माधवसँग उनी आकर्षित छिन् भन्ने कुरा अरुणको निम्ती कुनै नौलो थिएन, उसलाई पोहोरदेखि नै थनहन थियो । यदि उसका साथीहरूले उसलाई त्यसबारे साङ्केतिक आभास दिन नखोजेको भए, अथवा कुराकानीको सिलसिलामा सूक्ष्म कौतुहलता नदेखाउने गरेको भए अरुणलाई आफ्नी पत्नीको माधवसँगको व्यवहार अत्यन्त प्राकृतिक र साह्रै साधारण लाग्ने थियो, त्यतापट्टि ऊ चाखै लिने थिएन । उसलाई रम्भाको यति विघ्न विश्वास छ र उनलाई यति बिघ्न प्रेम गर्छ कि उनी कोसित कस्तो सम्बन्ध राख्छिन् भन्ने कुरातिर वास्तै गर्दैन । रम्भा पनि पतिलाई अगाध प्रेम र गहिरो विशवास गर्छिन । पति – पत्नीका बीच अविश्वासको प्रश्न न कहिल्यै उठ्यो, न त अब उठ्नै सक्दछ । रम्भा र माधवका बीच शारीररि आर्कषण र सम्बन्ध छ भन्दैमा रम्भाका प्रति अरुणको प्रेम, आदर र विशवास किन डगमगाउने ? ऊ बुझ्नै सक्दैन ।

यता एक वर्षदेखि यी दुईजनाका बीच हुन गएको घनिष्टता र त्यसको परिणमका बारे जति अरुणलाई थाहा थियो त्यसको एक शतांश मात्र पनि उसका मित्रहरूलाई हुँदो हो त अहिले नै पूरा– कुरा थाहा नहुँदा नै – उसलाई साङ्केतिक आक्षेप गर्नेहरू अरुणलाई कायर, नपुङ्सक , ईख नभएको उपल्लो दर्जाको मूर्ख या पागल भन्ठान्ने थिए । तर अरुणलाई भने आफ्नी पत्नीको व्यवहार र चरित्र संसारिक गतिविधि र मानव स्वभावको अनुकूल लाग्थ्यो । बिलकmु प्राकृतिक –यसबारे उसलाई आफ्नी पत्नी ।म्भासँग कुनै गुनासो थिएन । कुनै शिकायत थिएन न त ईष्र्याको कुनै भावना नै थियो । माधवलाई उसले किन दोष दिने जबकि प्रत्येक मानिस त्यही अन्तनिर्हित स्वभाव लिएर जन्मिन्छ ।

प्रेम , वासना तथा स्त्री–पुरुषको सम्भोग समिम्श्रणसमबन्धी धारणाका बारे आफूलाई आफ्ना इष्टमित्र, छरछिमेक र चिनजानका मानिसबाट बिल्कुलै भिन्न पाएर अरुण आफ्नो समाजमा आफूलाई बाहिरियाझैँ ठान्थ्यो । त्यसकारण स्त्री पुरुषको यौनसम्बन्ध अथवा प्रेमका बारे चर्चा चल्नासाथ या ऊ त्यताबाट हटिदिन्थ्यो वा बहसमा भाग लिँदै नलिई चुपचाप बसिरहन्थ्यो । तर कस्तो दुर्भाग्य कि उसको यो व्यवहारलाई उसका साथीहरू दोषीको स्वीकारात्मक व्यवहारलाई उसका साथी उसको यो दृष्टिकोणलाई बुझ्न नसकेर उलटो अर्थ लगाउँछन् । तर यो चिन्तालाई पनि अरुको अज्ञानता ठानी ऊ आफ्नो मगजबाट पन्छाइदिन्थ्यो ।

तारणीप्रसाद कोइराला

अरुणका साथीहरूमध्ये वीरेन्द्र, केशव र धीरजजङ्ग उसका ज्इादै घनिष्ठ मित्र थिए । माधवलाई पनि अरुण मन पराउँथ्यो । तर तुलानात्मक दृष्टिले उसँग चाहिँ त्यत्ति बढी घनिष्टता थिएन । यद्यपि उसले माधवलाई पनि अरुण मन पराउँथ्यो । तर तुलानात्मक दृष्टिले ऊसँग चाहिँ त्यत्ति बढी घनिष्टता थिएन । यद्यपि उसले माधवलाई पनि आफ्ना अन्तरङ्ग मित्रहरूमध्ये नै ठहराएको थियो, तर माधवको बढ्ता घनिष्टता थियो उसकी पत्नी रम्भासँग । सम्भवतः यही कारणले गर्दा नै माधवलाई बढ्ता निकट सम्झिन्थ्यो ।

