नाम्दु २, दोलखाका विक्रम तमाङ युवापुस्ताका राम्रो सम्भावना बोकेका कलाकार हुन्। राजधानीमा कला अध्ययन जारी राख्दै कलाकर्म गरिरहेका तमाङ जिल्लास्तरीय कला प्रतियोगितामा पाँच पल्ट प्रथम पुरस्कार (सन् २००६, २००७, २००९, २०१०, २०११) प्राप्त गर्न सफल भैसकेका छन्। यसका अलाबा मित्सुबिसी अल नेपाल स्कुल आर्ट कम्पिटिसनमा तेस्रो स्थान पनि हात पारिसकेका छन् भने हालै सुशील कोइराला मेमोरियल फाउण्डेसनद्वारा प्रदान गरिने “सुशीलश्री कला विशेष अवार्ड” पनि प्राप्त गरिसकेको छन्। थुप्रै कला कार्यशाला र प्रदर्शनीहरूमा भाग लिइसकेका तमाङले “ड्रोक्पो नेपाल” नामक गैर नाफामूलक संस्थाको प्रायोजकत्वमा एकल कला प्रदर्शनी पनि गरिसकेको छ। साथै रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुरबाट आयोजित विद्यालयस्तरीय भूकम्प सचेतनात्मक कला कार्यशालामा सहभागिता जनाइसकेका छन्। राजधानीका थुप्रै चर्चित रेष्टुरेण्टहरूमा उनका भित्तेचित्रहरू कलाको रूपमा सजिएको देख्न सकिन्छ। विश्वका थुप्रै देशका ग्राहकहरूमाझ आफ्नो कला बिक्री गरिसकेका अहिलेका आशालाग्दा प्रतिभा, युवा कलाकार विक्रम तमाङका कलाहरू अवलोकन गरौं।