् ।
बरन्डामा फेरि कोही हिँडेको सुनियो । ढोका खुल्यो र आमा फेरि उठिन् । एउटी तरुनी केटी भान्साकोठाभित्र पसेकी देख्दा उनको आश्चर्यको सीमा रहेन । केटी अलि होची थिइन् र अनुहार किसानहरुको जस्तो सीधासादा थियो । उनले आफ्नो खैरो बाक्लो कपाल एउटै गाँठो पारेर बाँधेकी थिइन् ।
“अबेला भो कि क्या हो ?” केटीले बिस्तारै सोधिन् ।
“होइन, ठीक छ,” उक्राइनिले ढोकाबाहिर हेर्दै भन्यो । पैदल आएकी ?”
“अनि त ! तपाई पाभेल भिखाइलोभिचकी आमा हुनुहुन्छ ? नमस्कार ! मेरो नाम नातासा हो ।”
“पूरा नाम के हो नि ?” आमाले सोधिन् ।
“नातालिया भासिलेभ्ना । अनि तपाईंको नि ?
“पेलागेया निलोभ्ना ।”
“लौ त अब परिचित पनि भयौं .. ।”
“हो,” आमाले सुस्केरा हाल्दै भनिन् र केटीतिर हेरेर मुस्कुराइन् ।
“बाहिर जाडो छ ?” उक्राइनिले केटीलाइ कोट फुकाल्न मद्दत गर्दै सोध्यो ।
“अचाक्ली ! बाहिर मैदानमा त असाध्यै जाडो छ .. ।”
उनका स्वर निकै मधुर र सफा थियो । मुख सानो, ओठ टम्म परेका तथा गोलो ताजा अनुहार थियो उनको । कोटसोट फुकालिसकेपछि उनले आफ्ना सानासाना हातले गुलबी गाला रगड्न थालिन्, जुन चिसाले गर्दा सुनिएका थिए र छिटोछिटो अर्को कोठामा गइन् । उनले भुइँमा टेक्दा जुत्ताको आवाज आउँथ्यो ।
“रबरको जुत्ता लगाउँदी रहिछ” – आमाले मनमनै सोचिन् ।
“ओह !” केटीले काँप्दै भनिन् – “चिसाले त कक्रकै भएछु ।
“पर्खनोस्, म अहिले तपाईहरुका लागि सामोभार (टुटीवाल चियादान) बसाल्छु,” आमाले हतारहतार भान्सातिर पस्दै भनिन् ।
उनलाई लाग्यो, उनी यस केटीलाई धेरै अगाडिदेखि चिन्छिन् । केटीप्रति आमाको हृदयमा मातृप्रेम र ममता ब्युँझ्यो । सँगैको कोठाबाट उनीहरुले कुरा गरेका सुन्दा आमाको ओठमा मुस्कुराहट देखिन्थ्यो ।
“नाखोद्का, के सोच्दै हुनुहुन्छ तपाई यति ध्यानपूर्वक ?” केटीले सोधिन् ।
“विशेष केही होइन ।” उक्राइनिले शान्त स्वरमा जवाफ दियो – “यी विधवाको आँखा निकै राम्रो छ । म सोच्दै थिएँ मेरी आमाको आँखा पनि यस्तै थिए होलान् । म अक्सर आफ्नी आमाबारे सोच्ने गर्छु । मलार्य लाग्छ उनी अझ पनि जिउँदी नै छिन्े ।”
“तर तपाईले त भन्नुभएको थियो, उहाँको स्वर्गबास भैसक्यो ।”