आफ्ना मित्रहरूका बीच अरुण साह्रै प्रिय व्यक्ति थियो । उसमा भने कुनै शङ्काको कुरा थिएन । अरुणले रम्भालाई दिएको स्वतन्त्रतालाई उसको कमजोरी ठानेर यदि उसका मित्रहरूले त्यसबारे आवश्यकताभन्दा बढी चाख लिइदिएर उसका अन्य चालचलन, स्वभाव र बर्तावका प्रति आँखा नचिम्लिदिएको भए सम्भवत ः उनीहरूलाई थाहा हुने थियो कि वीरेन्द्रकी पत्नी स्नेहलता, केशकी सानिमा महालक्ष्मी र धीरजजङ्गकी बहिनी जुही कैयनपटक आफ्नो मानवोचित कामवासनाका शिकार भइसकेका छन् र त्यो पनि त्यही कायर र नपुङ्सक ठहरिएको अरुणको ! त्यतिमात्र होइन वीरेन्द्रकी पत्नी स्नेहलता पटक्कै आत्मविरोध नगरी, निसङ्कोच, बिल्कुलै, स्वाभाविक सरलताले जसरी अरुणबाट आफ्नो बास्ना लिप्सा शान्त गराउँथिन्, त्उसरी नै उनी केशबबाट नि त्यो आननन्द प्राप्त गर्ने गर्थिन । त्यो कुरा वीरेन्द्रलाई थाहा थिएन तर अरुणलाई भने राम्रैसँग थाहा थियो । त्यसलाई पनि अत्यन्त स्वाभाविक मानव चरित्र ठानेर त्यसबारे अलिकति पनि लिचस्पी लिन्नथ्यो । के यो मानिसको अन्तनिर्हित प्रकृति होइन र ? त्यसो भए किन त्यसलाई महत्व दिनु ? के नयाँ कुरा भयो र ? तर मुख्य कुरा के थियो भने, अरुणकी पत्नी रम्भा र माधवको गुप्त सम्बन्धका बारे यदि सबैलाई थाहा थियो भने भने अरू साथीहरूका परिवारका भइआएका मिश्रित सम्भोगका कुराचाहिँ गोपनीय नै रहेका थियो । तर अरुणबाट चाहिँ कुनै कुरा लुकेका थिएन, उसलाई भने सबै थाहा थियो ।

“रेष्टुराँमा मलाई एकजात मनपर्दैन, तिमीले रम्भासँग भेट नगरेको धेरै भयो क्यार । मैकहाँ हिँड् भेट पनि हुन्छ उनी पनि खुसी हुन्छिन् ।”

रम्भाको कुरा चल्दा अरुणका मित्रहरू सकेसम्म कुरा पन्छाउन खोज्थे । ठान्थे कि त्यसले अरुणलाई अफ्ठ्यारो स्थितिमा पारिदिन्छ । अरुणचाहिँ यी कुरा बुझेर मनमनै हाँस्थ्यो । आफ्ना मित्रहरुलाई त्यति बढ्ता अज्ञानी पाएर कहिलेकाहीँ ऊ छक्क पनि पर्दथ्यो । किन लुकाउन खोज्छन् यिनीहरु ? यदि रम्भा माधवसँग सुत्ने गर्छिन भने उनले कुन अस्वभाविक काम गरिन र? कुनै नौलो र नहुने कुरा भए पो ऊ चाख लियोस् ! यो तसर्वत्रै भइरहेकै कुरा हो–बिल्कुलै प्राकृतिक ! नत यो रुक्न सक्ने कुरा हो, न रोकेर कुनै फाइदा छ मानिसको अभिन्न अङ्ग भएर आएको स्वभावलाई पनि कोही बङ्ग्याउन सक्ला ?

