१८६० सम्म घरमा जन्मनु ज्यादै उचित ठानिन्थ्यो । आजको युगमा म सुन्छु, औषधी उत्पादक कम्पनीका मालिकहरुले घोषणा गरेका छन् कि अस्पतालको निश्चेतक वातावरणमा नवजात शिशुको पहिलो रोदन सुन्नपाउनु बाबु आमाका लागि निकै गौरवको विषय भईसकेको छ साथै फेसन पनि । त्यसैले श्रीमान् बटन र श्रीमती बटनले १८६० को गर्मीयामको एक दिन निर्णय गरे, उनीहरुको पहिलो बच्चा अस्पतालमै जन्मिनुपर्छ । यस्तो निर्णय लिँदै गर्दा उनीहरु समयको गति भन्दा धेरै अगाडि देखिन्थे । मैले यहाँनिर प्रस्तुत गर्न खोजेको कालगणना विभ्रमले इतिहासमा कुनै त्यस्तो सम्बन्ध राखोस् या नराखोस्, कसैलाई थाहा हुने छैन ।
खासमा भएको के हो, म तपाईंहरुलाई भन्ने छु साथै निष्कर्ष निकाल्ने जिम्मा पनि तपाईंहरुलाई नै दिनेछु ।
युद्धपूर्वको बाल्टिमोटमा बसोबास गर्ने रोजर बटन परिवारको सामाजिक तथा आर्थिक दुवै हैसियत इष्र्यालाग्दो थियो । रोजर परिवारको नाता प्रायः सबैतिर जोडिएको थियो । राज्यसङ्घमा बाहुल्यता भएका दक्षिणी भेगका घरानियाँहरुले समेत बटन परिवारलाई सदस्यता प्रदान गर्थे । बच्चा पैदा गर्ने यस्तो परिपाटी उनीहरुका लागि पहिलो अनुभव थियो । मिस्टर बटन स्वभाविक रुपमा अलि आत्तिएका देखिन्थे । उनको आशा थियो, छोरो जन्मे कन्नेक्टीकट स्थित याले कलेजमा पठाइनेछ जहाँ उनी स्वयम् चार वर्षसम्म ‘कफ’ उपनामले परिचित थिए ।
सेप्टेम्बरको एक दिन बिहान भयानक घटना हुने दिन ६ बजे हतार–हतार उठे अनि लुगा लगाएर बाल्टिमोरको सडकै–सडक उनी अस्पतालतिर हानिए । उनी निक्र्यौल गर्न चाहन्थे कि रातको अन्धकारले आफ्नो छातीमा कुनै नयाँ जीवलाई जन्म दियो कि दिएन ।
“मेरील्याण्ड प्राइभेट हस्पिटल फर लेडिज एण्ड जेन्टलम्यान” बाट लगभग तीन सय मिटर पर उनी पुगेका मात्रै के थिए, उनले आफ्नो निजी चिकित्सक डाक्टर किनेलाई हात मल्दै सिँढी ओर्लिँदै गरेको देखे । प्रायः सबै डाक्टरहरको पेशागत धर्म नै त्यस्तै हुन्छ ।

अनुवादक: बद्रीप्रसाद घिमिरे

रोजर बटन एण्ड कम्पनी, होलसेल हार्डवेयरका मालिक मिस्टर बटन अलि असभ्य तरीकाले डाक्टर किनेतर्फ दौडिन थाले । “डाक्टर किने !” “डाक्टर किने !” भन्दै चिच्याउन थाले ।
आफूलाई कसैले बोलाएको सुनेपछि डाक्टर ठिङ्ग उभिए अनि रोजर बटनतिर फर्के । रोजर बटन आफू भए नजिक आउनासाथ डाक्टरको अनुहार जिज्ञासु देखियो ।
स्वाँ–स्वाँ गर्दै रोजर बटनले सोधे “के भयो, के ?” अहिले कस्ती छिन् उनी ?” “छोरो जन्मेको हो ?”
“अलि होस् गरेर बोल्नुस् ।” डाक्टर किनेले अलि झर्कोफर्को गरेर भने ।
“बच्चा जन्मेको हो ?” मिस्टर बटनले जिज्ञासा पोेखे ।
रिसले डाक्टर किनेको आँखीभौँ खुम्चियो । “किन ? हो, जन्म्यो ।” उनले मिस्टर बटनतिर जिज्ञासु नजर फ्याँके ।
“मेरी श्रीमतीलाई ठीक त छ नि ।”
“अँ, ठीकै छ ।”
“छोरा कि छोरी ? भन्नुस् न ।”
“अब के–को छोरा कि छोरी ! यति भन्दै डाक्टर किने आवेशमा आएर चिच्याउन थाले “जानुस्, आफैँ गएर हेर्नुस् । निर्लज्ज !” यति भन्दै उनी रिसले मुर्मुरिन थाले । तपाईंलाई के लाग्छ, यस्तै केसले मेरो पेशागत इज्जत बढ्ला ? यस्तो केस् १–२ वटा आइलाग्ने हो भने त मेरो मात्रै हैन जो कोहीको पनि पेशागत इज्जत बर्बाद हुन्छ, बुझ्नु भो ?”
“के भो त, के ?” भन्नुस् न त ।” भयभीत मिस्टर बटनले सोधे । “के तिम्ल्याहा बच्चा जन्म्यो ?”
“तिम्ल्याहा–सिम्ल्याहा केही हैन ।” डाक्टरले च्याँठिदै जवाफ दिए । अझ त्यो भन्दा पनि भयानक । गएर आफैँ हेरे भइहाल्यो नि । अर्कै डाक्टर राख्नुस् अबदेखि । चालिस वर्षसम्म मैले तपाईंहरुको निजी डाक्टर भई काम गरिहालेँ । यो संसारमा मैले नै तपाईलाई ल्याएको हो तर अब म थाकिसकेँ । म अब उप्रान्त तपाईं र तपाईंका आफन्त कसैको अनुहार हेर्न चाहन्न ! गूड–बाइ” !
त्यसपछि ती डाक्टरले मुन्टो बटारे, अनि एक शब्द पनि नबोली पटाङ्गिनीमा प्रतिक्षारत गाडी चढेर आफ्नो बाटो लागे ।
मिस्टर बटन सडकछेउको पेटीमा मुच्र्छित भै उभिरहे, शिरदेखि पाउसम्म थरथर काम्दै ।
“के त्यस्तो भयानक दुर्घटना भो होला ?”

एफ.स्कट फिट्जेराल्ड

मेरील्याण्ड प्राइभेट हस्पिटल जाने उनको सारा इच्छा अकस्मात हरायो । बडो मुश्किलले अलि बेरपछि मूल ढोकाबाट प्रवेश गर्ने उद्देश्यले उनी सिँढी चढ्न बाध्य भए ।
निस्पट्ट अँध्यारो हलको डेस्क पछाडि एउटी नर्स बसिराखेकी थिई । लाजै नमानी मिस्टर बटन नर्स छेउ उभिन पुगे । “गूड–मर्निङ” हँसिलो मुहार लगाउँदै उनले भनिन् ।
“गूड–मर्निङ । म–म मिस्टर बटन ।”
यो नाम सुन्ने बित्तिकै तिनको मुहारमा आतङ्क छायो । जुरुक्क उठेर उनी हलबाहिर निस्कन खोजिन् ।
आसन्न सङ्कटबाट उनी मुक्त हुन चाहन्थिन् ।
“म मेरो बच्चाको मुख हेर्न चाहन्छु ।” मिस्टर बटनले भने ।
नर्स चिर्र चिच्याइन् । “अवश्य सक्नुहुन्छ ।”
भावोन्मत्त हुँदै उनी चिच्याइन् । “सिधै माथि जानुस्, गैहाल्नुस् ।”
नर्सले बाटो देखाइदिइन् । मिस्टर बटन पसिनाले लथपथ भएका थिए । दोमन–दोमन गर्दै दोस्रो तल्लाको सिँढी उक्लिन थाले । माथिल्लो हलमा पुगेपछि उनले बेसिनमा हात धुँदै गरेकी अर्की नर्सलाई बोलाए । “म मिस्टर बटन” उनले जसोतसो बोल्ने प्रयास गरे । “म मेरो बच्चाको मुख हेर्न चाहन्छु ।”
“टङ्रङ् टङ्रङ्’ आवाज निकाल्दै बेसिन भुइँमा खस्यो अनि सिँढी नै सिँढी तलतिर भुइँमा खस्यो अनि सिँढी नै सिँढी तलतिर गुड्दै गो यस्तो लाग्थ्यो मानौँ बेसिनले समेत ती भलाद्मीद्वारा उत्तेजित आतङ्क शेयर गर्दै छ ।
“म मेरो बच्चा हेर्न चाहन्छु ।” चिच्याउँदै मिस्टर बटनले भने । लड्ने अवस्थामा पुगिसकेका थिए उनी ।
‘टङ्रङ् गर्दै बेसिन भुइँ तलमा बज्रिन पुग्यो । नर्सले आफूलाई सम्हालिन् अनि घृणाको दृष्टिले मिस्टर बटनरित हेरिन् ।
”ल ठीक छ, जानुस्”, मिस्टर बटन ।” उनले धोद्रो स्वरमा भनिन् । आज बिहानभरि जुन घटनाले हाम्रो बेहाल बनायो त्यो तपाईंले थाहा पाउनु भो भने ! त्यो पूरै निर्लज्ज छ ! अस्पतालको इज्जतमा धक्का लाग्ने काम भएको छ ।
”चाँडो गर्नुस्! रुन्चे स्वरमा बटनले भने । म यो सहन सक्दिन ।”
त्यसो भए आउनुस् मिस्टर बटन ।”
उनी नर्सको पछि–पछि लागे । लामो हलको पल्लो छेउको कोठामा पुगेपछि, जहाँ थरिथरिका उराठलाग्दो चिच्याहट सुनिन्थ्यो, जसलाई “रोदन कक्ष” भन्न सकिन्थ्यो, त्यहाँ पुगे दुवै जना ।
स्वाँ–स्वाँ गर्दै बटनले सोधे, “मेरो बच्चा कुन चाहिँ हो ?”
”ऊ त्यही हो तपाईँको बच्चा ! नर्सले भनिन् ।
नर्सले औँल्याएतिर बटनको आँखा सोझियो उनले देखेको दृश्य यस्तो थियो – बडेमाको सेतो कम्बलमा बेरिएको, खाटमा सुतिराखेको, लगभग सत्तरी वर्ष जतिको एउटा बुढो मान्छे बसिराखेको । सेताम्य फुलेको पातलो कपाल अनि झुस्स परेको कैलो दाह्री, हावाको झोक्काले घरी यता घरी उता हल्लिरहेको । निदाउरो आँखाले त्यसले बटनतिर हेर्यो जसमा थुप्रै अनुत्तरित प्रश्नहरु मडारिरहेका थिए ।
“म बौलाएँ कि क्या हो ? आवेशमा आएर मिस्टर बटन जोडले जङ्गिए । रिसले मुर्मुरिए । कतै यो अस्पतालको डरलाग्दो ठट्टा त हैन ?”
“हाम्रा लागि त यो कुनै ठट्टा होइन ।” नर्सले क्रुद्ध भएर भनिन् । “तपाईँ बौलाएको हो कि सद्दे हो त्यो त मलाई थाहा भएन तर तपाईँको त्यो बच्चा चाहिँ अवश्य नै बौलाएको हो ।”
मिस्टर बटनको निधारमा चिट्चिट् पसिना आउन थाल्यो । बारम्बार उनी आँखा चिम्म गर्दै उघार्दै गर्न थाले । गल्ती पटक्कै भएको थिएन । सत्तरी वर्षको त्यो वृद्ध–बालकतिर उनी एकोहोरो हेरिरहेका थिए, जसको खुट्टा खाटको दायाँबायाँ झोल्लिराखेका थिए । त्यहाँ उपस्थित एक–एक मान्छेतिर हेर्यो त्यो वृद्धबालकले । अकस्मात त्यसले टुटेफुटेको धोद्रो स्वरमा बोल्यो “के तपाईँ मेरो बाउ हो ?” उसले सोध्यो ।
मिस्टर बटन र नर्स झसङ्ग भए ।
असन्तुष्ट त्यो बूढो मान्छेले भन्दै गयो, किनभने यदि तपाईँ मेरो बाउ हुनुहुन्छ भने सके मलाई यहाँबाट निकाल्नुहोस्, सक्नुहुन्न यदि भने पनि आरामदायी खालको झोलुङ्गो मगाइदिनुस् ।”
“हे भगवान ! कहाँबाट आइस् तँ ? को होस् तँ?” बटन आवेशमा पड्के ।
“म को हुँ ठ्याक्कै भन्न सक्दिन म” असन्तुष्ट त्यो वृद्धबालकले रुँदै भन्यो, “किनभने म जन्मेको धेरै बेर भएकै छैन तर मेरो अन्तिम नाम बटन नै हुनुपर्छ ।”
“झुट बोल्दैछस् तँ ! तँ ठग होस् !”
त्यस वृद्धबालकले नर्सतिर फर्केर भन्यो, “नवजात शिशुको स्वागत गर्ने गजबको तरीका रहेछ,” गुनासो पोख्दै उसले भन्यो, “किन भन्नुहुन्न तपाईँहरु उहाँ गलत गर्दै हुनुहुन्छ भनेर ?”
“तपाईँ गलत गर्दै हुनुहन्छ, मिस्टर बटन” नर्सले झोक्किँदै भनिन् । तपाईँको बच्चा हो यो । खुशी हुनुपर्ने हो तपार्इँ त । यथाशक्य छिटो भन्दा छिटो घर लैजानुस् उसलाई आजै ।”
“के रे ? घर लैजा रे ?” बटनले शंका व्यक्त गरे ।
“हो घर लगिहाल्नुस्, हामी उसलाई यहाँ एकछिन पनि राख्न सक्दैनौँ, बुझ्नु भो ?”
“घर जान पाए त खुशी हुन्थँे म”, त्यो वृद्धबालक लेघ्रो तानेर रुन थाल्यो “यो त स–साना केटाकेटी बस्न लायक ठाउँ हो । बच्चाहरु चिच्याएकाले आँखा झिमिक्क गर्न पाएको छैन मैले । खानेकुरा ल्याऊ भन्छु, बच्चालाई जस्तो बोतलमा दुध ल्याएर दिन्छन् ।” उसको स्वरमा विद्रोहको सङ्केत पाइन्थ्यो ।
मिस्टर बटन छोराको छेवैमा राखेको कुर्सीमा थचक्क बसे अनि हातले मुख छोपे । “हे भगवान् ! असिमित रुपमा आतङ्ति भै गुन्गुनाउन थाले ।
“मान्छेले के भन्लान् ? के गरौँ म अब ?”
“घर लगिहाल्नुस् तुरुन्त उसलाई”, नर्सले ढिपी गरी ।
ती पीडित व्यक्तिका आँखा सामु स्पष्ट रुपमा एउटा विचित्र तस्बीर नाच्न थाल्यो – एउटा यस्तो तस्बीर, सहरको भीडभाडयुक्त सडकमा एउटा भयानक भूतप्रेत ऊसित टाँसिएर हिँडिराखेको छ ।
“अहँ, म सक्दिन” उनी अलाप–विलाप गर्न थाले ।
“बाटोमा मान्छेल सोधे के भन्नु ? यो सत्तरी वर्षको बुढोलाई मेरो छोरा हो भन्नु ? आजै बिहान जन्मेको भन्नु ?” त्यसपछि यो बुढोले कम्बल तानेर ओढ्ला त्यसपछि विस्तारै व्यस्त स्टोर, स्लेभ मर्केट हुँदै अघि बढ्ला–एक छिनका लागि मिस्टर बटनले रिसाउँदै उनको छोरा कालो भैदियोस्–आवासीय क्षेत्रको सुविधासम्पन्न घरबाट कुनै गल्लीतिर गुज्रियोस्–बुढेसकालमा घर छाडेर हिँडिदिओस्….. भन्ने कामना गरे ।
“आउनुस् ! बच्चा च्याप्नुस्” नर्सले आदेश दिई ।
“यता हेर्नुस् त” अकस्मात त्यो वृद्धबालकले भन्यो “यदि तपाईँहरु म यो कम्बल ओढेरै घर जान्छ भन्ठान्नु हुन्छ भने साँच्चिकै गलत गर्दै हुनुहन्छ तपार्इँहरु ।”
“बच्चाहरुले सँधै कम्बलै त ओढ्छन् नि ।”
दुर्भावपूर्ण चरचर आवाज निकाल्दै त्यो वृद्धले सेतो खालको सानो थाङ्नो लुगा उचाल्यो । “ल हेर्नुस्” ऊ थरथर काम्दै थियो । “यही हो तिनीहरुले मलाई ठीक पारिदिएको ुलुगा ।”
“बच्चाहरुले सँधै यस्तै त लगाउँछन् नि ।” नर्सले विनम्रतापूर्वक भनिन् ।
“ल, ल भैगो” त्यो वृद्धले भन्यो, तर यो शिशु दुई मिनेटमै लुगा लगाउने पक्षमा छैन । यो कम्बल ओढ्यो कि चिलाइहाल्छ । कमसेकम एउटा तन्ना त दिन सक्थे उनीहरुले मलाई ।”
“लगाई राख् ! लगाईराख् !” हतार–हतार मिस्टर बटनले भने । नर्सतिर फर्के उनी । “के गर्नुपर्यो त मैले ?”
“सहरमा गएर छोराका लागि कपडा किनिदिनुस् ।”
मिस्टर बटनको आवाजसितै हलमा उनको छोराको आवाज मिसियो । “अनि मलाई एउटा बेतको छडी पनि चाहिन्छ, बुबा ।”
मिस्टर बटनले ढोकामा रिसले ढ्याम्म आवाज आउने गरी हाने ।

