साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यस चरणमा साहित्यपोस्टले फोटो देख्नेबित्तिकै आएका भावहरूलाई लिपिबद्ध गरी कविता सिर्जना गर्न आह्वान गरेको थियो ।
यो साता अश्विन समीप, कृष्ण तामाङ र सरु काश्यपलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । त्यस्तै निर्णायक मण्डलका अनुसार उत्कृष्ट हुँदाहुँदै पनि थाेरै अंकले रमेश भट्टराई, उमाकान्त पाेखरेल र निलनकुमार थेच्वमि सर्वाेत्कृष्ट हुनबाट चुकेका छन् ।
तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
प्रतियोगिताको रीत पुर्याई १६ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट समेत केही कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरूलाई प्रतियोगितामा समावेश नगराइएकाे साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइरालाले जनाएका छन् ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्ट काव्य विभागले जनाएको छ ।
फोटो कविता प्रतियोगिताको २५ औँ शृंखला भोलिदेखि सुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविका कविताहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