उसले त्यतापट्टि वास्ता गर्नै छाडिदिएको थियो । तर के गर्ने र ? उसका मित्रहरुले उसको बेवास्तालाई उसको कमजोरी ठाने, कायरता नपुङ्सकता र जोइटिङ्ग्रेपन ।

एकदिन अफिसबाट घर फर्कदा उसले बाटोमा माधवलाई भेट्यो । सोधेको त चिया पिउन ऊ होटलतिर जाँदै रहेछ ।

“चिया पिउँ भनेर हिँडेको अरुण ?”उसले भन्यो – “आऊ न तिमी पनि ”

होटेल, रेस्टुराँमा खाने अरुणको बानी छैन । ऊ रम्भासँग बसेर घरमा चिया खान मन पराउँछ । त्यसैले ऊ अफिसबाट सोझै घर जाने गर्दछ । घरमा रम्भा खानेकुराका साथ आफ्ना पतिलाई पर्खिरहेकी हुन्थिन् । उनलाई पनि अरुण नभई चिया पिएको मजा लाग्दैन । अरुण पुगेपछि यी दुई मिठा मिठा कुरा गर्दै छिल्लिएर हाँस्दै, जिस्किँदै खाजा खान्थे । त्योजस्तो आनन्द र सन्तोष अन्य कहाँ पाइन्छ र ? अरुण आफ्नो अफिसमा भएको रुचिकर घटना बताउँदैथियो र रम्भाचाहिँ उनले दिनभरि केके गरिन्, कुन कुन किताब पढिन्, कुन पुस्तकले किन उसलाई प्राभावित पार्यो । क–कसको टेलिफोन आएको थियो भन्ने सम्पूर्ण कुरा बताउँथिन् । यदि दिउँसो आएको भए त्ससको उल्लेख पनि अवश्य गर्थिन् । पतिसँगै उनले लुकाउनुपर्ने कुनै कुरा थिएन । ऊ चाहिँ मख्ख परेर पत्नीका कुरा सुन्थ्यो र उनको अनुहारलाई ऊ यस्तो प्यासी आँखाले हेथ्र्यो कि उनी नव बधुझैँ लाजले मुख लुकाउँथिन् । भन्थिन् – “छिः है अरुण ! त्यसरी नहेर है ? ”

तर रम्भा पनि त आफ्नो पतिलाई त्यसरी नै लालयित नजरले हेर्थिन नि र कवै नमेटिने प्यास लिएर उसका कुरा सुनिरहन्थिन् – विमुग्ध भएर । दुवैजनासँग लुकाउनुपर्ने कुनै कुरा थिएन । रम्भा आफ्नो मनमा उथलपुथल भई उब्जिरहेका अनेकन् विभिन्न प्रश्न पतिका अगाडि राखिदिन्थिन् र अरुण पनि आफ्नो मस्तिष्कमा उब्जिएका विभिन्न प्रश्न पतिका अगाडि राखिदिन्थिन् । यसैमा उनीहरु सन्तुष्ट हुन्थे । यसैमा उनीहरूलाई अपार आनन्दको अनुभव हुन्थ्यो । वैवाहिक जीवनको दस एघार वर्ष बिताइसक्दा पनि यी दम्पती निदोर्ष प्रेमीजस्ता भएर प्यारको शान्त प्रवाहमा बगेका थिए । त्यसकारण अरुणलाई रम्भासँग बसेर चिया पिउनमा जुन सन्तोष हुन्छ, रेष्टुराँमा बसेर पिउँदा त्यो कहाँ पाउनु ?

“आज यो कुटाइममा किन ?”.. उनले माधवलाई भनिन् –“तिमी त भरसक अरुण नभएको बेलामा आउने गथ्र्यौ । तर आज चाहिँ ? …”

“ बरु हिँड माधव, मैकहाँ चिया खाऊँ !” यति भनेर अरुणले आफ्नो मित्रको पाखुरा समायो “रेष्टुराँमा मलाई एकजात मनपर्दैन, तिमीले रम्भासँग भेट नगरेको धेरै भयो क्यार । मैकहाँ हिँड् भेट पनि हुन्छ उनी पनि खुसी हुन्छिन् ।”

माधव केही झेप्यो । अरुणले उपहास गरेको त होइन ? रम्भा र उसको बीचको गुप्त सम्बन्धकाबारे के अरुणले चाल पाएको छ ? तर त्यसबेला अरुणको निमन्त्रणामा न कुनै व्यङ्ग थियो न कुनै उपहास नै ।

उसले त निदोर्ष आमन्त्रण दिएको थियो । आन्तिरिक आग्रहका साथ शङ्काको त कुनै स्थान थिएन ।

“अरे, तिमीले त सङ्कोच पो मान्यौ त माधव ! मकहाँ जानुहुन्न र ?”

