३७ वर्षीय मिहिनेती र लगनशील कलाकार विक्रम प्रजापति मध्यपुर थिमिका बासिन्दा हुन्। ललितकला क्याम्पसबाट कलामा स्नातक गरेका प्रजापति विगत दुई दशकदेखि कलाक्षेत्रमा लागिपरेका छन् । हालसम्म पनि कलालाई नै आफ्नो मुख्य पेसाको रूपमा अपनाएका छन् । प्रायःजसो कला गतिविधिहरूमा उनको राम्रै संग्लग्नता देख्न सकिन्छ।
प्रजापति शङ्खधर एसोसिएसन अफ फाइन आर्ट (साफा) र स्याटर्डे प्लेन एअरजस्ता कलासम्बन्धी संस्थाहरूमा सक्रियरूपमा आबध्द छन् । उनी चित्र मात्र सिर्जना गर्दैनन्, व्यावसायिक ट्याटु आर्टिस्टका रूपमा पनि व्यस्त छन् ।
कला प्रदर्शनीको सिलसिलामा विभिन्न देश भ्रमण गरिसक्नुभएका प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा भाग लिएर विभिन्न पुरस्कारहरु समेत हात पारिसकेका छन् ।
राम्रो कला सिर्जना गर्नसके कलाबाटै मनग्य आम्दानी गर्न सकिने र कलामा नाम र दाम दुवै हुने कलाकार विक्रम प्रजापति बताउँछन् ।
आउनुहोस्, आज हामी कलाकार विक्रमका उम्दा कलाहरू नियालौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।