“गूड–मर्निङ” मिस्टर बटनले अलि आत्तिँदै चेसपिक ड्राइ गुड्ज कम्पनीको कारिन्दालाई भने, “मेरो बच्चाका लागि अलिकति कपडा चाहिएको थियो ।”
“कति वर्ष भो बच्चा ?”
“लगभग छ घण्टा भो जन्मेको” सोच्दै नसोची जवाफदिए बटनले ।
“पछाडिपट्टिको बेबीज सप्लाई डिपार्टमेन्टमा जानुस् ।”
“म के चाहन्छु, किन चाहन्छु मैलाई राम्रो सँग थाहा छैन, अलि ठुलो साइजको छ मेरो बच्चा, अपवादै भन्नुपर्छ ।”
“ठूलै साइजको पनि पाइन्छ त्यहाँ ।”
“केटाहरुको डिपार्टमेन्ट चाहिँ कता होला ?”
अलिकति ठाउँ सर्दै मिस्टर बटनले सोधे । उनको लाजमर्दो गोप्यता पक्कै पनि कारिन्दालाई थाहा भएको हुनुपर्छ भन्ने उनलाई लाग्यो ।
“यहीँ नजिकै छ ।”
“ठीकै छ….” उनी हिच्किचाए । छोरालाई वयस्क लोग्नेमान्छेको कपडा लगाइदिनु आफ्नो सोचको प्रतिकूल लाग्यो उनलाई । हुन त केटाहरुले लगाउने ठूलो साइजको सुट किन्न पनि सक्थे, झुस्स परेको दाह्री काटिदिन पनि सक्थे, सेताम्य फुलेका कपाल रङ्गाउन सक्थे अनि यसरी नराम्रो पक्ष लुकाएर आफ्नो इज्जत जोगाउन सक्थे साथै बाल्टिमोरको समाजमा आफ्नो हैसियत कसैलाई नभन्न पनि सक्थे ।
बौलाहा पाराले बोइज डिर्पाटमेन्टमा कपडा छान्ने क्रममा उनले आफ्नो भर्खर जन्मेको छोराका लागि ठीक हुने एउटै पनि सूट फेला पार्न सकेनन् ।
स्टोरलाई दोष दिनु सिवाय उनीसित अरु विकल्प पनि त थिएन ।
”कति वर्षको रे तपाईंको छोरा ? कारिन्दाले खुब चासो दिएर सोध्यो ।
“सोह्र वषको भो ऊ ।”
“ओहो ! माफ गर्नुहोला, मैले त छ घण्टा पो सुनेछु । अर्को गल्लीको युथ डिपार्टमेन्टमा जानुस्, त्यहाँ पाइन्छ जति भने पनि ।”
निराश हुँदै मिस्टर बटन फर्के । त्यसपछि उनी अलि हँसिलो मुहार लगाउँदै ठिङ्ग उभिए । पसलको झ्यालमा लुगा लगाई राखेको मूर्ति (डम्मी) माथि उनको आँखा पर्यो । त्यतातिर औँलासोझ्याउँदै उनी खुशीले चिच्याए, “ल फेला पर्यो !” डम्मीले लगाएको त्यही सूट किनिदिन्छु छोराका लागि ।”
कारिन्दाले आँखा तर्यो । उसले विरोध गर्दै भन्यो, “त्यो बच्चाको सुट हैन । फेन्सी कपडा हो, बरु आफैँ लगाउनुहोस् ।”
“पट्याएर पोको पारिदिनुस् मैले खोजेको यही हो । ग्राहकले ढिपी गरे ।
अचम्मित त्यो कारिन्दाले ग्राहकको आदेश मान्यो ।
अस्पताल फर्केपछि मिस्टर बटनले नर्सरी छिर्नासाथ लुगाको पोको छोरो भएतिर फुत्त फालिदिए । “ल यो लुगा लगा ।” उनी रिसले चुर भएका थिए ।
त्यो वृद्धबालकले पोको फुकायो अनि भित्र के–के छ भनेर बडो उपहासपूर्ण आँखाले हेर्न थाल्यो ।
“कस्तो वाहियात र हास्यास्पद लुगा हो यो ? यस्तो लुगा लगाएर बाँदर जस्तो देखिनु छैन मलाई ।” उसले गुनासो पोख्यो ।
“तैँले चाहिँ मलाई बाँदर बनाइस् नि ।” मिस्टर बटनले कडा प्रत्युत्तर दिए ।
“कति विचित्रको देखिन्छस् त्यतितिर ध्याननदे, लगाइहाल यो लुगा नत्र…..नत्र म तँलाई थप्पड हान्छु नि फेरि, बुझिस् ?” बडो मुश्किलले उनले अन्तिम भन्दा पहिले शब्दको तीता घुट्को निले । यद्यपि त्यही शब्द उच्चारण गर्नु नै उचित सम्झे उनले ।
छोराछोरीले बाबुआमालाई गर्नुपर्ने आदरको विचित्र स्वाँग रच्दै उसले भन्यो, “अति राम्रो, पिताजी धेरै वर्ष बाँच्नु भएकाले तपाईँलाई सबैकुरा राम्रोसित थाहा छ ।”
‘पिता’ शब्द सुन्नासाथ मिस्टर रिसले आगो भए ।
“छिटो गर् ।”
“गर्दै त छु नि, पिताजी ।”
“छोरो लुगामा सजिएपछि मिस्टर बटनले एकदम उदास नजरले उसलाई हेरे । गुलाबी रङका पाइन्ट, सेतो शर्ट र धर्के मोजामा सजिएको थियो उनको छोरो । सेताम्य फुलेको लामो दाह्री कम्मरसम्म लत्रेको देखिन्थ्यो, पटक्कै नसुहाउने ।
“पख् ।”
मिस्टर बटनले हस्पिटलको कैँचीले छोराको लामो दाह्री सरसर तीन चोटिमै छोट्याइदिए । त्यति गर्दा पनि पूर्ण रुपमा उनको छोरो चिटिक्क परेको देखिएन । जुख्रुख्ख परेको कपालको बाँकी भाग, आँशु बगिरहने आँखा, पुरानो हल्लिसकेको दाँत पोशाकको भव्यतामा अड्बाङ्गो स्थिति पैदा गरिरहेको थियो । तर मिस्टर बटन हठी स्वभावका थिए – हात फैलाउँदै उनले कठोरतापूर्वक भने, “आइज मसँग ।”
विश्वासपूर्वक उनको छोराले हात समात्यो “मलाई के भनेर बोलाउनु हुन्छ, पिताजी ?” नर्सरीबाट बाहिरिदैँ गर्दा ऊ थरथर काम्दै थियो । एकैछिनका लागि ‘बेबी’ भन्नुहुन्छ कि ? अर्को उपयुक्त नाम नसोचुन्जेल ?”
मिस्टर बटन ङ्वार्र गर्दै थिए । “मलाई थाहा छैन ।” रुखो भाषामा उनले भने ।” “मलाई त लाग्छ तँलाई “मिथ्यूजेल” भनेर पो बोलाउँ कि ।”