अनि दुवैजना अरुणको घर गए । छरितो, ताजा र प्रसन्न भएर रम्भा आफ्नो पतिलाई पर्खिरहेकी थिइन् । माधवलाई पनि अरुणका साथ देखेर उनी खिस्रिक्क परिन् । यो बेला माधवको समय थिएन । अहिले त केवल उनी आफ्नो पतिलाई मात्र चाहान्थिन् । आज उनको मनमा अनेकथरी प्रश्न खेलिरहेका थिए । अनौठो किसिमको अनौठो विचित्र कल्पना उब्जिएका थिए । उनी यी सबै कुरा अरुणको अरुणको अगाडि फेएर उसको मगजमा पनि अनौठो किसिमको काउकुती लगाइदिन चाहान्थिन् । तर पतिको साथमा माधवलाई देख्नासाथ उनको उत्साह स्याम्म सुक्यो । उनी खिन्न भइन् ।

तर उनले दुबैलाई मुस्कुराए स्वागत गरिन ।

“आज यो कुटाइममा किन ?”.. उनले माधवलाई भनिन् –“तिमी त भरसक अरुण नभएको बेलामा आउने गथ्र्यौ । तर आज चाहिँ ? …”

माधब घडबडायो । रम्भाले बेवकसफी गरेजस्तो उसलाई लाग्यो । यसरी स्पष्ट भएर पनि कोही यस्तो डरलाग्दो कुरा गर्छ ? उसको मुख रातो भयो । अरुणचाहिँ प्रसन्न भएर दुवैलाई हेरिरहेको थियो ।

“चलाख छन् माधव”, भनेर अरुणले मुस्कुराउँदै रम्भचालाई हेर्यो । रम्भा माधवलाई हेरिरहेकी थिइन् ।

चिया खाइवरी माधव गएपछि रम्भाले रिसाउँदै अरुणलाई भनिन्–“माधवलाई किन ल्याएको ? मलाई मनपर्दैन भन्ने थाहा थिएन ।”

अरुण छक्क पर्यो । माधवको उपस्थितिलाई उनी मन पराउन्नन् भनेर उसले कसरी विश्वास गर्ने ? उसले आग्रहका साथ सोध्यो – “मन पर्दैन ? किन ? तिमी त माधवलाई खुब मन पराउँथ्यौ । आज के भयो तिमीलाई ?”

उसले ज्यादै नै उत्कण्ठा देखाएकाले रम्भा किञ्चित विचलित भइन् । अरुणलाई उनी अलिकति पनि धोकामा राख्न चाहान्नन् । उनले भनिन् – “मन पर्दैन भनेको होइन अरुण, तर योबेला चाहिँ मलाई कोही आएको पनि मन पर्दैन ।” अनि उनले छडके आँखाले बिज्ने गरी अरुणलाई साह्रै दुष्टतापूर्वक हेरिन् र नखराकासाथ मुस्कुराउँदै भनिन् – “योबेला म तिमीबाहेक अरु कसैलाई चाहान्नँ, तिमी मात्रै भए पुग्छ । बस्, एक्लो तिमी र म, अरु मलाई केही चाहान्न ।” उनले सन्तोष मानेर आँखा चिम्लिन् ।

अरुणले मुस्कुराउँदै रम्भाको पुष्ट र कोमल गालामा प्याट्ट हिर्कायो । रम्भाले लठ्ठिएका आँखाले अरुणलाई हेरिन् र अलिकति मुख उघारेर म्वाइँ खान मागिन् । अरुणले रम्भाको गालालाई दुवै हातले चपक्क समायो र उनको ओठमा तातो म्वाइँ खायो । यत्तिले नै दुई जना परिपूर्ण भए । यो चुम्बनमा उत्तेजना, वासनाको छटपटी थिएन । उच्छृङ्खल व्यग्रता थिएन । यसमा त केवल अतुलनीय निर्लिप्ता, सन्तोषप्रद शान्ति र निश्चिन्त भएर सुरक्षित रहेको पवित्र प्रेमबाहेक अरु केही थिएन ।

रातिको भोजन सकेर दुलाहा दुलहीले एउटै ल्याम्पको उज्यालोमा भुइँ बिछ्यौनामा पल्टिँदै धेरै बेरसम्म किताब पढे । रम्भाले अखबारको एउटा समाचार देखेर अरुणलाई भनिन् –“तिमीले यो खबर पढ्यौ ?”

