आज हामी शिक्षक, ग्राफिक कलाकार तथा ल्यान्डस्केप पेन्टर भ्लादिमिर मेन्कका सिर्जनाको आस्वाद गर्नेछौँ ।
मेन्कको बहुपरिचय भए पनि खासगरी उनी ल्यान्डस्केप चित्रकारका रूपमा विशेष परिचित छन् । सन् १८८० ताका नै उनले मोर्निङ इन द स्वाम्प शीर्षकको चित्रकलाबाट त्यसबखतको चर्चित पुरस्कार हात पारेका थिए । त्यो बेला उनी भर्खर चित्रकारितामा बामे सर्दै थिए । उनको चित्रकला त्यसबेलाका प्रख्यात चित्रकलाका संकलक तथा व्यापारी पिएम त्रेत्याकोभले निजी संकलनमा राखेपछि उनी चर्चामा आएका थिए ।
त्यसयता मेन्कले नियमित रूपमा विभिन्न ठाउँमा आफ्ना चित्रकला प्रदर्शनीहरू गरिरहे । उनका तिनै प्रख्यात चित्रकलाहरूमध्ये केही आज हामी यहाँ अवलोकन गर्नेछौँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला