–को हुनुहुन्छ ?
–को ? के भन्नु भयो ?
–डाक पिउन हुँ एउटा चिट्ठी दिनु थियो ।

चिट्ठी सुमती सुतेर एउटा उपन्यास पढ्दै थिइन् । जुरुक्क उठिन् । कपाल कोर्नु– मिलाउन त परै जाओस् चप्पल लाउनसम्म बबिर्सिनः अगाडिको सानो मेज नागेर उफ्रिन् । चिट्ठी थुत्त थुतेर हेरिन्, हर्षले पागल भइन्ः सोचेझैँ भयो –
टू, श्रीमती सुमती देवी
……………………….
……………………….
फ्रोम, गोपाल सिंह
–यहाँ एउटा सही ।
–ए । मैले त बिर्सेकी रहेछु । कलम ल्याउँछु ।
–यहीँ छ, हुन्छ ।
उनले दिएको कलम डाक पिउनले होशियारले न समातेको भए सिँढीका ढुङ्गा खस्ने थियो । फेरि केही नहेरी उफ्रँदै नाच्दै भित्र पसिन । घरका सबै उँभोतिर पत्र लाउने ¬(बिहेको) ठाउँतिर गएका थिएः उनी एक्लै थिइन् । तर पनि ढोका राम्ररी थुनिन । थोरै उघारेका त्यस झ्याल तर्फ फर्केर हेर्दै त्यो खाम पछाडि पट्टि च्यात्न लागिन्ः केही आतिए झैं गरी अलिक राम्ररी च्यात्न लागिन । सट्ट सट् निकालेर फेद टुप्पो मिलाउँदै पढ्न लागिन –
परम प्यारी मेरी सुमती ’
उभिइएकाबाट सोफामा बसिन् । पछाडिको कुशन निकालेर सोफामा ओच्छयाई आरामले बसिन् । मन चंचल भएकाले अनायासै हातका दशैवटा औला नाँच्न लागे । विस्तारै प्रथम सम्बोधन दुई पल्ट पढेर–
…………………..’
तिमीले यो पत्र पाउँदा पक्कै पूर्ण मास भएको हुन्छ, आकाशमा हेर । –( हो आज चतुर्दशी हो । सके पूर्णिमा पो हो कि ? ) कतै देखिएका जुनका ज्योतिमा आवाज निस्के, कुरा गरे, मैले उनलाई के के भन्थेँ ? भन्ने आँसुका धाराले बताउँथे । तर सुमतीलाई विश्वास छैन । ऊ माया प्रीति जान्दिनन् । हेर्दा त्यस्ती लागेकी मात्र हुन् । तिमी बिनाको जुनेलीमा त मलाई यहाँका बगैंचाहरु पनि कात्तिकको घाम जतिका मात्र भए । (पछि आउँदा सोधौंला कि ? ) समय भने पाइलै सार्दैन । तिमीबाट टाडा भए पछि एक–एक क्षण एक–एक वर्ष झैं भयो । – अझै दुई महिना छ भन्ने सम्झदा काम छोडौं कि, नोकरी –(चाकरी) किन गरौं झै लाग्दछ । ( ती विज्ञानका मानिसले पापमा विश्वास गर्लान र !)