अरुणले किताबबाट आँखा उठाएर पत्नीको हातको अखबार देख्नासाथ उनले कुन समाचार सोधेकी हुन, थाहा पायो ।

“त्यै बहुला केटोको होइन, जसकी प्रेमिका पाइल गइ भनेर उसले ती दुवैलाई प्रेमीलाई मारिदियो ?”.. यत्ति भनेर फेरि बेवस्ता गर्दै ऊ किताब पढ्न थाल्यो । तर किताबमा उसको ध्यान थिएन । ऊ त त्यो ईष्र्यालु केटाको कल्पना गर्न लाग्यो । जसले कामातुर भई । अज्ञानतावाश जीवनको सच्चा गतिविधि नै मानव जातिको अन्र्तनिहित प्राकृतिक स्वभावलाई स्वीकार गर्न विरोध गर्दै दुईजनालाई मारेर आफ्नो हठवादिताको घृणित परिचय दिएको थियो ।

रम्भाले सकेसम्म स्वाभाविक बेवास्ता गर्दै सुस्तरी सोधिन् –“तिमीलाई ईष्र्या हुँदैन ? यदि मैले पनि त्यसै गरेँ भने ?”

अरुणले रम्भाको यो प्रश्नमा बढ्ता चाख देखायो भने कुरै चले पनि माधव र रम्भाको सम्बन्ध वार्ताको पृष्ठभूमिमा स्वतः अव्यक्त तवरले उपस्थित हुन जाला र त्यसले रम्भालाई अप्ठ्यारो मानसिक स्थितिमा पारिदेला भन्ने देखेर किताबमा नै व्यस्त भएझैँ गरी अरुणलले बेवास्तासँग फुत्र यति कुरा भन्दियो, “कुन्नि ! हुन्छ क्यार ! ”

तर होइन, अरुणलाई एकजात ईष्र्या हुँदैन । यो कुरामा ऊ निश्चिन्त छ । तर आफ्ना सबै इष्टमित्र र चिनजानका तमाम मानिसहरूलाई सदा ईष्र्यालु पाएका हुँदा र कामवासनासम्बन्धी दर्शनशास्त्रका प्रकाण्ड विद्धानहरूले लेखेका पुस्तक र उपन्यास, आत्मकथा इत्यादि सबै पुस्तक या घटनाहरूमा पनि प्रेम वासना समभोगको सन्दर्भमा ईष्र्यालाई अत्यन्त स्वाभविक र अवश्यमभावी देखाएकाले उसलाई साधारणभन्दा अलग्गको ठानेर कही बहुला पो भन्दिने हुन् कि भन्ने डरले ऊ यस प्रकारको कुरा हुँदा होमा हो मिलाइने गथ्र्यो । तर रम्भासँग झुठ बोल्न उसलाई गाह्रो पर्छ । ऊ भन्ठान्छ कि रम्भा नै एउटी यस्ती व्यक्ति छन् जो अरुणको विचारको सैद्धान्तिक समर्थन मात्र गर्दिनन् कि त्यसलाई आफ्नो स्वभावमा पनि व्यवहारिक तवरले मिसाइदिएकी छिन् । त्यसो नहुँदो हो त अरुणले स्नेहलता, महालक्ष्मी, जुही, शम्पा, सरला, शशि र त्यसै अनेकौँ लड्कीहरूसँग वासना – लिप्सा पूरा गर्ने गरेको छ भन्ने थाहा हुँदाहुँदै पनि कुनै किसिमको ईष्र्या र डाह नगरी किन अरुणको प्रेमको प्रश्न छ त्योचाहिँ ऊ रमभालाई प्रशस्त राम्ररी थाहा छ । त्यसकारण उनी, ती अनावश्यक विषयमा कुनै बाधा विरोध जनाउन्नन् । उनलाई अरुणले प्रेम दिएमात्र पर्याप्त छ । त्यत्तिले नै अरुणसँग उनी सन्तुष्ट छिन्, तृप्त छिन् ।