“त्यो म मेरी अर्की आमा पो, जसले मेरो पालनपोषण गरेकी थिइन् । म चाहिँ आफ्नी साख्खै आमाबारे कुरा गर्दै छु । उनी सायद किएभको सडकहरुमा कतै भीख माग्दै होलिन्, रक्सी पिउँदै होलिन् । जहिले पनि रक्सीले चूर भएर हिँड्दा पुलिसवालाहरुको थप्पड खाँदी होलिन् .. ।”
“बिचरी ।” – आमाले मनमनै सोचिन् र लामो सुस्केरा हालिन् ।
नातासाले के हो कुन्नी छिटोछिटो कोमल स्वरमा बडो जोसले भनिन् । फेरि उक्राइनिको आवाज गुन्जियो –
“तिमी अझ बच्चै छौ । दुनियाँ द ेखेकी छैनौ । मानिसलाई यस संसारमा जन्माउनु त गाह्रै छ, तर गतिलो मान्छे बनाउन झन् गाह्रो ाछ .. ।”
“बिचरा !” आमाले मनमनै भनिन्, उनी त्यस उक्राइनिलाई सान्त्वनाका दुई चार शब्द भन्न चाहन्थिन् । तर त्यत्तिकैमा बिस्तारै ढोका खुल्यो र पुरानो चोर दानिलाको छोरो निकोलाइ भेसोभसिकोभ भित्र पस्यो । मिलनसार नभएकाले निकोला पूरा बस्तीभरि नै बदनाम थियो । ऊ सधैं चुपचाप रहन्थ्यो र सबैबाट टाढाटाण बस्थ्यो, त्यसैले मानिसहरु उसलाई स्क्यिाउँथे ।
“निकोलाइ तिमी ?” आमाले थकित हुँदै सोधिन् ।
“पाभेल घरमा छ ? – आफ्नो फराकिलो हत्केलाले छ्याकटे अनुहार पुछ्दै आमालाई अभिवादन नै नगरी उसले सोध्यो ।
“छैन ।”
उसले टाउको घुसारेर कोठाभित्र हे¥यो र त्यसपछि भित्र पस्यो ।
“नमस्कार, कमरेडहरु ।” उसले भन्यो ।
“यो पनि ?” आमाले तिरस्कारपूर्वक सोचिन् । नातासाले बडो कोमलता र हर्षपूर्वक ऊसँग हात मिलाएकी देख्दा उनलाई आश्चर्य लाग्यो ।
निकोलाइपछि अरु दुई व्यक्ति आइपुगे । दुवै भर्खरैका केटाहरु थिए । उनीहरुमध्ये एक जनालाई आमाले चिन्थिन् । बडो सुडौल, घुँघ्रिएको कपाल र चौडा निधार भएको त्यो केटो फैक्ट्रीको पुरानो जदुर मिजोभको भतिजो फ्योदर थियो । दोस्रो केटो बडो लज्जालु थियो र उसको सिधा कपाल टम्म पारेर कोरिएको थियो । आमा उसलाई चिन्दैनथिन् तर ऊ पनि कुनै डरलाग्दो मान्छे त देखिन्नथ्यो । अन्त्यमा पाभेल आइपुग्यो । ऊसँग फैक्ट्रीका अरु दुर्य युवक मजदुरहरु थिए, जसलार्य आमाले चिन्थिन् ।
“ए, सामोभार पनि बसालिसकेछ ?”
पाभेलले बडो प्रेमपूर्वक भन्यो – “धन्यवाद आमा !”
