साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको दशौँ संस्करणमा वीएस नीरव, मिनिता पौडेल, शोभा पोख्रेल सर्वोत्कृष्ट भएका छन् । साप्ताहिक रूपमा सञ्चालन हुने यो खुला प्रतियोगिताको अघिल्लो अङ्कमा महान् त्यागी, गोपीराम भण्डारी, रबिन्द्र कार्की सर्वोत्कृष्ट भएका थिए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका ७ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने वीएस नीरव, मिनिता पौडेल, शोभा पोख्रेलका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।
प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने , “ तोकिएको नियममा रहेर ७ मुक्तक प्राप्त भएका थिए । केही मुक्तकहरू नियमबाहिर रहेर पनि प्राप्त भएका थिए ।”
मानसकिता, बलात्कार, न्यायगरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । मुक्तक प्रतियोगितामा भाग लिन तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ ।
५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।
अर्को साताको मुक्तक प्रतियोगिता भोलि अर्थात् बिहीबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ ।
विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।
विजयी मुक्तकहरू यसप्रकार छन् ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।