अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।
अल्बेयर कामुको परिचय
अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो तथापि बेखुस जीवन थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने ।
उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो ।
उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे ।
१९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो ।
सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’
000
::भाग २::
000
एक
मेरो गिरफ्तारीको लगत्तैपछि मलाई धेरै पटक सोधपुछ गरिएको थियो । तर यो केवल म को थिएँ भन्ने कुरा पत्ता लगाउनु थियो, जुन धेरै समय लागेन । पहिलो पटक, प्रहरी चौकीमा, मेरो मुद्दामा कसैले पनि धेरै चाख लिएजस्तो देखिएन । तथापि एक हप्तापछि जाँचबुझ गर्ने दण्डाधिकारीले उत्सुकतापूर्वक मलाई हे¥यो । तर सुरुमा उसले मलाई केवल मेरो नाम र ठेगाना, मेरो पेसा र मेरो जन्म मिति र जन्म स्थान सोध्यो । त्यसपछि उसले मैले कुनै वकिल राखेको छु कि भन्ने कुरा जान्न चाह्यो । मैले रोजेको छैन भन्ने स्वीकार गरेँ र राख्नै पर्ने आवश्यक हो र भनेर सोधेँ । ‘तिमीले यो किन सोधेको ?’ उसले भन्यो । मैले के उत्तर दिएँ भने मेरो मुद्दा बिलकुलै सामान्य छ । ऊ मुस्कुरायो र भन्यो, ‘त्यो तिम्रो विचार हो । तर कानुनमा यही छ । यदि तिमी आफैँ आफ्नो वकिल राख्दैनौ भने हामीले तिम्रा लागि स्वतः नियुक्त गर्ने छौँ । मैले के कुरा सबभन्दा सुविधाजनक ठानेँ भने यस्तो विवरणको कानुनी प्रणालीले जिम्मा लिनुपर्छ । मैले उसलाई यसो भनेँ । उसले मेरो कुरामा सहमति जनायो र कानुनले कति राम्ररी काम गर्छ भन्ने कुरा यसले देखाउँछ भन्यो ।
सुरुमा मैले उसलाई गम्भीरतापूर्वक लिइन । मलाई एउटा पर्दा लगाइएको कोठामा देखाइयो, त्यहाँ उसको डेस्कमा एउटा मात्र बत्ती थियो जुन कुर्चीमा टल्किइरहेको थियो जहाँ उसले मलाई बस्न लगायो जब कि ऊ आपूm छायाभित्रै बस्यो । यस अघि नै मैले पुस्तकहरूमा यस्तो प्रकारका विवरणहरू पढेको थिएँ र यो सबै एउटा खेलजस्तो देखिन्थ्यो । तथपि हाम्रो वार्तालापपछि, मैले ऊतिर हेरेँ र एउटा अग्लो, काइदाको जीउडालमा एकजोर निला आँखा, लामा खैरा जुँगा र लगभग पूरै फुलेको कपाल भएको मानिस देखेँ । उसलाई मैले निकै तार्किक र समग्रमा बिलकुलै रमाइलो पाएँ । म बाहिर जान लाग्दा मैले ऊसित हात मिलाउन समेत थालेको थिएँ, तर मैले मान्छे मारेको थिएँ भन्ने कुरा मैले समयमा नै सम्झेँ ।