“अलिकति भोद्का किनेर ल्याउने हो कि ?” आमाले सोधिन् । त्यस चिजका लागि, जुन कुरा उनले आफैं पनि बुझिसकेकी थिइन्, कसरी आफ्नो कृतज्ञता प्रकट गर्ने हो उनको दिमागमा आइरहेको थिएन ।
“पर्दैन, हामी रक्सी पिउँदैनौं आमा,” पाभेलले स्नेहपूर्ण मुस्कुराउँदै आमालाई भन्यो ।
आमालाई लाग्न थाल्यो, छोराले जानाजानी यस भेलाको खतराबारे बढाइचाइ कुरा गरेको हो, ऊ आमालाई हाँसोमा उडाउन चाहन्छ ।
“के यी नै हुन् तिम्रा गैरकानुनी मान्छेहरु ?” उनले अत्यन्त सानो स्वरमा सोधिन् ।
“हो यिनै हुन्,” पाभेलले छिटोछिटो अर्को कोठाभित्र पस्दै जवाफ दियो ।
“कस्तो उल्लू रहेछ .. ,” उनले बडो प्रेमपूर्वक भनिन् र स्नेहपूर्वक मनमनै सोचिन् – अझ बिलकुलै बच्चै छ मेरो छोरो ।

 

सामोभार उम्लियो, आमा सामोभार लिएर कोठाभित्र पसिन् । अतिथिहरु टेबुलको वरिपरि बसेका थिए र नातासा एउटा कुनामा बत्तीको छेउमा बसेर कुनै किताब पढ्दै थिइन् ।
“मानिसहरुको जीवन किन यति कठोर हुन्छ .. ।” नातासा भन्दै थिइन् ।
“.. र, उनीहरु आफैं किन यति कठोर छन् ..,” उक्राइनिले बीचैमा बोल्दै भन्यो ।
“.. भन्नेबारे बुझ्न हामीले उनीहरुको सामाजिक जीवन कसरी सुरु भयो भन्ने कुरा पत्ता लगाउनुपर्छ .. ।”
“हो, बाबु हो, पत्ता लगाओ, पत्ता लगाओ ।” आमाले चिया बनाउँदै बडबडाइन् ।
सबै चुप लागे ।
“के भयो, आमा ?” पाभेलले आँखीभौं खुम्चाउँदै सोध्यो ।
“हे हुन्थ्यो र ?” आमाले टाउको उठाएर हेरिन् र सबैलार्य आफूतिर हेरिरहेको पाइन् । “म त त्यसै फतफताइरहेकी थिएँ ।” आमाले असजिलो मान्दै भनिन् । “म सोच्दै थिएँ, यदि तिमीहरु केही कुरा पत्ता लाउन चाहन्छौ भने किन नलाउने ?”
नातासा खितिखिति हाँसिन्, पाभेल पनि हाँस् थाल्यो ।
“आमा, चियाका लागि धन्यवाद ।” उक्राइनिले भन्यो ।
“पहिले पिउनू, पछि धन्यवाद दिनू ।” आमाले भनिन् र छोरातिर हेर्दै सोधिन् –
“के मैले तिमीहरुको काममा त बाधा दिइरहेकी छैन ?”
“घरधनीको कारणले पनि पाहुनालाई बाधा हुन सक्छ र ?” नातासाले जवाफ दिइन् । “तर चियाचाहिँ मलाई छिट्टै दिइहाल्नोस् । म काँप्दै छु, खुट्टा कठ्याँग्रिसके ।” उनको स्वरमा केटाकेटीको जस्तो प्रार्थनाको भावना थियो ।
“लौ, बा लौ !” आमाले हतारो गर्दै भनिन्
चिया पिइसकेपछि नातासाले लामो सास फेरिन् र आफ्नो चुल्ठो पछाडि सारिन्, अनि पहेँलो जिल भएको सचित्र पुस्तकबाट केही हरफ पढ्न थालिन् । आमाले बिस्तारै चिया बनाउन थालिन् र चुपचाप उनीहरुको कुरा सुनिरहिन् । त्यस केटीको गुञ्जँदो आवाज सामोभारको विचारमग्न गुनगुनाहटमा मिसियो । उनी एकपछि अर्को कथा पढ्दै थिइन् । सबै कथाहरु ती जङ्गली मान्छेहरुबारे थिए, जो गुफाहरुमा बस्थे र ढुङ्गाले शिकार गर्थे । यो कथाहरु परीकथाजस्ता थिए । आमा कहिलेकाहीँ छोरातिर हेर्थिन् र सोध्न चाहन्थिन्, किन यस्ता कथाहरु गैरकानुनी मानिन्छन् । तर केही बेरपछि नै उनीहरुका ती कथाहरु उनलाई वाक्क लाग्न थाले र उनी लुकीलुकी आफ्ना पाहुनाहरु र छोरालाई चालै नपाउने गरेर हेर्न थालिन् ।