बटन परिवारमा थपिएको नयाँ सदस्यले कपाल छोट्याएतापनि, अप्राकृतिक कालो रङ्गले रङ्ग्याए पनि, मुहार चम्काउन दाह्री जुँग खौरे पनि, फुच्चे केटालाई ठीक हुने लुगा लुगाइदिए पनि परिवारका लागि उनको छोरो बोझ हुने कुरा मिस्टर बटनलाई नजरअन्दाज गर्न असम्भव प्रायः भैरहेको थियो ।
बुढ्यौलीले ढाड कुप्रेको भएता पनि उपयुक्त र इष्र्यालाग्दो नाम “मिथ्युजेल” को साथै छोरालाई बेन्जामिन बटन भनी बेलाउन थाले । ऊ पाँच फिट आठ इन्च अग्लो थियो । उसले लगाएको लुगाले वास्तविकता छोप्न सकेन । जतिसुकै आँखीभौँ रङ्ग्याए पनि, काँट्छाँट् गरेपनि, त्यहाँ भित्रको धमिलो, थकित र आँशु बगिरहने वास्तविक आँखालाई छोप्न भने सकेन । उसको यस्तो रुपरङ देखेर उसको हेरचाह गर्न खटाइएकी बेबी नर्सले समेत वास्तवमा हदैसम्म रिसाएर मिस्टर बटनको घर छाडेर हिँडिन् ।
तर मिस्टर बटनले आफ्नो अटल प्रस्तावमा ढिपी गर्न छाडेनन् । बेन्जामिन शिशु हो, शिशुकै चालचलनमा रहनुपर्छ । शुरुमा त उनले के समेत घोषणा गरिदिए भने यदि बेन्जामिनलाई तातो दूध मन पर्दैन भने भोकै बसोस् तर अन्ततः उनले बेन्जामिनलाई पाउरोटी र नौनी खान दिने भए साथै जौको परिकार पनि दिन राजी भए । एकदिन मिस्टर बटनले बेन्जामिनका लागि खटखट आवाज निकाल्ने खेलौना ल्याइदिए अनि विभिन्न शर्त राखेर खेल्न आग्रह गरे । निन्याउरो अनुहार लगाएर बेन्जामिनले उक्त खेलौन हातमा लियो । बेलाबेलामा खेलैनाको झन्झनाहट सुनिन्थ्यो ।
यद्यपि खेलौनाबाट बेन्जामिन वाक्क भएकोमा शंका थिएन । एक्लै भएका बखत मन बहलाउने अन्य साधन फेला पारिहाल्थ्यो ऊ । जस्तो एकदिन मिस्टर बटनले पत्ता लगाए कि अघिल्लो हप्ता अघिपछिको भन्दा बढी नै उसले धुम्रपान गरेको रहेछ जुन कुरो उनलाई केही दिन पछि मात्रै थाहा भो जतिबेला उनी अप्रत्याशित रुपमा नर्सरी छिरेका थिए । कोठामा नीलो धुँवा टम्म भरिएको थियो । बेन्जामिनको मुहारमा अपराध बोध झल्किन्थ्यो । ऊ हवाना चुरोटको ठुटा लुकाउन खोज्दै थियो आफ्नो बाबु देखि । साँच्चै भन्नु पर्दा जोडको थप्पड लगाउनु पर्ने खालको गल्ती थियो बेन्जामिनको तर मिस्टर बटनले त्यो आँट गरेनन् । उनले खालि छोरालाई बढ्न नदिने चेतनानी मात्रै दिए ।
तथापि उनी आफ्नो रबैयामा अटल रहे । हठ गर्न छाडेनन् । उनले टोय सोल्जर्स, टोय टे«न अनि कपासबाट बनेका ठूला–ठूला र राम्रा–राम्रा जनावर पनि ल्याए घरमा । आफैँले सिर्जना गरेको मृगतृष्णासित मिल्दोजुल्दो खेलौनाको माग गरे टोय–स्टोरको क्लर्कसित । तर बाबुको यी सारा प्रयासका बाबजुद बेन्जामिनले ती खेलौनाप्रति कुनै चासो देखाएन । इन्साइक्लोपेडिया ब्रिटानिकाको ठेली बोकेर ऊ पछाडिको सिँढीबाट नर्सरी तिर भाग्थ्यो अनि त्यही ठेली पढ्नमा तल्लीन देखिन्थ्यो जबकि कपासबाट बनेका गाईको खेलौना अनि नोहाज् आर्क भुइँमा अलपत्र परेको हुन्थे । यस्तो हठका विरुद्ध मिस्टर बटनका सारा प्रयास विफल भए ।
यस्तो खालको सनसनी शुरु–शुरुमा बाल्टिमोरमा अद्भूत ठहरियो ।
बटन परिवार र उनको आफन्तमाथि के–कस्ता सामाजिक विपत्ति आइलाग्ला त्यो त ठ्याक्कै भन्न सकिन्न किनकि गृहयुद्ध शुरु भएकाले सहरको ध्यान अन्यत्रै मोडिएको थियो । केही नरम स्वभावका मानिसहरुले बाबुआमालाई सहानुभूति प्रकट गर्न वा प्रशंसा गर्न माथापच्ची गरे अनि अन्ततः बडो चलाखीपूर्ण ढङ्गले शिशुको अनुहार उसको हजुरबुबासित काटीकुटी मिल्छ भनेर ठोकुवा पनि गरिदिए । सत्तरी वर्षको मान्छेमा देखिने सामान्य शारीरिक क्षयको लक्षणलाई नकार्न मिल्दैन थियो बेन्जामिनमा पनि । श्रीमान्÷श्रीमती बटन खुशी थिएनन् साथै बेन्जामिनको हजुरबुबाको समेत क्रुरतापूर्वक अपमान गरियो ।
हस्पिटल छोडेपछि बेन्जामिनको दैनिकी बच्चाको जस्तो देखिन थाल्यो । थुप्रै स–साना केटाहरु ऊ सित भेटाउन ल्याइए । जकडिएर दिन बिताउनु परे पनि ऊ केटाहरुसित घुयँत्रो खेल्नमा खुब चाख लिन्थ्यो । कहिलेकाहीँ ऊ संयोगवश घुयँत्रोले भान्साकोठाको झ्याल फुटाउन सफल हुन्थ्यो । छोराको त्यस्तो बहादुरी देखेर उसको बाबु रोजर बटन भित्रभित्रै ज्यादै खुशी हुन्थे ।
त्यस उप्रान्त बेन्जामिनले दिनहुँजसो केही न केही टुटाउने फुटाउने जुक्ति निकाल्न थाल्यो किनभने ऊ जस्तो मान्छेबाट त्यो भन्दा बढी अरु के नै अपेक्षा गर्न सकिन्थ्यो र । स्वभावतः ऊ अनुग्राही थियो ।
हजुरबाउको शुरुको प्रतिद्वन्तिता समाप्त भएपछि बेन्जामिन र ती भलादमी एकअर्काको सङ्गतमा अपार आनन्द महशुस गर्न थाले ।
दुवैजना घण्टौँ सँगै बस्थे । उमेर र अनुभवका हिसाबले निकै तलमाथि थिए तिनीहरु । पुरानो अन्तरङ्ग मित्र जस्तै कहिल्यै समाप्त नहुने नीरसताका बारेमा घण्टौँ गफिन्थे साथै दैनन्दिन रुपमा घट्ने घटनाका बारेमा पनि बात मारिरहन्थे । बाबु आमासित भन्दा हजुरबाबु सित बस्दा बेन्जामिन सहज महसुस गथ्र्यो । उनीहरुलाई रोजर बटनको अदपमा बस्नुपर्दा अलि असहज महशुस हुन्थ्यो । रोजर बटनको तानाशाही प्रभुत्वका बाबजुद तिनीहरु उनलाई कज्याउन सफल भए । बारम्बार रोजर बटनलाई “मिस्टर” भनी होच्याउँथे ।
जन्मैदेखि आफ्नो दिमाग र शरीरको प्रकट रुपले बूढयौली देख्दा ऊ अरुजस्तै दिग्भ्रमित थियो । मेडिकल जर्नलमा उसले आफ्नो जस्तो समस्याका बारेमा केही लेखिएको छ कि भनी खोजी गर्यो तर उसको जस्तो अनौठो केसको कतै रेकर्ड भेट्टाएन ।
बाबुको जोडबलमा उसले अरु केटाहरुसित खेल्ने इमान्दार प्रयास गर्यो । खासगरी ऊ सजिलो खेलहरु बेलाबेलामा खेल्थ्यो । बूढो हाड भाँच्चिएला भन्ने पीरलेऊ फुटबल देखि औधि डराउँथ्यो ।
पाँच वर्षको भएपछि उसलाई किन्डरगार्टन पठाइयो जहाँ उसलाई शुरुमा अरेन्ज पेपर माथि ग्रीन पेपर टाँस्न सिकाइयो । साथै रङ्गीन नक्सा बुन्ने, कार्डबोर्ड नेक्लेस बनाउन पनि सिकाइयो ।
काम गर्दा गर्दै निदाउने बानी पर्यो उसलाई । उसको यस्तो बानीले गर्दा शिक्षिका क्रुद्ध हुन थालिन् साथै डराउन पनि थालिन् । उसको बाबुआमाको कानमा यो कुरा पर्नासाथ उसलाई स्कुलबाट निकालियो । रोजर बटन परिवारले आफ्ना साथीभाइ सित चाहिँ सानै छ, त्यसैले स्कूल नपठाको भन्थे ।
बाह्र वर्ष पुगिसक्दा बेन्जामिनका बाबुआमा उसको बानीव्यहोरासित राम्रैसित परिचित भैसकेका थिए ।साँच्चै भन्नुपर्दा परम्पराको शक्ति कतिसम्म बलियो थियो भने अरु बच्चा भन्दा आफ्नो छोरो फरक छ भन्ने सोध्न छाडिसकेका थिए उनीहरुले । कहिलेकाहीँ चाहिँ उसका जिज्ञासु भनौँ या असङ्गत व्यवहारले वास्तविक तथ्य स्मरण गराउँथ्यो । तर उसको बाह्रौँ जन्मदिनको केही हप्तापछि एक दिन ऐना हेर्दै गर्दा उसले अचम्मको कुरा पत्ता लगायो । उसका आँखाले कतै धोखा त दिएन ? अर्थात् बाह्र बर्षको जिन्दगीमा उसको सेतो कपाल फलामे रङ्गमा परिणत त भएन ? अनुहारका अनगिन्ती चाउरी कता पुग्यो ? के उसका छाला पहिलेको भन्दा स्वस्थ र गठिलो भएको हो ? उसले भन्न सकेन ठ्याक्कै के भएको हो भनेर । उसलाई थाहा भो, पहिलेका तुलनामा ऊ कुप्रिएको पनि छैन । जीवनका शुरुका दिनका तुलनामा उसको शारीरिक अवस्थामा धेरै सुधार भएको थियो ।
“यस्तो पनि हुन्छ कहीँ ?” उसले मनमनै सोच्यो अर्थात् अझ भनौँ सोच्ने धृष्टता गर्यो ।
बाबु भए ठाउँ गयो ऊ अनि बडो दृढतापूर्वक ढुक्कसँग भन्यो “बुबा म ठूलो भएँ नि, म अब लामो सुरुवाल लगाउँछु है !
उसको बाबु अलि हच्के “ल, ल” अन्ततः उनले भने, “मलाई थाहा छैन । लामो सुरुवाल लगाउन त चौध वर्ष पुग्नु पर्छ, तँ त भर्खर बाह्र वर्ष मात्रै पुगेको छस् ।”
बेन्जामिनले प्रतिकार गर्दै भन्यो, “मेरो उमेरअनुसार म ठूलो भैसकेँ । तपाईंले मेरो माग स्वीकार्नै पर्छ ।”
उसको बाबुले भ्रान्तिपूर्ण नजरले ऊ तिर हेरे । “ओहो, म यसमा निश्चिन्त छैन । म पनि बाह्र वर्षको हुँदा त जत्रै थिएँ ।”
यो सत्य थिएन । यो त रोजर बटनको आफ्नो छोराको प्राकृतिक अवस्थामा विश्वास गर्न आफैँसितको मौन सहमतिको एउटा पाटो मात्रै थियो ।
अन्तमा एउटा सम्झौतामा कुरो टुङ्गियो । बेन्जामिनले आफ्नो कपाल रङ्ग्याउन पाउने भो । आफ्नो उमेर समूहका केटाहरुसित खेल्ने प्रयास गर्नुपर्ने भो उसले । उसले चस्मा लगाउन वा बेतको छडी टेकेर हिँड्न नपाउने भो । यी सबै कुरा छाडेबापत उसलाई लामो सुरुवाल र सूट लगाउन दिइने भो …..

