मलाई मन भयो लेखूँ, नयाँ प्रेमिल कथा फेरि
कुरा बकवास गर्नेलाई, दिएँ मैले बिदा फेरि ।

भयो बेचैन मन छटपट, हरायो निद आँखाको
हिजो खोला सुसाएको, खबर आयो उता फेरि ।

पुरानो घाउले पीडा, दिएको दर्दमा अहिले
दियो आराम तत्कालै, मलमले घाउमा फेरि ।

कतै जल्दै थियो जीवन, कतै जल्ने तयारीमा
भयानक दृश्य देखिन्थ्यो, सगरमाथि धुँवा फेरि ।

सदा आफ्नो भनी मैले, सबै व्यथा सुनाएथेँ
मलाई झन् दिए पीडा, खुसी मान्दै मजा फेरि ।

हजुरको जिन्दगी गाथा, सुरुदेखि पढेको हुँ
सधैँ हुन्थ्यो यहाँ हाम्रो, मिलन गर्ने कुरा फेरि ।

बिनोद खनाल