के भनौँ, तिमीलाई नै दिनभरि सम्झेर बस्छु, सपनामा तिमीलाई न देखेको छैन । तिमी सानो घुम्टोले शिर ढाकेर चिया लिई आएको त्यो मोइराग फी मा बिहेका भोलिपल्टको रुप झझल्ती देख्छु । (मैले अहिले ओढेको, होइन यो त सानो छ, पहेँलो चैँ होला ।) बिहेका दिन तिमीले छरेका फूल, फूल माला, मैले राम्ररी मिलाई दिएर लाएको, कतिसम्म सकेको ।)

तिमीलाई त याद छैन होला, प्रिय पहिलो त्यस रात मैले भात खाई सकेपछि तिमी ठूलो चारपाईमा सुतेको, मैले किन अर्काका ओछ्यानमा सुत्छौँ भनी जिस्क्याएको, तिमीले जवाफभित्रै राखेर मुसु–मुसु हाँसेको । त्यसका जवाफमा तिमीले मेरा सबै कुरा मानेको । प्रिये त्यो दिन फेरि फर्काउन सक्छौँ । रातभरि नसुतेको । (लाएका लुगा केही मिलाउँछिन्) यो सबै मलाई सपनाजस्तो भयो । कहिले यो तीन महिना पूरा हुन्छ । तिमीसँग फेरि सम्पूर्ण नयाँ रुपले कहिले मिलन हुन सक्छ, अंकमाल गरिन्छ (कति लाज पचेको !) । दुई महिनासम्म पनि सँगै बस्न न पाई, मैले अब के गर्ने । ( सुमतीले आँसु पुछिन्) ।

सुमती म सफल भएँ । गए गएका ठाउँमा कतै पनि केही बाधा छैन मलाई सबैले सम्मान गर्छन् । गुरुहरुले पनि मलाई माया गर्छन् । म मान्दछु यो सबै तिम्रै कारणले हो । तिम्रा मायाले, बिहान बेलुकै सम्झेको, आदर गरेको, मेरै लागि भगवानको पूजा गरेको, मेरै मंगल कामना गरेकै यो फल हो । मेरो विजय तिम्रा अटल विश्वासको फल हो । सुमती जति एउटी घरमा छँदा–छँदा कहाँ गलती हुन्छ र ? साथीहरुले जित्ने त कुरै छैन । मलाई तिमीले हृदयमा सजाएकै कारण म सफल छु । म रुने मान्छे त होइन थिएँ, हिजो राती तिम्रै यादमा रोएँ । (सुमतीले स्वर रोक्न सकिनन्, सुँक्क सुँक्क रोइन् ।)

कसैले भन्दछ बलवती छौ । तिमीले एक दिन गर्भ बस्यो बसेन भनी गुनगुन गरेको के भयो ? साँचो हो कि झुठ ? बुझाएर समाचार चाँडै देऊ न ल । तिमीले नै नाऊँ राख्छु भनेकी होइनौ ? छोरा भए तिमीले छोरी भए मैले राख्ने ल ? हुन्छ हुँदैन साँचो भन । चाँडै जवाफ दिनुपर्छ । तिम्रो पत्र न पाउञ्जेल कोठाबाट बाहिर निस्कन्न , टेनिङमा जान्न । तिम्रो फोटो हेर्दा हेर्दै मैलो , पुरानो भई सक्यो । तिमीले हाँस्टेलमा छँदा नुहाउँदै गरेको त्यो सानो फोटो पठाउनु । त्यसैलाई हेरेर दुई–तीन महिना बिताउँछु । (बदमास लाज पनि नलागेको )
तिमीले मलाई सपनामा पट्क्कै देख्दैनौ ? तिमी त देख्दैनौ होला । ( तिमी मात्र हो देख्ने । खुब जान्दा रहेछौ । म त न सुते पनि तिम्रै सपना देख्छु । तिमी त पुरुष हौ, म रोएको देख्दैनौ । आउन मात्र आउ न एक–एक कुरा सुनाउने छु, तब सबै बुझ्ने छौ । तिम्रा काँधमा टाउको राखेर धोको फुकाएर रुनेछु । आउन चैं आउ न ) । मैले हिडने बेलामा अँगालो हाल्दा तातेको शरिर ठीक भयो । (लौ फेरि उही ) सपना एकदम राम्रो देख्छु, तिमीलाई केही भएको छैन झै लाग्छ । तिमीले के के किन्नु भनेको थियो, त्यो सबै जनाएर लेख । यो चिट्ठी पाउना साथ ढिलो न गरी जवाफ दिई हाल । ( दिन्न भन्दै विस्तारै पन्ना पल्टाइन ।)
म फेरि पनि भन्दैछु तिमीले सताउनसम्म सताएकै छ, सुत्नु हुँदैन, पढनु हुँदैन । त्यस्तो चिया खाने मैले चिया खान छोडे । धेरै नसताउ है, सबै थोक छोडेर आउँला । आउँ या न आउँ स्पष्ट गरेर भन । जवाफ डिलो न गर्नु । फोटो भनेको न बिर्सनु ।