बेन्जामिन बटनको बाह्रदेखि एक्काइस वर्षबीच जीवनका बारेमा म थोरै कुरा राख्न चाहन्छु । बीचका ती वर्षलाई सामान्य शारीरिक वृद्धि नभएको वर्षका रुपमा चित्रित गर्नु उपयुक्त होला । अठार वर्षको हुँदा बेन्जामिन पचास वर्षको मान्छे उभिए जस्तो उभिन्थ्यो । बाक्लो कालो कपाल, दरिला पाइला, भकभक गर्न छाडिसकेको अवस्था अनि स्वस्थ मध्यम स्वर । उसको बाबुले उसलाई कनेक्टीकट स्थित याले कलेजमा प्रवेश परीक्षाका लागि पठाइदिए । बेन्जामिनले प्रवेश परीक्षा उत्तीर्ण गर्यो अनि ११ कक्षाको लागि छुट्टाइएको कक्षाको सदस्य बन्यो ।
उसको म्याट्रिक्युलेशनको तीन दिनपछि उसलाई कलेजका रजिष्ट्रार मिस्टर हार्टको तर्फबाट उसको तालिम तय गर्नका लागि अफिसमा आउन सूचित गरियो । बेन्जामिनले आफ्नो अनुहार ऐनामा हेर्दा थाहा भो, उसको कपाल रङ्ग्याउनु पर्ने बेला भएछ । घर्रा खोल्दा रङको बोतल त्यहाँ थिएन । उसले झल्याँस्स सम्झ्यो– अघिल्लो दिनै बोतल रित्याएर फ्याँकिसकेको थियो उसले ।
दोधारमा पर्यो ऊ । पाँच मिनेट भित्रै रजिष्ट्रारकहाँ पुगिसक्नुपर्ने थियो उसलाई । केही उपाय नलागेपछि ऊ त्यत्तिकै रजिष्ट्रार कहाँ गयो ।
“गूड–मर्निङ”, “छोराको बारेमा सोधपुछ गर्न आउनुभएको होला, तपाईँ हैन ?” रजिष्ट्रारले विनम्रतापूर्वक सोधे ।
“के रे” वास्तवमा मेरो थर बटन हो भने बेन्जामिन बटन पूरा नाम; तर मिस्टर हार्टले उसको कुरा बीचैमा काटे ।
“तपाईँलाई भेटेर खुशी लाग्यो मलाई, मिस्टर बटन । एक दुई मिनेटमै तपाईँको छोरो आइपुग्नेछन् यहाँ ।”
“मै त हुँ छोरो !” म नयाँ विद्यार्थी”, बेन्जामिन पड्क्यो ।
“के रे !”
“म नयाँ विद्यार्थी ।”
“तपाइँ ठट्टा गर्दै हुनुहुन्छ पक्कै पनि ।”
“बिल्कुल होइन ।”
आँखी भौँ खुम्च्याउँदै रजिष्ट्रारले आफू सामु रहेको कार्ड नियाले, किन ? म त बेन्जामिन बटनको उमेर अठार वर्ष देख्छु त ।”
“मेरो उमेरै त्यही हो त हो अनि”, दृढताकाले साथ गाला रातो पार्दै बेन्जामिनले भन्यो ।
रजिष्ट्रारले उदासीन भावले उसलाई हेरेर भने, “मिस्टर बटन, यस्ता वाहियात कुरा मैले विश्वास गरुँला नभन्ठानुस् तपाईं ।”
बेन्जामिनले खिसिक्क हाँसेर पुनः दोहोर्यायो । “अठार वर्ष भएँ म ।”
कठोरतापूर्वक रजिष्ट्रारले ढोकातिर औँल्याउँदै भने, “बाहिर निस्किहाल् । कलजेबाट मात्रै हैन यो सहरबाटै बाहिरी हाल् । डरलाग्दो पागल होस् तँ ।”
“मेरो उमेर अठार वर्ष भो ।”
मिस्टर हार्टले ढोका खोले “कस्तो गजबको आइडिया ।” उनी चिच्याए । “तेरो जस्ता उमेरको मान्छे नयाँ विद्यार्थीका रुपमा कलेज प्रवेश गर्ने कोसिसगर्छन् । तँ अठार वर्ष भइस् हैन ? ल भैगो तँलाई म यो सहरबाट बाहिरिन अठार मिनेटको समय दिन्छु ।”
बेन्जामिन बटन बडो गौरवकासाथ कोठाबाट बाहिरियो अनि हलमा पर्खिरहेका आधा दर्जनजति अन्डरग्य्राजुयेटहरुले बडो चासोपूर्वक हेरे । अलि पर पुगेपछि रिसले आगो भएको रजिष्ट्रारतिर फक्र्यो जो अझै ढोकामा उभिराखेका थिए, बेन्जामिनले दृढ स्वरमा दोहोर्यायो ः “अठार वर्ष भएँ म ।”
अण्डरग्य्राजुयेटहरुको दबेको हाँसो हेर्दै बेन्जामिन त्यहाँबाट हिँड्यो ।
तर भाग्यले त्यति सजिलो सित उम्कन दिएन उसलाई । चिन्ताले आकुल व्याकुल भई रेलरोड स्टेशनतर्फ अघि बढ्दै गर्दा अण्डरग्य्राजुयेटहरुको भीडले उसलाई पछ्याउन थालिसकेको थियो । जताततै के हल्ला फैलियो भने एउटा पागलले याले कलेजको प्रवेश परीक्षा उत्तीर्ण गर्यो अनि आफू अठार वर्षको युवा हुँ भनेर झुक्याउने कोसिस गर्यो । कलेजमा उत्तेजनाको ज्वरो फैलियो । पढाइ नै छाडेर विद्यार्थीहरु विना ह्याट दौडिन थाले, फुटबल खेलाडीहरु अभ्यास खेल त्यागेर भीडमा मिसिए । प्रोफेसरका श्रीमतीहरु समेत टोपी छड्के पारेर चिच्याउँदै जुलुसको पछिपछि दौडे जहाँबाट बेन्जामिन बटनको कोमल चेतना प्रति लक्षित गर्दै एक पछि अर्को टीका टिप्पणीको लहर चल्न थाल्यो ।
“ऊ फिरन्ते यहुदी हुनुपर्छ पक्कै पनि !”
“उसले त प्रारम्भिक स्कूलमा पो जानुपर्ने यो उमेरमा ।”
“त्यो अद्भूत बालकलाई हेर त !”
“बूढो मान्छेको घर भन्ठान्यो उसले यसलाई !”
“हार्बर्ड जान बेरछैन ।”
बेन्जामिनले हिँडाइको गति बढायो । त्यसपछिदौडिन थाल्यो । उसले देखाइदिनेछ ।
ऊ हाबर्ड जानेछ अनि ती सबैले आफूले गरेका घोचपेचप्रति पछुताउनु पर्नेछ ।
बाल्टिमोरका लागि छुट्न लागेको टे«नको झ्यालबाट टाउको निकालेर ऊ चिच्यायो । “तिमीहरु पछुताउने छौँ ।”
“हा–हा–हा” अण्डरग्य्राजुयेटहरु जोडले हाँसे । यसअघि कहिल्यै नगरेको ठूलो गल्ति गर्दै थियो याले कलेज ।