पाभेल नातासाको छे.उमा बसेको थियो । ऊ उनीहरुमध्ये सबैभन्दा राम्रो थियो । नातासा निहुरेर पढ्दै थिइन् र बराबर आफ्नो कन्चटमा झर्न थालेको कपालको गुच्छा पर सार्थिन् । आफो टाउको झट्कार्दै र आजाज सानो पार्दै किताब नहेरिकन उनी आफ्नो वरिपरि बसेका मानिसहरुतिर प्रेमपूर्वक हेर्थिन् र बीचबीचमा आफ्ना तर्फबाट केही कुरा थप्थिन् । उक्राइनि टेबुलको एउटा कुनानेर मस्तीले बसेको थियो र आफ्नो जुँगा मुसार्दै थियो । ऊ आँखा तन्काएर चुच्चो पारिएको आफ्नो जुँगा हेर्ने कोसिस गर्दै थिो । भेसोभसिकोभ आफ्नो मेचमा लठ्ठीजस्तो तन्केर बसेको थियो । उसले दुवै हातले कसेर आफ्ना घुँडा दबाएको थियो । पातलो ओठ र आँखीभौं नभएको उसको छ्याकटे अनुहार बिलकुल भावहीन थियो, मानौं उसले मुकुन्डो लाएको थियो । चम्किलो सामोभारमा उसको अनुहारको प्रतिबिम्ब टल्किँदै थियो । उसका सानासाना आँखाले त्यही प्रतिबिम्ब एकटके हेर्दै थिए । उसको सास पनि बन्द भएजस्तो लाग्थ्यो । फुच्चे फ्योदोर नातासाले पढेको सुन्दै यसरी आफ्नो आठ हल्लाइरहेको थियो, मानौं ऊ किताबका शब्दहरु दोहो¥याउादै थियो । उसको साीचाहिँ दुवै घुँडामा कुइनो राखेर हत्केलोमा गाला अडाएर बसेको थियो । ऊ निहुरिएका थियो र उसको ओठमा विचारमग्न मुस्कुराहट नाचिरहेको थियो । पाभेलसँग आएको एउटा केटाको कपाल कैलो, घुँघ्रिएको थियो । उसका आँखा हँसिला र हरियो रङका थिए । सायद ऊ केही भन्न चाहन्थ्यो, त्यसैले बडो आतुरीपूर्वक हलचल गर्दै थियो । सानासाना पारेर काटिएका सुनौला कपाल भएको केटो बारम्बार आफ्नो टाउको मुसाथ्र्यो र एकटकले जमिनमा हेर्दै थियो । उसको अनुहार पनि अलि छेकिएको थियो । कोठामा एउटा अनौठो मधुर वातावरण फैलिएको थियो । वातावरण अलि छेकिएको थियो । कोठामा एउटा अनौठो मधुर वातावरण फैलिएको थियो । यो वातावरण अलि अपरिचितजसो लाग्थ्यो – नातासा किताब पढ्दै थिइन् । आमालार्य आफ्नो जवानीकालका ती हल्लागुल्लाले भरिएका जमघटहरु र ती केटाहरुका फोहोर ठट्टाहरु याद आउन थाल्यो । केटाहरुका मुखबाट सधैं भोद्काको दुर्गन्ध आइरहेको हुन्थ्यो । यी सबै कुरा सम्झँदा आमाको हृदय आत्मग्लानिले पग्लियो । याद आयो, कसरी लोगनेले उनीसँग बिहेको करा गरेको थियो । यस्तै एउटा जमघटमा उसले उनलार्य एउटा अँध्यारो डेउढीमा समातेको थियो र आफ्नो पूरा शरीरले भित्तामा घचट्दै धोत्रे, रिसाहा स्वरमा सोधेको थियो –
“मसँग बिहै गर्छेस् ?”