भोलिपल्ट जेलमा मलाई भेट्न एक जना वकिल आयो । ऊ होचो र गठिलो ज्यान भएको र तेल हालेको कपाल लरक्क पारेर कोरेको भर्खरको जवान थियो । तापका बाबजुद (म बाहुला भएको कमिजमा थिएँ) ऊ कालो सुट, विङ कलर र ठूलठूला काला र सेता धर्सावाल कालो टाई लगाइरहेको थियो । उसले उसको काखीमा च्यापिराखेको ब्रिफकेश मेरो ओछ्यानमा राख्यो, आफ्नो परिचय दियो र उसले मलाई मेरो फाइल अध्ययन गरेको कुरा बतायो । मेरो मुद्दा चालबाजीपूर्ण थियो तर उसप्रति मेरो विश्वास भएको खण्डमा सफलता मिल्ने कुरामा ऊ ढुक्क थियो । मैले उसलाई धन्यवाद दिएँ र उसले मलाई भन्यो, ‘अब सोझै यस विषयमा प्रवेश गरौँ ।’
ऊ ओछ्यानमा बस्यो र मेरो व्यक्तिगत जीवनमा केही अनुसन्धान गरिएको थियो भन्यो । के कुरा पत्ता लागेको थियो भने मेरी आमा हालसालै एउटा वृद्धाश्रममा बित्नुभएको थियो । मारेङ्गोमा पनि सोधपुछ गरिएको थियो र दण्डाधिकारीले के कुरा पत्ता लगाएको थियो भने आमाको मृत्युको दिनमा मैले ‘भावावेगको कमी’ प्रदर्शन गरेको थिएँ । ‘तपाइँ बुझ्नुहुने छ,’ मेरो वकिलले भन्यो, ‘कि मैले तपाइँलाई यो कुरा सोध्दा मलाई असजिलो महसुस भएको छ । तर यो धेरै महत्त्वपूर्ण कुरा हो र यदि मैले जवाफ दिने कुनै कुरा पाइन भने मुद्दा चलाउने काम बलियो हुन सक्छ । मैले उसलाई मदत गरूँ भन्ने ऊ चाहन्थ्यो । मैले त्यो दिनमा कुनै चिन्ता गरेको थिएँ कि भनेर उसले सोध्यो । यो प्रश्नले मलाई वास्तवमा नै छक्क पा¥यो र यदि यो कुरा मैले सोध्नुपरेको भए म कति असजिलोमा पर्ने थिएँ होला भन्ने ठानेँ । तथापि मैले के उत्तर दिएँ भने बरु म आफैँ विश्लेषण गर्ने बानी छाड्ने छु र मैले उसको प्रश्नको उत्तर दिन कठिनाइ महसुस गरेँ । सम्भवतः मैले आमालाई असाध्यै धेरै मायाँ गर्थेँ, तर त्यसको कुनै अर्थ थिएन । केही हदमा सबै सामान्य मानिसहरू कहिलेकाहीँ तिनीहरूका प्रियजनहरू मरे हुन्थ्यो भन्ने ठान्दछन् । यहाँ वकिलले एकदम हडबडाएको मुद्रामा मलाई रोक्यो, उसले मलाई त्यो कुरा सुनुवाइका समयमा अनुसन्धान गर्ने दण्डाधिकारीका सामने नभन्न कसम खुवायो । तर मैले उसलाई के बताएँ भने स्वाभाविक रूपमा मेरो भौतिक आवश्यकताले मेरा भावनाहरूलाई विकृत पारेका छन् । आमाको शवयात्राका दिनमा म धेरै थकित र निद्रालु थिएँ । त्यस कारण के हुँदै थियो भन्ने कुरा मैले पूर्ण रूपमा बुझेको थिइन । एकदम निश्चित रूपमा मैले भन्न सक्ने एक मात्र कुरो आमा नमरेकी भए हुन्थ्यो भन्ने चाहेको थिएँ । तर मेरो वकिल खुसी भएजस्तो लागेन । उसले भन्यो, ‘त्यो पर्याप्त छैन ।’