१८८० मा बेन्जामिन बीस वर्ष पुग्यो । उसले आफ्नो जन्मदिनलाई “रोजर बटन एण्ड कम्पनी, होलसेल हार्डवेयरमा काम थालेर विशेष महत्व दियो । त्यही वर्ष उसले आफूलाई समाजमा घुलमिल गराउन थाल्यो । उसका बाबुले थुप्रै फेसनेबल डान्समा जान जोड दिए उसलाई । रोजर बटन पचास वर्ष पुगिसकेका थिए । बाबु छोराका बीचमा दिनानुदिन घनष्ठिता बढ्दै थियो ।मैत्रीभावले ओतप्रोत थिए उनीहरु । वास्तवमा बेन्जामिनले कपाल रङ्गाउन छाडिसकेको थियो । (जुन अझै कैलो थियो) । उनीहरु झट्ट हृर्दा लगभग एउटै उमेरका देखिन्थे, दाजुभाइजस्तै ।
अगष्टको एक रात उनीहरु सूटमा सजिएर बग्गी चढे अनि बाल्टिमोर बाहिर रहेको सेम्लीन्स कन्ट्री हाउसमा डान्स हेर्न गए । भव्य साँझ थियो त्यो । पूर्णिमाको जूनले प्लेटिनमको तेजहीन रङ्लाई निथु्रक्कै भिजाएको थियो भने ढिलो फुल्ने फूलहरुसमेत गतिहीन हावाको सुवासमा सास फेर्दै थिए । सुन्दा मधुरो हाँसो कतैबाट आएजस्ता लाग्थ्यो । खुला जग्गामा पाकेका गहुँका मुठ्ठा विच्छाइएका थिए जुन दिउँसो घाम लागेको बेला जत्तिकै पारदर्शी देखिन्थ्यो
आकशको त्यस्तो अपार सुन्दरताबाट जो कोही पनि प्रभावित नहुने कुरै थिएन ।
“लत्ता–कपडाको विजिनेसको भविष्य उज्ज्वल छ”, रोजर बटन भन्दै थिए । उनी आध्यात्मिक मान्छे थिएनन्–सौन्दर्यसम्बन्धी उनको चेतना अपरिपक्व थियो ।
“बुढो, पुरानो विचार बोक्ने म जस्तो मान्छे नयाँ–नयाँ तौरतरीका जान्दिन”, उनले गम्भीर कुरा गरे । “तिमीहरु जस्तो जोश र स्फूर्ति भएका युवाहरुको भविष्य उज्ज्वल छ ।”
निकै पर सडकमा सेभ्लीन कन्ट्री हाउसको उज्यालोको दृश्य देखियो अनि तत्कालै स्वाँ–स्वाँ को आवाज लगातार उनीहरु भएतिर आउन थाल्यो । त्यो भायोलिनको मधुर आवाज अर्थात् जूनको उज्यालोमा चाँदी झैँ टल्केको गहुँको सर्सराहट पनि हुन सक्थ्यो ।
उनीहरु एउटा चिटिक्क परेको एक घोडे बग्गी पछाडि उभिए जसमा यात्रुहरु धमाधम ओर्लेर ढोकातिर लाग्दै थिए । एउटी महिला ओर्लिन, त्यसपछि एकजना पाको उमेरका भलाद्मी अनि त्यसपछि फेरि एउटी युवती, जो अति सुन्दर देखिन्थिन् ।
बेन्जामिनको शरीरको अङ्ग–प्रत्यङ्ग रासायनिक प्रतिक्रिया जस्ता पग्लिने र फेरि अर्कै ढङ्गले रचना हुन थाल्यो ।
दृढता सञ्चार हुन थाल्यो, गाला र निधारमा छिटोछिटो रक्त सञ्चार हुन थाल्यो अनि स्थिर रुपमा उसको कानमा कम्पन पैदा भो । पहिलो प्रेम थियो उसको यो ।
केटी दुब्ली–पातली थिई, जूनको उज्यालोमा खरानी रङको अनि बरण्डाको ग्यास–बत्तीको उज्यालोमा मह रङको देखिने कपाल पालेकी । काँध्मा कालो पतुलीको बुट्टा भरेको, हल्का पहेँलो रङ्को स्पेनी दोपट्टा ओढेकी थिई उसले । भव्य पोशाकको मोहतामा उसका खुट्टाहरु टाँक जस्तै टल्केका देखिन्थे ।
छोराकै छेउमा उभिएका रोजर बटनले भने, ती युवती हिल्देगार्दे मन्क्रीफ हुन्, जनरलमन्क्रीफ् की छोरी ।”
बेन्जामिनले मन नलागी नलागी स्वीकृति सूचक मुन्टो हल्लायो “राम्री रहिछ” वेवास्ता गर्दै भन्यो उसले । तर जब एउटा निग्रो केटोले बग्गी अगाडि लगायो, उसले भन्यो, “बुबा, ऊ सित मेरो परिचय गराइदिनु न ।”
एउटा समूहका बीचमा पुगे उनीहरु जसको केन्द्रमा मिस मन्क्रीफ थिई, पुरानो परम्परामा हुर्केबढेकी रहिछ, बेन्जामिनलाई निहुरेर ढोगी । बस् अब ऊ त्यो केटीसित नाच्न सक्छ । उसले तिनलाई धन्यवाद दियो अनि लड्खडाउँदै नाच्न गयो ।
आफ्नो पालो नआउन्जेल कहिले मध्यान्तर सकिएला भने जस्तो भो उसलाई । भित्तामा अडेस लागेर उभियो, चुपचाप अबोधगम्य । बाल्टिमोरका ठिटाहरु हिंस्रक आँखाले हिल्देगार्दे मन्क्रीफलाई वरिपरिबाट घेरेर खुब घुर्दै हेरिराखेका थिए । उनीहरुका आँखामा केटीप्रतिको कामूक प्रशंसा झल्किन्थ्यो । कति साह्रो घिनलाग्दो† कति साह्रो असह्य खालको गुलाबी ! तिनीहरुमध्ये घुम्रिएको खैरो जुँगा देख्दा अजीर्ण होला जस्तो भो उसलाई ।
तर जब उसका पालो आयो ऊ केटीसित लठारिँदै पेरिसबाट भर्खर आएको बाल्ज म्युजिक रुमतिर लाग्यो । उसको इष्र्या र चिन्ता हिउँको आवरण पग्लेजस्तो पग्लिन थाल्यो ।
सम्मोहनले अन्धो भएको बेन्जामिनलाई जिन्दगी त भर्खर पो शुरु भएजस्तो महशुस भो ।
“हामी जस्तै तपार्इँहरु दाजुभाइ नै आउनुभो हैन ?”नीलो–नीलो इनामेल जस्ता आँखाले बेन्जामिनतिर हेर्दै हिल्देगार्दे मन्क्रीफले सोधी ।
बेन्जामिन हिच्किचायो । यदि ती केटीले उसलाई आफ्नै बाबुको भाइ सम्झेकी हो भने उसलाई साँचो कुरा बताउनु ठीक होला ? यालेको घटना याद आयो उसलाई । तीतो अनुभव सँगालेको थियो उसले यालेमा । त्यसैले त्यसो नगर्ने निधो गर्यो ।
केटीको कुराको खण्डन गर्नु अशोभनीय हुन्थ्यो । आफ्ना जन्मको विचित्र कथा सुनाएर यस्तो सुनौलो अवसरलाई दुषित पार्नु भनेको अपराध गर्नु सरह हुनेछ । पछि, कोही बेला उचित समयमा गरौँला । त्यसैले उसले स्वीकृति सूचक मुन्टो हल्लायो, सुन्यो, मुस्कुरायो, खुशी भो ।
“तपाइँको उमेरको मान्छे मलाई औधि मनपर्छ । केटाहरु मुर्ख र अल्छी हुन्छन् । कलेजमा कति श्याम्पेन पिइयो, तासमा कति पैसा हारियो, खालि त्यस्ता कुरा मात्रै गर्छन् तिनीहरु । तपाईँको उमेरको मान्छेहरु महिलाको सम्मान र तारिफ गर्न जान्दछन् ।” हिल्देगार्देले उसलाई भनी ।
बेन्जामिन आफैँ प्रस्ताव राख्ने हदसम्म पुगिसकेको थियो । बडो मुश्किलले उसले आफ्नो मनोबेगलाई दबायो “तपार्इँ त भर्खर रोमान्टिक उमेरको हुनुहुन्छ ।” ऊ भन्दै थिई “पचास÷पच्चीस वर्ष एकदम राम्रो; तीसको मान्छे काममा बढी जोतिएर निस्तेज हुने प्रवृत्तिका हुन्छन् । चालिस त लामो कथाको उमेर हो एउटा सिङ्गो चुरोट पिइसक्दा पनि उसको कथा सिद्धिँदैन । साठी पनि सत्तरीको नजिक हो तर पचास चाहिँ एकदम रसिलो र आनन्ददायक उमेर हो । मलाई त पचासै मनपर्छ ।”
बेन्जामिनलाई पचासको उमेर जोखिमपूर्ण लाग्यो । पचास वर्षको हुने लोभ जाग्यो उसलाई ।
“मैले त सधँै भन्दै आएकी छु । तीस वर्षको मान्छे सित बिहे गरेर उसका समेत हेरचाह गर्नुभन्दा पचासको उमेरको मान्छेसित बिहे गर्नु ठीक ।”
बेन्जामिनका लागि त बाँकी साँझ मह रङको तुवाँलोले नुहाए जस्तो लाग्यो । हिल्देगार्देले ऊ सित थप दुईचोटि नाची । दुबैलाई थाहा भो, दिउँसोको सबै प्रश्नमा उनीहरुको आश्चर्यजनक रुपमा मतैक्य देखियो । आउँदो आइतबार ऊ बेन्जामिनसँगै गाडीमा निस्किने अनि त्यसपछि सबै प्रश्न उपर थप छलफल गर्ने निधो भो ।
झिसमिसे उज्यालो हुनुपूर्व बग्गीमा घर पुग्दा, माहुरी भुन्भुनाउँदा अनि अस्ताउन लागेको जून शीतको थोपामाथि पिलपिल गर्दा बेन्जामिनको बाबु होलसेल हार्डवेयरका बारेमा छलफलमा व्यस्त भएको कुरा घुइरो–घुइरो थाहा पायो उसले ।
“….अनि घन र काँटी पछि हाम्रो ठूलो प्राथमिकता के हुनुपर्छ भन् त ? रोजर बटनले सोधे ।
“लभ” होस्ल्याङ्गे पाराले जवाफ दियो बेन्जामिनले ।
“के रे ?” “लग् रे ?” त्यो प्रकरण त अघि नै बन्द गरिसकेँ मैले ।”
बेन्जामिनले छक्क पर्दै बाबुलाई हेर्यो । त्यतिबेला पूर्वमा घामको पहिलो झुल्को देखापर्दैथ्यो भने रुखमा एउटा भँगेरो कानै खानेगरी चिरबिर गर्दैथ्यो ।

छ महिनापछि जब मिस् हिल्देगार्दे मन्क्रीफर मिस्टर बेन्जामिन बटनका बीच इन्गेज्मेन्ट भएको कुरा सार्वजनिक रुपमा घोषणा गरियो, बाल्टिमोर सोसाइटीमा बिहेको चहलपहलको ज्वरो उच्चबिन्दुमा पुग्यो । लगभग बिर्सिसकिएको बेन्जामिनको जन्मको कथा पुनः स्मरण गर्ने काम भो भने यस अघि भएका काण्डलाई अविश्वसनीय तवरले खलनायकिकरण गर्न थालियो । कतिसम्म हल्ला फिँजाइयो भने वास्तवमा ऊ रोजर बटनको बाबु हो, रोजर बटनको भाइ हा,े जो चालिस वर्षसम्म जेल पर्यो, ऊ भेष बदलेको जोन विल्किस बुथ हो र अन्त्यमा उसका टाउकोबाट उम्रेका दुईवटा शङ्कु आकारका सिङ थिए ।
न्यूयोर्कबाट प्रकाशित हुने पत्रिकाहरुले शनिवारीय परिशिष्टाङ्कमा केशलाई आकर्षक स्केच सहित अनुचित महत्व दिए जसमा बेन्जामिन बटनको टाउको माछामा र सर्पमा जोडेको पाइन्थ्यो । पत्रकारिताको माध्यमबाट बेन्जामिन “मिस्ट्री म्यान अफ मेरील्याण्ड” का रुपमा चर्चामा आयो । अन्य केस जस्तै सत्य–तथ्य कुराको प्रचार निकै कम मात्रामा भो ।
तथापि, हरेक मान्छे जनरल मन्क्रीफसित के कुरामा सहमत भए भने बेन्जामिन सित बिहे गरिदिनु ‘अपराध’ नै हो । त्यस्ती राम्री केटीले बाल्टिमोरमा जति भनेपनि केटासाथी (प्रेमी) पाईहाल्थी । पचास वर्षको बुढोको हातमा सुम्पिनु नकाम भो भन्थे सबैजना । रोजर बटनले “बाल्टिमोर कलेज” मा आफ्नो छोराको जन्म प्रमाणपत्र (वर्थ सर्टिफिकेट) छपाए तर त्यो बेकार भो, कसैले पनि विश्वास गरेन ।
बिहे गर्ने जोडीमा कुनै द्विविधा थिएन । हुनेवाला बेहुलाका बारेमा जे जति कथा बाहिरिएका थिए, ती सबै झुटा थिए । हिल्देगार्देले साँचो कुरा पनि विश्वास गर्न छाडी । पचास वर्षको मान्छेमा मृत्युदर उच्च हुन्छ भनेर जनरल मन्क्रीफले सम्झाउँदा पनि उसले टेरिन । बाबुको प्रयास खेरै गयो । होलसेल हार्डवेयर विजिनेसको कुनै भर हुँदैन भनेर सम्झाउँदा पनि केही लागेन । हिल्देगार्देले परिपक्व मान्छेसित बिहे गर्न चाहेकी थिई, आखिर गरी पनि ……

