मध्यरातको यस्तै कुनै क्षण गस्ती लगाइरहेका सिपाहीहरु डाउन भएर बेवारिस कुकुरहरु कुट्दै आइरहेको बेला हामी बजारको बीचमा रहेको ज्ञानज्योति पुस्तकालयमा हुन्छौँ । जसमा कोकशास्त्रको मात्र ठूलो भाग भएकाले तीन सेट राखिएको थियो, तर हाल ती सबै सेट आजीवन सदस्यहरु (यस्ता सदस्यहरु जसलाई कहिल्यै सदस्य बनाउन सकिँदैन) बाट नफर्काइएकाले अप्राप्य छ । यसरी पाँच हजार पुस्तकहरु हेर्दाहेर्दै ५० वटा जति पनि बाँकी रहन गएको छैन । बाँकी रहेका पुस्तकहरूमा कविप्रसाद गौतमद्वारा लेखिएका राधाकृष्ण मिलनसम्बन्धी एक दुई भजनका पुस्तकहरु उल्लेख्य छन् । ५० मध्ये पनि धेरैजसो बेलामौकामा निक्लेका पम्प्लेटहरु, पुस्तकका कभरहरु मात्र हुन् । देश र विदेशको कुनै पनि पत्रपत्रिका आउँदैन । पुस्तकालयको वरिपरि त्यति फोहोर छ, जति काठमाडौँका मन्दिरहरुका वरिपरि हुन्छ । वास्तवमा पुस्तकालयको वरिपरि खालि रहेको जग्गालाई सम्पूर्ण बजारका मानिसहरुले सार्वजनिक शौचालयको रुपमा विकसित गरे । झारहरु बढेर ठ्रयाम्मै थाहा नपाइने भैसकेको छ र बाटो आफैँले पहिलाउनु पर्छ मानो कोलम्बस प्रथमपल्ट इण्डिया खोज्न हिँडेको छ । मानो यो यात्रा भास्को डी गामाको पूर्वतिर यात्रा हो– अनिश्चित र सङ्कटपूर्ण ! काँचका टुक्राहरु, फुटेका बोतलहरुको थाक, फोहोर हिलो, काँडा र सिरिसे सर्पहरुबाट जोगिएर बल्लबल्ल पुस्तकालयको ढल्न लागेको ढोका समात्न पुगिन्छ । एकदुई पुस्तक राख्ने आलमारि र एकदुई बेञ्चीबाहेक श्रीसम्पत्ति केही छैन । धुँवाको कालो, जताततै पोतिएको सिँगानका धब्बाहरुले केही नदेखिने ‘एब्स्ट्रयक’ भित्ताभरि अन्तर्राष्टिय भाषामा धेरै कुरा लेखिएका छन् । हरे राम , राम राम देखि लिएर काठमाडौँका शौचालयहरूमा लेखिनेजस्ता सम्पुर्ण अश्लील शब्दकोश ! र हामी यो मध्यरात रक्सीले टन्न मातेर पुस्तक पढन् यहाँ जम्मा भएका थिएनौँ । यसपालि हामीले ‘मुकुन्दे-इन्दिरा’ नाटक गरेर पैसा कमाउन रिहर्सल गर्ने ठाउँ यही पुस्तकालयलाई बनाएका थियौँ । दिनहुँ रिहर्सलका लागि हामी साँझ पर्नासाथ बोतलसहित त्यहाँ जम्मा हुन थाल्थ्यौँ र कहिलेकाहीँ यस्तो रिहर्सल रातभर भइनैरहन्थ्यो ।
पुस्तकालयभित्र कुनैबेला नाटक गर्दा काम लागेका हाल जीर्ण धुजा–धुजा भइसकेका पर्दाहरु, पाल र छेकाहरु ओढेर कुनै न कुनै मगन्ते बुढी, वेश्ये, अघोरी बानी व्यहोराका सिकारु बैरागीहरु, विकलाङ्ग सिद्व, बौलाहा, महारोगी कसैलाई पनि सुतिरहेको, बसिरहेको देख्न सकिने सम्भावना भइरहन्छ । त्यसैले पनि काम नभएको बेला यहाँ नाटकको रिहर्सल नै त्यहीँ हुने भएकाले र आफुले समेत आफुले पात्रमा भाग लिएकोले त्यहाँ हरेक दिन राति पुग्नु मेरो दिनचर्यामा गाँसिएको छ । म, स्थानीय स्कुलको एउटा मास्टर जँड्याह र अल्लारे युवक !