समाप्त – तिम्रो गोपाल
तीन पल्ट दोहो¥याएर पढिन । पढी सकेर एक पल्ट पत्रकारलाई चुम्बन गरेर मायाले समाती रहिन । धेरै बेरसम्म आँखा चिम्म गरिन । मनको ढुक ढुकी व्याकुल्ता त्यहीँ चिट्ठी जान्दछ ।
सुमती जुरुक्क उठिन् । त्यस चिठ्ठीलाई पटयाइन । अडेसा लागेर चिठ्ठी फेरि खोलेर पढ्न लागिन । पढी सकेर पट्याएर आफ्ना सिराने मुनि राखिन । मेजको डावर तानेर कलम निकालिन, अर्को तिरबाट राइटीङ पेड निकालेर राखिन । पल्टाएर हेर्दा लेख्ने कागज खाली रहेन्छ । भाउज्यूको त्यो मोटो कागज मात्र बाँकि रहेछ । उनको किताब राखेको अलमारी खोलेर ओल्टाई–पल्टाई नयाँ राइटिङ पैड खोल्न लागिन । छैन, भेटिएन । लौ ! हिजो अस्तीत यहीँ थियो । लिएर जानु भएछ कि क्या हो ? मैले नै हाली दिएकी थिएँ । एउटै मात्र हालेको थियो । कहाँ गएछ एउटा त हुनै पर्ने । प्रत्येक थाक–थाक खोजिन, अनि एउटा–एउटा छान्न थालिन । सबै भन्दा तल स–साना फोटो हालेको एउटा लिफाफा भेटाइन । लौ एलबममा हालौंला भन्दा भन्दै बिर्सेछु । भरे हाल्नु पर्ला । हतार–हतार दुई चारवटा फोटा निकालेर हेरिन् । –युवती छँदै सानो भाइलाई बोकेर पोखरीका छेउमा खिचेको फोटो हेरेर मृत भाईका विषयमा केही सोचिन । लामो सास फेर्दै त्यहीं विस्तारै घुसारिन । राख्छु भन्दा भन्दै मजनले पसेन । एउटा सानो लिफाफा भेटाइयो । खोलेर के हेरे छ । भनि हेर्न लागिन । त्यो फोटो हैन रहेछ । सानो पारेर पट्याएको हरियो कागज रहेछ उनलाई थाहा भई हाल्यो , केही झस्किन । अकास्मात ठुला झ्याल तर्फ हेरिन पढदै छ । पढन मन न गरी गरी विस्तारो खोलिन । झ्याम्लो कपाल अलिक पन्साउदै राम्ररी कुरा मिलाएर लेखेको पत्र पढन लागिन–र्
सुमु’
मैले सबै भन्दा पछि पठाएको चिठ्ठी ललिताले तिमीलाई पक्कै दिइन होला –ललितालाई झल्–झली सम्झिन, बेलुकीतिर आतिँदै, हतारिँदै आएर दिएकी थिइन् । चार–पाँच दिन सम्म झिक्दै पढदै गरेको त्यही लामो चिठ्ठी हो । ) तिमी परिक्षा पास भएको खबर पनि ललितााबाट सुनें । अति हर्ष लाग्यो । यहाँ आएर अझै पढने भनेको विचार छ ? आउन एक महिना भए पनि खाई पीई गरौंला , घुमौंला, म यहाँ एक महिना मात्र बस्छु । मैले न छोडदै तिमी अलिक चाँडै आउ । तिम्रो नाँउ लेख्ने , होस्टलमा बस्ने सबै मिलाउँला । न डराई एक्लै आउ । (हवा जहाजमा बुबाले पु¥योएको , उनी लिनलाई पर्खी बसेको, बुबा हुनाले उ अर्कै तर्फ फर्केका, तर आँखा भने बेला–बेलै जुधेका । ) आदि याद आयो । बुबा फर्के पछि एक बेलुकी सर्वप्रथम बगैंचामा बसेका थियौं ।
– एक्लै आउ है भनेको त झन ।
–छोरी मान्छे प्रदेशमा एक्लै कसरी आउनु, बुबाले पु¥याउनु भयो , राम्रै त भयो ।
–म छँदै थिएँ त, के म अर्को मान्छे हुँ त ?
– ससुरालाई , ज्वाईंले सबै मिलाई दिनु हुन्छ , एक्लै जान्छु भने भई गयो त ।
– छीः लाजसम्म न लागेको । म त शरमले मरें ।
–अबुई । साँचो कुरो, मलाई राम्ररी चिन्दछौं, श्री महेन्द्र सिंह , हुन आँटेको डाक्टर, डाक्टर महेन्द्र सिंह ।
– ए लौ भन्न त के भन्न आँटेको ….