जहाँसम्म उनको आफ्नो वासना तृपितको कुरा छ, त्यसको निम्ति माधव छ । अड्को खाँचोमा अझ वीरेन्द्र पनि छ, मनोहर पनि छ । यस प्रकारका मिश्रित सम्भोगसँग आत्मा, प्रेम र भावनाका कुरा कहिल्यै उठ्दैनन् । प्रेम एउटा छुट्टै प्यास हो, जो हृदउभित्र आर्तनाथ गर्दै सधैँ अपर्याप्त नै रहिरन्छ र कामवासना र सम्भोगचाहिँ बाहिरी वस्तुबाट तृप्त हुनसक्ने प्रभाव हो, त्यस्तो भोक हो जो खाएपछि अमन हुन्छ, त्यस्तो प्यास हो जो पिएपछि तृप्त हुन्छ । यस विषयमा रम्भा र अरुण, यी दुई पति र पत्नीको कसरी एकै हुन गयो, अथवा संसाररिक मान्यता प्राप्त गरेको तर्क र भावनाबाट बिल्कुलै छुट्टै, अरु कसैँग मेल नखाने, एकनासको अद्भूत विचार भएका यी दुई भिन्दाभिन्दै प्राणी कसरी आपसमा पति र पत्नी अथवा प्रेमी र प्रेमिका हुन गए त्योचाहिँ एउटा रहस्यमय संयोग मात्र हुनसक्छ । यदि रम्भाले साहस गरेर आफ्नो मनमा उठेका कुरा अरुणलाई स्पष्टसँग भन्न सकेको भए सायद अरुण प्रेम र वासनाका सम्बन्धमा दुई छुट्टै विचार राख्ने आफ्नो प्रेममयी पत्नी रम्भाले सोचेको परिभाषामा अझ यो कुरा पनि थपिदिने थियो क्यार–“प्रेम अतृप्त सन्तोष हो, हलचल भएको शान्ति हो, छुनै आँटने तर कहिल्यै नसकिने गहिराइ हो भने वासना त्यस्तो अभाव हो जसलाई सम्भोगबाट एकछिनमा नै पूर्ण गर्न सकिन्छ ।

“तिमी झुठ बोल्दैछौ अरुण । तिमीलाई ईर्ष्याले छुदैन ।” रम्भाले सत्य कुरा भनिन् । उसको स्वर मायाले रुझेको थियो, मिठो थियो ।

अरूणले बत्तीको तेज प्रकाशमा साह्रै उज्याली देखिएकी रम्भालाई हेर्यो । आफ्नो उचालिएकी भरिलो छातीलाई तकियाले थिचेर घोप्टो परेर अखबार हेरिरहेकी रम्भाले चञ्चल र लुब्ध आँखाले अरूणलाई पुलुक्क हेरिन् । घाँटीभन्दा मुनि ब्लाउजभित्रबाट भित्री बाडिसलाई छिचोल्दै उनका दुइटा सुकुमार र रहरलाग्दा वक्षस्थल तकियामा थिचिएर फेदमा हलुका रेखा बन्दै बाहिर देखिन खोजेको थियो ।

अरुणका लुब्ध आँखा त्यही रह्यो । अरु लड्कीलाई उसले त्यस्तो मनमोहक अवस्थामा देखेको भए उसको वास्ना लिप्सा खपिनसक्नु हुन्थ्यो । तर रम्भाको त्यो मनमोहक अवस्ता देखेर उसलाई त्यस्तो व्याकुल उत्कण्ठा र उत्तेजना हुँदैन । त्यस्तो आर्कर्षक अवस्थामा ऊ आफ्नी पत्नीलाई साह्रै नै राम्री, साह्रै नै उजेली , साह्रै नै मायालु र साह्रै नै चित्तँकर्षक पाउँछ । उसलाई रम्भाको ब्लाउजबाट प्रस्फुटित भएर सुनिदै अग्लिएको छातीका साङ्केतिक रेखा कुनै ठूलो चित्रकारले आफ्नो सम्पूर्ण कला भरेर बनाएको अत्यन्त सुन्दर चित्रझैँ हेरिरहुँजस्तो लाग्यो । लालायित आँखाले एकछिन् त्यसलाई हेरेर उसले आफ्ना साह्रै हलुका औँलाले त्यसलाई छोयो । किञ्चित रिसाएको नखरा गर्दै रम्भाले त्यसलाई छोप्दै भनिन्,“ तिमीलाई मेरो मन पर्दैन के, अरुको देखेको भए । ”

रम्भाले भनेको सम्पूर्ण कुरा साँचो थिएन, तर झुटो पनि थिएन । उसलाई मन नपर्ने त कदापि होइन तर अरु लड्कीको जस्तो उत्तेजना र वासना जागृत गराउने पनि होइन । रम्भाको हर अङ्गप्रत्यङ्ग यसलाई राम्रो लाग्छ ।