गाउँमा साहित्य चेतना जगाउने उद्देश्यले कवि सञ्जय सुमनले आफ्नो गाउँका भित्ताहरूमा कविता कोरिरहेका छन् ।

काठमाडौँमा शिक्षण पेशा गरिरहेका कवि सञ्जय सर्लाही हरिपूर्वाका स्थायी बासिन्दा हुन् ।

कविताजस्तो सशक्त माध्यम आफ्नो गाउँठाउँमा उति प्रचार नभएको ठानी उनले आफ्नो जन्मस्थानका घरघरमा कविता कोर्ने अभियानमा लागेका हुन् ।
उनको गाउँ बगेवामा साहित्यिक साक्षरसमेत भेट्न मुस्किल छ । यस्तोमा कविताप्रति रुचि बढाउन उनले गाउँका घरहरुमा कविता कोरिरहेका हुन् ।

उनको अभियानबाट प्रभावित भएर अन्य गाउँहरूमा पनि यो अभियान शुरू भएको छ ।

अहिले उनले काठमाडाैँका विद्यालयका भित्ताहरूमा पनि यस्ताे लेख्न थालेका छन् । यी कविताहरू काठमाडाैँकाे एउटा निजी विद्यालयकाे फ्लेक्स प्रिन्टमा राखिएका छन् ।

सुमनले रङ्ग्याएका कविताको सम्मानका लागि साहित्यपोस्टले शुरू गरेको यो साताैँ शृंखलाः