–भनौ त अलिक वर आउ, अरुले सुन्नु अुँदैन ।
–कोई पनि छैनन् , पर–पर छन् , हाम्रो भाषा बुझ्दैनन् पनि होला ।
– जे भए पनि छेउ मै आउ न , कानेखुसी गर्छु ।
– पर्दैन काने न फोने….
–नउतालियौ है । मान्छे धेरै छन….म फेरि….।) साँच्ची सुमी तिमीलाई न सम्झेको एकै दिन थिएन । मरेका मान्छे चिर–फार गर्दा पनि तिमीलाई नै सम्झन्थें ।’
रात भरि सपना देख्ने त्यो पनि तिम्रै मात्र । सपना पनि उस्तै तिमी एक्लै हुनु पर्नेमा, तिम्रा साथीहरु हुन्छन् । तर पछि हाम्रामा आउँदा यसरी होइन, एक्लै आउनु पर्छ है । ( सुमती अघिको झै, लजाउँदै स्वतः हाँसिन तर उनलाई थाहा भएन ।) र्
सुमी अस्ती सपना नराम्रो देखेर राती नै उठेर रुन खोजें । रात भरी निन्द्रा लागेन । त्यस सपना पछि त तिमी मेरी हुन्छौ भन्ने विश्वास हरायो । ( सजाईएका सपना चकनाचुर भए । सुमती झसडङग् भइन ।) म घर आए जस्तो लाग्यो । तिमीलाई मीठो लाग्ने ठुलो दारिम तिमीहरु कहाँ लिएर आए झैं लाग्यो । तिमीहरुको फाटक जस्तो पनि लाग्छ , फेरि हाम्रै जस्तो पनि छ, म अहिले बस्ेको घरै हो कि जस्तो पनि लाग्छ । तिमीलाई डोलीमा लिएर गए जस्तो छ । मैले सोद्धा कसैले भन्यो बिहे भएको हो, न जाउ…. । म झसङग भएर व्युझें । दुई–तीन दिन भात निलीएन
सुमी, सपना सपनै हो । वास्तवमा तिमी म भन्दा टाडा हुन् सक्दैनौ । तिमीलाई मैले गरेको प्रेम घाम–जुनले पनि मेटाउन सक्दैनन् । म तिमी बिना रहन सक्दिँन तिम्रा पत्रमा तिमीले न पत्याए झैं गरेकी छौ गरेकी । मैले हृदय चिरेर तिमीलाई देखाउन पाए सन्तोष हुने थियो , पोहोर दिसम्बर आठ तारिखका दिन पिकनीक गएका दिन तिमीले भनेका कुरा म बिर्सन सक्दिँन । भात पाकी सके पछि हामी पछि–पछि आएकी , मैले बाटामा तिमी मुई जाओ भन्दा , बुझेझैं गर्री म तौलिया लिन जान्छु’ भनी न फर्केकी झस्ल्यौ त ? कुरा–गर्दै खोला किनारमा हिँडेको …हाम्रो त्यस दिनको प्रतिज्ञा ।
सुमती– टाडा आइयो फक्र्यौ कि ?
महेन्द्र – म न नुहाउनु र ?
सुमती – म नुहाउदिन, तपाई नुहाउनु होस न । म पर्खन्छु ।
महेन्द्र – म पनि नुहाउदिन । त्यसो भए यहाँ केही क्षण बसौँ न । अरु पनि त फर्केका छैनन् होला ।
सुमती – यहाँ ओझल छ उता घाममा बसौं न । डर लाग्छ ।
महेन्द्र – के को डर । म यहीँ छु ।
सुमती –त्यही त डरको कारण हुन सक्छ ।
महेन्द्र – किन डरको कारण भयो र ?
सुमती– यहाँ एक्लै छाडिदिए ?
महेन्द्र – मैले तिमीलाई छोड्ने । शरीरले आत्मालाई छोडने । खोई तिम्रो हात ।
सुमती – भयो लम्काउन सक्दिँन ।
महेन्द्र – हेर यी, मैले यसरी समात्नु, तिमीले यसरी राख्नु । बिहे भएको हो यो । माला लाएको हो यो, यी दुई हातको माला हेर त ।
सुमती – मालला लाउँदा यति सारो समाउनु पर्छ ?
