वर्ष सकिनै लाग्दा चर्चित व्यक्तिहरूले आफ्नो मनपर्ने पुस्तकहरूको सूची जारी गरेका छन् । खासगरी अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स, चलिचत्र अभिनेत्री रिजी विदरस्पून तथा अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रेजस्ता चर्चित व्यक्तिहरूले आफूले पढेकामध्ये मन परेका पुस्तकहरूको सूची जारी गर्ने गर्छन् ।

यस पटक पनि ओबामाले आफूलाई मन परेका पुस्तकहरूको सूची जारी गरेका छन् । त्यसो त उनले वर्षभरि हेरेका फिल्म तथा टेलिभिजन वा वेब सिरिजहरूको सूची पनि तयार पारेका छन् । तर साहित्यप्रेमीहरूका लागि भने हामीले यहाँ उनले जारी गरेको पुस्तकहरूको सूची यहाँ प्रस्तुत गरेका छौँ ।

ओबामाले सन् २०२० मा पढेका किताबहरूमध्ये, उनलाई मन परेका किताबका सूची आफ्नो आधिकारिक फेसबुक तथा ट्विटर पेजबाट सार्वजनिक गरेका हुन् ।

हालै उनको द प्रमिस्ड ल्यान्ड बजारमा आएको छ भने बेस्ट सेलरसमेत भइसकेको छ । उनले यस सूचीमा आफ्नो पुस्तक भने समावेश गरेका छैनन् । यी पुस्तकहरू रोचक रहेकाले आफूले जत्तिकै अन्य पाठकले रूचाउने अपेक्षा उनले गरेका छन् ।

होमल्यान्ड इलेजीज्- आयाद अख्तर

ज्याक – मेरिलिन रबिन्सन

कास्ट- इसाबेल विल्करसन

द स्पलेन्डिड एन्ड द भाइल – एरिक लार्सन

लस्टर – राभेन लेनानी

हाउ मच अफ दिज हिल्स इज गोल्ड- सि पाम झाङ

लङ ब्राइट रिभर- लिज मूर

मेमोरियल ड्राइभ- नतासा ट्रेटवे

ट्विलाइट अफ डेमोक्रेसी – एन एपलबम

डिकन किङकम – जेम्स म्याकब्राइड

द अनडकुमेन्टेड अमेरिकन्स – कार्ला कर्नेजो भिलभिसेन्सियो

द भेनिसिङ हाफ – ब्रिट बेनेट

द ग्लास होटेल – एमिली सेन्ट जोन मन्डेल

हिडेन भ्याली रोड – रोबर्ट कोल्कर

द मिनिस्ट्री फर द फ्युचर – किम स्टान्ली रबिन्सन

सार्क्स इन द टाइम अफ सेभिअर्स – क्वाई स्ट्रङ वासबर्न

मिसिनरिज् – फिल क्ले

यसैगरी हलिउड अभिनेत्री रिजी विदरस्पुनले पनि वर्षभरि पढेका अनेकन् पुस्तकहरूमध्ये राम्रा ४५ पुस्तकहरूको सूची सार्वजनिक गरेकी छन् । सन् २०१७ मा उनले रिजी विदरस्पुन बुक क्लब गठन गरेर औपचारिक रूपमा हरेक महिना उनले आफूलाई मन परेका पुस्तकहरूका बारेमा भिडियो बनाई इन्स्टाग्राममा पोस्ट गर्ने गरेकी थिइन् । उनको सो कार्यलाई सर्वसाधारणले यति रूचाए कि उनले त्यसपछि वर्षभरिका सुन्दर पुस्तकहरूको सूची नै जारी गर्ने गरेकी छन् ।

उनले मन पराएका पुस्तकहरू त पछि न्युयोर्क टाइम्स बेस्ट सेलरमा नै पर्ने गरेका छन् ।

उनलाई पुस्तक लिन र दिन अति मन पर्छ । त्यसैले उनले मान्छेको रूचि, उमेर र समूह हेरी पुस्तक उपहार दिन सकिनेहरूको सूची पनि बनाउने गर्छिन् ।

पछिल्लो समय उनले बिदाको याम शुरू भएकाले र यस्तो बिदाका बेला अमेरिकीहरू पढ्नमा नै बढी चासो दिने हुनाले उनले आफ्ना प्रशंसकहरूलाई सजिलो पारिदिएकी छन् । जसअनुसार ग्लेनन डोयलको अनटेम्ड, क्रिस्टी टेटको ग्रुप, अस्टिन च्यानिङ ब्राउनको आम् स्टिल हेयर पुस्तक पढ्नुपर्ने बताएकी छन् ।

