आफ्नो सिर्जनामा कुन विषयवस्तुलाई प्राथमिकतामा राखेर काम गर्ने भन्नेबारे कलाकारअनुसार आफ्नै सोच र छनोट हुन्छ । कोही प्रकृतिचित्रणमा व्यस्त हुन्छन् त कोही मुहारचित्रमा त कोही दैनिक जनजीवन आफ्नो कलामा उतार्न रूचि देखाउँछन् । यस्तै आफ्नो संस्कृति र परम्परालाई कलामार्फत् उजागर गरिरहेका युवा कलाकार हुन्, अनिल मचामसी ।
सिपाडोल, भक्तपुरका मचामसी सानैदेखि चलिआएको रीतिरिवाज, सांस्कृतिक तथा परम्परागत जात्रा र नृत्यबाट आकर्षित भएको बताउँछन्। साथै सामजिक मूल्यमान्यता र रीतिथिति नै आफ्नो कलालाई प्रभावित गर्ने मुख्य विषयवस्तु भएको स्वीकार्छन् ।
सानैदेखि समाज वरिपरि घुम्ने जात्रा, चाडपर्व र परम्परागत प्रचलनहरूलाई आफ्नो कलाको रूचिको विषयवस्तु बनाएका मचामसी हाल त्रिभुवन विश्वविध्यालयबाट कलामै स्नातकोत्तर गरिरहेका छन् ।
सिर्जनात्मक कलामा “प्रिन्ट मेकिङ” विधामा आफ्नो संस्कृति र सामाजिक परम्परालाई उतारिरहेका उनी घरमा भने क्यानभासमा रङहरूसँग खेलिरहेका भेटिन्छन्। उनै अनिल मचामसीका केही संस्कृति र परम्परा झल्काउने कलाहरू यस पटक अवलोकन गरौँ न तः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
