नवराज बस्न्यात ‘तारा’ सम्पुर्ण मानव जातिको आस्थाको एक विशाल धरोहर सगरमाथाको काख सोलुखुम्वु सोलुदुधकुण्ड न.पा.११तिङला तागदिङ तारागाँउमा जन्मिएका हुन् ।

प्रारम्भिक शिक्षा गाउमै रहेको सिंहकाली मा.वि.तिङला रमितेबाट सुरु भई एस.एल.सि नजिक आईपुग्दा दुर्भाग्यबस सामान्य घटना र दुर्घटनाबाट घाँटीमा गम्भिर चोट लागि १६बर्षको कलिलो उमेरमा घाँटीभन्दा मुनिको भाग केहि नचल्ने शारिरिक रुपमा विक्षिप्त अवस्थामा छन् ।

केहि समय निजि तथा सरकारी अस्पतालको उपचार पछि पनि स्वास्थ्यमा खास सुधार नआएपछि अध्ययन,साह्त्यि लेखन,बाचन जस्ता सिर्जनात्मक कार्यमा लीन हुन थालेका उनले अतः३बर्ष पछि पुन कक्षा ८बाट अध्ययन शुरू गर्दै अस्पतालको शैयाबाट नै नेपाल मानविकि क्याम्पसबाट नेपालि साहित्यमा स्नातक सकाएका छन्।

नवराज बस्न्यात

हाल गीत,संगित,कला,समाजसेवा कर्म गरिरहेका बस्न्यातका कलायात्रा वारेमा भन्नुपर्दा कक्षा २देखि जानि नजानि चित्र कोर्न थालेका उनले जिल्ला स्तरीय प्रतियोगिता पनि भाग लिएर पुरस्कार पाएको उनले बताए ।

र अहिले पनि शारिरिक रुपमा अशक्तता अवस्थामा मुखले कुचि च्यापेर रङमा खेल्दै आफ्नो कलायात्रा जारि राखेका छन् ।

औपचारिक रुपमा यसवारे ज्ञान हासिल गर्न नसके पनि मन भुलाउने माध्यमका रूपमा सिर्जना गरिरहेको र मनमन यसलाई पुर्ण विराम नलगाई अझ मेहनतका साथ जिवन जिउने आधार र अपाङ्ंगले केहि गर्न सक्छ भन्ने एउटा सन्देश दिने उनको चाहना छ ।

‘चित्रकलामा केहि गर्न चाहना छ, यसमा सबैको साथ सहयोग को आशा गर्दछु’,उनले भने ।

आउनुस्, उनै शारिरीक रूपमा अशक्त तर मानसिक र बौद्धिक रूपमा तगडा नबराज बस्न्यात ताराका मुखले बनाएका केहि चित्रहरु अवलोकन गरौँ