उसले एक छिनसम्म विचार गर्यो । त्यसपछि मैले त्यस दिन आफ्ना स्वाभाविक भावनाहरू नियन्त्रण गरेको थिएँ भन्ने कुरा उसले भन्न सक्छ कि भनेर उसले मलाई सोध्यो । मैले भनेँ, ‘होइन, किनभने यो साँचो होइन ।’ उसले अनौठो किसिमले मतिर हे¥यो, मानौँ कि उसले मलाई अलिकति विरक्तलाग्दो पायो । उसले लगभग घृणाको भावमा के भन्यो भने के के भएको थियो त्यसको साक्षीका रूपमा वार्डेन र आश्रमका कर्मचारीलाई बोलाइने छ र त्यसपछि यसले ‘मेरा लागि स्थितिलाई धेरै अप्रिय बनाउन सक्ने छ ।’ मैले उसलाई के कुरा बताएँ भने, मेरो मुद्दामा यी कुनै पनि कुराको कुनै लिनु दिनु छैन, तर उसले खालि के मात्र उत्तर दियो भने मैले स्पष्ट रूपममा कहिल्यै पनि कानुनसम्बन्धी कुनै कुरा लिनुदिनु थिएन ।
ऊ हिँड्यो, रिसाएको देखिन्थ्यो । मैले उसलाई रोक्न र म ऊसित साथी बन्न चाहन्थेँ भन्ने कुरा विश्लेषण गर्न चाहन्थेँ, उसले मेरो पक्षमा राम्ररी बहस गर्ला भनेर होइन, तर, यसो भनौँ, सामान्य किसिमबाट । मुख्य कुरा थियो, म के भन्न सक्थेँ भने मैले उसलाई असजिलो अनुभव गर्नु पर्ने अवस्थामा पु¥याएँ । उसले मलाई बुझेन र उसले बरु यसलाई मेरो विरुद्धमा लियो । मैले उसलाई के आश्वस्त गराउन चाहेँ भने म केवल अरू मानिससरह थिएँ, बिलकुलै अरूहरू जस्तै । तर यो सबै वास्तवमा नै अलिकति तर्कहीन कुरो थियो र मलाई वाक्क पार्न सकिँदैनथ्यो ।
त्यसपछि चाँडै नै, मलाई पुनः अनुसन्धान गर्ने दण्डाधिकारी समक्ष लगियो । दिउसोको दुई बजेको थियो । उसको कोठामा छरिएको प्रकाशलाई मलिन पार्नका लागि केवल एउटा जालीको पर्दा राखिएको थियो । धेरै गर्मी थियो । उसले मलाई बस्न लगायो र विनम्रतापूर्वक के जानकारी गरायो भने ‘अदृश्य कारणहरूले गर्दा’ मेरो वकिल आउन नसक्ने भएको थियो । तर उसका प्रश्नहरूको जवाफ नदिन मलाई भनिएको थियो र मेरो वकिलले मलाई मदत गर्न सक्ने अवस्था नभएसम्म मलाई पर्खन भनिएको थियो । मैले के भनेँ भने म आपैmँले मेरा लागि उत्तर दिन सक्छु । एउटा युवा कारिन्दा आयो र मेरो ठीक पछाडि बस्यो ।
हामीहरू दुवै आ–आफ्ना कुर्चीमा बस्यौँ । अनुसन्धान सुरु भयो । सबभन्दा पहिले उसले मलाई के भन्यो भने मानिसहरू मलाई अल्पभाषी र एकलकाँटे भन्छन् र यस विषयमा मेरो भनाइ के थियो भन्ने कुरा बुझ्न चाह्यो । मैले जवाफ दिएँ, ‘कुरा के मात्रै हो भने मसित कहिल्यै पनि भन्नु पर्ने कुरा धेरै हँुदैन । त्यसै कारणले म चुप रहन्छु ।’ ऊ पहिले जसरी नै मुस्कुरायो, अनि के भन्यो भने सबभन्दा राम्रो कारण त्यो थियो, र थप्यो, ‘कुनै किसिमले पनि, यसको अर्थ छैन ।’ उसले कुरा गर्न छाडेर मतिर हे¥यो, त्यसपछि अकस्मात् बस्यो र धेरै छिटो भन्यो, ‘मलाई जे कुराले चाख जगायो त्यो तिमी हौ ।’ यसको के अर्थ थियो मैले बिलकुलै बुझेको थिइन । ‘तिमीले गरेका केही यस्ता चिजहरू छन्,’ उसले थप्यो, ‘जसले मलाई जिल पार्छन् । ती कुराहरू बुझ्नका लागि तिमीले मलाई मदत गर्ने छौ ।’ मैले उसलाई के भनेँ भने यो बिलकुलै सामान्य छ । उसले मलाई फेरि ती दिनहरूतिर फर्कन अनुरोध गर्यो । मैले उसलाई यसअघि जे भनेको थिएँ त्यतैतिर लिएर गएँ । रेमन्ड, समुद्र किनार, पौडी, लडाइँ, फेरि समुद्र, सानो झरना, घाम र पाँच गोली । प्रत्येक वाक्यपछि उसले ‘राम्रो, राम्रो’ भन्यो । जब म तनक्क तन्किएको शरीर भएको ठाउँमा पुगेँ, उसले टाउको हल्लायो र भन्यो, ‘ठीक, ।’ तर म घरीघरी उही कथा दोहो¥याउँदा दिक्क भएको थिएँ । मैले कस्तो अनुभव गरेँ भने मानौँ कि मेरो जिन्दगीमा यति धेरै कुरा मैले कहिल्यै पनि गरेको थिइन ।
छोटो विश्रामपछि ऊ उठ्यो र के भन्यो भने उसले मलाई मदत गर्न चाहेको थियो, मैले उसमा इच्छा जागृत गराएँ र ईश्वरको सहायताले उसले मेरा लागि केही गर्ने छ । तर पहिले, उसले मसित थप केही प्रश्न सोध्न चाहन्छ । त्यही शैलीमा उसले मैले आमालाई माया गर्थेँ कि गर्थिन भनेर सोध्यो । मैले भनेँ, ‘अँ, सबैले जस्तै म आमालाई माया गर्थेँ,’ र कारिन्दा जसले उसको टाइपराइटरमा टाइप गरिरहेको थियो, गलत अक्षर हानेको हुनुपर्छ, किनभने ऊ अलमलमा पर्यो र फेरि दोहोर्याउनु पर्यो । अझैसम्म पनि कुनै स्पष्ट तर्कबिना, दण्डाधिकारीले त्यसपछि मलाई मैले पाँचैवटा गोली एकै पटक दागेको थिएँ कि भनेर सोध्यो । त्यस विषयमा मैले विचार गरेँ र के भनेँ भने मैले सुरु गर्दा एक गोली मात्र चलाएको थिएँ । ‘पहिलो गोली र दोस्रो गोलीका बीचमा तिमी किन रोकियौ ?’ उसले भन्यो । एक पटक फेरि मैले मेरा अगाडि रातो समुद्र किनार देखेँ र मेरो शिरमाथि एकदम तातो सूर्य अनुभव गरेँ । तर यो पटक मैले उत्तर दिइन । त्यसपछिको नीरवतामा दण्डाधिकारी हडबडाएको जस्तो देखियो । ऊ बस्यो, कपालमा औँला घुसा¥यो र, कुइना टेबलमा टेकायो र अनौठो मुख–मुद्रामा हल्का मतिर आड लाग्यो । ‘तिमीले किन एउटा मृत शरीरमा गोली दागेको ?’ के उत्तर दिने, एक पटक फेरि मैले थाहा पाइन । दण्डाधिकारीले उसको निधारमा हात पुछ्यो र उसले अलिकति काँपेको स्वरमा उसको प्रश्न दोहो¥यायो । ‘किन ? तिमीले मलाई भन्नैपर्छ, किन ?’ मैले अझै केही भनिन ।
ऊ एक्कासि उठ्यो, उसको कार्यालयको पल्लो छेउसम्म गयो र फाइल राख्ने दराजको एउटा घर्रा तान्यो । उसले यिशुको चित्र भएको एउटा प्रतिमा निकाल्यो र हल्लाउँदै मतिर आयो र एउटा बिलकुल भिन्न, लगभग कम्पित स्वरमा ऊ चिच्यायो, ‘यो को हो तिमीलाई थाहा छ ?’ मैले भने ‘अँ मलाई थाहा छ ।’ त्यसपछि ऊ धेरै छिटो र आवेशपूर्वक बोल्यो र मलाई के भन्यो भने ऊ ईश्वरमा विश्वास गर्छ, र ईश्वरले माफ गर्न नसक्ने किसिमले कोही पनि मानिस दोषी हुँदैन, तर पहिले उसले भूल स्वीकार गर्नुपर्छ र यसरी खाली हृदय भएको एउटा बालकजस्तै हुनुपर्छ र कुनै पनि चिजलाई ग्रहण गर्ने हुनुपर्छ । ऊ उसको यिशु प्रतिमा लगभग सोझै मेरो टाउकोमाथि हल्लाउँदै टेबलमा अडेस लागिरहेको