सधैँको भन्दा आज म अलिक अबेर परेर पुस्तकालयतिर लाग्छु । मैले आज निकै नै रक्सि खाएको छु । रक्सी लागेकै झोँकमा बजार त्यसै घुमेको घुम्यै गरेर रिहर्सलका लागि आइपुग्दा झण्डै रातको १० बजिसकेको म अन्दाज गर्छु । रिहर्सल हुने ठाउँ नै यस्तो छ जहाँ रक्सी नलागि जाने कल्पने गर्न सकिन्न । छामछाम छुमछु गरेर म पुस्तकालयअगाडिको चौरमा पुग्छु । रक्सी लागेकोले म एकदम निडर र फस्याईलो अवस्थामा छु । चौरमा उभिएर चुरोट सल्काउँछु र पिसाब फेर्न लाग्छु । रिहसर्ल सुरू भइसकेको रहेछ । मेरो कानमा वार्तालाप ठोक्किन आईपुग्छ– भव–मुकुन्द संवाद–
भव– कताबाट तिमी, तिम्रो पुज्य ती पुरखाहरु कताबाट ?
मुकुन्द– जताबाट मत्स्यर् कुर्म बराह र ।
सिंह आए उतैबाट आए यी नर वानर ।
हामी आयौँ जताबाट हाम्रा मित्रहरु पनिः
आए सारा त्यतैबाट शत्रुहरू पनिः
बीचमा– शत्रु मोरा हो–मार्न लागयौँ नि !
एकबाट फुटी आयौँ जोडिन्छौ सब एकमा ।
बटो छैन कुलो छैन न छ आकाश मार्ग नै ।
बीचमा– ऐया ! ऐया !! मारे नि ! बाबै !
जता हेर्यो उतै खालि एउटै ठाउँ मात्र छ ।
तथापि जान जान्दैनन् कोही कोही त्यसै पुरो ।
हो यताबाट नै त्यो कताबाटको पनि ।
बाजे, अनि कताबाट ?
बीचमा– कताबाट सोधने राँडीका छोरा हो ! यत्रो दिन केही भएन
आज के को कताबाट पिशाच हो कुकुर हो–
सामूहिक हाँसो । मभित्र पस्न डराउँछु । भित्र केही अप्रिय घटित भइरहेछ भन्ने मलाई लाग्छ । त्यो बीच-बीचमा कुनै आइमाई स्वर आइरहेछ जसले सारा वातावरणमा भय, रहस्य र रोमाञ्च छरिरहेछ । फेरि रिहर्सल सुरु हुन्छ–
भव– (ठुलो स्वरमा ) धत् के लागु अझै पनि गएको छैन ?
देख्तामा यत्नसाध्य थियो हिजो ।
कष्ट साध्य भयो आज, अहिले त असाध्य भो ।
मुकुन्दे- कल्लाई ।
भव- यसरी बिग्रयौ होला भन्ने त रुपको स्वप्नको स्वप्नभित्रै कहाँ थियो होला ! के सपना देखे तिमीजस्तै भयानक । उनी बाँचिरहन्थे र ?
मुकुन्द– को बिग्रियो ? को भयानक ?
जस्तो जीवन निम्ति मृत्यृ हुन्छ भयानक,
त्यस्तै त्यो मृत्यृको निम्ति जीवनी नै भयानकः
भव– के शान्ति छ तिमीलाई ?
मुकुन्द– जरुर !
बीचमा– ऐया बाबा ! कतिजना ? मरेँ नि बाबा !