कम्तीमा एउटा विवरणमा चाहिँ हिल्देगार्दे मन्क्रीफका साथीहरुका धारणा गलत सावित भो । होलसेल हार्डवेयरको व्यवसाय अभूतपूर्व रुपमा फस्टायो । १८८० मा बेन्जामिनको विवाह र १८९५ मा उसको बाबुको अवकाशका बीचको पन्ध्र वर्षको अवधिमा पारिवारिक सम्पत्ति दोब्बरले वृद्धि भो यो सबै फर्म (कम्पनी) को युवा सदस्यकै कारणले भएको थियो खासगरी ।
भनिररहनु परोइन अन्ततः बाल्टिमोरले बेन्जामिन बटन र हिल्देगार्दे मन्क्रीफको जोडीलाईआफ्नो छातीमा टाँस्यो । बुढा जनरल मन्क्रीफले समेत ज्वाइँलाई मान्नै पर्यो । बेन्जामिनले उनको “ज्ष्कतयचथ या तजभ अखष्खष् िधबचू नामक पुस्तक बीस भोलुममा निकाल्न पैसा दिएपछि ज्वाइँ ससुराका बीच मेलमिलाप सम्भव भो । नाम चलेका ठूलाठूला प्रकाशकले समेत छाप्न अस्वीकार गरेका थिए त्यो पुस्तक ।
पन्ध्र वर्षका बीचमा बेन्जामिनमै पनि थुपै्र परिवर्तनहरु देखापरे । आफ्नो शरीरको नसा–नसामा नयाँ जोश र जाँगरको रगत बहन थालेको महसुस भो उसलाई । बिहान–बिहान सबेरै खुशी साथ उठ्ने, तातो र व्यस्त सडकमा लमकलमक हिँड्ने, घन र काँटकिा कार्गो जहाजमा लाद्न बेस्सरी खट्ने गर्न थाल्यो । १८९० मा उसले चर्चित विजिनेस “कू” गर्यो ः उसले एउटा प्रस्ताव अगाडि ल्यायो – “जहाजमा काँटी हालेर पठाइने बाकसमा ठोकिने काँटी जहाज मालिकको सम्पत्ति हुनुपर्छ,– एउटा यस्तो प्रस्ताव, प्रधानन्यायधिश फोसिलले त्यसलाई अनुमाोदन गरिदिए पछि उक्त प्रस्तावले विधान सरहको मान्यता पायो । बेन्जामिनको यस “कू” ले रोजर बटन एण्ड कम्पनी, होलसेल हार्डवेयरको प्रत्येक वर्ष छ सय काँटी जोगायो ।
यसका अतिरिक्त बेन्जामिनलाई आफू दिनानुदिन भड्किलो जीवनप्रति आकर्षित हुँदै गएको महसुस भो । आनन्द र मनोरन्जन प्रतिको बढ्दो उत्साहको विशेष नमूना के थियो भने बाल्टिमोर सहरमा गाडी लिएर हिँड्ने पहिलो व्यक्ति नै उही थियो । सडकमा गाडी लिएर हिँड्दै गर्दा उसको स्वास्थ्य र स्फूर्ति देखेर उसका समकालिन साथीहरु डाहले भुतुक्क भई आँखा तर्थे ।
उसका साथीहरु टिप्पणी गर्थे, “यो मान्छे त झन्झन तरुनो पो हुँदैछ हरेक वर्ष ।” पैँसठ्ठी वर्षका वृद्ध रोजर बटन पहिलो चोटि छोरालाई उचित स्वागत गर्न असफल भएका थिए । ठीक उल्टो पुरस्कार स्वरुप छोराको चाकडी–चाप्लुसी गर्दै अन्ततः प्रायश्चित गरे ।
अब हामी अलि अप्रिय विषयमा प्रवेश गर्दछौँ जसलाई जतिसक्यो छिटो नजरअन्दाज गर्नु ठीक हुनेछ । बेन्जामिनको टाउको दुखाइको विषय एउटै मात्र थियो; उसकी स्वास्नीले उसलाई आकर्षित गर्न छाडिसकेकी थिई ।
त्यतिबेला हिल्देगार्दे पैतीँस वर्ष पुगिसकेकी थिई । छोरो रोस्को नै चौध वर्षको भैसकेको थियो । बिहेको शुरूका दिनहरुमा बेन्जामिन स्वास्नीलाई खुब पूजा गथ्र्याृे । तर वर्ष बित्दै जाँदा हिल्देगार्देको मह रङ्को कपाल अनाकर्षक कैलो भएको थियो । उसका आँखाका नीलो इनामेलले सस्ता माटाका भाँडाको स्वरुप ग्रहण गरे । अझ ऊ आफ्नै पारामा चल्न थाली । अति शान्त, अति सन्तुष्ट, अति क्राल्त, उत्साहहीन, मिताहारी बन्दै गई । कुनै बेला उसैले बेन्जामिनलाई डान्स गर्न तानेकी थिई अहिले परिस्थिति ठ्याक्कै उल्टो भो । लोग्नेसित बाहिर निस्किन्थ्यी तर बिना उत्साह । भएजति उसको जोश जाँगर पहिल्यै शास्वत निस्क्रियताले निलिसकेको थियो जुन हरेक मान्छेको जिन्दगीमा एकदिन आउँछ र नमरुन्जेल रहिरहन्छ ।
बेन्जामिनको असन्तुष्टि झन्झन् बढ्दै गयो । १८९८ मा स्प्यानिस–अमेरीकन बीचको युद्ध शुरु भएपछि घरदेखि उसलाई विरक्त लाग्न थाल्यो । त्यसैले उसले सेनामा भर्ती हुने निर्णय गर्यो । विजिनेसको प्रभावले गर्दा उसलाई क्याप्टेनमा नियुक्त गरियो । कार्यसम्पादन राम्रो भएकाले उसले चाँडै मेजरमा वढुवा पायो । सान हुँवा हिलमा नेतृत्व सम्हाल्नु पर्ने भएकाले अन्ततः उसलाई लेफ्टिनेन्ट कर्णेल बनाएर पठाइयो । युद्धमा ऊ सामान्य घाइते भो, पदक पनि पायो । सैन्य गतिविधिसित अनुरक्त भएकाले सेनाको जागिर छाड्नु परेकामा पछुतो थियो तर विजिनेसमा ध्यान दिनु पर्ने भएकाले जागिर छाड्न बाध्य भो । राजीनामा दिएर ऊ घर फक्र्यो । स्टेशनमा ब्रास–वाद्य समूहसित उसको भेट भो, अनि घरैसम्म पुर्याइदियो ।

हिल्देगार्देले ठूलो रेशमी झण्डा फर्फराउँदै मूल ढोकामा उसको भव्य स्वागत गरी । श्रीमतीलाई चुम्बन गर्दैगर्दा उसलाई आफ्नो मुटु नै भासिए जस्तो महसुस भो किनकि बितेका तीन वर्षमा ठूलै नोक्सानी भएको थियो । चालिस वर्ष पुगिसकेकी थिई ऊ । उसको कपाल पनि तिलचामले भैसकेको थियो । यस्तो दृश्यले बेन्जामिनलाई खिन्न तुल्यायो ।
कोठामा पसेपछि बेन्जामिनले आफ्नो अनुहार परिचित ऐनामा हेर्यो । नजिकै गएर ऐनामा आफ्नो अनुहार निरीक्षण गर्दा ऊ चिन्तित भो । युद्ध हुनु अघि युनिफर्ममा खिचेको फोटोसित आफ्नो अनुहार दाँजी हेर्दा धेरै फरक देख्यो उसले ।
“हे भगवान !” उसले चर्को स्वरमा भन्यो । प्रक्रिया जारी थियो । यसमा कुनै शंकै थिएन–यतिबेला ऊ तीस वर्षको ठिटो जस्तो देखिन्थ्यो । खुसी हुनुको साटो दुःखी थियो ऊ । झन्झन् तरुनो हुँदैथियो ऊ त ।
अहिलेसम्म आफ्नो उमेर बराबरको शारीरिक उमेरमा एकचोटि पुगेपछि जन्मदाँको विचित्र अवस्था देखापर्न छाड्नेछ भन्ने उसले आशा राखेको थियो । थरथर काम्न थाल्यो । उसलाई आफ्नो भाग्य नै खोटो र अविश्वसनीय लाग्न थाल्यो ।
चोटाबाट तल ओर्लिँदा हिल्देगार्दे उसलाई पर्खिबसेकी थिई । ऊ चिन्तित देखिई । बेन्जामिनलाई अचम्म लाग्यो – अन्ततः पक्कै पनि केही गडबड छ भन्ने उसले थाहा पाई कि क्या हो । दुईजना बीचको तनाव कम गर्ने उद्देश्यले बन्जामिनले डिनर लिँदै गर्दा विषयको उठान गर्यो जुन विषयउपर ऊ मिहिन तरीकाले सोच्दै थियो ।
“अँ,” उसले हल्कासित भन्यो, “सबैजना भन्छन्– म पहिलेको भन्दा झन्झन् ठिटो देखिन्छु रे ।”
हिल्देगार्देले उसलाई उपेक्षाभावले हेरी साथै अलि हेपेर बोली । “यो पनि कुनै गर्व गर्नुपर्ने कुरो हो र ?”
“मैले गर्व गरेको होइन”, उसले अलि असहज रुपमा दाबी गर्दै भन्यो । अलिबेर पछि फेरि हिल्देगार्देले हेपेर बोली । “एउटा आइडिया”, मेरो विचारमा यसलाई रोक्न सके तपाईँ ठूलै गर्व गर्नुहुनेछ ।”
“कसरी सक्छु र म ” उसले साध्यो ।
“म तपाईँसित विवाद गर्न खोजिरहेकी छैन” मुखभरिको जवाफ दिई उसले “हरेक काम गर्न सही र गलत तरीका हुन्छन् । यदि तपार्इँले अरुभन्दा फरकै देखिने मनसुवा बनाउनु भएको छ भने मलाई लाग्छ म तपाईँलाई रोक्न त सक्दिन तर मेरो विचारमा यो कुनै सोचिररहनु पर्ने कुरो होइन ।”
“तर हिल्देगार्दे ! मैले चाहेर पनि म रोक्न सक्दिन ।”
“तपाइँ पनि सक्नुहुन्छ । तपार्इँ जिद्दी हुनुहुन्छ । तपार्इँ सोच्नुहुन्छ, अरु भन्दा फरक देखिन चाहन्न । सधैँ फरकै देखिनु भएको छ, सधैँ देखिनु पनि होला । तर सोच्नुस् त, तपाईँले जस्तै अरुले पनि सोचे के होला ? यो संसार कस्तो देखिएला ?”
जवाफ दिइरहनु नपर्ने निरर्थक तर्क भएकाले बेन्जामिनले केही बोलेन । त्यसपछि ती दुईबीच फाटो शुरु भो । उसकीश्रीमतीले उसमाथि कस्तो जादु–टुना गरिन्छ, अचम्ममा पर्यो ऊ ।
नयाँ शताब्दीले अग्रगति लिँदै गर्दा उनीहरुको सम्बन्धमा थप फाटो ल्याउन उसमा मोजमस्तीको भोक झन्झन् बलियो हुँदै गएको भान भो बेन्जामिनलाई । बाल्टिमोरको कुनै पनि पार्टीमा ऊ नपुगेको दिन हुँदैनथ्यो । विवाहित सुन्दर भन्दा सुन्दर महिलाहरुसित नाच्नु, पहिलो चोटि नृत्य गर्न आएकी युवतीसित गफ्फिनु, अनि उनीहरुकै साथमा रमाउनु उसको दिनचर्या हुन थाल्यो । उता उसकी श्रीमती, कुसाइत पार्ने धनी विधवा संरक्षिकाका माझमा बसेको देखिन्थी । उसकी श्रीमती यतिबेला ठुस्किँदै, घुर्की लाउँदै, किंकर्तव्यविमूढ, गम्भीर, भत्र्सनायुक्त आँखा लिएर बेन्जामिनको पछि लागी ।
“हेर ! हेर ! कति टिठलाग्दो । यस्तो ठिटो उमेरको मान्छे पैँतालिस वर्षकी अधबैँसेसित टाँस्सिँदै हिँड्छ । स्वास्नीभन्दा कम्तीमा पनि बीस भन्दा कान्छो हुनुपर्छ ऊ ।” मान्छेहरु उनीहरुका बारेमा यस्तै यस्तै टीकाटिप्पणी गर्थे कोही बेला । उनीहरुले बिर्सिसकेका थिए । बिर्सनु मान्छेको स्वभावै हो । १८८० तिर उनीहरुका बाबुआमाले पनि उमेर नमिलेको जोडी भनेर टिप्पणी गरेका थिए ।
घरमा बढ्दै गएको बेन्जामिनको दुःख र असन्तुष्टिको क्षतिपूर्ति उसका नयाँ–नयाँ रुचिले दियो । गल्फ खेल्न शुरु गर्यो । त्यसमा उसले राम्रो सफलता हासिल गर्यो । नृत्य पनि सिक्यो । १९०६ मा ऊ “द बोस्टन” नामको नाचघरमा नृत्य विशेषज्ञ बन्यो । त्यसैगरी १९०८ मा “म्याक्सीन” मा नृत्यमा ‘निपुण’ ठहरिसकेको थियो ।
१९०९ मा उसको “क्यासल वाक” त सहरका युवाहरुको ईष्र्याको केन्द्र भैसकेको थियो ।
साँच्चै भन्ने हो भने उसका सामाजिक क्रियाकलापले केही हदसम्म व्यवसायमा धक्का पुग्यो । पच्चीस वर्षसम्म कडा मिहेनत गरेको थियो होलसेल हार्डवेयरमा उसले । आफ्नो छोरो रोस्कोलाई त्यसको जिम्मेवारी हस्तान्तरण गरिदिउँ कि भन्ने सोच्दै थियो ऊ, जसले हार्वर्डबाट भर्खरै मात्र ग्य्राजुयशन सकेको थियो ।
झट्ट हेर्दा बाबु कुन छोरो कुन छुट्टाउन मुश्किल पथ्र्यो । मान्छेहरु अक्सर झुकिन्थे । यसबाट बेन्जामिन खुशी देखिन्थ्यो । स्पेनीस्–अमेरिकन युद्ध पछि घर फर्किँदा जुन भयङ्कर डरले उसको भित्री मन चिथोरेको थियो, त्यो उसले बिस्र्यो । आफ्नो रुप रङ देखेर ऊ आनन्दित हुन थाल्यो । स्वादिष्ट लेपमा एउटै मात्र झिङ्गा थियो – स्वास्नीसित बाहिर निस्किन उसलाई लाज लाग्न थाल्यो, घिन लाग्न थाल्यो । हिल्देगार्दे पचास वर्ष भैसकेकी थिई लगभग । स्वास्नी देख्दा उसलाई के–के नमिलेको, असङ्गत महशुस हुन्थ्यो ।

