साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूसी ल्यान्डस्केपकी पायोनियर

Chovar Blues Mobile Size

मस्को स्कुल अफ पेन्टिङ एन्ड स्कल्प्चरका संस्थापक योगोर माकोभ्स्कीकी जेठी छोरी अलेक्सान्द्रा माकोभ्स्काया (१८३७-१९१५) १९ औँ शताब्दीकी एक चित्रकार थिइन् । योगोरले आफ्ना चार सन्तानलाई बराबरी कला शिक्षा दिएका थिए । तीमध्ये पनि अलेक्सान्द्राले आफ्नो खुबी बढाउँदै यसरी लगिन् कि ल्यान्डस्केप पेन्टिङमा ठूलो नाम बनाइन् । अलेक्सान्द्राकी कान्छी बहिनीले भने अभियनका क्षेत्रमा आफ्नो भविष्य रोजिन् । उनका अन्य दुई जना दाइहरूले पनि चित्रकलाकै क्षेत्रमा आफ्नो नाम बनाउने प्रयास गरे ।

त्यो बेला स्त्रीले चित्रकारिता गर्नुलाई खासै महत्त्व दिइएको थिएन । त्यसमाथि ल्यान्डस्केप मात्र बनाउनुलाई कुनै कला नै मानिएन । कलामाथि उनले कहिल्यै प्रयोग नगरेकाे हुनाले पनि उनको नाम विशिष्ट कलाकारका रूपमा प्रख्यात हुन सकेन र उनी त्यति प्रचलित हुन सकिनन् । तर १९ औँ शताब्दीको मध्यताका रूसमा कस्ता ल्यान्डस्केप प्रचलित थिए भन्ने कुरा यी चित्र हेर्दा थाहा हुन्छ ।

३० वर्षभन्दा बढी समय अलेक्सान्द्राले ल्यान्डस्केपका अनेकन् चित्र बनाएकी थिइन् । अरूले महत्त्व नदिए पनि जीवनभर उनले ल्यान्डस्केपलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाइरहिन् । सन् १९९७ पछि भने उनका सन्ततिले उनका ल्यान्डस्केप चित्रकलाहरू भेला पारेर एउटा संग्रहालय नै बनाइदिएका छन् । यतिबेला रूसका ग्रामीण क्षेत्रका ल्यान्डस्केप अहिले बद्लिएर अर्कै भइसकेका छन् । त्यसैले अलेक्सान्द्राले त्यस बखत कोरेका चित्रको महत्त्व अहिले ह्वात्तै बढ्न पुगेको छ ।

आज हामी उनै अलेक्सान्द्राका केही ल्यान्डस्केप हेरेर त्यस बखतको रूसको ग्रामीण क्षेत्रको आश्वाद लिऔँ न त, हुन्न ?

sagarmani mobile size
प्रतिक्रिया
Loading...