ऐया मरेँ नि… हुँ हुँ हुँ रुवाइएको प्रचण्ड स्वर
ठूलो स्वरमा निकै ठूलो आर्त स्वरमा उक्त स्त्री–स्वर आउँछ । मलाई त्यो आवाज कहाँ कहाँ चिनेजस्तो लाग्छ ।
म कान थापेर सुन्न लाग्छु । यो कस्तो रिहर्सल भइरहेछ ? नाटकका एकदम आभिजात्य संस्कृत शब्दहरूको गम्भीर वाणीका बीचमा यो एकदम ठेट झर्रो भाषामा को रोई–रोई सारा नाटकको पात्रहरुलाई सरापिरहेछ । को ?
एकक्षण रिहर्सल बन्द हुन्छ ह्वाँ ह्वाँ रोएको ठुलो स्वर र ठसठस्ती कनेको अँ अँ जस्ता स्वरहरु वातावरणमा गुन्जिरहन्छन् । मलाई लाग्छ यो स्वर सारा बजार ब्यूँझाउने गरि बाहिर पुगिरहेछ । अब सारा मानिसहरु यहाँ जम्मा हुनेछन् । केरकार हुनेछन । भाग्नु बेस हो भन्ने निष्कर्ष निकाल्छु । फेरि लाग्छ सबै त आफ्रनै साथी हुन्र अब जे पर्ला एकछिन सुनिहालुँ न ! बजारको कुनै पनि झ्रयाल खोलियजस्तो मलाई लाग्दैन । कुन्नि कुन एक जनाले झयाल खोलेर बाहिर खका¥यो । मैले वास्ता गरिनँ । म उठ्रनै नसक्ने गरि पुस्तकालयको ढोकामा थ्याच्च बस्छु ।
एकैछिनपछि मानुँ ससारका सारा बाद्ययन्त्रहरु एक्कासि बज्न लागे । मादल, तबला, हार्मोनियम, बाँसुरि, गिटार, मुरील सबै । एकदम कोलाहलसित बाजाहरु बजिरहेछन्र । रिहर्सल आफनो प्रचण्ड यौवनमा छ । सारा बजारको नाक ठाडो राख्ने नाटकको रिहर्सल भइरहेछ । ठट्टा होईन भनने पारामा बाजाहरु एकअर्कासँग जुधिरहेछन्र । बीच–बीचमा ह्वाँ–ह्वाँ -कहालि-कहालि रोइरहेको आवाज पनि कनेको आवाज पनि बाजासँग मिस्सिएर आइरहेछ । एउटा अर्को बाजाजस्तो, एउटा नयाँ बाजाजस्तो भएर । यो बाजाहरुको सिम्फोनीमा मेलोडियस (कारुणिक) स्वर घुस्न आइपुगेर होला मलाई ती सम्पुर्ण बाजाहरु एकै स्वरले चिच्याई–चिच्याई रोईरहेजस्तो लाग्छ । मुकुन्द–इन्दिरा नाटकका अप्ठ्यारा जिब्रो फट्रकार्दै बोल्नुपर्ने कथोपकथन बीचैमा टक्क रोकिएर किन यी सारा बाजाहरु बजिरहेछन् ? मगजले सोच्न सकिरहेको छैन । बाजाहरुको बीचमा चर्को ‘एैया मरेँ नि राँडीका छाउरा हो’ जस्ता कर्णकटु गालीहरु सुन्नु परिरहेछ ? बाजा, गाली र रुवाईका शब्दहरु मिक्सर भएर, घोलिएर यत्रतत्र ठोक्किरहेछन्र । एकछिनसम्म यिनै के हो के होईन भन्ने अत्यन्त अनिश्चयात्मक वातावरणमा रुमल्लिएपछि मलाई लाग्छ- कसैले इन्दिरामाथि हातपात गरिरहेछ, बलत्कारको रिहर्सल गरिरहेछ । रिहर्सलको बीच कुनै आइमाई अत्यन्त सकसका साथ बल गरिरहिछ र ऊ हार्दै गइरहिछ । एक्कासि घुँक्क–घुँक्क गरिरहेको हिक्काले मलाई पनि प्रबल आकर्षणका साथ तानिरहेछ । म भित्र लर्ख्राउँदै पस्छु । स्थिति मेरोसामु स्पष्ट हुन्छ ।