महेन्द्र – यो त केही होइन । साँच्चै समातौं त ?
सुमती – भयो यसरी नै समाती राख्नु । परुषको त भरोसा हुँदैन । छोडे त म मान्दिन । म त एक्लै ………।
महेन्द्र – तिमी पनि मलाई न छोडनु । छोड्छौ ?
सुमती – छोडदिन् । तपाईं ?
महेन्द्र – कहिले पनि छोड्दिन ।
सुमती – प्रतिज्ञा गर्नुहोस् ।
महेन्द्र – तिमी पनि गर । …..र्
यसै दिन बाट तिमी मेरी भएकी हौ । अब पनि मैले तिमीलाई छाडे मेरा पछिका प्रत्येक पाइलामा ठोकर लागि रहोस । ( सुमती आतिए जस्ती भइन, उठेकाबाट बसिन, आलमारीमा टाउको अड्याइन । बलिन्द्र आँसुसँग फेरि पन्ना पल्टाइन । सु–र–र–––– पढन लागिन । )
प्यारी सुमु, मेरो हृदयकी मालिक (रानी), झुल्केका घाम एक न एक दिन झरेर हराउलान, उनको जगत सबै शुन्य होला । तर मेरो प्रेम कहिल्यै झर्दैन, हराउँदैन अमर छ । तिम्रो र मेरो मायाको संसार कदापी शुन्य हुने छैन । मैले तिमीलाई बलियो समातेको थिएँ , तिमीले पनि दह्रिलो गरी समातेकी थियौ । – उनी बस्न लाग्दा अघिबाट झर्न लागि रहेका फोटाहरुको बटुलिनः उनी हाँस्टेलनै छँदाको, अति हर्षित देखिने मुर्ति जस्तो फोटो खसेकै थियो । ) आज पनि बलियो सँग समातेकै छ । पछि पनि कसेर समाती राख्ने छु । कसैले छुटाउन न सक्ने गरी हृदयमा समातेर ुाख्ने छु । ’र्
म आउँदा के के लिएर आउँ ? तिमी आएसँगै बसौंला, नत्र म लिएरै आउँछु । बुझाएर चाँडो लेख । यो चिठ्ठी कसैलाई पडन् न दिनु । हराउन पनि न हराओस । हामी दुवैले पर्छ– राती हाम्रैमा, मेरा कोठामा, पहिलो रातमा, लौ जवाफको प्रतिक्षा छ है ।’ – मेरी सुमुको –महेन्द्र’
सुमती झट्टै उठिनन् । छरिएका फोटाहरु तिर हेरी रहिन । अबिरल बगेका आँसुले सुन्दर ती गाला भिजी रहे । क्षण भरमै महेन्द्रको चश्माले सजिएको अनुहार मुसु–मुसु हाँसेझै देखियो । तर पल भरमा नै त्यो ओझेल परेझै हरायो । लामो सास फेर्दै उठिन, उठन पनि धेरै बल प¥यो । आलमारुीमा सबै चीज थन्क्याई ओछ्यानमा बसिन । एकै छिन बसेर सुस्तले ढल्किन । दुवै हात ले चिउँडो उठाएर सिराने तिर हेरेझैं गरिन्, तर हेराई शुन्य तर्फ थियो । शुन्य त भन्नु मात्र हो , केही न चिनीएका अक्षर हेरेझैं, केही स्पष्ट न देखिएझैं अनेक घटनाहरु दोहोरिएका पनि थिए । तर यी सबै उनका स्मरणले समेटेर राखेन । त्यसै माझ त्यो साँझ, अंतको त्यो बेलुकी झ–झल्ती आँखामा नाची रहेको थियो –
….होस्टलमा ,सबै छुट्टीमा घर गएको बेला हो । खुल्ला साथ परक्षिा भई हाल्ने, समय लामो न हुनाले उनीहरु चार–पाँच जना गएनन् । अरु चार–पाँच जना पनि थिए । एकदमै सुनसान भएको बेला हो त्यो । भात खाएर यसो पढौ भन्दा भन्दै , वर्षाको स्वरलाई ढाक्दै बाहिरबाट दुर्गावेन ( सबैकी सेवारी ) ले दरवाजामा आएर चिच्याएर बोलाइन ।
खोल त–
–के हो बेन ?
– दाई आएनन् ?
–दाई भनेको ?
