आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।”

प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि रहेका छौं। अहिले समाजिक सञ्जालमा नेपाली कविता लेखनको, कवितालाई अन्य भाषामा अनुवाद गर्ने प्रक्रियाहरू बढ़ेर गएको छ । यो एकप्रकारले राम्रो हो जस्ले नेपाली साहित्यमा काव्यको फाँट अझ वृस्तित गरेर लाने कुरामा हामी विस्वास गर्न सक्छौ । फेसबुकमा लेखिएका कविताहरूले धेरै पाठकहरूलाई आफुतिर पनि खिँचिरहेकै छ। जेहोस् अभिव्यक्तिको यो प्रावाधिक माध्यम प्रभावशाली बनेको छ।

अबका बहुसङ्ख्यक कवितालाई बहुसङ्ख्यक पाठकहरूसम्म कसरी पुराउन सक्ने भन्ने कुरालाई जोड़ दिएर नै साहित्यपोस्टबाट प्रत्येक साता छोटो र प्रभावशाली कविताहरू हामी पस्किरहेका छौं ।

अभिव्यक्तिको सबैभन्दा सुन्दर र शक्तिशाली माध्यम पनि कविता नै हो । कविताले समाजको बाहिर अनुहार मात्र देखाउँदैन कविताले समाजभित्रको वर्गीय विभेदको अन्तर्य र सबै प्रकारका अन्यायको कारणहरू देखाउँछ। समाजलाई दिशाबोध गर्ने बलियो र प्रभावशाली माध्यम हो कविता। साँचो कवितामा जनताको सङ्घर्षको गाथा हुन्छ, तिनको खुशी हुन्छ, पीड़ा र अनुभव पनि हुन्छन्। कवितामा कवि स्वच्छन्तावादी, कहीँ अस्तित्ववादी र कहीँ विसङ्गतिवादी देखिन्छन् भने कहीँ प्रगतिवादी। यी सब आजका हाम्रा कविताहरूमा पाइन्छ।

एउटा सुन्दर कवितालाई सोझै लेखेर प्रकाशित गर्दा पनि हुने नै हो तर हामी यसलाई किन पोस्टरको माध्यमबाट राख्दैछौं ।

कविताको पाठकहरू भक्कुचुर छ। मैले आफ्नो सम्पादकीयमा शुरूबाट भन्दै आएको हुँ र त्यो के भने यी पोस्टरकविताले असाधरण पाठकलाई पोस्टरको सौन्दर्यबाट तान्नु हो साहित्यबोध र कलाबोध गराउनु हो।

कविता नपढ़ने पाठकहरूले पोस्टरबाट कविता पढ्दैछन र बहुसङ्ख्यक पाठकहरूसम्म हाम्रा कविताहरू पुराउने यो एउटा छुद्र प्रयास पनि हो। र हामी लमकन्दैछौं र समय आउँछ जब हाम्रा यी प्रतिनिधी कविताहरू बहुसङ्ख्यक पौरखी जिन्दगीहरूबीच पुग्नेछ।

सम्पादक
रवि रोदन
साहित्यपोस्ट पोस्टर कविता