कान्छी । भद्दा, काली अनाकर्षक जीउडालकी कान्छी नजिकैको गाउँबाट कुन्नि कुन पीरले छटपटाएर बजारमा रल्लिएकी अधबैँसे आइमाई ! कान्छीलाई मान्छेहरु बौलाहिनी ठान्छन्र । किनभने कहिलेकाहीँ कान्छी दिनभर मेला–पर्वमा गाइने झयाउरे गितहरु गाएर नाचिरहन्थी । कसैले खिज्याएमा पनि वास्ता नै नगरि बजारको एक छेउदेखि अर्को छेउसम्म दौडिरहन्थी । कहिले कुनै खालि कागज टिपेर जताततै बाट हेर्थि मानौ कुनै आधुनिक कलासमीक्षकले कुनै अमुर्त चित्रलाई हेरिरहेको होस् र आफना सम्पूर्ण कुराहरु चिठ्ठीको रुपमा व्यक्त गर्दथी यद्यपि कुनै कुरा राम्ररी बुझिँदैन । र उसको अर्को पक्ष पनि छ । ऊ जसले अह्राएको काम पनि गर्दथि र महिला वर्गमा लोकप्रिय हुँदै गएकी थिई । वास्तवमा मान्छेहरुलाई उसको कुरा सुन्ने फुर्सद नै थिएन । मान्छेहरु उसका फुकेका सुन्निएझैँ लाग्ने नितम्ब हेरेर खिस्स हाँस्दथे । बजारका सम्पूर्ण साहूहरु, विद्यार्थीहरु, शिक्षक, नेताहरु कान्छीलाई राम्ररी नै चिन्दथे । त्यही पुस्तकालय जहाँ नाटकको रिहर्सल भईरहेछ, यौन–अपराधको रिहर्सल पनि भईरहेछ । सामुहिक बल्तकारको दृश्य मेरा आँखासामु प्रष्टिन्छ । नाटकका हिरो, हिरोका साथीहरु, रुपनारायण्, भवदेव सबै बल्तकारमा जुटेका छन् ।
कान्छी चिच्याई–चिच्याई रोइरहेकी छ, कहिले अत्यन्त कष्टमा कन्न थाल्छे हँ हँ हँ । आफनो असन्तुलित मानसिकताको बीच ऊ आफुमाथि के भइरहेको छ त्यो बुझ्छे । नत्र यत्रो कोलाहल गरेर रुनुको कुनै अर्थ थिएन । रक्सीले लठ्ठिएका मेरा आँखाहरु कान्छीका नग्न काला तिघ्रा, नीला स्तनतिर टोलाउँछन् । मभित्र बलात्कारको प्रचण्ड, तीव्र र हिँस्रक आगो बलिरहेछ ।
बाजा बन्द हुँदैन; त्यो झन् चर्को भएर बज्न थाल्छ । उसको चर्को रुवाइले घरमा स्वास्नीहरुको निद्रा नखल्बल्लियोस् भनेर त्यो स्वरलाई खर्लप्प ढाकेर गिटार, तबला, हार्मोनियमको सुरमा ४/५ जना स्थानीय गायकहरु अलि पर सुकुलमा बसेर गाइरहेछन् । सायद उनीहरु दोस्रो राउण्डका लागि निर्धारित छन् । झट्ट हेर्दा वातावरण बडो सङ्गीतमय लाग्छ । एकपछि अर्को कलाकार रिहर्सलको पर्दाबाट भित्र पसिरहेछ र अर्को छेउतिरबाट अर्को निक्लिरहेछ । नाटकको हिरोको सिफारिसमा बाजा बजाइरहेका नामुद–जँड्याहाहरुको धकेलाईबाट हुत्तिएर म पनि भित्र पुग्छु जहाँ कान्छी निवस्त्र नाङ्गै लडिरहेकी छ ।
दृश्य अविस्मरणीय छ । कान्छीलाई उत्तानो पारेर लडाइएको छ । चारजना पूर्व परिचित पात्रहरु त्यहाँ तैनाथ छन् । खसी काट्न लागेको दृश्यजस्तो देखिन्छ । एकजनाले उसको टाउको जोडले थिचिरहेछ । दुईजनाले दुई खुट्टा फट्टाएर समातेका छन् । एक जना कान्छीलाई जसरि पनि लडिरहने। उत्तानो परेर लडिरहन बल प्रयोग गर्ने एक्स्ट्रा रहेछ । नाटकका हिरोहरुले र मण्डलीका अन्य सदस्यहरुलाई सहयोग गर्न ऊ दत्चित्त छ ।