थियो । सत्य कुरा गर्दा, मैले उसका तर्कहरू कुनै पनि रूपमा अनुसरण गरेको थिइन, सर्वप्रथम, किनभने मलाई गर्मी भैरहेको थियो र उसको कार्यालय ठूलठूला झिँगाहरूले भरिएको थियो जो घरीघरी मेरो अनुहारमा बस्दथे र उसले मलाई अलिकति तर्साएको कारणले पनि मैले त्यसो गरेको थिइन । त्यही बेला मैले के अनुभव गरेँ भने यो हास्यास्पद थियो, किनभने आखिर म अपराधी थिएँ । तर उसले कुराकानीलाई निरन्तरता दियो । मैले अस्पष्ट रूपमा के बुझेँ भने जहाँसम्म उसको मतलब थियो मेरो स्वीकारोक्तिमा एउटा मात्र यस्तो भाग थियो जसले कुनै अर्थ राख्दैनथ्यो, कुन कुरा भने मैले गोली चलाउनुपूर्व म एकछिन रोकिएको थिएँ । बाँकी सबै कुरा ठीकठीक थियो तर केवल यो उसले बुझ्न सक्दैनथ्यो ।
मैले यो अन्तिम बुँदामा उसले हठपूर्वक अडान राख्नु गलत हो भन्न लागेको थिएँः वास्तवमा मैले यसलाई त्यति महत्त्व दिइनँ । तर उसले मलाई रोक्यो र उसको उचाइजति सिधा उभिएर म ईश्वरमा विश्वास गर्छु कि गर्दिन भनेर अन्तिम पटक सोध्यो । मैले गर्दिन भनेँ । ऊ क्रुद्द भएर बस्यो । उसले मलाई के भन्यो भने यो असम्भव थियो, किनभने सबै मानिसहरू ईश्वरमा विश्वास गर्थे, तिनीहरूसमेत जसले उसको अगाडि पर्नुपर्ने थिएन । त्यो उसको विश्वास थियो, र यदि यो कुरामा उसले कहिल्यै शङ्का गरेको भए उसको जीवन अर्थहीन हुने थियो । ‘तिमी मेरो जीवनलाई अर्थहीन बनाउन चाहन्छौ ?’ ऊ चिच्यायो । जहाँसम्म मेरो सवाल थियो, योसित मेरो कुनै लिनुदिनु थिएन र मैले उसलाई यसो भनेँ । तर टेबलपारि उसले पहिले नै यिशुको प्रतिमा मेरो नाकमुनि पर्ने गरी हुर्याइरहेको थियो र एकदम बेढङ्गपूर्वक चिच्याइरहेको थियो, ‘म एक जना इसाई हुँ । मैले उनलाई तिम्रो अपराध माफ गरिदिन अनुरोध गरेँ । तिम्रा लागि उनले दुःख पाए भन्ने कुरा तिमी कसरी अविश्वास गर्न सक्छौ ?’ मैले के ख्याल गरेँ भने उसले मलाई मेरो पूरा नाममा आउने पहिलो नामबाट बोलाइरहेको थियो, तर मलाई दिक्क लागिसकेको थियो । गर्मी झन्झन् बढिरहेको थियो । जस्तो कि मैले कसैले भनिरहेको कुरा वास्तवमा नसुनिरहेको बेलामा सधैँ ऊसित उम्कने प्रयत्न गर्ने गर्छु, मैले ऊसित सहमति जनाइरहेको भाव देखाएँ । उसलाई उल्लासित भावमा देख्दा म आश्चर्यमा परेँ । ‘बुझ्यौ, बुझ्यौ,’ ऊ भनिरहेको थियो, ‘तिमी अवश्य नै ईश्वरमा विश्वास गर्छौ र तिमीले उसमा विश्वास गर्ने छौ । होइन त ?’ मैले स्पष्ट रूपमा फेरि गर्दिन भनेँ । ऊ उसको कुर्चीमा थचक्क बस्यो ।