१९१० सेप्टेम्बर महिनाको एक दिन, लगभग बीस वर्ष उमेरको रोस्को बटनलाई रोजर बटन एण्ड कम्पनी, होलसेल हार्डवेयरको जिम्मेवारी सुम्पिइयो । क्याम्ब्रिज स्थित हार्बड युनिभर्सिटी प्रवेश गर्यो । पचास वर्षको देख्दिन भन्ने कुरा घोषणा गर्नमा उसले गल्ती गरेन न त उसले दश वर्ष अघि उसको छोराले उही संस्थाबाट ग्य्राजुयट गरेको कुरा नै उल्लेख गर्यो ।
उसलाई भर्ना गरियो अनि उसले कक्षामा छिट्टै उत्कृष्ट स्थान हासिल गर्यो । यसको खास कारण ऊ अरु विद्यार्थीभन्दा अलि पाको पनि देखिन्थ्यो जसको औसत उमेर लगभग १८ वर्ष देखिन्थ्यो ।
तर उसको सफलताको मुख्य कारण चाहिँ याले सितको फुटबल खेलमा उसले देखाएको उत्कृष्ट प्रदर्शन नै थियो । उक्त खेलमा उसले देखाएको जोश र आक्रमक खेलद्वारा उसले आफ्नै गोलको पछाडि सातचोटि जमिन छोयो, हार्वर्डका लागि चौध गोल गर्यो । यालेको एघार खेलाडीमध्ये एउटा खेलाडीलाई त बेहोसै तुल्यायो, मैदानबाट बाहिर बोकेर लानु पर्यो । यसरी ऊ कलेजमा प्रख्यात भो ।
अचम्मत त के भो भने तेस्रो वर्षमा उसले मुश्किलले टीम बनाउन सफल भो । प्रशिक्षकका भनाइमा उसको तोल घटेको थियो । पहिलेको जस्तो अग्लो पनि थिएन ऊ । आफ्नै गोलको पछाडि उसले जमिन छोएन । साँच्चै भन्नुपर्दा उसले आर्जन गरेको ठुलो प्रतिष्ठाले याले टिम तर्सिने छ र असङ्गठित हुनेछ भन्ने आशा राखेर मात्रै उसलाई टीममा सहभागी गराइएको थियो ।
सिनियर वर्षमा उसले टिम बनाएन । ऊ कतिसम्म दुब्लो–पातलो भएको थियो भने एक दिन दोस्रो वर्षका विद्यार्थीले उसलाई प्रथम वर्षका विद्यार्थी भन्ठाने, यो घटनाले उसको आत्मसम्मानमा ठूलो चोट पुर्यायो ।
ऊ असाधारण उदाहरणका रुपमा परिचित भो– एउटा सिनियर विद्यार्थी जो सोह्र वर्ष भन्दा माथिको थिएन । आफ्नै सहपाठीहरुको सांसारिकता देखेर ऊ स्तब्ध भो । पढाइ पनि गाह्रो लाग्दै गयो उसलाई । निकै माथिल्लो लेभलको कोर्स जस्तो लाग्यो । उसले आफ्ना साथीहरुले “सेन्ट मिडास” को बारेमा कुरा गरेको सुनेको थियो–एउटा नाम चलेको प्रारम्भिक स्कूल जहाँ उसका थुप्रै साथीहरुले कलेजका लागि तयारी गरेका थिए अनि उसले ग्य्राजुयशन सके पछि त्यही सेन्ट मिडासमा भर्ना हुने इरादा लिएको थियो जहाँ ऊ आफ्नै उमेर र साइजका केटाहरु माझ सौहार्दपूर्ण वातावरणमा रमाइलो सित सुरक्षित रहन पाउने छ ।
१९१४ मा ग्य्राजुयशन सकेपछि हार्बर्ड डिप्लोमा को सर्टिफिकेट खल्तीमा बोकेर बेन्जामिन आफ्नो घर बाल्टिमोर फक्र्यो । हिल्देगार्दे त्यतिबेला इटालीमा बस्दै आएक िथिई । त्यसैले बेन्जामिन छोरो रोस्कोकहाँ बस्न गयो । सामान्य तरीकाले उसको स्वागत भो । ऊ प्रति रोस्कोको खासै हार्दिकता देखिएन । छोराको सोचाइमा उसको बाबु बेन्जामिन केही हदसम्म एउटा बहुलठ्ठी ठिटो जस्तो भौँतारिएर आएको भन्ने थियो । रोस्कोले बिहे गरिसकेको थियो अनि बाल्टिमोरमा निकै सुखी जीवन बिताउँदै थियो । ऊ चाहन्थ्यो बाबुको कारण परिवारमा कुुनै कलङ्क नलागोस् ।
बेन्जामिन अब पहिलो चोटि नृत्य प्रदर्शन गर्ने युवती र कलेजका ठिटाहरुका बीच मान्य वा श्रेष्ठ व्यक्ति रहेन । उसले आफूलाई सबैतिरबाट पुछिएको महसुस गर्यो । छिमेकका पन्ध्र वर्ष उमेरका तीन–चार जना केटा बाहेक उसका अरु साथी थिएनन् । सेन्ट मिडास स्कूल जाने उसको विचार फेरि दिमागमा फक्र्यो ।
उसले एक दिन रोस्कोलाई भन्यो, “ल भन् त मैले पटक–पटक तँलाई म प्रारम्भिक स्कूल जान्छु भनेको हैन ? खै त ?”
“ठीक छ, त्यसो भए जानुस् न त ।” छोटो जवाफ दियो रोस्कोले । बाबुको कुरामा उसलाई खासै रुचि नभएकाले ऊ कुरै गर्न चाहँदैनथ्यो ।
“म एक्लै जान सक्दिन, तैले पुर्याइदिनु पर्छ मलाई त्यहाँ ।” बेन्जामिनले निःसहाय हुँदै भन्यो ।
“मसित समय छैन”, एकाएक रोस्कोले भनिदियो । उसले आँखी भौँ खुम्च्याउँदै बाबुलाई आँखा तर्दै उसले भन्यो, “साँचो कुरा गर्ने हो भने तपार्इँ यो कुरामा अगाडि नबढेकै जाती । नबढेकै जाती–नबढेकै जाती ।” ऊ रोकियो । अनि शब्द खोज्दै गर्दाउसको मुहार रातो भो– “फर्केर गईहाल्नुस् आफ्नो बाटो, ठट्टा गर्ने पनि एउटा हद हुन्छ नि । ख्यालठट्टा गर्ने विषय होइन यो । आफ्नो थान्कामा बस्नुस् बुझ्नु भो ?”
बेन्जामिनले छोरातिर हेर्यो, उसका आँखामा आँशु छचल्किनै लागेको थियो । रोस्को भन्दै थियो “अनि अर्को कुरा, घरमा कोही मान्छे आएको बेलामा मलाई रोस्को भनेर बोलाउने होइन नि, अङ्कल भनेर बोलाउनू, मात्रै “अङ्कल” बुझ्नुभो ? पन्ध्र वर्षको केटाले मलाई पहिलो नामबाट बोलाएको सुहाउँदैन । अझ सके त सधैँभरि “अङ्कल” नैभने झनै राम्रो, बानी बस्दै जान्छ ।” रुखो पाराले बाबुलाई हेर्दै रोस्को अर्कोतिर फक्र्यो ।