– ल न चिनेकी । अस्तीका तिनै डाक्टर दाई नि त ।
–हँ , कहाँ छन् । बोलाउ न। ए हुँर्दैन । म आउँछु बसाउ है । अनि बेन चिया ल्याई देउ ल ।
ऐना तिर हेरेर केही राम्री भईन । हतार हतार लुगा फेरेर झट्टै निस्किन । प्रतिक्षा कक्षमा महेन्द्र पर्खी बसेका थिए ।
–किन यति राती? के भयो ? भोलि आउँदा हुने थिएन । मलाई साथीसँग लाज हुने भो । भोलि म आएर भेटी हाल्ने थिएँ । कति पर्खन सकेको । चौकीदारले पनि कसरी पस्न दिएछन् …..
–भोलि हाइन, अहिले राती नै उडी जाने हो । तिमीलाई न भेटी न भएको हुनाले । चाँडै आइपुग्ने मौसम खराब हुनाले उडदै उडेन, अहिले भर्खर आई पुगेको । चौकीदार बहादुर त मेरा साथी हुन, साथी ।
–कता –उडने) जाने भनेको त?
–बम्बई ।
– किन ?
– मेरो पढाई हुने भयो । कनाडा जानु पर्ने भयो । पाँच वर्षका लागि ।
–नाईं ! यति चाँडै, हुँदैन है ।
–त्यसरी हुन्छ र ? निश्चित समय हुन्छ । दुई सरकारले मिलाएको व्यवस्था …..।
–तिम्रो सरकार अझ प्यारो …..
सुमतीका आँखाबाट आँसुका धारा छुटे, डाको छोडे रुन लागिन । उभिई रहन सकिनन् । भुँइमा थचक्क बसेर मुख छोपेर रुन लागिन ।
धेरै बेरसम्म बोलाउँदा पनि बोलिनन्, बोलाएको सुनिनन् । चिया ल्याएका मुख छोपी छोपी ल ! ल ! भनेकी मात्र हुन । बेन गए पश्चात् महेन्द्रका काखमा टाउको राखे्र (घोप्टो परेर) रोइ रहिन । महेन्द्रले फकाएका सबै कुराको एउटै जवार्फ हुँदैन ! हुँदैन ’ बाहेक केही थिएन । तर समयलाई भने दुख–सुख, जन्म–मृत्यृ। मिलन–विछोड सबै एउटै हो, एउटै अर्थ हो । तर वास्तविकतामा समयको अर्थ अर्कै हुन्छ। गणित अलग्गै हुन्छ । रोई हार मानेकी सुमतीले भरिएका स्वरमा भनिन् ।
– उसो….भए…म….पनि….जा….न्छु ।
– जानुपर्छ । फैमिली लाइन पाइन्छ । लाने हो चार–पाँच महिना पछि म आउँछु । तब बिहे गरि सुगराहत वहीँ मनाउँला । वहाँ कनाडामा । लौ , धेरै बेर भयो । नानी जस्तो रोएर केही कुरा भएन, रुञ्ची । तिमी पछि कनाडामा । लौ, न त जानु प¥यो । अनुहार त हेरौं न, उठ न ।
– दुर्गा बेन बाहिर छन् होला ।
– मलाई थाहा छ । अलि वर आउन….सुमती शिर देखि पैतालासम्म झस्किन । आँग सिरिङ्ग भयो । त्यसै वखत फोनको घण्टी बज्यो । झसङ्ग भई फोन तर्फ हेरिन । लगातार बजी रहनाले सुमती विस्तारै उठिन । फोन च्याप्न समातीन । ललिताको रहेछ र्र्। भरे बेलुका पख तिम्रामा आउँछु कतै न जानु है ’ भनिन् ।
– पगली । बेलुका को कता जान्छ र?
………तिमी दुइ भएर सिनेमा–टिनेमा गई हाल्ने पो हौ कि ! भरे तिमीहरु भेटिएनौ भने । भयो पछि कुनै दिन आउँला । उहाँले जाउँ चन्नु अुँदै थियो र भनेको ।
– तिमी अनि उनी अफिस गएनौ । आमा छोरा के रुँगेर बसी रह्यौ ?
….अफिस जानु भनेको उहीँ बस्नु त होइन नि । फर्कन्छ नि । आज तिम्रामा जानु छ छिट्टै आउनु हे भनेकी थिएँ ।
–अनि फेरि आउँदिन भनेको ? लौ न त घरमा यनी चाँडै आए त किन पो आउनु र ? आउनु न आउनु एउटै त हो ।
–तिम्रो बानी थाली हाल्यौ ? आउँछौं नि त । अनि एउटा नयाँ समाचार पनि सुनाउनु छ है ।
–के समाचार ?
–अहिले होइन भरे । भरे सँगै चिया पकाउँदै, हामीसँगै चिया न पकाएको धेरै भई सक्यो ।
–पकाउने मान्छे छन् त । त्यसको के चिन्ता गरेको । भनी हाल न, किन साँची राख्छौ ?
–भन्दिन, राखें है । बाई ।
राखिन । सुमतीले पनि विस्तारो राख्दै केही मुस्कराइन । फोनकै छेउमा राखेको गोपालका फोटालाई हेर्न लागिन । याद आउन लाग्योः मुस्कुराउँदै मुखबाट आवाज निस्केझैं लाग्यो…..सुमती म आरामै छु….जान्दछु तिम्रै कारण यो सबै सुलभ भएको हो । तिमीले मलाई माया गर्नु, मेरै मंगलका निम्ती भगवानसँग प्रार्थना गर्नु, यही परीणाम हो । मलाईनै सम्धmना गरिरहनु……सुमती जस्ती एउटीले…..कहाँ मलाई दुख हास् ।
गोपालले जाने बेलामा खाएको सिगरेटको त्यो टुक्रो (सुमतीले हात्तीका दाँतका स्टे्मा जस्ताको तस्तै राखेर, अति हर्षित साथ छन्) राखेको स्टे् हेरिन । छेउमा आफ्ना पतिले चलाउने सजाएर राखेको लाइटर हेरिन, समातेर आगो पारिन । हुर्र बली हाल्यो । ठुला ज्वालासँग बल्यो । देब्रेहातले समाएको चिठ्ठी तलबाट बल्न थाल्यो । पातलो कागज भए पनि , धेरै पन्ना हुनाले त्यो फोटो विस्तारोसँग झिकेर होशियार सँग त्यसको शीशा पुछिन । आँखाका छेउमै ल्याएर फेरि हेरिन । हेर्दा हेर्दै मुख बङ्गयाएर, आफ्नो टाउको हल्लाइन र देब्रे हातमा ज्वालो आई पुग्दा अतालिइन । भ,सँग भएर हेर्छिन् त कागजका पानै–पानाका थुप्रा टेबल माथि कालै छन् । विस्तारै खरानी उठाउँदै नुहानउने कोठा तिर गइन ।
निस्केर घोप्टायाएर राखेको गोपालको फोटो पहिलेको जस्तो आफ्ना ओछ्यानतिर राखिन । ओछ्यानमा बसेर त्यो चिठ्ठी पढछु भनी सिराने पल्टाई खोज्न लागिन । उनले अघि देखि खोजी रहेको राइटिङ पैड त्यहीँ रहेछ । विस्तारै स्वतः आफुलाई जे आउँछ त्यहीँ लेख्न लागिन ।र्
सुमोका मात्र गोपाल,

–पति विघ्न चिनी हालेको । उहाँ त चिनी धेर मन पराउनु हुन्न त ।
–तिमी त गुलीयो मन पराउँछौ होइन ?
–पराउँथिएँ । अहिले त मन पर्दैन ।
–होला होला । जाउ म लिएर आउँछु । नानी बाबासँग मान्दैनन् होला ।
– अँ भन्छौ ! बाबु देख्ना साथ मलाई छोडेर उफ्रन्छ । बाबुको माया गराई कस्तो हो नि । तिमीले पनि जान्न धेर छैन । अहिले कति महिना पो चल्दै…..
–चुप लाग न । तिम्रो समाचार भनेको चैं के हो , भनन् ।
–ए बिर्सेछु । कनाडाका ती डाक्टर नि त ,
–चिया म भाग लाउँछु, तिमी हात धोउ– ।अँ के भयो त ?
–कनाडाकी एउटी केटीसँग बिहे गरे रे ।
–ए त्यही पो हो खबर । आउ जाउँ । उर्त चिया खाउँ
–तिमी त चिया पकाउन जान्ने भएछौ ।

इलाहाबाद–१९७७