धादिङ, गंगा-जमुना गाउँपालिकाका जगत तामाङ युवापुस्ताका सम्भावना बोकेका उदीयमान कलाकार हुन्। रङहरूसँग खेल्न पाउँदा साह्रै आनन्द र खुशी लाग्ने उनी बताउँछन् । २४ वर्षे तामाङका कला हेर्दा कुनै परिपक्व र व्यावसायिक कलाकारले बनाएको कलाभन्दा कम देखिन्न। चहकिलो र उज्यालो रङहरूमा खुलेको उनको क्यानभासले नै धेरै बताउँछ। अहिलेसम्म कहीँकतै कलाको औपचारिक अध्ययन नगरेका अनि स्वअध्ययनले नै आफू यहाँसम्म आइपुगेको जगत बताउँछन्। यध्यपि जेम्स मगरलाई उनी आफ्नो गुरू मान्दछन् ।

“कलामा जति गहिरियो उति डुब्न मन लाग्छ, सिक्न पर्ने धेरै बाँकी छ,” उनी भन्छन्, “जीवनमा यसैलाई नै व्यावसायिक रूपमा अँगालेर अगाडि बढ्ने सोच छ ।”

आउनुहोस् उनै युवा कलाकार जगत तामाङका सुन्दर कलाहरू अवलोकन गरौँः

जगत तामाङ