ऊ पीडा र क्षोभले उनको घाँटी अँठ्याउँदै थियो । बडो निर्दयतापूर्वक उनको छाती मल्दै थियो र उनको मुखमा आफ्नो तातो र आद्र्र सास फाल्दै थियो । उसको पासोबाट फुत्कने प्रयास गर्दै उनले उसलाई घचेट्न खोजेकी थिइन् ।
“कता ?” ऊ बाघजस्तै गर्जेको थियो – “जवाफ दे, लौ भन् ?” लज्जा र ग्लानिले स्वाँस्वाँ गर्दै उनी चुपचाप उभिएकी थिइन् ।
यत्तिकैमा कसैले डेउढीका ढोका खोल्यो र उसले बिस्तारै उनलाई छाडिदियो ।
“आइतबार बिहे पक्का गर्न कसैलाई पठाउँछु .. ।” उसले भन्यो । साँच्चै पठायो पनि ।
आमाले आँखा बन्द गरिन् र गहिरो सास फेरिन् ।
“म थाहा पाउन चाहन्छु, मान्छेहरुले कसरी बाँच्नुपर्छ, न कि कसरी उनीहरु बाँच्थे ।” भेसोभसिकोभको झर्किएको आवाज कोठामा गुन्जियो ।
“ठीक भन्यौ ।” उभिँदै कसैले उसको समर्थन गर्यो ।
“म मान्दिनँ ।” फ्योदरले चिच्याउँदै भन्यो ।
विवाद चर्कन थाल्यो शब्दहरुको वर्षा हुन थाल्यो । आगाको लप्कोजस्ता शब्दहरु प्कन थाले । आमाले बुझिरहेकी थिइनन् किन उनीहरु यसरी चिच्याउँदै छन् । सबै उत्तेजनाले रातोपिरो थिए, तर कोही पनि क्रोधित देखिँदैनथ्यो, न त अश्लील गालीहरु नै प्रयोग गर्दै थिए, जससँग उनको राम्रो परिचय थियो ।
“सायद केटीको लाजले फोहोर गाली नगरेका होलान् ।” उनले मनमनै अठोट गरिन् ।
नातासा प्रत्येक युवकलाई बडो ध्यान दिएर हेर्दै थिइन्, मानौं उनीहरु अझ बिलकुल केटाकेटी नै छन् । आमालाई नातासाको अनुहारमा रहेको गम्भीर भावना मन प¥यो ।
“पर्खनोस्, कमरेडहरु ।” उनले अकस्मात् भनिन् । सबै चुप लागेर उनीतिर हेर्न थाले ।
“हामीले सबै कुरा थाहा पाउनुपर्छ भन्ने तपाईहरुको बिचार ठीकै हो । हामीले आफ्नो हृदयमा ज्ञानको ज्योति बाल्नुपर्छ, जसले गर्दा अन्धकारमा भट्किरहेका मानिसहरुले हामीलाई देख्न सकून् । हामीसँग प्रत्येक कराका लागि साँचो र इमान्दार उत्तर हुनुपर्छ । हामीलाई सम्पूर्ण सत्य र सम्पूर्ण झूटको जानकारी हुनुपर्छ .. ।”
उक्राइनिले सुन्दै थियो र उनको प्रत्येक शब्दप्रति टाउको हल्लाउँदै आफ्नो स्वीकारोक्ति जनाउँथ्यो । भेसोभसिकोभ, कैलो कपाल भएको केटो र पाभेलसँग आएका फैक्ट्रीका मान्छे एकातिर उभिएका थिए । किन हो कुन्नी आमालाई ती मान्छेहरु मन परेनन् ।