१०

बाबुछोरा बीचको कुराकानी सकिएपछि बेन्जामिन माथिल्लो तलामा अलिबेर खिन्न हुँदै टहलियो अनि आफ्नो अनुहार ऐनामा हेर्यो । तीन महिना भैसकेको थियो उसले दाह्री नखौरेको तर अनुहारमा उसले केही फेला पार्न सकेन । खालि एउटा सेतो खालको रौँ देख्यो जसलाई चलाइरहनु आवश्यक ठानेन । जतिबेला ऊ हार्बर्डबाट पहिलो चोटि घर फर्केको थियो रोस्कोले बेन्जामिनको नजिकै आएर नक्कली दाह्री–जुँगा टाँस्न र चस्मा लगाउन प्रस्ताव गरेको थियो । केही समयका लागि उसले शुरुका वर्षहरुको तमासा दोहोर्याउनु पर्ने स्थिति देखियो । तर नक्कली दाह्री–जुँगा लगाउँदा चिलाउन थाल्यो अनि उसलाई लाज पनि लाग्यो । ऊ नराम्रोसँग रोयो । रोस्कोले अनिच्छापूर्वक स्नेह देखाई टोपलेको थियो ।
बेन्जामिनले केटाहरुका लागि लेखिएको ूत्जभ द्ययथ क्अयगतक ष्ल द्यष्mष्लथ द्यबथूशीर्षकको पुस्तक पल्टायो अनि पढ्न थाल्यो । तर उसको दिमागमा खालि युद्धको विचार मात्रै मडारिरह्यो बारम्बार । अघिलो महिनामा अमेरिका धुरी राष्ट्रको पक्षमा गईसकेको थियो । बेन्जामिन फेरि सेनामा भर्ति हुन चाहन्थ्यो तर दुःखको कुरो, त्यसका लागि न्युनतम उमेर सोह्र वर्ष तोकिएको थियो तर ऊ त्यो उमेरको देखिन्नथ्यो । उसको वास्तविक उमेर त सन्ताउन्न थियो, भर्ती हुन अयोग्य ठहरिने पक्का ।
ढोका ढक्ढक्याएको आवाज आयो, सरकारी निशाना लागेको चिठीसहित एउटा भँडारे (नोकर) ढोकामा देखापर्यो । उक्त चिठी बेन्जामिनकै नाममा सम्बोधित रहेछ । बडो उत्सुकतापूर्वक बेन्जामिनले उक्त चिठी खोल्यो अनि खुशी हुँदै व्यहोरा पढ्न थाल्यो । चिठीमा लेखिएको थियो ः– स्पेनीस–अमेरिकन युद्धमा सेवा गरेका जगेडामा राखिएका अफिसरहरुलाई उच्च पदमा वढुवा गर्दै फिर्ता बोलाउने निर्णय गरिएको छ । अमेरिकी सेनामा तपाईँलाई बिग्रेडियर–जनरलको पद दिइएको छ, तुरुन्त रिपोर्ट पठाउनु होला ।”
खुशीले गद्गद् हुँदै बेन्जामिन बुरुक्क उफ्रयो । आखिर उसले चाहेको पनि त्यही थियो । टोपी समात्यो अनि दश मिनेछपछि “चाल्र्स स्ट्रीट” स्थित कपडा सिलाउने एउटा ठूलो दोकानमा पस्यो अनि युनिफर्मका लागि नाप लिईदिन चर्को स्वरमा आग्रह गर्यो ।
“सोन्नी (फिल्म) को सोल्जर खेल्न जान लाग्या हो तपाईँ ?” क्र्लकले त्यत्तिकै सोध्यो । बेन्जामिनको अनुहार रातो–पिरो भो । “हेर, म के चाहन्छु तिमीलाई के खाँचो ?” रिसाउँदै प्रत्युत्तर दियो । “बटन हो मेरो नाम, “माउन्ट भेर्नन प्लेस” मा बस्छु म, त्यसैले तिमीलाई थाहै होला, म त्यसका लागि योग्य छु भन्ने कुरा ।”
“अँ, थाहा छ” अनिच्छापूर्वक क्र्लकले स्वीकार्यो ।
“तपाईँ योग्य नभए पनि मेरो विचारमा पक्कै पनि तपाईँको बाबु चाहिँ योग्य हुनुपर्छ ।”
बेन्जामिनको नाप लिइयो । एक हप्तापछि उसको युनिफर्म तयार भो । जनरलको सही दज्र्यानी चिन्ह लिन मुश्किल पर्यो बेन्जामिनलाई किनभने कपडा पसलेले बेन्जामिनसित सिपाहीका लागि सुहाउँदो दज्र्यानी चिन्ह ख्।ध्।ऋ।ब् हो भन्ने कुरामा ढिपी कसिरह्यो ।
रोस्कोलाई केही नभनी एक रात ऊ घर छाडेर हिँड्यो अनि नर्थ क्यारोलिना स्थिति “क्याम्प मस्बी” को टे«न पक्ड्यो जहाँ उसले पैदल सेनाको ब्रिगेडको कमान सम्हाल्नु थियो । अप्रिलको प्रचण्ड गर्मीमा एक दिन ऊ सैनिक क्याम्पको ढोकामा उभिन पुग्यो, ट्याक्सी भाडा तिर्यो जसले उसलाई स्टेशनबाट क्याम्प सम्म ल्याइदिएको थियो । त्यसपछि ऊ गार्ड बसेको चौकीदारपट्टि फक्र्यो ।
“मेरो यो पोका–पन्तुरा बोक्ने कोही एक जना खोज त ।” उसले बडो फुर्तिसाथ भन्यो ।
चौकीदारले उसलाई अलि हेलाँको दृष्टिले हेरेर सोध्यो, “भन त जर्नेलको यो नक्कली दज्र्यानी चिन्ह लगाएर तिमी कहाँ जान लागेको, सोन्नी ?”
स्पेनीस्–अमेरिकन युद्ध लडेको अनुभवी सैनिक बेन्जामिन रातो–रातो आँखा लगाउँदै चौकीदारको वरिपरि फनफनी घुम्यो तर दुःखको कुरो, बोल्दाबोल्दै उसको स्वर बदलियो ।
”अटेन्शनमा आऊ !” गर्जिने प्रयास गर्यो उसले; लामो सास तान्यो–त्यसपछि उसले अकस्मात् चौकीदारले कुर्कच्चा जोडेर राइफल निकाल्दै गरेको देख्यो । बेन्जामिनले सन्तुष्टिको मुस्कान लुकायो तर वरिपरि हेर्दा उसको मुस्कान एकैछिनमा बिलायो । चौकीदारलाई आज्ञा पालन गराउने त ऊ होइन रहेछ । चौकीदारले सतर्क भई सलाम ठोकेको त तोपखानाको प्रभावशाली कर्णेललाई पो रहेछ जो घोडा चढेर आउँदैथ्यो ।
“कर्णेल !” चर्को स्वरमा बेन्जामिनले बोलायो ।
कर्णेल नजिक आयो, घोडाको लगाम तान्यो, आँखा झिम्क्याउँदै बेन्जामिनलाई हेर्यो ।
“कसको छोरा हौ तिमी ? सानै रहेछौ ।” नरम स्वरमा कर्णेलले सोध्यो ।
“म कसको छोरा हुँ तँलाई देखाइदिन्छु छिट्टै ।” बेन्जामिनले धम्क्याउँदै भन्यो, “ओर्लिहाल् त्यो घोडाबाट !”
कर्णेल खित्का छाडेर हाँस्यो ।
“जर्नेललाई भेट्न खोजेको ?”
“अँ हो !” बेन्जामिन पागलजस्तो भएर चिच्यायो ।
“लु यो पढ् ।” यसरी उसले आफ्नो ओहदाको प्रमाणपत्र कर्णलतिर हुत्याइदियो ।
कर्णेलले ध्यानपूर्वक पत्र पढ्यो ।
“कहाँ भेट्टायौ तिमीले यो ?” पत्र आफ्नो गोजीमा घुसार्दै उसले सोध्यो ।
“सरकारबाट पाएको नि, तैले एकैछिनमा थाहा पाउँछस् सबै कुरा ।”
“तिमी मसित हिँड, हेड्क्वार्टर जाऔँ, उहीँ कुरा गरौँला”, कर्णेलले अनौठो सित बेन्जामिनलाई हेर्यो ।
कर्णेल फरक्क फक्र्यो अनि घोडालाई हडेक्वार्टरतिर डोर्याउन थाल्यो । सकेसम्म आफ्नो इज्जत जोगाएर ठाँटबाँटका साथ कर्णेलको पछि लाग्नु बाहेक बेन्जामिनसित अरु विकल्प थिएन–त्यतिबेला ऊ कठोर बदला लिने कसम पनि खाँदै थियो ।
तर उसको बदलाको सपना साकार हुन पाए । बरु दुई दिनपछि उसको छोरो रोस्को चाहिँ बाल्टिमोरबाट टुप्लुक्क आइपुग्यो। हतारको यात्राले आकुल–व्याकुल भएको देखिन्थ्यो ऊ । युनिफर्म विनाको रुँदै गरेको जर्नेललाई घर लिएर गयो ।

११

१९२० मा रोस्कोको पहिलो बच्चा जन्म्यो । सहवर्ती उत्सवभरि कसैले उल्लेख गरिरहनु नपर्ने विषय नठाने पनि लगभग दश वर्ष उमेरको एउटा घुस्रोफुस्रो फुच्चे केटो घर वरपर खेलौना सिपाही र लघु सर्कस खेलि बस्थ्यो, त्यही केटो नवजात शिशुको हजुरबाउ थियो ।
त्यो फुच्चे केटोलाई मन नपराउने कोही थिएन जसको हँसिलो, भरिलो अनुहारमा खिन्नताको रेखा दौडेको देखिन्थ्यो । तर रोस्को बटनका लागि बेन्जामिनको उपस्थिति दुःखदर्दको कारण बनेको थियो । उसको बाबु साठी वर्षको देखिन अस्वीकार गर्दैछन् भन्ने लाग्थ्यो उसलाई । उसको विचारमा उसको बाबु पुरुषोचित गुणले युक्त लोग्नेमान्छे नै होइन जस्तो लाग्थ्यो ।
पाँच वर्ष पछि रोस्कोको छोरो फुच्चे बेन्जामिनसँगै एउटै नर्सको रेखदेखमा केटौले खेल खेल्न सक्ने भो । रोस्कोले ती दुवैलाई एकै दिन किन्डरगार्टेन लिएर गयो । रङ्गीन कागजका स–साना टुक्रासित खेल्नु, चकटी र सिक्रीहरु बनाउनु अनि सुन्दर डिजाइन गर्नु जस्ता खेलहरु संसारकै आकर्षक खेल रहेछन् भन्ने लाग्यो बेन्जामिनलाई । एकचोटि उसले चकचक गर्दा कुनामा उभिनु पर्यो ऊ रोयो तर धेरैजसो रमाइलो र कोठामा बस्न पाउँदा ऊ खुशी हुन्थ्यो । कोठामा झ्यालबाट घामको उज्यालो छिथ्र्यो अनि मिस बेलेकोदयालु हात बेलाबेलामा उसको गुजमुज्ज परेको कपाल सुम्सुम्याउन पुग्थ्यो ।
एकवर्ष पछि रोस्कोको छोरो पहिलो कक्षामा उक्ल्यो तर बेन्जामिन भने किन्डरगार्टेनमै बस्यो । ज्यादै खुशी थियो ऊ ।
दिनहरु बडो उराठलाग्दो तरीकाले बित्दै गए । ऊ तेस्रो वर्ष पनि किन्डरगार्टेनमै बस्यो । चम्किला कागजका टुक्राहरु के का लागि हुन्, ऊ यति सानो भो कि उसले बुझ्नै सकेन । ऊ रुन कराउन थाल्यो किनभने अरु केटाहरु ऊ भन्दा ठूला थिए, ऊ डराउँथ्यो ती केटाहरुदेखि । शिक्षक ऊसित कुरा गथ्र्यो तर जति बुझ्न खोजे पनि ऊ पटक्कै बुझ्दैनथ्यो ।
किन्टरगार्टेनबाट उसलाई निकालियो । माड हालेको सुती कपडाको डे«स लगाएकी नाना नाम गरेकी नर्स उसको सानो संसारको केन्द्रविन्दु थिई । दिउँसो उनीहरु पार्कमा घुम्थे । नानाले राक्षसको मूर्ति तिर औँल्याएर “इलिफन्ट” भन्दा ऊ दोहोर्याउँथ्यो अनि राति सुत्ने बेलामा लुगा फुकाल्दै गर्दा ठूलो स्वरमा “एलिफयान्ट, एलिफयान्ट” उच्चारण गथ्र्यो पटक–पटक । कहिलेकाहीँ नाना उसलाई ओछ्यानमै उफ्रिन दिन्थी, उसलाई अति रमाइलो लाग्थ्यो ।
ह्याट र्याकबाट बेतको छडी झिकेर “फाइट, फाइट” भन्दै कुर्सी–टेबलमाथि हिर्काउँदै हिँड्न खुब मन पथ्र्यो उसलाई । मान्छेका माझमा पुग्दा बुढी महिलाहरु उसलाई देखेर कक्कक् आवाज निकाल्थे । खुब मनपथ्र्यो उसलाई त्यो आवाज । केटीहरु उसलाई चुम्बन गर्न खोज्थे । अलि दिक्क मान्दै ऊ केटीहरुलाई चुम्बन गर्न दिन्थ्यो । लामो दिनमा पाँच बजेतिर ऊ नानासित माथिल्लो तलमा जान्थ्यो अनि जौको परिकार र जाउलो जस्ता नरम खानेकुराहरु चम्चाले खान्थ्यो ।
उसको केटौले निद्रामा दुःखदायी स्मरणहरु आउँदैनथ्यो, न त कलेजका साहसी दिनहरु न त कलेजका थुप्रै केटीहरुको मनलाई पागल तुल्याएका स्मरण । कुनै स्मरणकको सङ्केत आउँदैनथ्यो उसका सपनामा । त्यहाँ यदि केही थियो भने केवल कोक्रोको सेतो, सुरक्षित भित्ता, नाना अनि कहिलेकाहीँ उसलाई भेट्न आउने मान्छे । साँझ सुत्न जानु अघि नानाले औँल्याएर देखाइ दिने एउटा ठूलो सुन्तला रङको बल जस्तो चीज जसलाई नानाले “सूर्य” भनेर चिनाउँथी । घाम डुब्नासाथ उसलाई निद्रा लाग्थ्यो । न त तर्साउने सपना नै देख्थ्यो ऊ ।
विगत–सान हुँवा हिलमा उसले सम्हालेको कार्यभार, बिहेका शुरुका वर्षहरु जतिबेला गर्मीयामको साँझ अबेलासम्म आफ्नी प्यारी हिल्देगार्देका लागि काममा खट्थ्यो, यस्तो विगत, जतिबेला ऊ मुनरो स्ट्रिट स्थित पुरानो उदास बटन हाउसमा राति निकै अबेरसम्म धुम्रपान गरिरहेको हुन्थ्यो आफ्नो हजुरबाउसित बसेर । यी सबै विगत उसको दिमागबाट अवास्तविक सपना जस्तै बिलाएर गयो मानौँ त्यस्ता घटना नै कहिल्यै घटेनन् । उसले सम्झिन सकेन ।
उसले अन्तिममा पिएको दूध तातो थियो कि चिसो अर्थात् दिनहरु कसरी बिते केही पनि सम्झना भएन उसलाई । त्यहाँ त खालि उसको कोक्रो र नानाको उपस्थिति मात्रै थियो । त्यसपछि उसले केही पनि सम्झिन सकेन । भोक लाग्दा रुन्थ्यो बस् त्यति हो । रातभरि दिनभरि ऊ सास फेरिरहेकै हुन्थ्यो । अस्पष्ट बोली र गुन्गुनाहट मात्रै मुश्किलले सुन्थ्यो ऊ । उज्यालो–अँध्यारो, बास्ना, गन्ध मुश्किलले छुट्याउँथ्यो । त्यसपछि सबै अन्धकार भो अनि, उसको सेतो कोक्रो आफूभन्दा माथि चल्मलाउने मलिन अनुहार, दूधको तातो मिठो बास्ना सबैथोक उसको दिमागबाट बिलाएर गयो ।