युवा पुस्ताका चर्चित कलाकार राजेन्द्र कुँवर भारतमा सम्मानित भएका छन् । राजस्थानमा आयोजित ‘राष्ट्रिय कलापर्व क्रेयान्स’ को अवसरमा उनलाई “१४औं अन्तर्राष्ट्रिय कला रतन अवार्ड २०२०” बाट सम्मानित गरिएको हो। कला पर्वका आयोजक अन्तरंग कला एवं एजुकेसन सोसाइटी, टोंक राजस्थानले लामो समयदेखि कलाकर्ममा सक्रिय रहेको भन्दै आफूलाई सम्मान गरेको कुँवरले बताए।
कला यात्राको दौरानमा आफ्नो कामको मूल्यांकन गरी दिइने यस्ता सम्मानहरूले अझ कला क्षेत्रमा लागिरहन थप ऊर्जा उत्साह र हौसला मिलेको कलाकार कुँवरले बताए।
करिब डेढ दशकदेखि कला क्षेत्रमा सक्रिय सुनवल नवलपरासीका कुँवर त्रिभुवन विश्वविद्यालयबाट कलामा स्नातकोत्तर हुन्। त्यस्तै उनले देश विदेशका विभिन्न स्थानमा दर्जनौँ पटक सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् भने थुप्रै कला कार्यशालाहरूमा समेत सहभागी भइसकेका छन्। कुँवरले नेपाली संस्कृति, प्रकृति तथा जनजीवनमा आधारित चित्र बनाउँदै आएका छन्। त्यसैगरी उनले कलामार्फत् देशका पर्यटकीय स्थललाई समेत चिनाउँदै आएका छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।