नातासाले बोलिसकेपछि पाभेल उभियो ।
“के हामी पेट मात्रै भर्न चाहन्छौँ र ? कदापि होइन ।” उसले ती तीनै जनातिर हेर्दै शान्त स्वरमा भन्यो । “हामीले ती मानिसहरुलाई, जो हाम्रो घाँटी अँठ्याउँदैछन् र आँखामा पट्टाी लाउँदैछन्, देखाइदिनुपर्छ, हामी पनि अन्धा छैनौं । हामी न बेवकुफ छौं, न त जनावरहरुजस्तो पेट मात्र भरेर सन्तुष्ट हुन सक्छौं । हामी मान्छेजस्तो बाँच्न चाहन्छौं । हामीले आफ्ना शत्रुहरुका अगाडि प्रमाणित गर्नुपर्छ, जुन अभिशप्त जीवन उनीहरुले हामीमाथि लादेका छन्, त्यसले हामीलाई उनीहरु बराबर बन्न र उनीहरुभन्दा पनि अझ माथि उक्लन कति पनि बाधा पु¥याउँदैन ।
पाभेलको कुरा सुनेर आमाको हृदय गर्वले गद्गद् भयो । कति राम्रो बोलदो रहेछ ।
“त्यस्ता मानिसहरुको कमी छैन, जसलार्य खानेपिउने कुनै पीर छैन, तर उनीहरुबीच इमान्दार व्यक्तिहरु भेट्टिन्छन् ।”उक्राइनि भन्दै थियो – “हामीले पशुको जस्तो यस जीवनरुपी धाप पार गरेर मानव भाइचाराको भावी राज्यसम्म पुल निर्माण गर्नुपर्छ । साथीहरु, यही हो हाम्रो कर्तव्य ।”
“लड्ने बेला आइसकेका छ भने किन हात बाँधेर बसेका छौं ?” भेसोभसिकोभले धोत्रे स्वरमा आफ्नो विरोध जनायो ।
आधा रात बितिसकेपछि मात्र यो भेला सकियो । सबैभन्दा आडि भेसोभसिकोभ र कैलो कपाल भएको मान्छे निस्के । आमालार्य यो कुरा पनि मन परेन ।
“किन यिनीहरु यस्तो हतारो गर्दैछन् ।” मन नपराईनपरार्य उनीहरुको अभिवादन फर्काउँदै उनले सोचिन् ।
“नाखोदुका, के तपाई मलार्य पुर्याइदिनुहुन्छ ?” नातासाले सोधिन् ।
“अवश्य, अवश्य ।” उक्राइनिले जवाफ दियो ।
जब नातासा भान्साकोठामा आफ्नो कोट जुत्ता लाउँदै थिइन्, आमाले भनिन् –
“यस्तो मौसमका लागि तिम्रो मोजा धेरै पातलो छ । मान्छ्यौ भने म तिम्रा लागि एकजोर ऊनी मोजा बुनिदिन्छु ।”
“पेलागेया निलोभ्ना, धेरै धन्यवाद छ तपाईलाई । तर ऊनीको मोजाले घोच्छ ।”
नातासाले हाँस्दै भनिन् ।
“म नघोच्ने गरी बुनिदिऊँला नि,” आमाले भनिनु ।
नातासाले अलि आँखा खुम्चाएर आमातिर हेरिन् । नातासाको यो हेराइले आमा अलि हडबढाइन् ।
“तपाई मेरो कुरा सुनेर नरिसाउनु होला, मैले हृदयमा लागेको कुरा गरेको हुँ ।” आमाले विस्तारै भनिन् ।
“कति जाती हुनुहुन्छ तपाई, आमा !”