कान्छीको गुप्ताङ्ग केशराशिले छोपिएजस्तो झट्ट हेर्दा लागे पनि योनिका भित्ताहरु रगतले लथपथ भएजस्तो भुक्क उठेका देखिन्छन् । चौथो एक्स्ट्राले मलाई एक हातले समात्छ र कान्छीमाथि तान्छ । म कान्छी माथि लड्न पुग्छु । ऊ भन्छ ‘छिटो छिटो मास्टर’ ।
मलाई रक्सीले झन् झवाम्म छोप्छ । जेरी र रक्सी खाएको के कम लाग्थ्यो ? कता तिघ्रा कता गुप्ताङ्ग, कता स्तन केही होशै रहँदैन । म त आफ्नै लुगा खोल्न पनि बिर्सदोरहेछु । कताबाट सुरु गर्ने त्यसको समेत मलाई ज्ञान छैन । को कहाँ छ ? मुख्यतः दिशाज्ञान नै छैन । म टाउकोतिर छु कि तलतिर त्यो समेत मलाई थाहा छैन । म त्यसै केही नगरी ऊ माथि लडिरहन्छु । भन्छु, ‘ओह ! क्या रक्सी लागेछ ।’ चार महाँपुरुषमध्ये एक हाँस्छ–
‘मास्टरले आजै साह्रै हँसायो । सित्तै पाए यो चार माना धोक्छ । चाल यस्तो छ ।’
अर्को महापुरुष आदेश दिन्छ, ‘मास्टरको लुगा फुकाल–दुवै मगज सन्केकाहरुलाई नाङ्गै सुता मोज आउछ ।’
म नाङ्गिन्छु । म कोसिस गर्छु तर अँह केही पनि गर्न सक्तिनँ । कुनै अर्को महापुरुषले मेरो लिङ्ग समातेर तान्छ । मलाई असाध्य दुख्छ । म उत्तैतिर सोहरिन्छु । मेरो गुप्ताङ्ग कसैले योनिनजिक लगेजस्तो लाग्छ । मलाई गन्धहरुले घेर्छ । कान्छीको सम्पूर्ण जिउ ह्वास्स गह्नाइरहेछ म औँलाहरुले उसको योनि छुन्छु चिसो मरेको सर्पजस्तो ! औँलामा वीर्य लटपटियको छ । उसको योनि-केशहरुसँग खेल्न थाल्छु । कसैले मलाई उचालेर फ्याँक्छ– कुकुरका छाउराहरुलाई टाउका समातेर तानेझैँ । म घरतिर दौडन्छु आवेशमा र सम्पुर्ण बजारलाई थाहा हुन्छ मैले आज बलात्कार गरेको छु र सम्पूर्ण बजार मलाई थुक्न थाल्छ ।
मलाई पतीत, भ्रष्ट र दुराचारीको आरोप लगाइन्छ । सबैको ढोका मेरालागि बन्द हुन्छ ।
कोहि पनि मेरो कुरा सुन्न चाहिरहेका हुन्न । सबै मबाट जोगिएर भ्रष्ट हुनुबाट जोगिन खोजिरहेछन् । म जागिरबाट राजिनामा दिन बाध्य हुन्छु र सडकमा उत्रन्छु ।
(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्त्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।
उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु ।
सङ्ग्रह लाेकप्रिय भए पनि नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे आग्रहमा सङ्ग्रहमा रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ क्रमशः प्रकाशित गर्ने याेजना छ ।
प्रमोद प्रधान
यौनकथा सम्पादक
साहित्यपाेस्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।