साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लाटो पहाडसँगको प्रेम

Chovar Blues Mobile Size
बुकाहोलिक्सको फेसबुक ग्रुपमा बारम्बार चर्चा भइरहने किताबमध्ये एक हो ‘लाटो पहाड’ । पहाड शब्द सुन्दै मात्र पनि मलाई आनन्द आउँछ । चाहे त्यो पहाड लाटो होस् वा बाठो । उसै पनि म पहाडसँग गहिरो प्रेममा छु ।
उपेन्द्र सुब्बाका कविताहरु थुप्रै पढेको छु । केही त सुनेको र युट्युबमा हेरेको पनि छु । उनको बोल्ने तथा लेख्ने शैली र सरल शब्दको प्रयोगले म सधैँ कायल हुन्छु । उपेन्द्र सुब्बाका कविताहरु एकदमै सरल र बिन्दास लाग्थे । के त्यस्तै स्वाद पाइएला त कथाहरुमा पनि ? जसरी कविताले पुर्याउँथे बिगतसम्म डोहोर्याएर, त्यसैगरी डोहोर्याउलान् त कथाहरुले ? यिनै प्रश्नहरुको उत्तरको खोजी हो यो पुस्तक र गाउँले परिवेशको प्रेम पनि ।
====
सायद म कक्षा ७ मा पढ्थेँ, खै कसले मेरो नाम दियो कुन्नि ? पत्रमार्फत् क्रिश्चियन धर्म र बाइबलसम्बन्धी थुप्रै हाते पुस्तकहरु मेरो नाममा आउँथे । त्यतिबेला गाउँघरमा बाइबल पढ्यो भने बहुलाइन्छ भन्ने गरिन्थ्यो, सकेसम्म आमाबाउले पढ्न दिँदैनथे । तर ती पुस्तकहरुका शीर्षक नै रोचक, पढ्न मन लागिहाल्ने । त्यही भएर म लुकेर पढ्ने गर्थेँ ।
sagarmani mobile size
सन् २०१६/१७ ताका दक्षिण कोरियाको बसाईको क्रममा म निक्कै लामो समयसम्म चर्चको सम्पर्कमा रहेँ । कम्पनी परिवर्तनको क्रममा बेरोजगार हुनुपरेको लगभग १ महिना अवधिमा त्यहाको चर्चले मलाई गरेको सहयोगलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।

एक दिन पास्टरले मलाई धर्म परिवर्तन गर्न सल्लाह दिनुभयो, तर म धर्म परिवर्तन गर्ने पक्षमा थिइनँ । आखिर मेरो मन धार्मिक नै थियो । परिवर्तन गनुपर्ने त पाप पो हो त, धर्म किन परिवर्तन गर्नु ?

