साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।
यस चरण (एक्काईसाैँ) मा साहित्यपोस्टले ‘नारी’ अथवा ‘पुस्तान्तरण’ शीर्षकमा फोटो देख्नेबित्तिकै आएका भावहरूलाई लिपिबद्ध गरी कविता सिर्जना गर्न आह्वान गरेको थियो ।
यो साता कुसुम वाइबा (मेरी आमाको पटुकी), डा. सुरज निराैला (छाेरी, आमा र स्मृति) र देवेन्द्र श्रेष्ठ (नारी) लाई उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालाका अनुसार कतिपय कविताहरू निक्कै राम्रा भए पनि दिएको विषयभन्दा फरक भावमा भएका कारणले प्रतियोगिताको प्रतिस्पर्धामा समेल गराइएनन् ।
प्रतियोगिताको रीत पुर्याई २३ कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट पनि केही कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्ट काव्य विभागले जनाएको छ ।
फोटो कविता प्रतियोगिताको बाईसाैँ शृंखला भोलिदेखि सुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविका कविताहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।