
अनिता भेटवाल
आगो र पानीले जात भुले भने ?
झिल्को बनेर पानी चुल्होमा पुग्दो हो
कलकल बगेर आगो समुद्रमा मिसिदो हो
आहा ! कत्ति नजिक बग्ने थिए उनीहरु
एउटा बल्दा अर्को निभ्नै नपर्ने
साँच्चै उनीहरुको प्रेमको प्रतीक ‘बाफ’ बन्ने थिएन
आगो, आगो नै रहेर बाँच्थ्यो
पानी, पानी नै भएर बाँच्थ्यो
बस्, हटथ्यो त उनीहरुको जात
तातो र चिसोको जात !
यत्ति भुलिदिन उनीहरुलाई छुट भए त…
एउटा बाँच्दा अर्को मर्नै नपर्ने
एउटा नदी अर्को किनार बन्नै नपर्ने
त्यसैले त भुलेर जातलाई बाँच्नु छ तिमीसँग
तातो र चिसो जात भन्नेहरुकै अघि
मनतातो सम्बन्ध बनाएर बाँच्नुछ
त्यो पनि, जीवनको घाम डुब्नुअगावै
झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