नातासाले भावविह्वल हुँदै आमाको हात समाइन् र बिस्तारै भनिन् –
“लौ त आमै, अब हामी हिँड्यौं पनि ।” आमाका आँखामा हेर्दै उक्राइनिले भन्यो र ाउको झुकाउँदै नातासाको पछिपछि डेउढीतिर लाग्यो ।
आमाले छोरातिर हेरिन् । ऊ ढोकामा उभिएर मुस्कुराउँदै थियो ।
“किन हाँस्दैछौं छोरा ?” आमाले अलि असजिलो मान्दै सोधिन् ।
“त्यसै, बडो रमाइलो लागिरहेछ ।”
“हो, म बूढी भैसकेँ र मूर्ख पनि छु, तर राम्रो नराम्रो म पनि छुट्याउन सक्छु ।” आमाले अँध्यारो मुख लगाउँदै भनिन् ।
“ठीक छ, आमा, अब सुत्न जानोस्, अबेला भैसक्यो ।”
“अहिले जान्छु ।”
उनी चिया पिउने भाँडाहरु बटुल्ने बहानाले त्यही टेबुलवरिपरि अलमलिइरहिन् । आमा आज असाध्यै खुसी थिइन्, कति खुसी थिइन् भने हर्षोल्लासले उनी किञ्चित हडबडाहट अनुभव गर्दै थिइन्, पसिना आउँदै थियो । सबै कुरा रमाइो वातावरणमा सकिएकोमा उनी औधी खुसी भइन् ।
“पाभेल, तैंले उनीहरुलाई घरमा डाकेर ठीकै गरिस् ।” आमाले भनिन् – “उक्राइनि बडो भलाद्मी रहेछ ! अनि केटी पनि निकै समझदार रहिछ । को रहिछ ?”
“मास्टरनी हो ।” – पाभेलले कोठामा ओहोरदोहोर गर्दै छोटकरी जवाफ दियो ।
“ए विचारी ! गतिलो लुगासम्म पनि रहेनछ । ठण्डी लाग्न कतिबेर लाग्छ र ? आमाबुबा कहाँ बस्छन् नि ?”
“मास्कोमा ।” पाभेलले जवाफ दियो, अनि आमाअगाडि उभिएर बडो स्नेह एवम् गम्भीरतापूर्वक भन्यो –
“हर्नोस् आमा, उनका बाबु बडो धनी मान्छे हो । फलामको व्यापार गर्छ । धेरै धनी मान्छे छ । छोरीले यो बाटो समाई भनेर घरबाट निकालिदियो । बडो ऐशआराममा हुर्केकी केटी हुन् । जे चाहन्थिन् त्यही पाउँथिन्, कुनै कुराको कमी थिएन उनलाई अहिले कोसौंकोस एक्लै हिँड्छिन् .. ।”
यस कुराले आमालार्य निकै चोट पुर्यायो । उनी कोठाको बीचमा उभिएर आश्चर्य मानेको आँखाले चुपचाप छोरातिर हेर्दै थिइन् । एक छिनपछि उनले बिस्तारै सोधिन् – “अहिले सहर गएकी ?”
“हो ।”
“हे भगवान् ! के उसलाई डर लाग्दैन ?”
“अलिकति पनि डराउँदिनन्,” पाभेलले हाँस्दै भन्यो ।
“किन घर गएकी होली ? यहीँ रात काटेकी भए भैहाल्थ्यो, मसँग सुतिहाल्थी ।”
“मिल्दैनथ्यो, आमा ! बिहान कसैले उनलार्य यही देख्यो भने नराम्रो पर्छ, हामी यो चाहन्नौं ।”
विचारमा डुबेकी आमा झ्यालबाहिर हेर्दै थिइन् । उनले बिस्तारै सोधिन् – “पाभेल, म बुझ्दिनँँ, तिमीहरु के त्यस्तो खतरनाक र गैरकानुनी काम गर्दै थियौ र ? तिमीहरु कुनै खराब काम त गर्दै छैनौं, होइन र ?”
उनलाई अझै पनि यस कुरामा शङ्कै थियो र छोराबाट सकारात्मक उत्तर पाउन चाहन्थिन् ।
“हो, आमा ! हामी कुनै खराब काम गर्दै छैनौं ।” पाभेलले आमाको आँखामा हेर्दै बडो शान्तिपूर्वक र दृढतासाथ जवाफ दियो । “तैपनि कुनै न कुनै दिन हामी सबै जेलमा पर्नेछौं । आमा, तपाईले यो कुरा थाहा पाउनुपर्छ .. ।”
आमाका हातहरु काँप्न थाले ।
“हुन सक्छ, ईश्वरको कृपाले तिमी बची पनि हालौला कि छोरा ?” आमा सानो स्वरले सोधिन् ।
“होइन आमा ।” छोराले प्रेमपूर्वक जवाफ दियो । “म तपाईलाई धोका दिन चाहन्नँ । यस कुराबाट बच्न सकिन्नँ ।”
ऊ मुस्कुरायो ।
“अब सुत्न जानोस्, आमा ! धेरै थाकिसक्नुभो । म पनि जान्छु ।”
भान्साकोठामा एक्लै परेपछि आमा झ्यालनेर गएर उभिइन् र सडकतिर हेर्न थालिन् । बाहिर सडकमा चिसो थियो र चारैतिर अन्धकार फैलिएको थियो । हावाको झोक्काले सडकका ती सानासाना घरहरु झुमिरहेजस्तो लाग्थ्यो । घरका छानाहरुबाट हिउँ उड्दै थियो, अनि त्यो हिउँ बडो जोडले जमिनतिर हुत्तिन्थ्यो र स्वाइँस्वाइँ आवाज निकाल्दै सडकमा फैलिन्थ्यो । सडक सुकेको हिउँको बादलले टम्म भरिन्थ्यो ।
“हे, ईश्वर ! हामीमाथि दया गर ।” आमाले एकदमै सानो स्वरमा प्रार्थना गर्न थालिन् ।
उनको हृदयमा आँसुको बाढी उर्लदै थियो । रातको अन्धकारमा फडफडाइरहेको पुतलीजस्तो उनको हृदय त्यस विपदको पूर्वाभासले थर्काउँदै थियो, जसबारे छोराले भर्खरै मात्र त्यति शान्त प्रकारले, दृढविश्वाससहित बताएको थियो । आमालाई लाग्यो, उनका आँखाअगाडि हिउँले ढाकिएको विशाल मैदान फैलिएको छ र त्यस मैदानमा हावा झुत्रो सेतो लुगा लगाएर मसिनो स्वरले चिच्याउँदै दौडिरहेको छ र दौड्दै बारम्बार लोट्दैछ । मौदानको बीचमा एउटी केटीको सानो एक्लो कालो आकृति ढल्मलाउँदै हिँडिरहेको छ । हावाले उनका खुट्टाहरुलाई आफ्नो भुँवरीमा लपेट्छ, उनको सारी उडाउँछ र तीरजस्तो तीखो हिउँले उनको अनुहारमा थप्पड लाउँछ । उनी ठूलो कठिनाइसाथ अगाडि बढ्दैछिन् । उनका सानासाना खुट्टा हिउँको ढिस्कामा गाडिन्छन् । असाध्यै चिसो थियो, वातावरण भयङ्कर थियो । ती केटीको शरीर अगाडितिर झुकेको थियो, जसरी शरद ऋतुको तीखो हावाको बेगले घाँसको कुनै एक्लो पात झुकेको हुन्छ । उनको दाहिनेतिरको धापबाट जङ्गलको एउटा पर्खाल निस्कन्छ, जसमा पातला बर्चका रुखहरु, पल्लवहीन अस्प रुपहरु विपदको मारमा परेर कानेखुशी गर्दै थिए । धेरै टाढा सहरका बत्तीहरु जगमगाउँदै थिए ।
“हे ईश्वर, दया गर ।” आमा काँप्दै बिस्तारै प्रार्थना गर्दै थिइन् ।