साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता २२ मा युवराज, नमूना र लक्ष्मण सर्वाेत्कृष्ट

साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

यस चरणमा साहित्यपोस्टले फोटो देख्नेबित्तिकै आएका भावहरूलाई लिपिबद्ध गरी कविता सिर्जना गर्न आह्वान गरेको थियो ।

bahulako diary small and inside post

यो साता युवराज भण्डारी, नमूना निराैला दाहाल र लक्ष्मण अर्याललाई उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार अङ्कुर, निलन कुमार थेचाेमी र शाेभा लामिछानेका कविताहरूले पनि राम्रो अंक प्राप्त गरेका थिए ।

प्रतियोगिताको रीत पुर्याई ११ वटा मात्र कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट दर्जन बढी कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्ट काव्य विभागले जनाएको छ ।

फोटो कविता प्रतियोगिताको २३ औँ शृंखला भोलिदेखि सुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविका कविताहरूः

प्रतिक्रिया
Loading...