अमेरिकामा पढ्न र तीव्र गतिमा पढ्न सुझाव दिने राष्ट्रपति जे एफ केन्नेडी थिए । सन् १९६० को दशकमा उनले तीव्र गतिमा कसरी पढ्न सकिन्छ भनेर आफूले खोजेको सूत्र जनतालाई बताएका थिए ।
पढ्दा कुनै निश्चित शब्दहरूलाई सर्सर्ती पढ्ने र मुख्य शब्दहरूलाई ध्यान दिने उनको सूत्र थियो । जस्तो कि शब्दमा कुनै विशेष कुनै शब्द समूहलाई ध्यान दिने र त्यसलाई ख्याल गर्ने गरियो भने पूरै परिच्छेद पढिरहनु पर्दैन ।
यही सूत्रलाई केही एप मेकरहरूले क्यास गर्न खोजेका छन् ।
यस्तो भएपछि पढ्नै पर्ने पुस्तक र आलेखहरूको लर्कोलाई केही घटाउन सघाउ पुग्नेछ ।
यो एप किन बन्यो भने जो पढाकू छ, उसले सुत्ने बेला ओछ्यान छेउमा राखेका किताबको चाङ लागेको, अमेजनमा पुस्तक किनेर त्यसको लर्को लगाएको छ तर नियमित पढ्ने गरेको भए पनि एक छेउ पनि पढ्न भ्याएको हुँदैन, त्यस्तालाई ध्यानमा राखेर यो एप बनाइएको हो ।
एक त तपाईं-हामी कोरोनाभाइरसको चपेटामा दिनदिनै परिरहेका छौँ । यस्तोमा यत्तिका धेरै समय भए पनि पढ्नुपर्ने सामग्री थपिएको थपियै छ ।
(नेपालको सन्दर्भमा पनि त पढ्नै पर्ने शनिबारे लेखहरू, दिनदिनै थपिएका अनलाइनहरूले दिने पठनीय सामग्रीका कारण फुर्सदिला समयमा पनि व्यस्त बनाइदिने कारणहरू थपिएका छन्। यस्तोमा कसैले ती आलेख पढिदिए हुन्थ्यो भन्ने नलाग्ने होइन । लाग्छ नि, होइन र ?)
यसको एउटै मात्र उपाय भनेको (अनलाइनमा पढ्नेहरूको), पढ्ने गति बढाउनु हो । तीव्र गतिमा कसैले ती आलेख पढिदिए त तपाईंलाई पनि हाइसञ्चो हुँदो हो । त्यही उद्देश्यका लागि केही एप बनाइएका छन् ।
एपको नाम हो, आउटरिड । एरेक होल्कोले यो एप बनाएका हुन् । सामान्यतयाः जति चाँडो पढ्ने भए पनि मानिसले ४५० शब्द प्रतिमिनेट बढी पढ्न सक्दैन । यो एपले भने यसको दोब्बर शब्द प्रतिमिनेटसम्म पढिदिन्छ । अर्को कुरा, तपाईंका चिजबिज पढिदिँदा उसले ती शब्दहरू हाइलाइट गरिदिन्छ । हाइलाइटका कारण पाठकले अन्य शब्दहरूतिर ध्यान दिन पर्दैन । यसले उसको ध्यान केन्द्रीकृत हुन पुग्छ ।
यो एपमा अहिलेलाई आइओएसमा सित्तैमा डाउनलोड गर्न मिल्छ ।
यस्तै अर्को एउटा एप पनि छ, मूनरिडर । त्यसो त यो सित्तैमा पाइन्छ तर यसको प्रोफेसनलर भर्सन अपलोड गर्न भने केही डलर तिर्नुपर्छ ।
यीबाहेक अन्य केही एपहरू पनि पाइन्छन्, जसले तपाईंका इबुकहरूलाई तीव्र गतिमा पढ्न सघाउ पुर्याउँछन् ।
एबी मार्क्स-बिएल, १० डेज् टु फास्टर रिडिङ नामक पुस्तकको लेखिका हुन् । उनको वेबसाइट रेभ इट अप रिडिङ पनि छ । जसमार्फत् उनले तीव्र गतिमा पढ्ने शैली र शिल्प सिकाउने गर्छिन् । उनी चेताउँछिन्, ‘तपाईंले यो एप प्रयोग गरे पनि तपाईंको निजी पढ्ने स्पिड भने बढाउने छैन । यो खुबी उसैको मात्र हो ।’
अर्को एप छ, स्प्रिडर । यो पनि शुरूमा सित्तैमा डाउनलोड गर्न पाइन्छ तर त्यसलाई पाँच डलर तिरेपछि यसले तपाईंलाई तीव्र गतिमा पढेर सबै किताब भ्याइदिन्छ तर यसका पनि केही सीमित समस्या छन् ।
यता अमेजनका इबुक रिडरहरू र त्यसको एपले पनि तपाईंलाई पढेर सुनाइदिने आफ्नै एप पनि निर्माण गरेको छ । तसर्थ तपाईं अमेजन प्रयोगकर्ता हुनुहुन्छ भने पनि यसबाट सहयोग लिन सक्नुहुन्छ ।
मेरो अनुभवका रूपमा तपाईंले सोध्नुहुन्छ भने फिक्सन र त्यो पनि पपुलर फिक्सन पढिरहनु भएको छ भने त्यसका लागि इबुक रिडरमा पाइने माथि उल्लेखित एप प्रयोग गर्नुहुँदा गाडीमा, बाइकमा वा हिँड्दै गर्दा पनि ती एपले पढेर सुनाइदिन्छन् । त्यसका लागि तपाईंले अक्षरमा नै घोत्लिनु पर्छ भन्ने छैन ।
कतिपयलाई भने किताबको सुगन्ध नै मन पर्छ । तिनलाई सुम्सुम्याउँदै र शब्दशब्दमा रोकिएर लेखकको अनुहार हेर्दै पढ्नुपर्ने हुन्छ । यस्तोमा चाहिँ तपाईंले प्रिन्टेड पुस्तक नै किन्नुपर्ने हुन्छ । अनि, त्यस्तो किताब तीव्र गतिमा पढ्नका लागि बेग्लै तालिम आवश्यक पर्छ । तर हिजोआज त्यसको समाधान पनि निस्किएका छन् । अनलाइनमा तपाईंले खोज्न निस्कनु भयो भने किताब कसरी चाँडो पढ्ने भनेर सयौँ गतिला पाठ पढाउने मानिसहरू फेला पार्न कुनै गाह्रो छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।