ऊ धेरै थकित देखिन्थ्यो । जब टाइपराइटर, जसले पूरै वार्ता टिपिरहेको थियो, अन्तिम केही वाक्य टिप्दै थियो, ऊ एक छिनसम्म केही बोलेन । त्यसपछि उसले मलाई दिक्कलाग्दो भावमा एकाग्रतापूर्वक हे¥यो । उसले सुस्त गतिमा भन्यो, ‘मैले तिमीजस्तो कठोर हृदय भएको मानिस कहिल्यै पनि देखेको थिइन । यसअघि मकहाँ जो जो अपराधीहरू आए ती सबै यो पीडाको प्रतीकका अगाडि रोएका छन् ।’ मैले तिनीहरू अपराधी भएका हुनाले त्यसो गरेका थिए भन्न लागेको थिएँ । तर मैले के महसुस गरेँ भने म पनि तिनीहरूजस्तै थिएँ । यो एउटा त्यस्तो विचार थियो जसमा म अभ्यस्त थिइन । त्यसपछि दण्डाधिकारी मानौँ अनुसन्धान कार्य समाप्त भएको सङ्केत गर्नका लागि झैँ उठ्यो । लगभग उस्तै र अलिकति क्लान्त भावमा मैले जे गरेको थिएँ त्यसप्रति मलाई पश्चात्ताप लाग्यो कि लागेन भनेर उसले मलाई सोध्यो । मलाई कस्तो प्रभाव पर्यो भने उसले मलाई बुझेन । तर त्यस अवसरमा जेजे भयो त्यो यति नै थियो ।
त्यसपछिका दिनहरूमा म प्रायः अनुसन्धान गर्ने दण्डाधिकारीलाई भेट्न गएँ । प्रत्येक पटक मेरो साथमा मेरो वकिल मात्र हुन्थ्यो । मलाई सामान्य रूपमा मेरो पहिलेको बयानका खास बुँदाहरू स्पष्ट पार्न भनिन्थ्यो । अथवा दण्डाधिकारी मेरो वकिलसित ममाथि लगाइएका आरोपहरूबारे छलफल गथ्र्यो । तर वास्तवमा यी अवसरहरूमा तिनीहरूले मेरो उपस्थितिको कुनै ख्याल गरेनन् । जे होस्, अनुसन्धानको वातावरण बिस्तारै फेरियो । कस्तो देखियो भने मानौँ कि दण्डाधिकारीले मप्रतिको चाख गुमाइसकेको थियो र कुनै प्रकारले मेरो मुद्दालाई वर्गीकरण गरेको थियो । उसले त्यस उप्रान्त ईश्वरका विषयमा मसित कुरा गरेन र मैले उसलाई त्यस पहिलो दिनमा जस्तो उत्तेजित कहिल्यै पनि देखिन । नतिजा के भयो भने त्यसपछि हाम्रो वार्ता बढी सौहार्दपूर्ण हुन थाल्यो । केही प्रश्नहरू, मेरो वकिलसितको सङ्क्षिप्त कुराकानी र त्यसपछि अनुसन्धान सकिन्थ्यो । दण्डाधिकारीका शब्दमा भन्दा, मेरो मुद्दाले यसको गति लिइरहेको थियो । र कहिलेकाहीँ, वार्तालाप जब सामान्य प्रकारको हुन्थ्यो, मलाई पनि त्यसमा सामेल गरिन्थ्यो । मैले फेरि सहज किसिमले सास फेर्न थालेँ । यी अवसरहरूमा मप्रति कोही पनि निर्दयी थिएन । सबै कुरा बिलकुलै स्वाभाविक, असाध्यै राम्रोसित व्यवस्थित गरिएको र यति शान्त रूपमा कार्य गरिएको थियो कि हामी ‘एउटै परिवारका सदस्यहरू भएको’ अचम्मलाग्दो प्रभाव परेको थियो । र ११ महिनासम्म चलेको यो अनुसन्धानको अन्त्यमा मैले के भन्नुपर्छ भने म के कुरामा पूरै रूपमा झन्डै छक्कै परेको थिएँ भने दण्डाधिकारीले उसको अध्ययन कक्षको ढोकातिर मलाई लिएर जाँदा, मेरो काँध थपथपाउँदा र एउटा मित्रवत् आवाजमा, आजलाई यत्ति हो श्रीमान् नास्तिक,’ भन्दाका दुर्लभ क्षणहरू मैले यसअघि कहिल्यै भोगेको थिइन । त्यसपछि मलाई पुनः प्रहरीको हातमा सुम्पिइन्थ्यो ।
(क्रमशः)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।