रोमान्स समूहमा एड्रिन योङको फेबल, एरिका बउरमिस्टरको द सेन्ट किपर, यमिल सइद मेन्डेजको फ्युरिया पढ्न सुझाएकी छन् ।

यसैगरी नाटकीय उपन्यास रूचाउनेहरूका लागि लुसी फोलीको द गेस्ट लिस्ट, काइली रेइडको सच अ फन एज, लिया जोन्सनको यु सुड सी मी इन अ क्राउन पढ्न सल्लाह दिएकी छन् ।

ट्राभल डायरीको सूचीमा अमान्डा आयर वार्डको द जेटसेटर, एडविग डान्टिक्याटको एभ्रिथिङ इन्साइड, पिस एडजो मेडीकत्र हिज वन्ली वाइफ अरूलाई पढ्न उपहार दिँदासमेत हुने बताएकी छन् ।

इतिहास पढ्न रूचाउनेहरूका लागि स्यारोन क्यामरनको द लाइट इन हिडन प्लेसेज र अल्का जोशीको द हेना आर्टिस्ट पढ्न सुझाएकी छन् ।

यता दुई दशकदेखि पठन संस्कृति बढाउन भूमिका खेलिरहेकी चर्चित टेलिभिजनकर्मी ओप्रा विन्फ्रेले भने उनको बुक क्लबमार्फत वर्षभरिका ८४ पुस्तकहरू पढ्नैपर्ने सूचीमा राखिदिएकी छन् ।

जसमा इसाबेल विल्करसनको बहुचर्चित कास्ट, जेम्स म्याकब्राइडको डेकन किङ कङ, रोबर्ट कोल्करको हिडन भ्याली रोडः इन्साइड द माइन्ड अफ एन अमेरिकन फ्यामिली, जेनी कमिन्सको अमेरिकन डर्ट, एलिजाबेथ स्ट्रउटको ओलाइभ अगेन, ता नेहिसी कोट्सको द वाटर डान्सर, मिसेल ओबामाको बिकमिङ, एन्थनी रे हिन्टनको द सन डज साइन, तयारी जोन्सको एन अमेरिकन म्यारिज, इम्बोलो एम्बुको बिहोल्ड द ड्रिमर्स पुस्तक परेका छन् । यसबाहेक अन्य पुस्तकहरूको लामो सूचीसमेत रहेको छ ।

यस्तै माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले २०२० मा पढेका मध्ये आफूलाई मन परेका पाँच पुस्तकहरूको नाम जारी गरेका छन् ।

उनले बन्दाबन्दीका कारण अन्य समयभन्दा यस पटक बढी पुस्तकहरू पढेको उनले बताएका छन् । उनले यस पटक बढी मात्र होइन, विविधतापूर्ण पुस्तकहरूतर्फ ध्यान दिएको समेत जनाएका छन् । खासगरी अमेरिकामा मध्य अप्रिलपछि चर्किएको ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका कारण काला जातिहरूको समस्या बुझ्न आफूले बढीभन्दा बढी काला जातिका लेखकहरूले लेखेका पुस्तकमा ध्यान दिएको समेत बताएका छन् ।

उनलाई मन परेका पुस्तकहरूको सूची यस्तो छः

१. द न्युज जिम क्रोः मास इन्कारसेरेसन इन द एज अफ कलरब्लाइन्डनेस (मिसेल अलेक्जेन्डर)
२. रेन्जः ह्वाई जेनेरलिस्ट ट्रम्फ इन अ स्पेसलाइज्ड वर्ल्ड (डेभिड एप्स्टिन)
३. द स्पलेन्डिड एन्ड द भाइलः अ सागा अफ चर्चिल, फ्यामिली एन्ड डिफाइन्स ड्युरिङ द ब्लिज (एरिक लार्सन)
४. द स्पाई एन्ड द ट्रेटरः द ग्रेटेस्ट एस्पिओनेज स्टोरी अफ कोल्ड वार (बेन मेरिन्टायर)
५. ब्रिथ फ्रम साल्टः अ डेड्ली जेनेटिक डिजिज, अ न्यु एरा इन साइन्स एन्ड द प्यासेन्ट्स एन्ड फ्यामिलिज हु चेन्ज्ड मेडिसिन (बिजल पि. त्रिवेदी)

प्रस्तुतिः सुजन तिमल्सिना