विवेक धिमाल
पछि मैले नयाँ कम्पनीमा काम गर्न थालेँ । त्योबेला म महिनामा २ पटक चर्चमा गएर प्रार्थना गर्दथेँ । मैले कम्पनीको काम र साहुको टर्चर बिर्सेर कसरी शान्त बन्न सकिन्छ भन्ने कुरा त्यहीँबाट सिकेको हुँ । खाना खाने बेलामा वा त आफूलाई सानोतिनो खुसी मिल्दासमेत भगवानलाई धन्यवाद दिनु तथा दुःख वा समस्या आइपर्दा भगवान मेरो साथमै हुनुुहुन्छ भन्दै हरेस नखानु, कम्ता आनन्दको कुरा होइन । मैले केहीहदसम्म सकारात्मक तरिकाले बाँच्न त्यहीँबाट सिकेँ ।
एक दिन पास्टरले मलाई धर्म परिवर्तन गर्न सल्लाह दिनुभयो, तर म धर्म परिवर्तन गर्ने पक्षमा थिइनँ । आखिर मेरो मन धार्मिक नै थियो । परिवर्तन गनुपर्ने त पाप पो हो त, धर्म किन परिवर्तन गर्नु ? प्रचार गर्ने वा मान्ने तरिका गलत होलान् तर कुनै पनि धर्म गलत हुँदैन भन्ने मेरो ठम्याइ थियो र छ ।
‘प्रभु माइला’ कथा पढेपछि आजकल गाउँघरमा धर्म प्रचार गर्दै हिँड्ने माइलाहरु सम्झिएँ । अलि साेझा मान्छे परे त मेरो धर्मचाहिँ धर्म तेरो धर्मचाहिँ सैतानको खेल भन्दा पनि सहेर सुन्लान् । कोक्मा ठूलेजस्तै अलि झ्वाँकी मान्छे परे भने त प्रभु माइलाको जस्तै हालत बनाउन पनि सक्छन् ।
+++
के तपाईँले बाल्यकालमा मासु खान दशैँ नै पर्खिनु पथ्र्याे ? वा त मासु पकाएको दिन दशैँ आएजस्तो हुन्थ्यो ? कतिपय गरिबको घरका लागि मासु र दशैँ पर्यायवाची शब्द हुन् । घरमा कुखुरा पालेका छन्, ती काटेर खानलाई हुन्थ्यो कि बेचेर घरखर्च चलाउनका लागि हुन्थ्यो ? एउटा भाले, मात्र एउटा भालेले एउटा गरिब परिवारका धेरैवटा गर्जो टार्ने क्षमता राख्न सक्छ । तर बिर्खेको खुङ्खार भालेले केही गर्जो टार्छ त ? खुङ्खार भालेको कथा सोचेभन्दा बढी नै खुङ्खार छ ।
+++
तपाईँले छोरा जन्माउने आशमा कतिचोटि अबोर्सन गराउनुभएको छ ? अथवा आकस्मिक रुपमा बसेको गर्भलाई अबोर्सन गराउनुभएको त पक्कै होला ! तपाईँलाई आजकल लाग्दैन ? त्यो अबोर्सन गरेको सन्तान आफूसँग भएका सन्तानहरुभन्दा अझ गतिलो वा त राम्रो हुुन्थ्यो होला भन्ने लाग्छ होला नि है ! यदि छैन भने पनि ‘ऐठन’ कथा पढेपछि तपाईँलाई सोच्न बाध्य बनाउनेछ ।
+++
एउटा समय थियो मेरीबास्सै टेलीसिरियलले खुब हँसाउथ्यो । मेरीबास्सै आउने समय अगावै घरका सबै काम सकाएर टिभीको अघिल्तिर परिवारका सबै जना जमघट भइसकेका हुन्थे । त्यो दिन सकेसम्म एन्टेना नहल्लियोस् भनेर दिउँसै मिलाइएको हुन्थ्यो । अरुबेला जे–जस्तो भए पनि हप्तामा एकदिन मज्जाले हाँस्न पाइन्थ्यो । तर आजकल हत्तपत हाँस्न पाइन्न । कि त मान्छेलाई दुःख दिइएर बनाइएका प्राङ्क भिडियो हेर्नुपर्यो, कि त सँगै हिँड्दैगरेको साथी चिप्लेर लड्नु पर्यो, बस । तर ‘नसपाते बूढा’ पढ्दाखेरि त मज्जाले हाँस्न पाइने रैछ, जसरी नसपाते बूढो हाँस्छ । त्यसरी नै बोल्न मन लाग्ने रैछ, जसरी नसपाते बूढो बोल्छ ।
+++
हाम्रा बाउबाजेले जतिधेरै बिहे गर्थे उति नै मर्द कहलाउथेँ रे । कमै थिए होलान् एउटामात्र बिहे गर्ने हजुरबाहरु । मानसिं त्यस्तै थियो, मर्दका दसोटी स्वास्नी भन्थ्यो । कसैले सम्झाउँदा मानेन । मानसिंकी जेठी स्वास्नीबाट पहिलो सन्तान छोरी जन्मेको वर्ष दिन नबित्दै उसले कान्छी स्वास्नी घर भित्र्यायो । कान्छी भित्राएपछि मानसिंले दुईवटी बूढीलाई कसरी मिलाएर राख्यो ? दुईवटी स्वास्नीमा कुनचाहिँले बढी माया गरे होला ? उसले फेरि बिहे गर्न मन गर्ला कि त्यतिमा चित्त बुझाउला ? ‘मानसिंको चैते दशैँ’ कथा यस्तै यस्तै प्रश्नको वरीपरी घुम्छ/घुमाउँछ ।
+++
रतुवा खोला किनारमा भुटानी शरणार्थाीहरु बसोबास गर्छन् । गिट्टी कुटेर गुजारा चलाउँछन् । त्यसैगरी गुजारा चलाउँछ निचुले कान्छा र उसको परिवार । एक दिन ढुंगा खन्दै गर्दा निचुले कान्छाले बहुमूल्य मानिने एउटा हरियो ढुंगा भेट्छ । त्यसपछि कथा थप रोचक बन्दै जान्छ । के निचुले कान्छाले त्यो ढुंगा बेचेर मनग्य आम्दानी गर्ला त ? अब उसका दिन सुखका साथ बित्लान् त ? उसको गिट्टी कुटेर गुजारा गर्नुपर्ने दिन गएकै हो त ? कथाले थुप्रै शंका उपशंका बोकेर अगाडि बढ्छ ।
+++
संग्रहका सबै कथाहरु यति बिन्दास छन् कि, कथासँगसँगै आफूलाई त्यही ठाउँमा पुगेजस्तो लाग्छ, पात्रहरुसँग आफू पनि भएजस्तो लाग्छ । सरल भाषाशैली र लवजले पाठकलाइ मन्त्रमुग्ध बनाउँछन् पनि ।
मलाइ लाग्थ्यो पहाडको यात्रा गर्दै लाटो पहाड पढौँ । यस संग्रहलाई धनकुटाको हिलेमा लगेर कुहिरोको सिरक ओढाइदिउँ । लेगुवा हुँदै भोजपुरसम्मको भ्रमण गराउँ । पाँचधारेको पानी खाएर टेम्के डाँडाको उकालो हिडाउँ, जसले मेरो ब्याकप्याकको पछाडि बसेर हेरोस् बाठो पहाड ।  तर त्यो तत्कालै सम्भव हुन सकेन । अन्ततः यो किताबले विराटनगरको एउटा बन्द कोठाभित्रबाटै मलाई पहाडको यात्रा गरायो ।
प्रतिक्रिया
Loading...