चित्रकलामा ल्यान्डस्केप एउटा लोकप्रिय विधा हो । खासगरी यसले अभिव्यक्त गर्ने सुन्दरता र सरलताका कारण ल्यान्डस्केप निकै चल्तीमा छ । र, यो आजदेखि होइन, सयौँ वर्षदेखि जारी छ ।

आज भने हामी फिनल्यान्डका चर्चित कलाकार भिक्टर एक्सेल वेस्टर्नहोम (१८६०-१९१९) का चित्रहरू हेर्ने छौँ ।

कलाकार भिक्टर आफू चित्रकला मात्र बनाउँदैनथे, अरूलाइ चित्रकला पनि पढाउँथे । फिनल्यान्डको आबोमा अवस्थित चित्रकला स्कुलमा उनी प्रधानअध्यापक थिए ।

आबोमा अवस्थित आर्ट म्युजियमका उनी प्रथम क्युरेटर पनि थिए । उनको कलाको महत्त्व यस कारण पनि छ कि उनैका कारण कलामा एउटा नयाँ विधा जन्मियो, जसलाइ पछि इम्प्रेसनिज्म (प्रभाववाद) भनियो । उनले प्रकृतिको कला र भव्यतालाइ जसरी अभिव्यक्त गरे, त्यसले यो विधा स्वाभाविक रूपमा जन्मन पुग्यो ।

आउनुहोस्, आज उनै प्रभाववादी कलाकार भिक्टरका चित्रहरूको आस्वाद लिऔँः